▼
March 14, 2015
March 3, 2015
March 2, 2015
आर्थिक चिन्ताले सेवाको नाममा भ्रष्टाचार ल्याउँछ
जीवनमा केही न केही कुराको चिन्ता प्राय सबैलाई हुन्छ
किनकि यो मानवीय स्वभाव हो। यदि हामीलाई कुनै कुराको चिन्ता लाग्दैन भने हामी
मानसिक समस्याको शिकार भैरहेका हुनसक्दछौं र जीवनमा यसले ठूलो खति ल्याउनसक्छ। एकातिर
चिन्ता लाग्नु स्वस्थ मानवीय स्वभाव हो भने, अर्कोतिर, चिन्ताले हामीलाई नाश पनि गर्नसक्छ।
यसको अस्वाभाविक उपस्थितिले हाम्रो जीवनमा ठूलो मानसिक वा भावनात्मक गडबडीको साङ्केतिक
प्रमाण दिइरहेको हुनसक्छ। यदि समयमै यसको ठीक निवारण भएन भने हाम्रो जीवनबाट यसले
मानसिक, शारीरिक, सामाजिक र आत्मिक खुसीहरू सदाका लागि लुटेर लान सक्छ। यसमा भएको
नकरात्मक शक्तिले जीवनप्रतिको हाम्रो दृष्टिकोणलाई यसरी क्षति गर्छ कि हामी असल र खराबलाई
छुट्याउनै सक्दैनौं र चिन्ता मुक्त हुनको लागि यसले हामीलाई नैतिकताका सीमानाहरू
पनि मास्न प्रोत्साहन गर्दछ र हाम्रो आत्मिक जीवनलाई निस्सासिदिन्छ (मत्ति १३:२२)।