March 4, 2017

सफलता चाहानु पाप होईन

प्रिय मित्र, 
जीवनमा सफलताको चाहानाराख्नु मानव चरित्र हो। स्वास्थ्य, सम्पत्ति, र सम्मानको सेरोफेरोमा यो सफलताले लुकामारी गर्ने भएकोले होला परमेश्वरको वचनले हजारौं बर्ष पहिलेनै यसरी भनेको छ; “नम्रता र परमप्रभुको भयले धन, मान र जीवन (शारीरिक जीवन) ल्याउँछ” (हितोपदेश २२:४)। आदमलाई दिईएको पहिलो आज्ञा (आशिष्) नै “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ” थियो (उत्पत्ति १:२८)

February 23, 2017

From Silky Seoul to Dusty Guwahati

Now and then, you will notice a noble but also a vanishing Korean cultural trait where young people give up their seats in a bus or a subway for the elderly.  But today, as I entered the subway at Wangsimni station to go to Samseong station, the courtesy was offered to me by a young man.  Thinking there might be an old person behind me, I turned my head to see.  But there was no one around.  It took a few more seconds to realize that the young man was giving up his seat for me.  Tried to refuse him politely but as he stood, he was already busy in his mobile phone. 

January 26, 2017

बुढेसकाल लाग्दैमा आत्मिक नबनिँदो रहेछ!

गाब्रिएल दूतको सन्देस पछि तपाईंको वचनअनुसार होस्भन्दै मरियम यहूदियाको पाहाडि गाउँमा बस्ने नातेरदार एलीशिवाको घरतिर लागिन्। गाउँका घरहरूका ढोका प्राय खुलै भएको कारण होला, एलीशिबाले देख्नुअघिनै मरियम भित्र पस्छिन् र अभिवादन चढाउँछिन्। मरियमको मुखबाट निस्केको सालोमको आवाज एलीशिबाको कानमा के परेको थियो, छ महिनाको पेटको बालक यूहन्ना र आमा दुबै आत्माले भरिँदै र आनन्दले गदगद हुँदै परमेश्वरलाई प्रशंसा गर्नथाले र मरियमले पनि एउटा माहान स्तुतिको भजन गाउँदै त्यो घरलाई नै हल्लाएको हुनुपर्छ (लूका १:३९-५५)। पवित्र आत्माले भरिएका मानिसहरू हल्ला गर्छन् भन्ने आरोपलाई यी तीनै जनाले प्रमाणित गर्दछन्।

January 20, 2017

सानो दर्शनले ठूलो बोलाहटलाई चपेटमा पार्दछ

मेरो ख्रीष्टिय सेवाकार्यको छोटो समयमा धेरै प्रभुका दास दासीहरूलाई भेट्ने, चिन्ने र उहाँहरूको वारेमा जान्ने मौका पाएकोछु।  उहाँहरू मध्य धेरैको जीवनमा परमेश्वरको ठूलो योजना भएको प्रमाणित हुन्थ्यो; उहाँहरूलाई परमेश्वरले आफ्नो महिमाको लागि माहान तरिकाले चलाउन सक्ने धेरै सम्भावनाहरू देखिन्थे। 

November 16, 2016

November 3, 2016

जीवनका आरोह-अवरोहहरू भाग २ः विदेश पढ्दाको पहिलो अनुभव

पहिलो भागमा राखिएका मेरा तीतामीठा अनुभवहरूलाई मेरा पाठक मित्रहरूले सकारात्मक रूपले लिनुभएको पाउँदा त्यो लेखेकोमा मलाई खेद छैन। अर्को अंशलाई रूपरेखाकै रूपमा भए पनि पुस्तकमा राख्‍नुभन्दा पहिले सामाजिक सञ्जालमार्फत यहाँहरूको सामु राख्‍न मन लाग्यो। मेरो जीवनलाई पाठकको सामु यसरी उदाङ्गै पारेर खोल्नुको मुख्‍य उद्देश्य बल्यकालबाटै जीवनसँग हारेको मानिसको जीवनमा पनि परमेश्वरले कसरी अर्थ र सामर्थ्य दिनुहुन्छजीवन जिउने रहर थप्नु हुन्छर आफ्नो महिमाको लागि प्रयोग गर्नु हुँदोरहेछ भन्ने प्रमाण पेस गर्नु हो। बाइबलको परमेश्वर मेरो लागि कुनै आदर्श वा दर्शन होइनउहाँ मेरो जीवनको यथार्थ हुनुहुन्छ कारण उहाँको हात मेरो जीवनमा नभएको भए जीवनको दुई दशक नपुग्दै म संसारबाट बिदा भइसक्थें। येशू प्रभुलाई यो जीवन सुम्पेपछि पनि मेरो सामु यस्ता उतारचढावहरू आए जसमा मेरो मानवीय क्षमताले जीवनको नावलाई कुनै हालतमा पनि पार लाउन सक्ने थिएन। नेपालमा गनिएका यस्ता मानिसहरू मेरो विरुद्धमा उभिए कि मेरो पतन निश्चित थियो। तर आज जे छुजस्तो छु र जहाँ छुत्यसमा प्रत्यक्ष प्रभुको हात मेरो जीवनमा भएको कारण हो। आशा छमेरो कथा र व्यथाहरूले तपाईंहरूलाई त्यो परमेश्वरको नजिक ल्याउनेछ जसले तपाईंको जीवनमा सोचेको वा चिताएको भन्दा अझ ठूलो काम गर्न सक्नुहुन्छ। वचनले भन्छ “आँखाले नेदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेकायी नै कुरा परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ” (१कोरन्थी २:९)। प्रिय मित्रत्यो परमेश्वरलाई जीवन दिनुहोस् जसले यी महान् कुराहरू तपाईंको जीवनमा पूरा गर्न चाहनुहुन्छ।  अहिले तपाईंको अवस्था  जतिसुकै नाजुक भए पनि, मानिसले तपाईंलाई जतिसुकै हेलाँ गरेपनि, जीवन अन्धकार र आशाहीन भए पनि यदि परमेश्‍वरको वचनलाई सिरोपर गर्नुभयो र उहाँले भनेको सबै कुराहरू सम्भव हुनेभएकाले हरेस नखाएर त्यो उज्वल भविस्यको सपनालाई दिन रात आफ्नो हृदयमा खेल्न दिनुभयो भने एक दिन त्यो सपना तपाईंको जीवनमा पक्का साकार भएर आउनेछ।