February 28, 2018

धन्य नेपाली ख्रीष्टीयान विश्वासी!

धन्य नेपाली ख्रीष्टीयान विश्वासी!  तिमी कति उदार, कति आत्मिक, कति ज्ञानी, कति सहनसील, कति निश्छल।  तिमीले येशूलाई विश्वास गर्दा कति दुःख, कष्ट, हेला, खेदो र सतावट खेप्नुपर्‍यो।  गाउँलेले पानी वारे।  छिमेकीले पैसामा बेचिएको भने।  आफन्तले नाता नै तोडे।  कतिलाई त गाउँबाटै लखेटियो, कतिलाई सरकारले नै जेल हाल्यो।  कति कुटिय, कति पिटिय त कतिले येशूमा राखेको विश्वासको कारण ज्यानै गुमाए।  तापनि येशूले दिनुभएको पाप क्षमा र अनन्त जीवनलाई तिमीले समातिनै रह्यौ।   चर्चमा जान डाँडा पाखा काटेरै, खोला नाला तरेरै र घाम पानी केही नभनि शनिवारको सेवामा उपस्थितहुन कहिल्यै छोडेनौ।  आफ्नो कमाइको दशांस आदर र भक्ति साथ चर्चको भेटीमा हाल्नपाउँदा कति खुसी हुन्छौ।  खेतबारीमा फलेको पहिलो फल पनि चर्चमा रमाइ रमाइ ल्याउँछौ।  धन्यवाद भेटी, विश्वासको भेटी, प्रतिज्ञाको भेटी; जुनसुकै भेटीमा उत्सुकताकासाथ भाग लिन्छौ।  येशूले भनेको वचन “लिनु भन्दा दिनु असल हो”लाई हृदयबाटै विश्वास गर्छौ।

February 23, 2018

पास्टर ज्यू, तपाईंको योग्यता?



मानव समाजको प्रगति वा दुर्गतिहुनुमा अगुवाको धेरै ठूलो भुमिका हुन्छ।  अगुवाविना कुनै समाज प्रगति गर्न सक्दैन।  हितोपदेश २९:१८ले भन्छ "जहाँ अगुवा (दर्शन) हुँदैन त्यहाँ मानिसहरू भाँडिन्छन्"।  अगुवालाई दर्शनसँग तुलना गरिएकोछ र  दर्शनविनाको अगुवाले समाजलाई प्रगतितिर लान सक्दैन।  एउटा परिवारले प्रगति गर्नकोलागि पनि अगुवाको आवस्यकता पर्दछ   

February 17, 2018

तपाईंको बोलावटमा धमिरा नलागोस्!


येशूलाई विश्वासगर्नु आफैमा कति महान् आशिष् हो।  संसारका अरबौं मानिसहरूले यो आशिष् पाउन सकेकाछैनन्।  येशूको बारेमा धेरै कुराहरू जानेर, सुनेरपनि येशूलाई आफ्नो मुक्तिदाता भनी स्वीकारगर्न सकेकाछैनन्।  ख्रीष्टीयन परिवारमा जन्मेरपनि धेरैले यो आशिष् गुमाएकाछन्।  तर जसले येशूलाई साँचो रूपले चिनेकाछन्, उनीहरूका लागि यो कति उदेकको आशिष् हो!  जीवनमा गरिएका सबै पापको क्षमा।  नरकको अन्नत मृत्युबाट छुटकारा पाएर जीवनको यात्रामा हामी लागेकाछौं।  स्वर्गको निश्चयता छ।  यस संसारमा रहुन्जेल जीवन बिताउन चाहिने सबै शक्ति र सामर्थ्यको प्रतिज्ञा हामीलाई दिइएको छ।  वाकै ख्रीष्टीयन जीवन कस्तो उदेको र रहरलाग्दो जीवन!

February 5, 2018

मेरो पास्टर हराउनुभयो



भर्खरै येशूलाई चिनेको मगजमा आपार उमङ्ग थियो।  बाइबल यस्तो साथी बन्यो कि हिँड्दा झोलामै, बस्दा हातमै र सुत्दा सिरानीमा या छातीमै।  नयाँ खाले बाइबल देख्‍ने वित्तिकै छाक बारेरै भए पनि किन्न मन लाग्ने।  भजनका धून सुन्ने वित्तिकै कहिले आँखा रसिने त कहिले मुटुमा भक्कानो फुट्ने।  ख्रीष्ट र ख्रीष्टीयन सब्द कतै लेखेको देखेपछि त्यो पत्रिका होस् या कुनै साइनबोर्ड, गएर त्यसलाई चुम्बन नै गर्न मन लाग्ने।  चर्च को त “च” नै रमाईलो र शनिवारको “श” कहिले आउला भनि छ दिनको पर्खाई अतिनै लामो।  चर्च भित्रको मादलको ताल कति सुरिलो, खैँजडीमा कति मिठास, गितार र हारमोनियमको त कुरै नगरौं।  लाग्थ्यो कि यदि मेरा हातमा सङ्गीतको “स” मात्रै थियो भने पनि रात दिन चर्च भित्रै विताउँथे होला। 

शनिवारको सेवामा स्वर्गीय अनुभव।  गाउनेहरूले कति मिठो गाउन सकेको, बजाउनेको त हातैमा हिरा र प्रार्थना गर्नेहरूले स्वर्गको सिंहासन नै छोएको, र वचन बोल्नेको मुखै सुनौलो।  सेवामा भागलिन आएकाहरू कति प्रेमीला, दयालु, मिलनसार, त्यागी।  लाग्थ्यो कि म जस्तो पापका घाउहरूले भरिएको घाइते दागीको कारण त्यो पवित्र सभामा नै दाग लाग्ला जस्तो; त्यसैकारण पछाडि बस्न मन लाग्ने।  सबै मिलेर ठुल्लठुला सोरमा आराधनाको वलिदान चढाउँदा आफूलाई मनमा लागेका कुराहरू उच्चारण गर्ने आँट नै नआउने।  छेउमै उभिएकाहरूले गरेको प्रशंसाका सब्दहरू सुन्दा कति मिठा, कति पवित्र, कति आत्मिक।  भन्न त मनमा लागेका कुराहरू आफूलाई पनि भन्न मन लाग्थ्यो तर मसँग त्यो उच्च स्तरीय आत्मिक भाषा नै थिएन।  एकान्तमा भने येशूसँग कुरागर्दा मुटुबाट भेल नै बगेर निस्कन्थ्यो।  उहाँकै कोमल हातले मेरा आँसु पुछिदिएको अनुभव हुन्थ्यो; कतिपटक त सिरानी नै येशूको काख जस्तो लाग्थ्यो।

एक रात त येशूले विचित्रै गर्नु भयो।  प्रेरितको किताबका केही अध्याय पढिसक्दा साडे दश बजेको थियो र सधैं झैं सुत्नुभन्दा पहिले प्रार्थनाको लागि घुँडा मात्रै के टेकेको थिए, मेरो संसारै परिवर्तन भयो।  कोठा नै अनौठो उपस्थितिले भरियो।  घुँडा टेकेर निहुरिएर बसेको मान्छे, उत्तानो भै लम्पसार परेछु।  लम्पसार भएकै अवस्थामा हातहरू माथि उचाल्दै ठूलो सोरमा प्रार्थना गर्न थालेछु। ठूलै हल्ला भएको सुनेर छिमेकीहरूले कोठा घेर्दै कतिले झ्याल र कतिले ढोका ढक्ढकाउन थाले।  पागलै भयो भन्ठाने।  मेरो नाम बोलाएको पनि सुनेँ, ढोका खोल भनेको पनि सुनेँ, के भयो भनेको पनि सुनेँ र कता कता लाज पनि लाग्यो तर के गर्ने, उठ्नै सकेनँ, जवाफ दिनै सकेनँ नत प्रार्थना गर्न रोक्न सकेँ।  मुख बन्दै नहुने, शरीर आफ्नो वस भन्दा बाहिर।  म जे बोल्दै थिएँ आफैले पनि बुझिरहेको थिएनँ।  अनौठो पनि लाग्यो तर मुटुको पनि मुटुमा अलौकिक् किसिमको आनन्द; स्वर्गीय अनुभव।  कुनै अदृष्य उपस्थितिले मेरो शरीरलाई च्यापेको जस्तो लागे पनि मनमा बादलमाथि हिँडेको अनुभव।  विचित्रै गर्नुभयो त्यो रात प्रभुले।  विहानको तीन बजे मेरो शरीरको नियन्त्रण प्रभुले मलाई फिर्ता दिनुभयो र उहाँको सेवाको लागि मेरो जीवन दिनुपर्ने आज्ञा गर्नु भयो। उहाँको बोलावटलाई सहर्स स्वीकार गर्दै उज्यालो भएको थाहै भएन।

त्यो रातको जस्तो अनुभवमा मात्रै जीवन विताउन पाए कति आनन्द हुन्थ्यो होला तर उज्यालोले सेवाको लागि पाइला चाल्न वाध्य बनायो।  ख्रीष्टीयन विश्वासी र पास्टरहरूसँग परिचय हुन थाल्यो।  भरपर्दो र मनले खाने आत्मिक अगुवाको खोजीमा लागेँ।  ख्रीष्टीयन समाजको अनुभव गर्दै जाँदा यो स्पस्ट हुन थाल्यो कि ति सुनौला सब्दहरू बोल्ने पास्टर होस् या स्वर्ग नै छुनेगरी आराधना गर्ने विश्वासी किन नहोस्; ख्रीष्टीयन जीवनमा द्वन्द रहेछ।  एक मनमा उनीहरू साँच्चै येशूका चेला बन्न चाहान्थे भने अर्को मनमा संसारको भौतिक मोहमा पनि जीउन चाहान्थे।  आफू येशूको निम्ति जोगी बनेर जीवन जिउँछु भनी निस्केको मानिसलाई ख्रीष्टीयन समाजभित्रको यो द्वैध चरित्रले निकै अप्ठ्यारोमा पार्‍यो।  तापनि जोन बनियानको तीर्थ यात्रापिल्ग्रिम्स प्रोग्रेसले मेरो कलिलो मगजमा गहिरो छाप लगाइसकेको कारण भौतिक लोभमा फस्नु मेरो यात्राको लागि हानिकारक हुनजान्छ भन्ने कुरामा सङ्का थिएन।  त्यसैकारण बनियानका मुख्य पात्र ख्रीष्टीयनजस्तै सहयात्रीहरू खोज्नतिर म लागेँ।

यात्रा धेरै पार गरिसक्दा पनि यो खोजमा खासै सफलता मिलेन।  जति नै नाम चलेको पास्टर किन नहोस्, भित्रि रहस्य बुझ्दै जाँदा भौतिक सम्पत्ति जोड्नकै लागि मरिमेटेको देखियो।  भावि नेतृत्व निर्माणमा पनि आत्मिक गुरू र चेलाको सम्बन्ध नभएर आर्थिक लगानी र चतूर व्यवस्थापनको नै हावि देखियो।  परमेश्वरको राज्य भन्दा आफ्नै राज्य निर्माणमा व्यस्त र विश्वासीको चिन्ता भन्दा नेतृत्वले आफ्नै चिन्ता गरिरहेको देखेँ।  होलान् त्यस्ता असल आत्मिक गुरू भन्न लायकका सेवकहरू पनि तर मैले मेरो लागि चिन्ता गर्ने आत्मिक गुरू नेपाली ख्रीष्टीयन समाजमा भेट्टाउन सकेनँ।  खोट मेरो पनि होला कारण जोगी बन्न सबैलाई सजिलो हुँदैन।
  
त्यसैकारण नेपाली ख्रीष्टीयन समाजभित्र छिर्नुभन्दा यसको सेरोफेरोमै रहेर जीवन विताउने निर्णया गरेँ र नभन्दै प्रभुले यस्ता धेरै सहयात्रीहरू जुटाउनुभयो जसको जीवनमा मैले केही मात्रामा भए पनि प्रेरणा थप्‍ने मौका पाएँ।  येशूका शिक्षालाई सिकाउने मात्रै होइन, व्यवहारमा उतार्न सकिन्छ भनि जीवनबाट उदाहरण देखाउने मौका प्रभुले मलाई दिनुभयो।  त्यो उदाहरण देखाउनको लागि संसारको सुखविलाश र भौतिक समपन्नतामा भन्दा दुःख र चुनौतिहरूको सामनामा धेरै सजिलो हुँदो रहेछ।  पास्टरको घर कति ठूलो, पास्टरको गाडी कति महँगो, पास्टर कति धनी भनि गरिएको प्रसंशामा भन्दा, पास्टरले दुःखमा, अभावमा, सतावट र खेदोमा पनि हेरस खानु भएन; सेवामा लागिनै रहनुभयो भनि देखिने गवाहीले असल गोठालोको उदाहरण बन्न सजिलो हुने रहेछ।  त्यसैकारण होला, २कोरिन्थीको किताबमा पावलले आफ्नो दुःखमा निकै गर्व गरेको छ।  

काठमाण्डो आशा मण्डलीमा होस्, कोरीयामा रहँदा सेवा पुर्‍याएको मण्डलीमा होस्, गुवाहाटीमा स्थापना हुँदै गरेको आशा मण्डलीमा होस्, या सामाजिक सन्जालबाट मसँग गाँसिएका विश्वासी मित्रहरूमाँझ किन नहोस्; उहाँहरूको सामु त्यो पास्टर बन्न सकुँ जसको जीवनलाई देखेर उहाँहरूमा पनि येशूको सेवा गर्ने रहर पलाएर आओस्।  मेरो सेवा र जीवनसैली देखेर म पछिका सेवकहरूलाई निराशा होइन सेवा गर्ने प्रेरणा मिलोस्।  त्यो नै मेरो जीवनको ठूलो सफलता हुनेछ र त्यसैमा म रमाउनेछुँ।  मैले मेरो जीवनमा असल पास्टर भेट्टाउन सकेको थिएनँ भने पनि मेरो सेरोफेरोमा रहनुहुने परमेश्वरका छोराछोरीलाई त्यो अनिकाल नपरोस्।  उहाँहरूको पास्टर नहराओस्!

February 3, 2018

God's Promises Ought to be Activated by Faith and Confession

I Declare!
(Compiled from Joel Osteen’s Book “I Declare”)

When we pray to God in bad times, He delivers us from the bad time. 
When we pray to God in good times, we would not have to face the bad times.
The Humble depend on God and experience divine favor.
The Proud depend on themselves and experience human futility.

 The Scripture says, “We will eat the fruit of our words”
-         Meaning, we will get exactly what we’ve been saying.
-         The thoughts may come to mind, but don’t make the mistake of verbalizing them.

 Throughout the day say;
-         “I have the favor of God. I can do all things through Christ. I am blessed. I’m strong. I’m healthy.”
-         “Hello, you blessed, prosperous, successful, strong, talented, creative, confident, secure, disciplined, focused, highly favored child of the Most High God.”

 You believe what you say about yourself more than what anybody else says.
 Don’t talk about the problem. Talk about the solution.

If you speak these declarations over your life on a daily basis, you will be surprised to see how life can be amazing.  The fruit of our mouth will fill our life!

February 1, 2018

Can We Really Live By Faith In God's Promises?

Jesus said “Ask and it will be given to you”.  This is an outrageous promise to make if one had no ability to fulfill.  He even goes further and says; “If you remain in me and my words remain in you, ask whatever you desire and it will be done for you”.  As if desiring and asking are the only limits to what one can have in life! 

People put Jesus’ claims to the test.  A man blind from birth ran to him asking for sight, and he got it.  A woman with 12 years of issue of blood pushed into the crowd with the desire to be healed and when she touched the hem of his garment, she was instantly healed.  Four men dropped their paralyzed friend from the roof into the place where Jesus was sitting, and the paralyzed walked carrying his own mat that he was dropped in through the roof.  Lepers were cleansed, deaf heard and mute spoke, dead came back to life, food multiplied, water changed, fish gave up gold, storm obeyed, demonic spirits submitted, mysteries revealed and the list could go on and on to show the power of Jesus to fulfill his promises.

January 29, 2018

Is There Peace In Your Home?

Outward appearances do have some correspondence with our inward condition.  It is generally believed that if a man's car is dirty, smelly and squeaky, it may say something about a life that is falling apart from within.  Or he is just a lazy slob who knows nothing about taking control of his situations.  Similarly the condition of a woman's house or her bedroom will speak voluminous.  

January 28, 2018

Missions Are Eradicating Ministers From South Asia

Apostle Paul was probably the first person to write the books of the New Testament.  He was a brilliant scholar.  Clement of Rome (died about 101AD) is considered to be the first apostolic father.  His letter to the church in Corinth is the oldest Christian document outside the New Testament.  This document demonstrates his learned status.  Ignatius of Antioch (died between 107-112 AD) wrote many letters to various churches; another learned man.  Justin Martyr (died 165AD) defended the Christian faith through his writings; considered to be the first apologist of the church.  Irenaeus (died about 202), Tertullian, Clement of Alexandria, Origen of Alexandria, Cyprian of Carthage, Athanasius, and Eusebius (all within the first 300 years) were men of great learning.  From Augustine to Luther, history is filled with great men and women of the church who dominated the world of their time with their learning.  

January 26, 2018

माटोमा होइन मानिसमा लगानी गरौं!

७० वसन्त काटेका एकजना दाइसँग हाम्रो लामो समय देखिको चिनजान छ।  भारतीय सरकारको माथिल्लो तहको जागिरबाट वर्षौं पहिले राम्रो पेन्सन सहित अवकास हुनुभएको थियो।  अकुत सम्पत्ति जोडेको छ वा थियो भनौं।  भ्रष्टाचारको रोगले ग्रसित समाजमा उच्च अहोदाको मानिसले सम्पत्ति जोड्नु कुनै अनौठो कुरा थिएन।  दुइ छोरा र एक छोरी; बाहिरबाट हेर्दा सारै सुखी परिवार।  ख्रीष्टीयन समाजमा जन्मे, हुर्केकालाई बेलाबखत चर्चमा जाँदा आफ्नो शान पनि देखाउन सजिलो हुन्थ्यो।  ख्रीष्टमसको समयमा उनको घर यति झिलिमिलि हुन्थ्यो कि सारा छिमेक नै चम्किन्थ्यो।  दुःखको कुरा, ख्रीष्टले नत उनको घरमा न उनका परिवारका सदस्यहरूको हृदयमा ठाउँ पाउनुभयो।  भित्र भित्रै त्यो परिवारमा विनाशकारी किराले (पाप) सबै जराहरू खाइसकेको रहेछ। 

पार्टी र मोजमजाको जीवनमा नशालु पदार्थले दुबै छोरा, श्रीमती, ज्वाई र एउटा बुहारीलाई छोटो समयको अन्तरालमै चिहानमा पुर्‍यायो।  दुःख माथि दुःख भनौ, बाँचेको छोरीले पनि ठाउँ छोडेर अन्तै बसाइँ सरिन्।  परिवार उजाड भएपछि ती दाइको प्राय समय चिहानघारीमै बित्थ्यो।  केही हप्ता अघि अचानक आफन्तहरू छिमेकमा छ्याप्छ्याप्ति उनलाई खोजिरहेका थिए र हाम्रोमा पनि आएर सोधे।  चारदिन पछि, अर्कै स्थानमा कसैले दया गरेर उनलाई आफ्नो घरमा राखेको रहेछ, पुलिसलाई रिपोर्ट गरेपछि आफन्तहरूले भेट्टाए।  एकलो जीवनको पिडाले नै होला उनको स्मरण शक्ति खतम भएछ र एक दिन चिहानमा गएपछि घर फर्किने बाटै बिर्सनु भएछ।  घरतिर हिँडेका मानिस अर्कै गाउँमा पुगेछन्।

प्रिय मित्र, एकलोपना अतिनै पिडादायी हुन्छ।  आफूसँग सबैकुरा हुन्जेल र शरीरमा बल हुन्जेल आफन्त साथी-भाइहरूको कमी नहुनसक्छ तर जब यी कुराहरूले हामीलाई छोडेर जान्छन् तब सबैले बाटो काट्छन्।  कतिपटक आफूसँग सबै भौतिक कुराहरू भएर पनि मनको कुरा सुनिदिने, समय विताइदिने मित्रहरू मिल्दैनन्।  विशेषगरी आजको समाजमा छोराछोरीहरू हुर्केपछि बसाइँ सरेर कता पुग्छन् पुग्छन्।  कतिपटक बाध्यताले पनि विदेशीनु पर्छ जसको कारण गाउँ-समाजमा वृध्द आमाबाबुले एक्लै जीवन विताउनुपर्छ भने उता छोराछोरीले पनि विदेशी भुमिमा, विरानो संस्कृतिमा एक्लै संघर्ष गरिरहनुपर्ने हुन्छ। 

एकलोपना सबैका लागि पिडादायी हुन्छ चाहे जवान होस् वा वृध्द होस्।  विशेषगरी विरामीपर्दा वा कुनै आपद आइपर्दा जब हामी असहाय हुनजान्छौं त्यतिबेला हामीलाई साथ दिने वा सहयोग गर्ने यात आफ्नै परिवारका असल सदस्यहरू चाहिन्छन् या अत्यन्त नजिकका मित्रहरू।  परिवारका सदस्यहरू सदैब हामीसँग नहुन सक्छन् तर मित्र र छिमेकीहरू हामीसँग सदैब हुनसक्छन्।  हामीलाई दुःखमा साथदिने मित्रहरू भएको देख्‍न चाहान्छौं भने हामी सुखमा हुँदा अरूको दुःखमा भाग लिन जान्नु पर्छ; समय दिन सक्नु पर्छ।  असल मित्रहरू आफै उत्पन्न हुँदैनन्।  त्यसको लागि हामीले लगानी गर्नु पर्छ।  समयको लागानी, मनको लगानी, र सहयोगको लगानी।  हो, कतिपय यस्ता स्वार्थीहरू पनि हुन्छन् जसले पाउन्जेल अरूबाट लिन्छन् र पछि आफ्नै बाटो लाग्छन् तर कसैले त्यो गर्‍यो भन्दैमा हामीले मानिसको जीवनमा लगानी गर्न छोड्नु हुँदैन।  त्यसमा पनि हामी विश्वासीहरू एउटै परिवारका सदस्यहरू हौं।  हाम्रा पिता एउटै हुनुभएको कारण हामीले एकार्काको वास्था गर्नै पर्छ।  गलाती ६को २ देखी १०मा पावल भन्छन्; “2एउटाले अर्काको भार उठाओ, र यसरी ख्रीष्‍टको व्‍यवस्‍था पूरा गर।  5किनभने हरेकले आफ्‍नो भार आफै उठाउनुपर्छ। 7धोकामा नपर, परमेश्‍वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्‍दछ त्‍यसैको कटनी पनि गर्नेछ। 8जसले आफ्‍नो पापमय स्‍वभावको निम्‍ति रोप्‍तछ, त्‍यसले आफ्‍नो पापमय स्‍वभावबाट नै सर्वनाशको कटनी गर्नेछ। तर जसले आत्‍माको निम्‍ति रोप्‍तछ, त्‍यसले आत्‍माबाट नै अनन्‍त जीवनको कटनी गर्नेछ। 9भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्‍मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं। 10यसकारण मौका पाएअनुसार हामी सबै मानिसको भलाइ गर्दैजाऔं, विशेष गरी तिनीहरूको, जो हाम्रो विश्‍वासका परिवारका हुन्‌ 

आफ्नो समय र शक्तिले भ्याउन्जेल अरूलाई बनाउने काम गर्छौं भने परमेश्वरले हामीलाई कहिल्यै एक्लो रहन दिनुहुनेछैन।  शारीरिक शन्तानहरू थोरै भए पनि हामीसँग आत्मिक सन्तानहरू धेरै हुनेछन् जसले हामीलाई एक्लै छोड्ने छैनन्।  अरूलाई बनाउने सेवकको उत्तम उदाहरण प्रेरित पावल हुन्।  उनको सेवाकालमा उनले धेरै मानिसको जीवनमा लगानी गरेका थिए।  उनी रोमको चिसो जेलमा एक्लै हुँदा पनि उनको सेवाको लागि टाढा टाढाबाट भाइहरु जाँदथे।  जीवनको अन्तिम घडिमा पनि उनलाई सेवा पुर्‍याउन तिमोथी र मर्कूस जाँदै थिए।  धेरै इतिहाँसकारहरूका अनुसार तिमोथी र मर्कूस पुग्नु भन्दा पहिल्यै दुष्ट रोमी सरकारले उनलाई मारिसकेको थियो।  तापनि हामी देख्छौं कि कसरी पावलको लागि धेरै भाइ बहिनीहरू आफ्नो जीवन दिन तयार थिए।  जसले कसैको जीवनमा आत्मिक लगानी गर्छ भने उलसे आत्मिक सेवकहरूको कटनी गर्नेछ।  तिमोथी जस्ता आत्मिक चेला जन्माउन सक्नु नै एउटा सेवकको सफलता हो। 

आजको संसारमा पास्टर वा सेवकहरू सेवाको लागि मानिस बनाउनुको सट्टा आफ्नै भौतिक घर बनाउन र नाशवान सम्पत्ति जोड्नको लागि मरिमेटिरहेका देखिन्छन्।  लाग्छ उनीहरूलाई स्वर्ग जाने मनै छैन जस्तो।  दाताहरूलाई ठगेर हुन्छ कि मण्डली र मिसनमा भ्रष्टाचार गरेर हुन्छ, घर घडेरी जोड्न पाए उनीहरूलाई पुग्छ।  कति जना सम्पत्ति हात पारेपछि सेवाकाईंको विल्ला नै उतारिदिन्छन् भने कति लाज पचाएर बढी नै आत्मिक भएको स्वाङ् पार्छन्।  अरूले दिएको दानमा आफै दानी जस्तो बनेर मानिसको आँखामा छारो हालिरहेका हुन्छन्।  यस्ता व्यक्तिहरू नै पछि गएर एकलोपनाका सिकार हुन्छन् कारण स्वर्ग जानको लागि पनि उनीहरूमा खासै उत्तेजना हुँदैन।  उत्तेजना पनि कसरी होस्।  ठगठाग गरेर कमाएको सम्पत्तिको लागि कहिल्यै पश्चातप गरेकै छैन।  अरूको दानमा कमिसन खाँदै आफू दानी बनी कमाएको झूटो ख्यातिको कारण येशूको नजरमा नजर लाउने आँटै हुँदैन।

तर मित्र, अगापे प्रेममा आफूसँग भएको सम्पत्ति, सेवा, र दक्षताबाट अन्य विस्वासीको जीवनमा हामीले लगानी गरेको छौं भने मानिसले मात्रै होइन स्वयम परमेश्वरले हाम्रो रेखदेख गर्नु हुनेछ।  हामीलाई त्यस्ता आत्मिक चेला र चेली दिनुहुने छ जसले हामीलाई दुःखका दिनमा बिर्सने छैनन् र एकलो हुन दिने छैनन्।  कथनकाल हामीसँग कोही भएन भने पनि स्वर्गदूतहरू पठाएर परमेश्वरले हाम्रो वास्था गर्नु हुनेछ।  परमेश्वर भन्नुहुन्छ; “तिमीहरूको बुढ़ेसकालसम्म र कपाल फुलेको अवस्थासम्म त्यही हुँ, म त्यही हुँ जसले तँलाई थाम्नेछ। मैले तँलाई बनाएको हुँ, र म तँलाई बोकेर हिँड्‌नेछु, र तँलाई बचाउनेछु र छुटाउनेछु” (यशैया ४६४)

तर जीवनमा परमेश्वरलाई ठाउँ नदिएर संसारको सम्पत्ति र सम्मानकै पछि लाग्यौं भने एकलोपना नै हाम्रो अन्तिम साथी हुनेछ।  आज धेरै नेपाली भाषी विश्वासीहरू संसारका हुनेखाने देसमा जीवन यापन गरिरहेका छन्।  भर्खरै बसाइँ सरेर गएको कारण सायद नयाँ संसारको नयाँ सपनाले हौसला दिइनै रहेको होला।  तर जब त्यो नयाँ संसारको हावापानीमा जीवनचर्या चल्नेछ तब कता कता आफूले छोडेको माटो र पानीको पनि याद आउनेछ।  व्यस्त संसार भएको कारण आफन्त र चिनाजानकासँग भेट गर्न महिनौं वा वर्षौं पर्खिनु पर्नेछ।  तब एकलोपनाले सजिलै सताउने प्रयास गर्नेछ।  यस्तो अवस्थामा पनि मित्रहरू, परमेश्वरको प्रेमलाई धारण गर्दै आफ्ना छिमेकीसँग असल सम्बन्ध निर्माण गर्न सक्नुभएको खण्डमा सजिलै एकलोपनालाई मेटाउन सकिनेछ।  तपाईंको छिमेकी नेपाली होस् वा अन्य कुनै जाती, हामी सबै एउटै परमेश्वरका सन्तान भएको तथ्यलाई स्वीकार गर्न सकेको खण्डमा ती मानिसको जीवनमा पनि हामी लगानी गर्न सक्छौं।  जुनसुकै जातीका मानिसको माझ हाम्रो बसोबास किन नहोस्, ती मानिसहरूलाई पनि हामी आफ्ना आत्मिक आमाबाबु वा छोराछोरी बनाउन सक्छौं।  जति धेरै आत्मिक आफन्तहरू हामी बनाउन सक्छौं त्यतिनै टाढा एकलोपना हामीबाट भागेर जान्छ। 
त्यसकारण संसारमा भौतिक संरचनाहरू निर्माण गर्नुको सट्टा मानिसहरू निर्माण गर्नुहोस्!