October 29, 2018

Don't allow others do the thinking for you

Life happens.  It does.  It has its own course of action; its own direction.  It does not wait for anyone.  It moves on.  Almost like rudderless ship in the ocean, its direction is determined by every gale and gust of wind.  Such a ship will either sink or run aground; never to be able to sail again.

As a Pastor, I get to see how people live their lives.  Some have clear direction while others allow the circumstances to toss them around.  Some are determined to make something out of their lives while others are bent on doing the things that will destroy them.  Some have wishful aspirations while others wait for good things to happen.  Very few seem to have a guiding vision and a purpose.  While it’s pleasure to be with the people who know what they are doing and where they are going, but not so pleasurable to be in the company of those who allow life to be like the rudderless ship.

Socrates is often quoted of saying; “if you get a bad wife, you will be a philosopher.”  I am not sure what he would say about the woman who gets a bad husband.  Possibly the same.  The point is; suffering makes a person to think.  But to think or not to think is a choice we all can make.  More often than not, we do not want to think.  Thinking is hard.  It is easy to do manual labor than to use our brain to think.  The prodigal son was wrecking his life until the day he started to think.  The Bible says “he came to his senses” and his life was never the same again.

Even as believers, when we do not use our brain to think, we allow others to dictate our beliefs and shape our behaviors.  Our beliefs and behaviors will in turn determine the kind of life we live.  We shall become what we think.

The Bible reveals God as ‘Logos’.  Logos is thought.  Creation came into existence because of Logos.  This Logos became a living person in Jesus Christ who changed the very thought pattern of the world.  As Christians, we are to have the mind of Christ; the very Logos that created the universe. 

New Testament has a lot to say about how we are to think and how our thinking affects our living.  But for some reasons, theologians, preachers and teachers of the Bible focus so much on the actions and not on thinking.  “Don’t do, don’t see, don’t touch, don’t eat, don’t drink, and don’t go”; so many ‘don’ts’ focus on the actions.  Very seldom do we hear pastors teaching us on why we do the things we do and how to change the behaviors we hate.  Psychologists tell us that thoughts precede actions.  If we can change our thoughts, we can change our lives said the famed psychologist William James.  James’ statement has been proven to be true by countless people around the world for a long time now.  People have seen dramatic change in the quality of their lives after they deliberately decided to change their negative thinking into a positive one.
  
For Christians, the Bible is the fountain of such revelation where we are commanded, persuaded, and even entreated to change our mind from negative to positive, from earthly to heavenly, from fleshly to spiritual, and from natural to supernatural.  Yet, we do not heed.  The non-Christian psychologists and motivational speakers on the other hand have taken these treasures from the Bible and applied them to their lives and are enjoying tremendous benefits.

Unless we come to our senses the way Prodigal son came to his, we will continue to reap the consequences of our non-biblical thinking.  But if we stop and ponder on who God is and what he has done for us, life will not be the same again.  We will not sit with the pigs any longer.  We will get up from that stinky sty and run toward the father who has prepared for us the garment of glory, ring of authority and shoes of awesome responsibility that belong to the son of a father who owns everything.  A life of honor and sufficiency is for those who can change their mind from misery and poverty.  Unless you change your negative thinking into positive, you won’t see positive changes coming into your circumstances or your character.  

Don't allow others to think for you.  Pick up the Bible and align your thinking with the thinking of God and a beautiful life will be yours to enjoy!  

October 23, 2018

आफैले आफूलाई प्रेम नगरे, अरू कस्ले गरिदिने?


परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ।  त्यसमा सङ्का छैन।  हाम्रो भलाइको लागि जुनसुकै कुरा गर्न र दिन आफू तयार रहेको प्रतिज्ञा गर्नु भएको छ।  त्यसमा पनि दुई मत छैन।  हाम्रो मुक्तिको निश्चयतामा हामीलाई सङ्का छैन। चर्चलाई पनि हामी औधिनै प्रेम गर्छौं।  हाम्रा छिमेकीलाई प्रेम गर्छौं र हामीलाई सताउनेहरूको लागि प्रार्थना पनि गर्छौं।  आफ्नो औकात र क्षमताले भ्याए सम्म दिने कुरामा पनि हामी पछि पर्दैनौं। कहिले काहिँ कसैसँग झनक्क रिस उठ्दा नराम्रो सोचे तापनि जब हामी सही दिमागले सोच्दछौं तब कसैको पनि कुभलो चिताउँदैनौं।  सबैले परमेश्वरलाई चिनेको र उहाँले दिने आनन्दित् र आशिषमय जीवन उपभोग गरेको देख्न चाहन्छौं।  दुःखी, गरीब र असहायलाई देख्दा मन टुटेर आउँछ।  संसारमा हत्या, हिङ्सा, अत्याचार, अन्याय र विभेदकारी समाजलाई हेर्दा छिटै स्वर्गीय राज्यको पूर्ण आगमनको चाहना गर्छौं।  आफ्नो देशको असल नागरिक र संसारको असल मानिस हामी बन्न चाहन्छौं र प्रयासरत छौं।

समस्या के छ भने, यी सबै कुराहरूमा हामीले आफैलाई बिर्सेका हुनसक्छौं।  परमेश्वर र छिमेकीलाई प्रेम गर्ने मानिसले प्राय आफूलाई प्रेम गर्न बिर्सेको हुन्छ कारण अधिकाङ्स समय आफूलाई प्रेम गर्ने मानिसले परमेश्वर र छिमेकीलाई प्रेम नगरेको उदाहरण हामीसँग धेरै छन्; उ स्वार्थी हुन्छ।  आफू स्वार्थी नठहरिनको लागि हामीले आफैलाई प्रेम गर्न छोडिदिन्छौं।

यो निकै ठूलो समस्या हो।  येशू प्रभुले भन्नुभयो “तैंले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू”।  बिभिन्न कारणले हामी आफैलाई प्रेम गर्नू भनेको एक कसिमको अपराध वा पाप नै सम्झन्छौं।  कुलत, कुसङ्गत र अपराधिक गतिविधिमा लाग्ने मानिसको समस्या सुरूमा आफैलाई प्रेम गर्न नसक्नुबाटै उत्पन्न भएको बुझिन्छ।  ख्रीष्टीयान विश्वासीले पनि परमेश्वरले दिने प्रशस्तता र आशिषित् जीवनको अनुभव गर्न नसक्नुमा आफैलाई प्रेम गर्न नसक्ने मानसिकताको खेल हुनसक्छ।

मित्र, यदि तपाईंले आफैलाई प्रेम गर्न सक्नु हुन्न भने अरू कसले तपाईंलाई प्रेम गर्न सक्छ?  कसले सोचिदिन्छ तपाईंको भलाई?  यहाँ सम्म कि मित्र, यदि तपाईंले आफ्नो भलाईको सट्टा आफैलाई हानी हुने कुरातिर पाईला चाल्दै हुनुहुन्छ भने परमेश्वरले पनि जबरजस्ती तपाईंको जीवनमा भलाई लाद्नुहुनेछैन।  परमेश्वरले त सारा संसारलाई प्रेम गर्नुहुन्छ तर त्यो प्रेमलाई अनुभव गर्न प्रत्यक मानिसले आफ्नो स्वतन्त्र इच्छाको प्रयोग गर्नुपर्नेहुन्छ।  चाहेको खण्डमा आज सम्पूर्ण मानव जातिले येशूमा आनन्दित जीवनलाई उपभोग गर्दै यो संसार नै स्वर्ग भन्न सक्थ्यो।  तर संसार दिनानुदिन नरक बन्दै गएछको कारण मानिसले परमेश्वरको प्रेमलाई स्वीकार गर्न चाहेको छैन।  यदि मानिसले चाहाँदैन भने परमेश्वरले कहिल्यै जबरजस्ती गर्नुहुन्न।

विश्वासी जीवनमा पनि यो कुरा लागु हुन्छ।  यदि यो संसारमा रहुन्जेलको लागि म मेरो भविस्य उज्वल भएको देख्न चाहन्न भने परमेश्वरले जबरजस्ती मेरो भविस्य उज्वल बनाउनुहुनेछैन।  यदि म गरिबीमा नै खुसी छु भने जबरजस्ती परमेश्वरले मलाई भौतिक आशिष् दिनुहुनेछैन।  यदि म सफल र स्वस्थ जीवन चाहान्न भने परमेश्वरले मेरो इच्छा काट्नुहुनेछैन।

तपाईंले भन्नुहुन्छ होला, “गरिबी कसलाई मन पर्छ? असल भविस्य कसलाई मन पर्दैन? रोगी बिरामी को हुन चाहन्छ?  जीवनमा असफल को हुन चाहन्छ?” आदि ईत्यादि।  तर तपाईंको सोच र जीवन जीउने शैलीलाई इमानदारितापूर्वक मुल्याङ्कन गरेको खण्डमा त्यसको प्रमाण त्यहाँ भेट्टाउनुहुनेछ।  “मनका लड्डु घिउसित खानु” भन्ने भनाई र सफल जीवनको लागि गरीने चिन्तनमा धेरै फरक छ।  सही चिन्तन, मनन् र सोचले जीवनलाई सही मार्गतिर डोर्‍याउँछ।  गलत चिन्तन, मनन् र  सोचले गलत मार्गमा अनि गलत गन्तब्यमा।

त्यसकारण मित्र, परमेश्वरलाई प्रेम गर्नुहोस्, आफैलाई प्रेम गर्नुहोस्, र आफ्नो छिमेकीलाई पनि आफैलाई जस्तै प्रेम गर्नुहोस्।  यसैमा हाम्रो भलाई छ।  आफैलाई प्रेम गर्ने मानिसले येशूमा परमेश्वरले उसलाई दिएको आशिषित् जीवनलाई पूर्णरूपले स्वीकार गर्दछ र अरूले पनि त्यो जीवन पाएको चाहन्छ।  आफैलाई प्रेम गर्न नसक्ने मानिसले अरूलाई साँचो प्रेम गरेको हुँदैन।  गरेको जस्तो देखिएको छ भने पनि त्यो स्वार्थपूर्ति, लोभ, डाहा, ईख र धर्मकर्म गरेर स्वर्गजाने आशामा गरेको हुनसक्छ।  त्यो साँचो प्रेम होइन।  के तपाईं आफैलाई प्रेम गर्नुहुन्छ? या यो प्रश्न सुन्दा कता कता अप्ठ्यारो लागेको छ?  यदि अप्ठ्यारो लागेको छ भने यात तपाईंले आफैलाई आफ्नो प्रेमको योग्यको ठान्नुभएको छैन या तपाईं अती नै स्वधर्मी आत्माले भरिनुभएकोछ।  यी दुबै कुराले तपाईंलाई परमेश्वरले दिने आशिषित् जीवनबाट अलग गरिरहेका हुनसक्छन्।

बाइबलले भन्छ “परमेश्वरमा आनन्दित होओ र उहाँले तिम्रो मनको चाहान पूरा गर्नुहुनेछ”।  येशू प्रभु आफैले भन्नुभयो “तिमीहरू ममा रह्यौ भने, र मेरा वचन तिमीहरूमा रहे भने, तिमीहरूलाई जे इच्छा लाग्छ माग, र त्यो तिमीहरूका निम्ति गरिनेछ”‼

आफ्नो जीवन कस्तो बनेको देख्‍न चाहनुहुन्छ?  त्यो इच्छा गर्ने पूर्ण स्वतन्त्रता परमेश्वरले तपाईंलाई दिएको छ।  आफ्नो लागि असल जीवनको चाहान राख्‍नु आफैलाई प्रेम गर्नु हो।

October 18, 2018

मगजले परमेश्वरलाई प्रेम गर्न नसक्दा लाग्ने घाटा

येशू प्रभुले आज्ञा गर्नुभयो; “तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, र आफ्‍नो सारा प्राणले, र आफ्‍नो सारा समझले (मगजले) प्रेम गर्नू” (मत्ती २२.३७)।  कोही पनि अन्धविश्वासी भएर उहाँको पछि लागेको उहाँले चाहनुभएन।

ऐतिहासिक कोणबाट हेर्दा इसाईहरूले परमेश्वरलाई हृदय, प्राण, र मगजले प्राचिनकालबाट प्रेम गर्दै आएका थिए।   दुईसय वर्ष अघि सुरू भएको आधुनिक मिसन युगसम्म पनि मिसनरीहरूले शिक्षालाई धेरै महत्व दिएको देखिन्छ।  मिसनरीहरू नयाँ ठाउँमा जाँदा शिक्षा र स्वास्थ्यमा सुधार ल्याएर मानव कल्याणमा जोड दिदै सुसमाचार प्रचारको काम गर्दथे। 

तर दोस्रो विश्व युद्ध पछि संसारभरी आएको राजनीतिक परिवर्तनले त्यो सुनौलो मिसनरी युगमा पूर्णविराम लगाइदियो जसको कारण शिक्षा र स्वास्थ्यको क्षेत्रमा चाहिने स्रोत र साधनको पनि कमी हुन गयो।

त्यतिनै बेला अमेरिकामा मौलाएको ‘डिस्पेन्सेसनलिजम्’ (जसले इतिहासलाई बिभिन्न कालखण्डमा विभाजन गर्छ र संसारको अन्त्य छिटै हुने विश्वास गर्छ) सिद्धान्तले येशूको आगमन नजिकै भएको कारण सामाजिक र भौतिक सेवामा लाग्‍नु भन्दा मानिसको आत्मा बचानउतिर लाग्‍नुपर्ने शिक्षालाई जोड दिइयो।  आत्मा बचाउने कामको लागि बाइबलको ज्ञानबाहेक अन्य क्षेत्रको ज्ञानको आबस्यकता नभएको कारण बाइबल कलेज र सेमिनरीहरूले बाइबल शिक्षकहरू मात्रै उत्पादन गर्न थाले।  अन्य क्षेत्रको शिक्षालाई ‘सांसारिक ज्ञान’ भन्दै त्यो जिम्मा मण्डलीले अविश्वासीलाई हस्तान्तरण गरिदियो।  नास्तिकवाद र सर्वधर्मवाद ज्ञानका एकाधिकारी बने।

त्यसमाथि जब ‘नेटिभ मिसन’ अर्थात स्थानीय जातिहरूमा त्यहाँकै सेवकहरूले आत्मा बचाउने काम गर्नु पर्ने सिद्धान्तमा जोड दिइन थालियो तब सक्षम बाइबल कलेज वा सेमिनारीको शिक्षाको पनि आवस्यतामा प्रश्न गरियो।  ‘अन्‍रिच्ड पिपुल ग्रुप’ वा सुसमाचार नसुनेको जातिहरू प्राय शिक्षाको क्षेत्रमा पिछडिएका भएको कारण त्यहाँ सुसमाचार पुर्‍याउन लेखपढ मात्रै पनि गर्न सक्ने सेवकले काम चल्ने भएको कारण कलेज स्तरको पढाइलाई पनि घटाएर एक महिने, दुई महिने, छ महिने जस्ता बाइबल तालिमहरूमा झारियो।  यस्ता सुसमाचार प्रचारकहरूको मुख्य उदेस्य मानिसलाई नयाँ गरी जन्म दिएर उनीहरूको आत्मालाई स्वर्गका लागि तयार गर्नुमा सिमित रहेको कारण परमेश्वरलाई मगजले पनि प्रेम गर्नु पर्ने आवस्यकता नै रहेन।  पापबाट पश्चताप गर्दै संसारबाट अलग रहेर येशूको आगमनको प्रतिक्षा गर्न मण्डलीलाई सिकाइयो।  हृदय र प्राण सक्रिय रहे    तर मगजको प्रयोगबाट परमेश्वरको महानता र उहाँको प्रेमको बयान गर्न सिकाइएन।

यसरी मगजले परमेश्वरलाई प्रेम गर्न नसक्दा इसाई विश्वासीलाई दुई क्षेत्रमा धेरै ठूलो घाटा लाग्यो।
१) मण्डलीमा इसाई विद्वानको कमीः एकसय वर्ष पहिला सम्म मात्रै पनि संसारमा प्रख्यात इसाई विद्वानहरूको बाहुल्य थियो।  ख्यातिप्राप्त वैज्ञानिक, चिकित्सक, पत्रकार, लेखक, राजनेता, न्यायाधीश, कलाकार, दार्शनिक आदिको कमी मण्डलीमा थिएन।  तर आज मण्डली भित्र यस्ता मानिसहरू पाउनै गाह्रो छ।  कसैले ‘म ख्रीष्टीयान हुँ’ भनेको खण्डमा संसारले उसलाई अनपढ वा बुद्धि नभएको मानिस भनेर गिज्याउँछ।  जवानहरू कलेज भर्ना भएपछि मण्डलीमा नफर्कनुको एउटा मुख्य कारण यो पानि हो।  नास्तिक वा सर्वधर्मवादीलाई संसारले बुद्धिमान भन्छ भने येशूमा विश्वास गर्नेलाई बुद्धु।  मण्डलीमा वचन प्रचार गर्दा पनि पास्टरले मगजका मांसपेशी तन्काउने खालका सन्देस भन्दा भावनाका तरङ्गहरू फैलाउने वचन मात्रै प्रचार गर्न थाले जसको कारण जटील प्रश्नहरुको जवाफ विश्वासीले सिक्नै पाएनन्।  इसाई सोचले संसारमा प्रभाव पार्न सकेन।

२) विश्वासीमा सकारात्मक सोचको कमीः डिस्पेन्सेसनलिजमको कारण येशूको आगमन नजिकै र संसार पनि छिटै नष्ट हुने भएको कारण सांसारिक जीवनमा सफलता, उन्नति, प्रगित जस्ता कुराको औचित्य नरहेको ठानियो।  फलिफापको सन्देस र सकारात्मक सोचले बाइबलमा भनिएको जस्तो प्रशस्तताको जीवन प्राप्तिको लागि चाल्नुपर्ने कदमहरुलाई निरुत्साहित गरियो।  दुःखी, गरीब, कम्जोर र संसारबाट अपहेलित भएर जीवन विताउनेलाई ‘आत्मिक’ मानिस भनियो भने संसारमा सफल, स्वास्थ, सम्पन्न र प्रभावकारी जीवन विताउनेलाई ‘शारीरिक’।  यस्तो सोचको कारण परमेश्वरले दिनुभएको महान् उपहार ‘कल्पना’ (Imagination)लाई विश्वासीले प्रयोग गर्नै छोडिदियो।  कल्पनाले नै सबै थोक सृजना गर्ने हो।  यदि विश्वासीले सकारात्मक परिस्थितिको कल्पनानै गर्दैन भने नयाँ सृजनाको आशा हुँदैन।  “परमेश्वर हामीले मागेको र कल्पना गरेको भन्दा पनि बढी दिन सक्नुहुन्छ” भन्ने जस्ता बाइबलका प्रतिज्ञाहरूको प्रयोग नै भएन।  सबै कुरालाई ‘प्रभुको इच्छा भए’ भन्ने सोचले इसाई मगजलाई अल्छे बनाइदियो। 

यस्तो अवस्थामा हामी के गर्न सक्छौं त?  अध्यन गर्दै ज्ञानको परिधि बढाउन सक्छौ भने कल्पनाद्वारा चाहेको कुरालाई यथार्थमा परिणत गर्नसक्छौं।  त्यसकरण;
१) अध्यन गरौः  स्कूल वा कलेज जानुहोस् भनेको होइन।  सक्नुहुन्छ भने जानुहोस्।  तर मगजले पनि परमेश्वरलाई प्रेम गर्ने हो भने हामीमा सिक्ने आत्मा हुनुपर्छ।  बाइबल मात्रै होइन, अन्य पुस्तकहरू पनि पढ्नु पर्‍यो।  अङ्ग्रेजीमा भनाई छ “Readers are Leaders”, अर्थात ‘किताब पढ्ने नै अगुवा बन्छ’।  इन्टरनेटको संसारमा सिक्न चाहनेको लागि आज ज्ञानको कुनै कमी छैन।  हत्केलामा भएको फोन द्वारा चाहेको कुरा हामी सिक्न सक्छौं।

२) सकारात्मक सोचको विकास गरौः बाइबलमा सकारात्मक सोचलाई ‘विश्वास’ भनिन्छ।  “हामी देखिने कुरालाई  होइन, तर नदेखिने कुरालाई हेर्छौं” (२को.४.१८)।  “हामी विश्वासद्वारा जीउँछौं, देखिने कुराको आधारमा होइन” (२को.५.७)।  “विश्वास गर्नेका लागि सबै कुरा सम्भव छ” (मर्कूस ९.२३)।  यस किसिमले यदि मगजको प्रयोगबाट हामी परमेश्वरका प्रतिज्ञाहरूले भने जस्तै कल्पनाहरू गर्न सक्छौं भने एकदिन ती कल्पनाहरू यसै संसारमा पुराहुने सम्भावना धेरै छन्। 

विलियम जेम्सले भनेका छन् कि यदि मानिसले आफ्नो सोच बदल्न सक्छ भने उसले आफ्नो जीवन बदल्न सक्छ।  त्यसरी नै अन्य मनोवैज्ञानिकहरूले पनि भनेका छन् कि जे हामी सोच्‍छौं त्यस्तै बन्छौं।  यसै तथ्यलाई बाइबलले हजारौं बर्ष पहिल्यै भनेको थियो कि मानिसले जे सोच्छ ऊ त्यस्तै बन्छ (हितोपदेश २३.७)।  अय्युबको जीवनमा पनि ती आपत्तिहरू आए जसको बारेमा ऊ सोचिनै रहन्थ्यो (३.२५)। 

परमेश्वरलाई मगजले पनि प्रेम गरेको खण्डमा हामी बुद्धिमानी हुनुका साथै सृजनात्मक कल्पनाहरूले जीवनका परिस्थितिहरूमा सकारात्मक परिवर्तन ल्याउनेछन्।  सफल, स्वस्थ र प्रभावकारी जीवनद्वारा परमेश्वरको सेवा गर्न सक्नेछौं। 

October 8, 2018

भ्रष्ट कम्युनिस्ट र ख्रीष्टीयानलाई बिझाउने काँडा जीवन शर्मा


दर्शन बिनाको समाज आफै नष्ट हुन्छ भन्ने तथ्यलाई इतिहासले धेरै पटक दोहर्‍याएको छ।  प्राचिन सभ्यताहरूको उदय र प्रगति हुनुको पछाडि दर्शन र दार्शनिकहरुको हाथ हुन्थ्यो भने तिनै सभ्यताहरू पतन हुनुभन्दा पहिला त्यहाँका दर्शनशास्त्रीहरूलाई खोजी खोजी मारिएको दुखद घटनाहरूले इतिहासका पानाहरू भरिएका छन्। 

दर्शनशास्त्रीहरूले मानिसलाई मानव भएर जिउन सिकाउँछन् कारण दर्शन बिनाको मानव दानव हुने सम्भावनहरू धेरै छन्।  जब मानव दानव हुन्छ तब शक्तिको माध्यबाट आफू विलासी जीवन जिउन अरुलाई मार्न ऊ पछि पर्दैन।  निरङ्कुश शासकहरूका मुख्य दुष्मन दार्शनिकहरूनै हुने भएको कारण तिनीहरूलाई खोजी खोजी मारिन्छ।  अपसोचको कुरा के छ भने दर्शन बिनाको शक्ति आफैमा विनाशकारी भएको कारण अन्त्यमा यसले त्यो सामाज, सामराज्य र सभ्यतालाइनै नष्ट गरिदिन्छ।

नेपाली इतिहासका पानाहरू पनि यो तथ्यका मूकदर्शक छन्।  दर्शन बिनाको शाहावंसीय शासनकाल राणाकालमा टुङ्गियो।  राणाकाल पञ्‍चायतकालमा।  पञ्‍चायतकाल आज अन्यौलकालमा।  शाहवंसले धर्मलाई हतियार बनाउने प्रयास गर्‍यो भने राणाकालले शक्तिलाई।  पञ्‍चायतकाल दर्शनबिनाको अभ्यास थियो भने प्रजातन्त्रको आन्दोलनले बिपी, पुस्पलाल, गणेशमान र मदन जस्ता दर्शनको सास फेर्दै गरेका हस्तीहरूको साथ पाएकै थियो तर ती हस्तीहरूले साँचो प्रजातन्त्रको बिहानीनै देख्‍न पाएनन्।

माओवादी जनयुद्द जतिसुकै दुःखदायी भएपनि धेरैले यसलाई दर्शनको लडाइँ सोचेका थिए।  आज आएर त्यो पनि धोका ठहरियो।  कम्युनिस्टहरु भ्रष्टाचार गर्दैनन् भन्थे तर नेपालका कम्युनिस्टहरुले त्यो भनाइलाई रद्द गरिदिए।  कुनै पार्टीको बिल्ला लगाउँदैमा विचारको परिवर्तन नआउँदो रहेछ। 

विचारको परिवर्तन बिनाको राजनीति र धर्मले समाजलाई नारकीय बाउँदोरहेछ।  मानवता र ईश्‍वरीयता दानवहरूका विलासी अभिलाषाहरू पुरागर्ने उपभोग्य वस्तुहरू बन्दारहेछन्।  भ्रष्ट राजनीति र अपभ्रष्ट धर्मको संगमको कारण अनगिन्ति मानवको रगत इतिहासमा बगाइएकोथियो र आजसम्म पनि बगी नै रहेकोछ।

राजनीतिमा कार्ल मार्क्सको दर्शन र धर्ममा येशू ख्रीष्टको सुसमाचारले थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्रताको धेरै ठूलो आशा जगाउँछन्।  तर दुर्भाग्य नै भनौ, नेपालमा नत कम्युनिस्टका नेताहरूले मार्क्सको दर्शनलाई अवलम्वन गरे न ख्रीष्टियान धर्मगुरूहरुले येशूको सुसमाचारलाई।  शक्ति र सम्पत्तिको मोहमा दर्शन र आदर्सलाई लत्याउँदै यी अग्रपङ्तिका नेता र धर्मगुरुहरुले मार्क्स र ख्रीष्टको इज्जतलाई नै धरापमा पारे।  बाइबल भन्छ “रुपियाँ पैसाको मोह सबै खरावीको जरा हो” र “घूसले हृदयलाई भ्रष्ट पार्छ”। 

यस्तो भ्रष्ट र घूसखोरी समाजमा पनि जीवन शर्मा जस्ता दार्शनिकहरू हुँदा रहेछन् जसले भ्रष्टहरूको हृदयमा सत्य, न्याय र समानताको बाण हानी नै रहन्छन्।  सम्पत्तिको मोह बिनाको शालीन जीवन शैली र सत्यमा आधारित हृदयस्पर्सी गीत संगीतको कारण उनलाई मन नपराउने ती भ्रष्ट र घूसखोरी वर्ग बाहेक अरू कोही पनि छैन।  जनताका गायक भनी चिनिने लोकप्रिय व्यक्तित्वको यो गीत निकै भावुक र मार्गदर्शक छ।
********************************
छैन मेरो शरीरमा अत्तरको सुगन्ध।
होला बरू जिउभरी पसिनाको गन्ध।।
होला मेरो खुट्टा बरू पट्पटी फुटेको।
तर मेरो जीन्दगी यसैमा उठेको।।

चाहिदैन मलाई सिसाको महल।
चाहिदैन मलाई चमेलीको बास।।
यसै राम्रो छ यो मेरो जीवन।
चाहिदैन मलाई सम्पत्तिको रास।।

कालो धन थुपारेर ढल्कि हिँड्नु भन्दा।
हलो जोत्नू गिटी कुट्नू होला राम्रो धन्दा।।
होला बरू झोपडिमा भोकै सुत्‍नू राम्रो।
बितोस बरू जिन्दगि पसिनामै हाम्रो।।

चाहिदैन मलाई सुनको दरबार।
चाहिदैन मलाई हिरा मोति हार।।
यसै राम्रो छ मेरो पैदल यात्रा।
चाहिदैन मलाई टलिकने कार।।

जता हेर्यो त्यतै देख्छु असत्यको खेती।
सत्य कुरा गर्नेलाई रोक्छन् बाटो छेकी।।
कैले सम्म यो संसारमा झूटले शासन गर्ने।
सच्चाई र सौन्दर्यलाई अप्ठ्यारोमै पार्ने।।

चाहिदैन मलाई झूटको बङ्गला।
चाहिदैन मालई असत्यको ठाँट।।
यसै राम्रो छ सच्चाई को बाटो।
अदम्य छ मेरो यस्मै ढट्ने आँट।।

September 18, 2018

आलोचना होइन प्रश्‍न गर्ने विश्‍वासी बनौं

Image result for अज्ञानताआज ठूलो संख्यामा नेपाली जातिले येशूलाई विश्‍वास गरेको छ र यो संख्या दिनानुदिन बढ्दै गैरहेको छ।  देश-विदेशमा रहेर पनि परमेश्‍वरमा विश्‍वास गर्न हामीलाई कसैले रोक्‍न सकेको छैन।  नेपाल र भुटानमा भएको सतावटले पनि हामीलाई रोकेन।  भारतमा भएको खेदो र प्रवासीपनले पनि हामीलाई येशूबाट टाढा हुन दिएन।  विकसित देशहरूको व्यस्तता, स्वतन्त्रता र भौतिक सम्पन्नताका अवसरहरूले पनि हामीलाई येशूबाट अलग गरेको छैन।  हामी जहाँ छौं, जस्तो अवस्थामा छौं, प्रभुको अनुग्रहले सँभाली राख्‍नुभएको छ।

यस्तो आशिषमय अवस्थामा नेपाली विश्वासीको लागि एउटा ठूलो आन्तरिक चुनौती छ।  समयमै यो चुनौतीको सामना गरिएन भने यसले धेरैलाई सजिलै धोका दिनेछ।  त्यो चुनौती हो “अल्पज्ञान र अशिक्षा”।  अशिक्षाले नै अल्पज्ञानलाई जन्म दिन्छ।  आजको सामाजिक सञ्‍जालले जोडिएको संसारमा जसकसैले पनि आफ्नो विचारलाई प्रवाहा गर्न सक्छ।  त्यो विचार सही हो या गतल भनेर छुट्याउन हामीले अध्ययन र अनुसन्धान गर्नु पर्ने हुन्छ।  तर साधारण विश्‍वासीले सजिलै उसको सामु प्रस्तुत गरिएका विचारहरूलाई स्वीकार गरिदन्छ।  एक पटक पनि नसोचेरै वा कुनै प्रश्‍न नै नगरी कसैको विचारलाई वा शिक्षालाई स्वीकार गर्ने मानिसलाई बाइबलले ‘बुवकूफ’ भनेको छ।  “बेवकूफ मानिसले जुनसुकै कुरा पत्याउँछ, तर समझदार मानिसले आफ्ना पाइलाहरू सतर्कसाथ चाल्छ” (होतोपदेश १४.१५)।

नेपाली मण्डलीको इतिहास लामो भैसकेको भए पनि यसको धर्मशास्त्रीय अध्यनको गहिराई निकै कम छ।  पास्टरहरूमा शिक्षा र अध्ययनप्रति चासो देखिदैन।  जिविकोपार्जनको चिन्ताबाट नै पास्टरहरू माथि उठ्न सकेका छैनन्।  जसको कारण विश्‍वासीहरूको वौद्धिक स्तरमा विकास ल्याउन सकिएको छैन।  कसैले दिएको शिक्षालाई निश्पक्ष धरातलमा उभिएर प्रश्‍न गर्न नै जानेका छैनन् हाम्रा विश्‍वासी मित्रहरूले।  जसले जे भन्यो त्यसैमा “आमेन” भन्ने बानी बसेको छ।  एउटाले विरोध गरेको खण्डमा सबैले विरोध गर्ने।  सबैले समर्थन गरेको खण्डमा कसैले पनि गलतलाई गलत भन्न नसक्‍ने।  उदाहरण स्वरूप; एक जना व्यक्तिले लामो समय देखि देश-विदेशमा बस्‍ने नेपाली विश्‍वासीहरूलाइ पास्टरको स्वाङ् पारेर आर्थिक ठगी गर्दै आएको थियो।  तापनि उसले लेखेका र बोलेका कुरामा “आमेन” भन्नेहरूको सङ्ख्या हजारौं थियो।  उसले सिकाएका सिक्षाहरू पनि अबाइबलीय थिए।  तर हाम्रा सोझा विश्‍वासीहरू मलेसिया देखि खाडीको भुमिमा दुःख गर्दै कमाएको पैसाबाट त्यो ठगलाई सहयोग गर्दै आएका छन् र अँझै पनि कतिले गरिरहेका छन् होलान्।  यस्तो हुनुमा ती विश्‍वासीहरूमा भएको ज्ञानको कमी हो।  उनीहरू सोच्दछन् कि कसैले बाइबल बोक्छ भने, बाइबलले यस्तो भनेको छ भन्दै नामको अघि “पास्टर” लेख्छ भने त्यो मानिसले ठगी गर्न सक्दैन।

त्यति मात्रै नभएर यस्ता ठगहरूले यी सोझा विश्‍वासीलाई साँचो बाइबलीय शिक्षाबाट सजिलै झूटा शिक्षातिर लाग्‍न प्रोत्साहान दिन्छन्।  साँचो बाइबलीय पास्टर, प्रचारकको विरोध गर्दै आफू मात्रै जान्ने भनी दावी गर्दै अल्पज्ञानी विश्‍वासीहरूलाई मण्डली र पास्टरको विरुद्धमा उठ्न यिनीहरू उक्साउँछन्।

“ज्ञानको कमीले मेरो प्राजा नाश भयो” भनेझैं आज नेपाली मण्डली सही धर्मशास्त्रीय शिक्षा र सिकाउन सक्‍ने पास्टरहरूको कमीको कारण गतल व्यक्ति र शिक्षाको सिकार भैरहेको छ।  हप्तै पिच्छे स्वर्ग जाने र आउने पास्टरहरू, प्रत्यक रातीको सपना प्रचार गर्ने प्रचारकहरू, र पैसाको विउ छर्न सिकाउने प्रेरितहरूको कारण नेपाली मण्डली भित्रबाटै कम्जोर हुने ठूलो सम्भावना देखिन्छ। 

त्यसकारण मित्र, जसकसैले गरेको प्रचारलाई नजाँचेरै स्वीकार नगर्नुहोस्।  कसैको अनुभव उदेकको छ भन्दैमा उसले सबै कुरा जानेको छ भनी नठान्नुहोस्।  जसले सपना र अनुभवका कुरालाई लिएर तपाईंलाई केही नजानेको र विश्‍वासै नभएको विश्वासी जस्तो भान पार्दै उफ्रिरहेको छ भने त्यो मानिससँग होसियार रहनुहोस्।   जहाँ परमेश्‍वरको वचन प्रचार हुन्छ त्यहाँ मानिसको होइन परमेश्‍वरको महिमा हुन्छ।  परमेश्‍वरको वचनले स्थायी परिवर्तन ल्याउँछ तर झूटा शिक्षकहरूले क्षणिक उत्तेजना ल्याउँछन् र उनीहरू गएपछि त्यो सिद्दिन्छ।

हामी अध्ययन र अनुसन्धान गर्ने विश्‍वासी बनौं।  आलोचना होइन प्रश्‍न गर्ने विश्‍वासी बनौं।    

September 15, 2018

It's called 'Good Friday' because it has thorns!

The weather was cool in Guwahati this morning. My wife was taking care of her flowers. As I went over and asked the name of this one; she said "It's called Good Friday".
Many years ago, Tony Campolo preached his famous sermon titled, "It's Friday but Sunday's coming"!

Campolo is one of my favorite preachers. Some have questioned his biblical convictions lately. But I cannot question his love for God and people; especially what God in Christ has done for the lost and the outcast.

The religious Christians appeared to be more concerned about being right than being loving. But in Christ, God has opened the door for us to be right and loving at the same time.

Apart from Christ, there is no way we can ever be right on our own and neither can we be loving. But the ones that are lost and outcast will not respond to our rightness alone. Rightness without love always smells like self-righteousness. Self-righteousness always chases people away from the Cross.
Even the godless Google names its weekly meetings "TGIF" in which they encourage and refresh one another. But the self-righteous Christians turn Good Friday into a bad Friday.

Are you hurt and traumatized by self-righteous Christians? Don't lose hope. See, the flower is beautiful but it has its own fair share of troubles. I asked my wife, "why is it called Good Friday?" She said, "Because it has thorns".

Life may have given you some thorns but Sunday's coming. Jesus took care of our thorns and thistles. The ground is now no longer cursed. Jesus has removed the curse of thorns and thistles. We now live under the blessings of Abraham! Jesus bore the thorns so that we can enjoy the flowers!!

In Galatians 3, Paul said "13 Christ redeemed us from the curse of the law by becoming a curse for us, for it is written: “Cursed is everyone who is hung on a pole.” 14 He redeemed us in order that the blessing given to Abraham might come to the Gentiles through Christ Jesus, so that by faith we might receive the promise of the Spirit."

Let's be ready to bask in the beauty of Christ on Sunday because Sunday's coming!

September 4, 2018

"ज्योतिषीले भत्काएको जीवन" पुस्तक प्रकाशनको लागि तयार भयो।


अक्टोवर महिनाको पहिलो सातामा काठमाण्डो आशा मण्डलीको २५औं वार्षिकोत्सव मनाउनका साथै “ज्योतिषीले भत्काएको जीवन” नामक मेरो आत्मकाहनी (जीवन गवाही)को किताब प्रकाशनको तयारीमा छौं।

आशा छ यो किताबले मेरा मित्रहरुलाई येशूमा विश्वासयोग्य जीवन विताउन प्रेरणा मिल्नेछ।  लामो समय देखि धेरै मित्रहरुको अनुरोधलाई ध्यानमा राखेर मैले मेरो गवाहीलाई किताबमा परिणत गरेको छुँ।

ज्योतिषीले त मेरो जीवन भत्काएकै हुन् तर कतिपय पास्टरहरूले पनि यो जीवनलाई भत्काउने प्रयास नगरेको होइन।  येशूको अनुग्रहले मलाई आजसम्म बचाएको छ।  आफैले पार गरेर आएका ती भञ्ज्याङ्हरूलाई फर्केर हेर्दा अहिले डर लाग्छ।  तर परमेश्वरले त्यो अवस्थामा मलाई सम्हालेको देख्दा भविस्यको डर भने हटेर जान्छ। 

धेरै प्रार्थनाका साथ मेरो जन्म देखि आजसम्का अनुभवहरूलाई मेरा विश्वासी मित्रहरू (भेट भएका र नभएका)का सामु प्रस्तुत गरेको छुँ ताकि मेरो आवाज सुन्ने र अक्षेर पढ्ने मित्रहरूले पनि त्यो आवाज र अक्षेर पछाडिको पृष्टभुमिलाई केहि हदसम्म थाहा पाउनुभएको होस्।  सफल तरिकाले प्रकाशन गर्न सकियोस् भनेर सबैले प्रार्थना गरिदिनुहोला।

प्रिय भौतिक उन्नति खोज्ने पास्टर मित्र!


प्रिय भौतिक उन्नति खोज्ने पास्टर मित्र,
जय मसिह!

तिमीलाई सम्झना छ होला कि सुरुका दिनमा तिम्रो लागि “सेवाकाई” भन्ने सब्द सारै लोभलाग्दो, चाखलाग्दो र उत्तेजनाले भरिएको थियो। 

लोभ लाग्दो थियो किनभने तिम्रो सामुन्ने एक-आद यस्ता पास्‍टरहरू थिए जसले “सेवाकाई”बाट धेरै उन्नति गरिरहेका थिए।  उनीहरूको विगत तिमीले देखेका थियौ तर वर्तमानले त्यो विगतलाई धेरै पछाडि छोडिसकेको तिमीले थाहा पायौ।  तिमीले पनि आफ्नो वर्तमानलाई विर्सेर उनीहरूकै जस्तो भविस्यको सपना देख्‍न थाल्यौ।  उन्नतिको लागि “सेवाकाई” लोभलाग्दो देखिन थाल्यो।

यो सब्द तिम्रोलागि चाखलाग्दो थियो किनभने ती सफल पास्टरहरूको जीवनमा एक किसिमको रबाफ नै थियो।  हरेक हप्ता समाजको अघि उभिएर केही कुरा भन्न मिल्ने।  सबैले शिर झुकाएर उनीहरूलाई आदर गर्नु पर्ने।  कसैको घरमा वा गाउँमा जाँदा उत्तम परिकार जुटाउनु पर्ने।  देश-विदेश पनि उनीहरू नै जाने।  हुँदा हुँदा, गाउँका सोझा साझा पास्टरहरूको आम्दानीको स्रोत पनि ती सफल पास्टरहरू नै बने।  तिमीलाई पनि त्यो देखेर “सेवाकाई” सारै चाखलाग्दो र प्राप्त गर्न लायकको देखिन थाल्यो।

“सेवाकाई” सब्द सुन्ने बित्तिक्‍कै तिमीलाई एक किसिमको उत्तेजना आउँथ्यो।  तिमीलाई लाग्थ्यो कि परमेश्वरले ती अग्रज पास्टरहरूलाई त्यसरी आर्थिक, सामाजिक र आत्मिक उन्नतिको शिखरमा लान सक्नुहुन्छ भने मलाई पनि उहाँले त्यो स्थानमा लानुहुनेछ।  “सेवाकाई”द्वारा एउटा सफल, सम्पन्न र शक्तिशाली पास्टर बन्ने सपनाले तिमीलाई धेरै उत्साहित पार्दथ्यो।

जब “सेवाकाई”मा जाने अवरस मिल्यो, तब तिमीले सोच्दै नसोचेर आफैलाई सुम्पिदियौ।  तालिममा गयौ।  बाइबल स्कूल गयौ।  मौका मिल्ने बित्तिक्‍कै विदेशतिर पनि हुँइकियौ।  धेरै ठाउँमा “सेवाकाई” गर्यौ।  कुनै चर्चलाई आफ्नो कब्जामा लिन सफल भयौ वा आफ्नै चर्चको स्थापना गर्‍यौ।  सफलताको शिखरतिर लम्किन थाल्यौ।

तर “सेवाकाई” सोचे जस्तो हुँदो रहेनछ।  त्यो लोभ लाग्दो, चाख लाग्दो र उत्तेजनाले भरिएको सब्द विस्तारै डर लाग्दो, दिक्क लाग्दो र निराशाले भरिएको देखिन थाल्यो।  कतिपय अग्रज पास्टरहरू; जसलाई तिमीले आफ्नो “हिरो” सम्झेका थियौ, लोभ र अभिलाशाका शिकार हुन गए।  कतिपय “सेवाकाई” छोडेर व्यापार र दलाली गर्न थाले।  कतिपय राजनीति र सामाजिक सेवाका बिल्लाहरू लाएर आफ्नो भौतिक उन्नतिको सुरक्षा गर्न तिर लागे। 

यता, न त तिमीले भौतिक उन्नति नै गर्न सक्यौ न परमेश्वरमा समर्पित जीवन छ।  तिम्रो प्रचारमा पनि दम छैन न त प्रभावलाई किन्न सक्‍ने पैसा नै तिम्रो हातमा छ।  त्यसमाथि आजको यो सामाजिक सन्जालले जोडिएको संसारमा तिम्रा मुनिका विश्वासीहरू पनि अन्य अभिशिक्त प्रचारकहरूको प्रचारमा मुग्ध भैदिएको देख्दा तिमीलाई असह्‍य हुन्छ।  फलानो पास्टरको प्रचारबाट परमेश्वर मसँग बोल्नुभयो भनि तिम्रा विश्वासीले भनेको सुन्दा तिमीलाई कस्तो कस्तो लाग्छ।  तिमी पनि त्यो पास्टरले जस्तै प्रचार गर्न खोज्छौ तर परिणाम झनै निराशाजनक हुन जान्छ।  त्यसपछि तिमी त्यो पास्टरको आलोचना गर्न तिर लाग्छौ र आफ्ना विश्वासीलाई यस्ता पास्टरहरूको वचन नसुन्न सल्लाहा दिन्छौ। 

तरै पनि तिमी आफ्ना मानिसलाई प्रभावित गर्न हर प्रयास गर्छौ।  विदेशी वा प्रख्यात मानिससँग खिचेका सेल्फीको फेसबुक प्रोफाइल, एरपोर्टमा पुगेका तस्बीर र विदेश पुगेको त कुरै नगरौं।  तापनि रङ्गिन फेसबुकले पुल्पिटमा आत्मिक अभिषेक दिनै मान्दैन।  त्यो गुमेको अभिषेकलाई पुर्ती गर्न तिमी चिच्याएर प्रचार गर्छौ, चाख लाग्दा उदाहरण दिन्छौ, विगतमा परमेश्वरले गरेका कामको वर्णन गर्छौ; तर विश्वासीहरूमा परिवर्तन आउनै छोड्यो र तिम्रो मनमा आत्मसन्तुष्टिको स्थान असन्तुष्टिले लिन थाल्यो।  यो “सेवाकाई” भन्ने सब्द एउटा बोझ बन्दै गैरहेको जस्तो लाग्छ अब तिमीलाई।  कहिले काहि विदेश पलायन हुन मन लाग्छ, कहिले दलाली गर्न मन लाग्छ, कहिले व्यापार, कहिले के, कहिले के। 

छोराछोरी र श्रीमतीले पनि घरमा टेर्नै छोडे।  उनीहरूलाई तिमीले कमाएको पैसा तिमीभन्दा बढी प्यारो लाग्छ।  तर भनेको जस्तो पैसा हातमा नहुँदा उनीहरूले पनि तिम्रो दुई जिब्रे जीवनको रहस्यलाई लुकाई राख्‍न तिमीलाई साथ नदेलान् जस्तो भैसक्यो।  पैसावाला पास्टरकै छोराछोरी र श्रीमती उसको बिँडो थाप्न तयार हुँदा रहेछन् भन्ने कुरामा तिमीलाई अब सङ्का छैन।  हो पनि, पैसाले धेरै कुराहरू किन्न सकिन्छ।

यी सबै कुराको कारण जुन सेवाकाईमा तिमीले एक पटक सोच्दै नसोचेर हात हालेका थियौ आज भार भएको छ।  यो भन्दा अर्को कमाई खाने मौका मिलेको खण्डमा तिमी “सेवाकाई”लाई लत्याउन तयार भएको देख्दा आफै छक्‍क पर्छौ। 

तर मित्र, परमेश्वरको बोलावट मानिसले सोचेको जस्तो हुँदैन।  आजको भोलि नहुन सक्छ कारण उहाँको बोलावट जीवनमा परिणत हुन धेरै कुराले भुमिका खेलेको हुन्छ र कतिपटक त जीवनभरी नै त्यो प्रकृयाले काम गरिरहेको हुन्छ।   होला, सेवाकाईको सुरुवातमा तपाईंले यसलाई लोभलाग्दो, चाखलाग्दो र प्राप्त गर्न लाएकको देख्‍नुभएको थियो होला।  र, वास्तम्मा येशूको सेवाकाई सारै लोभलाग्दो, चाखलाग्दो र उत्तेजनाले भरिएको नै हुन्छ।  फरक यति मात्रै हो कि हामी कुन दृष्टिकोणबाट यसलाई हेरिरहेका छौं।  भौतिक दृष्टिकोण या आत्मिक?

संसारिक उन्नतिको लागि हामी सेवामा लागेका थियौं भने अवस्य पछि गएर सेवाकाई एउटा बोझ हुने नै छ कारण भौतिक उन्नतिले मात्रै त एउटा अविश्वासीलाई त सन्तुष्टि दिन सक्दैन भने येशूको सेवामा बेइमान गरेर प्राप्त गरेको उन्नतिले कहिल्यै शान्ति दिने छैन।

तर भौतिक उन्नतिको आशालाई  हामीले आत्मिक उन्नतिको दिशातिर फर्काउन सफल भयौं भने हामी भौतिक र आत्मिक दुबै उन्नतिमा रमाउने छौं।  “सेवाकाई” सदाकाल लोभलाग्दो, चाखलाग्दो र उत्तेजनाले भरिएको हुनेछ।  हरेक हप्ता मण्डलीमा प्रचार गर्दा, वचन बोल्दा पवित्र आत्माको ताजापन हामी अनुभव गर्ने छौं।  हाम्रो सेवामा रहेका विश्वासीहरूले पनि त्यो आनन्दलाई अनुभूति गर्नेछन् र भन्नेछन् कि उनीहरूको पास्टरले प्रचार गरेको वचनबाट जीवन परिवर्तन भएको छ।

जब मानिसको जीनव परिवर्तन भएको, उनीहरूमा उन्नति आएको र परमेश्वरले उनीहरूलाई आशिष् दिँदै आफ्नो महिमाको लागि चलाएको तपाईं देख्‍नुहुनेछ तब आफ्ना सारा दुःख, असफलता र अबोन्नतिलाई पनि बिर्सनु हुनेछ।  मानिस र परमेश्वरको लागि जीवन दिन तयार पास्टरका छोराछोरी र श्रीमतीले पनि उसलाई घरमा आदर र सम्मान गर्नेछन्।  नयाँ पिडिका पास्टरहरूले पनि उसबाट मार्गदर्शन प्राप्त गर्नेछन्।  जब ऊ येशूको सामु उभिने छ तब प्रभुले भन्नुहुनेछ “स्याबास, मेरो विश्वासयोग्य दास!” 

येशूबाट त्यो अनन्त स्याबासी पाउनु भन्दा अर्को ठूलो उन्नति के होला र?