January 23, 2019

रहरलाग्दो जीवन सम्भव छ!

परमेश्वरीय प्रकाशमा ध्यान दिने मानिसको लागि बाइबलीय जीवन अती नै रहरलाग्दो बन्नसक्छ।  पहिलो पटक बाइबल हातमापर्दा म १७ वर्षको थिएँ।  पढ्दै जाँदा मत्ती ७को ७मा मेरो आँखा अडियो जहाँ येशूले भन्नुभएको छ “माग, पाउनेछौ, खोज, भेट्टाउनेछौ, र घचघचाउ, ढोका उघारिनेछ”।  ख्रीष्टीयन मित्रहरूसँग राम्रो चिनजान नभएको कारण कैलालीको उध्योगवाणिज्य सङ्घमा कार्यरत मेरो गाउँकै एकजना पाठक दाइलाई यसको बारेमा सोध्‍न उहाँकै कार्यालयमा पुगेको थिएँ।  उहाँले पनि बाइबल देखेकै रहेनछ।  उल्टै यस्तो किताब पढ्नुहुँदैन भनेर सल्लाहा दिनुभयो।  केही नलागेपछि येशूको त्यो वाक्याङ्सलाई जीवनमा परिक्षण गर्ने निर्णय गर्दै मैले येशूसँग एउटा असम्भव कुरा मागें।  छ महिना सम्म त्यो कुरा मागी नै रहें तर त्यो छ महिनाको अन्तिममा पाउनुपर्ने कुरा पाइएन।  मलाई लाग्यो कि मेरो माग अलि अस्वभाविक नै भएर होला येशूले नदिएको।

त्यसपछि येशूसँग मैले कस्तो सम्बन्ध राख्‍ने भनी विचार गर्दा गर्दै तीन महिना बिते।  नौ महिना अघि मैले येशूलाई भनेको थिएँ कि यदि उहाँले मेरो माग पुरा गरेको खण्डमा म मेरो सम्पूर्ण जीवन उहाँकै सेवामा समर्पण गरिदिनेछुँ।  जब माग पुरा भएन, म अन्यौलमा परें।  तर एक दिन अचानक मेरो त्यो अनिर्णय चकनाचुर भयो।  तीन महिना अघि पाउनुपर्ने कुरा रहस्यमय ढङ्गले ढिला भएर तीन महिना पछि मेरो हातमा जस्तो मागेको थिएँ त्यस्तै पर्‍यो!  मेरो लाटो दिमागले पनि भन्न थाल्यो कि येशू साँच्‍चै नै मानिसले मागेका कुरा सुन्नसक्ने जीवित परमेश्वर हो।  एउटा हिन्दु गाउँले केटोले लगातार छ महिनासम्म उहाँसँग उसले जे मागेको थियो त्यो उहाँले नौ महिना पछि जस्ताको त्यस्तै उसको हातमा दिनुभयो र उसको भविस्यलाई नै बदलिदिनुभयो!  त्यसपश्च्यात, कुनै आनाकानी नगरिकन, मैले मेरो जीवन उहाँको सेवाको लागि समर्पण गरिदिएँ।

फर्केर हेर्दा आज उहाँको सेवामा लागेको पनि दशकौं भैसकेछ।  जीवन दिनानुदिन रहरलाग्दो हुँदै गएको छ। मेरो लागि  येशूको सेवागर्नु भन्दा उत्तम अर्को उद्देस्य यो संसारमा छैन।  हामीले संसारमा रहुन्जेल जुनसुकै पेशा अपनाए पनि त्यसको मुख्य उद्देस्य येशूको सेवा गर्नु हो।  येशूमा विश्वास गर्ने प्रत्यक विश्वासी उहाँको सेवक हो।
 
कतिपटक हामी येशूको सेवा भन्नाले संसारका सबै काम धन्दा छोडेर उहाँको पछि जोगी बनेर लाग्‍ने कुरा जस्तो ठान्दछौं।  हो, कसै-कसैलाई उहाँले त्यसरी पनि बोलाउन सक्‍नुहुन्छ।  तर अधिकाङ्स मानिसलाई उनीहरूकै क्षेत्रमा दक्षता र सफलता दिएर आफ्नो महिमाको लागि परमेश्वर चलाउन चहानुहुन्छ। 

येशूको सेवाको कुरा गर्दा हामीले उहाँका आज्ञालाई भुल्नुहुँदैन।  सम्पूर्ण बाइबललाई सारांसमा सिमित पार्दै येशूले भन्नुभयो; “परमेश्वर एक हुनुहुन्छ र तैंले उहाँलाई आफ्नो सारा हृदयले, सारा प्राणले, सारा समझले र सारा शक्तिले प्रेम गर्, यो पहिलो आज्ञा हो।  दोस्रो; तैंले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्” (मर्कूस १२.२९-३१)।  यी दुई वटा आज्ञामा हामी तीन वटा कुरा देख्‍छौं; परमेश्वर, छिमेकी र आफू।  परमेश्वरलाई प्रेम गर्नुमा अन्यौल छैन।  तर छिमेकीलाई प्रेम गर्दा आफूलाई जस्तै गर्नुपर्ने भनी अड्को थपिएको छ।  धेरै मानिसहरू आफूलाई साँचो प्रेम गर्न सक्दैनन्।  आफूलाई प्रेम गर्न नसक्‍नेले छिमेकीलाई प्रेम गर्न सक्दैन।  छिमेकीलाई प्रेम गर्न नसक्‍नेले परमेश्वरलाई प्रेम गर्न सक्दैन।  परमेश्वरलाई प्रेम गर्न नसक्‍नेले उहाँबाट पाइने रहरलाग्दो जीवनको अनुभव गर्न सक्दैन।

कतिपटक पूर्णकालिन सेवामा लागेका पास्टर अगुवाको जीवनलाई हेर्दा रहरलाग्दो नभएर दिक्‍कलाग्दो देखिन्छ।  दिक्‍कलाग्दो जीवन भएको पास्टर वा गोठालोको सेवामुनि रहेका विश्वासीहरूमा पनि यसले असर गरेको हुन्छ।  यो दिक्‍कलाग्दो जीवन हुनुमा छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्न नसक्‍नु एउटा मुख्य कारण हुनसक्छ।  आफूलाई प्रेम गर्न नसक्‍नुमा पनि धेरै कारणहरू हुनसक्छन् जस्तै; लोभ, डाहा, अभिलाषा, घृणा, रिस, घमण्ड, हिनतावोध, र आदि।  बाइबलले यस्ता कुराहरूलाई “पापमय स्वभावका काम” भनेको छ (गलाती ५.१९-२१)।  यस्ता आचरणको मानिसले आफूलाई प्रेम गर्न सक्दैन।  आफूलाई प्रेम गर्ने मानिसले यस्ता आचरणलाई जीवनमा रहन दिदैन कारण यी आचरणले उसको जीवन नाश गर्छन् भन्ने कुरा उसलाई थाहा हुन्छ।

आफूलाई प्रेम गर्ने मानिसले जीवनमा प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाई, विश्वस्तता, नम्रता, संयम जस्ता आचरणलाई स्थान दिएको हुन्छ।  बाइबलले यी कुराहरूलाई “पवित्र आत्माको फल” भनेको छ (गलाती ५.२२-२३)।  जब यस्ता कुराहरूले उसको जीवन भरिएको हुन्छ तब उसले आफ्ना छिमेकीलाई पनि आफूलाई जस्तै प्रेम गर्न सक्छ।  छिमेकीलाई प्रेम गर्ने मानिसले मात्रै परमेश्वरलाई चिनेको हुन्छ।

पवित्र आत्माको फलले भरिएको मानिसको जीवन खोलाको किनारमा रोपेको रूख जस्तो हुनेछ भने पापमय स्वभावका कामले भरिएको मानिसको जीवन उजाड स्थानमा रहेको काँडे पोथ्रो जस्तो हुनेछ भनेर परमेश्वर यर्मियाह द्वारा यसरी भन्नुहुन्छ;

श्रापित होस्‌ त्‍यो मानिस, जसले मानिसमाथि भरोसा राख्‍तछ, र शारीरिक शक्तिमाथि भर पर्दछ, जसको हृदय परमप्रभुदेखि तर्किगएको छ। 6त्‍यो उजाड़-भूमिको पोथ्रोझैँ हुनेछ। उन्‍नति आउँदा त्‍यसले देख्‍नेछैन। त्‍यो मरुभूमिका सुक्‍खा ठाउँहरूमा बस्‍नेछ, अर्थात्‌ नूनको जमिन जहाँ कोही पनि बस्‍दैन।  7तर त्‍यो मानिस धन्‍यको हो, जसले परमप्रभुमा भरोसा राख्‍तछ, जसको आशा परमप्रभु हुनुहुन्‍छ। 8त्‍यो पानीको किनारमा रोपेको रूखजस्‍तो हुनेछ, जसले आफ्‍ना जराहरू खोलाका किनारसम्‍म फिँजाएको हुन्‍छ। गर्मी हुँदा त्‍यो डराउँदैन, त्‍यसका पातहरू सधैहरियै हुन्‍छन्‌। खड़ेरीको समयमा त्‍यसलाई केही चिन्‍ता हुँदैन, त्यसले फल फलाउन कहिल्‍यै चुक्‍दैन (यर्मिया १७.५-८)।

त्यसकारण मित्र, जीवनलाई रहरलाग्दो र हरियालीले भरिएको देख्‍न चहानुहुन्छ भने येशूले भनेका कुरामा ध्यान दिनुहोस्।  प्रार्थनामा निरन्तर लागि रहनुहोस्।  पवित्र आत्माको फल फलाउनुहोस् र पापमय स्वभावका कार्यलाई जीवनबाट निर्मूल पार्नुहोस्।आफ्नोतर्फको जिम्मेवारी तपाइँले पुरा गर्नुभयो भने येशूले तपाइँको जीवनमा चमत्कार गर्नुहुनेछ।  तपाइँको जीवन खोलाको किनारमा रोपेको रूख जस्तै फलवन्त र हरियालीले भरिएको हुनेछ!

January 17, 2019

How Big Is Your House?

One of the advantages I have from being abandoned at birth is that I can never feel at home in this world.  There is no desire to settle down here.  I want to keep walking; keep moving along my heavenward journey.  A. E. Brumley penned this beautiful hymn nearly a century ago that captures the sentiment so very well.    
This world is not my home
I’m just a-passing through
My treasures are laid up
Somewhere beyond the blue.
The angels beckon me
From heaven’s open door
And I can’t feel at home
In this world anymore.

When I was eleven years old, I was united with my parents but it never felt like home.  I gave my life to Christ at eighteen and once again I had to hear my father denounce me saying that I would have no share in family inheritance.  Those words of warning fell in my deaf ears as Christ had become everything to me.  When my earthly father was denouncing me, I could hear my Lord say “in my father’s house are many mansions” (John 14:2) and “I have come that they (you) may have life and have it abundantly” (John 10:10).

It is now almost 35 years and his abundance continues to amaze me here on earth and his visions of mansions in celestial city never fail to excite me on this heavenward journey.  “Times of refreshing” keep waiting for me at every turn and steep; when my journey gets harder and burden gets heavier (Acts 3:19).  He keeps preparing a “table before me in the presence of my enemies” (Ps. 23:5). 

Many children of God live unfulfilled life because they focus too much on the things of this world.  Seldom do they set their minds on the things of heaven.  The Bible says; “Set your mind on things above, not on earthly things” (Col. 3:2).  Going against the written word of God in the Bible will always invite lack and misery. 

Knowing how setting our mind on earthly things makes us miserable, Jesus said; “do not worry saying ‘what shall we eat?’ or ‘what shall we drink?’ or what shall we wear?’ … your heavenly father knows that you need them.  But seek first his kingdom and his righteousness, and all these things will be given to you as well” (Matt. 6:31-33).

The amazing thing about living by faith in God is that even though we are not thinking about the earthly things, God in his divine grace meets all our needs according to his richness in glory (Phil. 4:19).  The more we seek heavenly things, the more God supplies our earthly things!

For those who have never experienced divine provision in life, this may sound very strange.  But those who truly seek God’s kingdom and righteousness can testify how a carefree life it is to live by faith!  We don’t have to have a care in the world for our material needs because God cares for us (1 Peter 5:7).

Sadly, if we don’t choose to live by faith, then, we choose to live by greed, and greed chokes everything out of life.  Jesus said; “the cares of this life, the deceitfulness of wealth, and the desire for other things come in and choke the word, and it becomes unfruitful” (Mark 4:19).  What a waste of life!

On the other hand, if you “delight yourself in the Lord, he will give you the desires of your heart” (Psalms 37:4).  In other words, if you are grateful to the Lord for small things in life, he will give you big things that surprise you.  And, not to mention the mansions in father’s house!

January 15, 2019

भोलि पछुताउनुपर्ने गरी जीवन नबिताउँ!

१७औं शताब्दीका फ्रान्सेली विद्वान ब्लेज पास्कल भन्छन्; "येशू ख्रीष्टबिना मानिसले आफ्नो जीवन के हो? मृत्यु के हो? परमेश्वर को हो? र ऊ आफै को हो? भनी ज्ञान हासिल गर्ने कुनै आधार छैन"।
त्यसैकारण मित्र, यदि तपाईंले येशूलाई भेट्नुभएको छ भने जीवन के हो भनेर जान्नुभएको छ। जीवन कसरी जीउने भनी थाहा पाउनुभएको छ।
येशूले भन्नुभयो; "म तिमीहरूलाई प्रशस्तताको जीवन दिन आएँ"। प्रशस्त खुसी, आनन्द, उद्देस्य र अर्थले भरिएको जीवन।
येशूलाई भेट्न अघि मेरो जीवनको परिभाषा अरू मानिसले गरेको थियो। मेरो किताब "ज्योतिषीले भत्काएको जीवन"मा मैले यसको लामो बयान गरेको छु।
तर येशूलाई भेटे पछि अरू मानिसले मेरो बारेमा के भन्छन् त्यसको मलाई कुनै पर्बाह छैन कारण मेरो अन्तिम भलो चाहने केबल येशू मात्रै हुनुहुन्छ। उहाँले मलाई दिएको प्रशस्ततामा मैले जीउन जानेको छु, छानेको छु।
तपाईंको जीवन कस्तो छ? के जीवनको अर्थ र उद्देस्य हात पार्नुभएको छ? के त्यो अर्थ र उद्देस्यले तपाईंको मृत्यु पछिको जीवनलाई पनि समेटेको छ? मरे पछि म स्वर्ग जान्छु नै भन्ने निश्चयता पाउनुभएको छ? येशूले भन्नुभयो "बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ (स्वर्ग) आउन सक्दैन"।
येशूलाई चिन्नुभएकोछ भने तपाइँसँग प्रशस्तताको जीवन छ। प्रत्यक दिनको जीवन रहरलाग्दो बन्नसक्छ। समयको नदी बग्दै गए पनि फर्केर हेर्दा हामीलाई कुनै पछुतो लाग्दैन। आजको दिनमा जीवन कठिन छ भने पनि हामी हरेस खाँदैनौं किनभने येशूले हामीलाई हाम्रा कठिनाइमा साथ दिने प्रतिज्ञा गर्नुभएको छ। उहाँ भन्नुहुन्छ "हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ र म तिमीहरूलाई विश्राम दिनेछु"।
त्यसकारण मित्र, अरू मानिसलाई तपाईंको जीवन परिभाषित गर्न नदिनुहोस्। अरू मानिसले तपाईंको खुसीको सिमा नकोरोस् कारण येशूले हामीलाई अपार शान्ति, आनन्द र खुसीको प्रतिज्ञा गर्नुभएको छ।
तलको तस्बीर हामीले दश वर्ष अघि कोरियामा रहँदा खिचेका थियौं। आज हामी भारतको गुवाहाटीमा बस्छौं। कोरियाको दाँजोमा यो सहर धेरै पछि छ तर हाम्रो जीवनमा आनन्द र खुसीको कमि छैन कारण हामी जहाँ भए पनि जीवनको उद्देस्य र अर्थ हामीले येशूमा पाएका छौं। त्यसैकारण हरेक दिन हाम्रा लागि रहर लाग्दो बन्दछ। भोलि यो ठाउँ छोडेर अर्कै ठाउँमा जाँदा जब हामी यो समयलाई फर्केर हेर्नेछौं तब त्यो बेला पनि आनन्दित हुनेछौं। आजको दिन हामी आनन्दित छौं भने हाम्रो हिजो र भोलि आफै आनन्दित हुनेछ।
भोलि पछुताउनुपर्ने गरी जीवन नबिताउँ!

January 2, 2019

मण्डलीमा हाँसो वा आँसु ल्याउने विश्वासी

हिन्दी सिनेमा हेर्ने साधारण दर्शक देखि भारतका प्रधानमन्त्रीले हाँस्य कलाकार कादर खानको निधनमा दुःख व्यक्त गरेका छन्।  सन् २०१८को अन्तिम दिन ८१ वर्षको उमेरमा खानले यो संसार छोडे।  त्यसैगरी केही वर्ष अघि विश्वका अधिकाङ्स मानिसलाई आफ्नो हाँस्य कलाकारिताद्वारा दुःख बिर्सन मदत गर्ने मानिस रबिन विलियमस्ले संसार छोड्दा धेरै रोएका थिए। 

आधुनिक संसारको उदयसँगै जन्मेको सिनेमाको संसारलाई हामीले हेर्‍यौं भने हाँस्य फिल्महरूले प्रारम्भकालबाटै अग्रिम स्थान लिएको छ।  चार्लि च्यापलेन र मिस्टर बिनको बारेमा नसुन्ने मानिस संसारमा बिरलै होलान्। 

संसार दुःखले भरिएको छ।  विश्वप्रख्यात मनोवैज्ञानिक जोर्डन पिटरसन भन्छन् “जीवन एक वियोगान्त (ट्य्राजिडि) हो”।  उनको यो भनाइको पछाडि वर्षौं सम्म धेरै मानिसलाई जीवनसँग सङ्घर्ष गर्न आफूले दिएको परामर्शको अनुभव छ।

पास्टरीय सेवाले मलाई पनि मानिसको जीवनलाई नजिकबाट नियाल्ने मौका दियो।  जीवनमा दुःख वा समस्या नभएको ख्रीष्टियान विश्वासी आज सम्म भेटेको छैन।  कुनै न कुनै क्षेत्रमा, आज नभए भोलि, आफू निर्दोषहुँदा पनि मानिसले दुःख भोगी नै रहेका हुन्छन्।  जीवजन्तुको संसारलाई क्यामराले कैद गरेका भिडियो हेर्‍यौं भने त्यो संसारको दुःख अझै दर्दनाक छ।  अपराधी मानसिकताका मानिसले शक्तिको आडमा निर्दयी पशु सरहनै धेरै मानिसको जीवनलाई तहसनहस गर्दै आएका छन्।  विगतको दास प्रथा, निरङ्कुश शासकहरू र आजको मानव बेचबिखन र सामन्ती सोचका मानिसहरूले धेरैको जीवनलाई नारकीय बनाएको छ। 

यहूदी बिद्वान भिक्टोर फ्य्राङ्कल नाजी ग्याँस भट्टीबाट बच्न सफलभएपछि आफ्नो अनुभवको आधारमा भन्छन् “मैले मानिसमा सबैभन्दा उत्तम र घृणित कुरा देखेको छुँ”।  उनी भन्छन् कि ती ग्याँस भट्टीमा निर्दोष मानिसलाई बन्द गरेर उनीहरूलाई जलाउन आगो सल्काउने व्यक्ति पनि मानिस नै हो र ती ग्याँस भट्टीमा जलाइनको लागि छिर्दाखेरी मुखमा प्रभुको प्रार्थना र शेमा (यहूदी प्रार्थना) उच्चारण गर्दै र तीनै नाजीलाई क्षमा दिने व्यक्ति पनि मानिस नै हो।  तर एउटा घृणित कुराले भरिएको छ भने अर्को असल (उत्तम) कुराले।  दुष्टताले भरिएको मानिसले अरूलाई दुःख दिन मनपराउँछ भने भलाइले भरिएको मानिसले दुःखमा परेकालाई सान्त्वना दिन।  त्यसैकारण बाइबल भन्छ “जब धर्मीको उन्नति हुन्छ, तब सहरै आनन्दित हुन्छ।  जब दुष्टको नाश हुन्छ, तब रमाहट हुन्छ।  धर्मात्माको आशीर्वादले सहरको उन्नति हुन्छ, तर दुष्टहरूको मुखले त्यसको भताभुङ्ग हुन्छ” (हितोपदेश ११.१०-११)।

प्रिय मित्र, हामीमा पनि धर्मी वा दुष्ट बन्नसक्‍ने सम्भावनाहरू छन्।  चाहेको खण्डमा हामी पनि मानिसको जीवनमा हाँसो वा आँसु ल्याउन सक्छौं।  हो, हामी कादर खानले जस्तै करोडौं मानिसको जीवनमा हाँसो ल्याउन नसकौंला तर हामी बसेको ठाउँमा, हाम्रा चारैतिर रहेका मानिसको जीवनमा कि हाँसो कि आँसु ल्याउन सक्छौं।  हामी दुष्टताले भरिएका छौं भने आँसु ल्याउने छौं।  भलाइले भरिएका छौं भने हाँसो।  असल मानिस हौं भने हाम्रो उन्नतिमा र दुष्ट हौं भने हाम्रो पतनमा मानिसहरू रमाउने छन्। 

पास्टरको नाताले मैले मानिसको जीवनलाई मुल्याङ्कन गर्ने आधार स्थानीय मण्डलीमा खेलेको भुमिका नै हो कारण हाम्रो लागि मण्डली एउटा परिवार हो र त्यो नै हाम्रो संसार हो।  हाम्रो कारण त्यो मण्डलीका सदस्यहरूमा हाँसो थपिएको छ भने हामी असल मार्गमा हिँड्दै छौं।  हाम्रो उन्नतिमा त्यहाँका मानिसहरू रमाउनेछन् र आफ्नो दुःखलाई केही समयको लागि भएपनि भुल्नेछन्।  तर स्थानीय मण्डलीका सदस्यहरूको जीवनमा हाँसो ल्याउनुको सट्टा उनीहरूको जीवन र मण्डलीमा आँसु ल्याइरहेका छौं भने, त्यो असल मार्ग होइन।  त्यसले हाम्रो पनि भलाई गर्ने छैन कारण हामी जे छर्छौं त्यसको कटनी गर्ने छौं। 

प्रेरित पावल भन्छन् “भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं।  यसकारण मौका पाएअनुसार हामी सबै मानिसको भलाइ गर्दैजाऔं, विशेष गरी तिनीहरूको, जो हाम्रो विश्वासका परिवारका हुन्” (गलाती ६.९-१०)।  यसरी यदि हामी स्थानीय मण्डलीमा भलाइ गर्ने मानिस हौं भने परमेश्वरले हामीलाई संसारका धेरै मानिसको जीवनमा हाँसो ल्याउने मानिस पनि बनाउन सक्नुहुनेछ।  आनन्द गर्नेहरूसँग आनन्द गर्दै र रुनेहरूसँग रुदै” (रोमी १२.१५) हामी दुःखी मानिसहरूका निम्ति परमेश्वरका सान्त्वनाका साधन बन्नसकौं!  हामी मरेर जाँदा मानिसमा खुसीको सट्टा पिडाका आँसु झरुन्!

December 31, 2018

धन्य हो त्यो मानिस जसले आफ्ना दिन गन्न जानेको हुन्छ!


आजको दिनसँगै सन् २०१८ले हामीलाई सदाको लागि बिदा दिनलागेको छ।  हिजो जस्तै लाग्छ २०१७लाई बिदा दिएको।  वर्षेनि संसारका ठूलाठूला सहरहरूमा नयाँ वर्षलाई स्वागत गर्न अरबौं रुपियाँ खर्च गरेर कालो आकाशमा रङ्गीचङ्गी पटाकाहरू पड्काएर उज्यालो पारिन्छ जो पूर्वीय देशहरूमा आज पनि सुरू भैसकेको छ।  जब भोलिको बिहानी आउनेछ तब फेरी जीवनचक्र आफ्नै गतिमा अघि बढ्ने छ र थाहै नपाई अर्को वर्षलाई स्वागत गर्नुपर्ने दिन टुपलुक्‍क आइपुग्‍नेछ।

समयको नदी आफ्नै गतिमा बगिरहन्छ तर त्यो समयको एउटा कालखण्डमा जन्मेका हामी एक दिन यो भौतिक संसारबाट अस्तित्वहीन हुनपुग्छौं।  बाइबलले भन्छ कि हामी जन्मेको ठाउँले समेत हामीलाई बिर्सन्छ (भजनसंग्रह १०३.१६)।  हाम्रो घमण्ड, रवाफ र फुइँ पनि माटो या आगोमा बिलाउछ।

तापनि, यो झणभङ्गुर चोलामा रहँदा सम्म धेरैले संसारलाई आफ्नो वशमा राख्‍न खोजे तर समयको सामु सबैले घुडाँ टेके।  प्राचीन ज्ञानी पुरूष अय्यूबले भनेका थिए “मानिस संसारमा नाङ्गै आउँछ र नाङ्गै जान्छ” (१.२१)।  अलेक्ज्यान्डर महानले पनि आफ्नो अकाल मृत्युमा अय्यूबको भनाइलाई स्वीकारेको परम्परागत विश्वास छ।

हामी यो धर्तिमा केही समयको लागि मात्रै छौं भन्ने धुर्वसत्यलाई जान्दा जान्दै पनि हाम्रो जीवन जिउने शैलीले यसलाई काटेको हुन्छ।  लाग्छ कि संसारमा भएका सम्पूर्ण मानिसहरू मरेर गए पनि “म” बाँची नै रहनेछु।  यो “म” यति स्वार्थी छ कि आफू बाँच्नको लागि सारा संसारलाई मार्न पनि ऊ पछि पर्दैन।  यस्तो प्रवृतिको मानिसले अर्काको इच्छा र अस्तित्वलाई स्वीकार गर्दैन।  ऊ आफैसँग प्रेममा फसेको हुन्छ र ठान्छ कि संसार उसैको वरिपरि घुमिरहेको छ।  ग्रिक भाषामा यस्तो मानिसलाई “नारसिसिस्ट” भनिन्छ।  नारसिसिस्टले अरूको सफलतालाई हेर्न सक्दैन, अरूको मान-सम्मान गर्न सक्दैन।  बाइबलीय विचारमा यस्तो चरित्र पहिलो पटक स्वर्गीय प्राणि लुसिफरमा देखापरेको विश्वास गरिन्छ जसलाई बाइबलले प्राचिन सर्प वा शैतान भन्छ। 

शैतानकै धोकामा परेर मानवजातिमा पनि यस्तो चरित्रको प्रत्यारोपण भयो र आज संसार स्वार्थले भरिएको छ।  व्यक्ति देखि राष्ट्रसम्म आफ्नो स्वार्थबिना कुनै काम कार्बाहीको सम्झौता हुन सक्दैन।  आमा-बाबु र छोराछोरी, लोग्ने-स्वास्नी र मित्रहरुमा पनि स्वार्थ नै प्रेरणाको श्रोत बनेको देखिन्छ।

यो “म” वा स्वार्थको चङ्गुलबाट उम्कनको लागि बाइबलका एउटा माहापुरूष मोशाले यसरी प्रार्थना गरेका छन् “हाम्रा दिनहरू गन्न हामीलाई सिकाउनुहोस् र हामीले बुद्धिको हृदय प्राप्‍त गर्न सकौं” (भजनसंग्रह ९०.१२)।  जब हामी आफ्नो अस्थाई अवस्थालाई स्वीकार गर्दछौं तब जीवनका बाँकि दिनहरूमा पाप, अधर्म, वैरभाव, दुष्मनि जस्ता घृणित कार्यहरू गर्नुको सट्टा असल र प्रेमका कार्यहरू गर्दै जीवनलाई सुखमय बनाउँदछौं।  यसरी आफ्ना दिनहरू गन्न जान्ने मानिस जीवनभरि रमाएर गीत गाउदै जीवन बिताउनेछ भनेर मोशाले घोषणा गर्नुहुन्छ।

ख्रीष्टियन जीवन गीत गाउदै बिताउने जीवन हो।  तर कतिपय यस्ता कम्जोर विश्वासीहरू हामी देख्छौं जसको जीवनमा कुनै गीत हुँदैन।  उनीहरूको परिवारमा शान्ति र स्वाद हुँदैन।  मण्डलीमा उनीहरू समस्या र गनगनका श्रोत बन्दछन्।  मित्रहरू पनि उनीहरूबाट आफूलाई टाढै राख्छन्।  यस्तो हुनुमा धेरै कारणहरू हुनसक्छन्।  एउटा प्रमुख कारण यसै संसारका कुरामा मन लगाउनु हो।  संसार र शरीरका कुरामा लागेको मनले हामीलाई कहिल्यै शान्ति र आनन्द दिन सक्दैन; यस्ता मानिससँग गाउने खुसीको कुनै गीत नै हुँदैन।  तर पवित्र आत्मामा लागेको मनमा शान्ति र आनन्द हुन्छ; उनीहरूसँग नयाँ गीत हुन्छ।  आज नै संसार छोडेर जानु परेको खण्डमा पनि पवित्र आत्मामा लागेको मन शान्ति र आनन्दले भरिएको हुन्छ।  “म”को चङ्गुलबाट यस्ता मानिसले मुक्ति पाएका हुन्छन्।  परमेश्वर र अरू मानिससँग सुमधुर सम्बन्ध कायम गर्दै आफ्नो जीवनमा मात्रै नभएर उनीहरूका चारैतिर रहेका मानिसको जीवनमा पनि नयाँ गीत ल्याउन उनीहरू सफल हुन्छन्।  उनीहरूले छोडेर जाँदा त्यो रिक्त स्थानलाई भर्न कठिन हुन्छ।  यस्ता मानिसहरूलाई लामो समयसम्म उनीहरू जन्मेको ठाउँले पनि सम्झी नै रहन्छ।

आशा छ मेरा पाठकहरूले आफ्ना दिनहरू गन्न जानेका छन्।  स्वर्गका कुरामा मन लगाएका छन् र जीवनमा गीत गाउदै आनन्दले भरिएर जीवन बिताइरहेका छन्।  जसरी २०१८मा गीत गाएर जीवन बिताउनुभएको थियो, त्यसरी नै २०१९मा पनि अझ आनन्दका गीतहरू गाउँदै आफ्नो जीवनमा मात्रै नभएर आफ्ना चारैतिर भएका सम्पूर्ण मानिसको जीवनमा पनि त्यो आनन्दको गीतको धुनलाई गुञ्जानुहुनेछ!  

संसारमा रहँदा हाम्रो आयुका सिमित दिनहरूलाई गन्न जानेको खण्डमा यसले हामीलाई अनन्तका दिनहरूलाई अझ आनन्दित बनाउन मदत गर्नेछ।

December 8, 2018

Merry Christmas & Precious Memories

Sitting by the desk and pondering over certain points of my sermon for tomorrow, memories flooded my mind from the past.  In my starting days as a minister of the gospel, I had to prepare my sermons for the believers who were going through severe state persecution in Nepal.  After some years, the Lord brought relief from that persecution but life was not easy.  Purpose of preaching then was to bring hope in the hearts of people; incidentally, the first church we pioneered named it Hope.

Many years later, I found myself preaching to Nepalese migrant workers in Korea.  There I had to give them hope and identity as a people of God.  If not, a migrant worker begins to define one’s life in terms of servitude and slavery.

Again after a decade, I found myself preaching to a diverse group of expatriates residing in Korea for various purposes.  International students, professors, teachers, scientists, company employees and executives made that group an amazing breed to minister to.  I as a country boy from a remote part of Nepal had to ramp-up my feeble mind to match the demand of the hour.  By God’s amazing grace, during those six years, we were able to minister to so many wonderful friends from across the world.

Now at present, I find myself ministering in a North Indian context where Christianity has been severely diluted.  Though the gospel had come here over two hundred years earlier, its impact in society is nearly non-existent.  Syncretic approach has nullified the power of the gospel and the uniqueness of Christ is defaced.  Corrupt mission practices have left Christians not as assets but liabilities for the kingdom of God.  In a time and place like this, I miss my earlier assignment from the Lord.

As I think about my earlier assignment from the Lord, I am thinking of those brothers and sisters that I have left behind and or have gone around the world.  Wherever you may be, I want you to know that there are times I still remember you in my prayers.  Sadly I do not have contact with most; only a handful of you remain in my social media circle.

As the year comes to an end and Christmas is around the corner, it is my prayer that the Lord will be your Emmanuel as he has been your Ebenezer!  Merry Christmas and Happy New Year 2019!

November 28, 2018

When streets full of garbage appear normal to the eye

20 years ago, I moved to South Korea and from then on, much of my time was spent there.  I owe my education and my son’s education to Korea.  I owe my extended international ministry experience to Korea.  In fact, the most productive decades of my life were spent there.  Life had begun to tempt me to settle for good.  But God’s call to preach the gospel in South Asia never gave me rest in that beautiful and peaceful nation.
 
It is now three years since we said goodbye to Korea.  From such a clean, comfortable and safe environment, suddenly we found ourselves struggling to navigate through the dirt, dust, danger and difficulty of life in Nepal and India.  Such a reverse culture-shock was not what we had expected.

However, the reverse culture-shock is not my point in this article.  Rather, it is the realization that in these three short years, we have become accustomed to our environment.  Stinking piles of garbage in streets do not look strange.  Swarms of flies covering meat shops, unhygienic food stalls, unorganized traffic, crossing the road from wherever we want, power outage for days, and things like these have become normal parts of our life; they don’t appear any stranger.  Even the wish for improving them is slowly disappearing.  How soon, our mind has made peace with our surroundings!  Indeed, man can become prisoner of his environment.  

Human mind is a remarkable thing.  It is so powerful; it can think the unthinkable and imagine the impossible.  But at the same time, it is so weak; it can be forced to accept black as white and white as black, it can become devoid of independent thinking.  In societies where traditions and tyrannies reign, free thinking becomes a crime and soon people begin to follow their traditions without giving a second thought.  The proverbial frog in the pan cannot imagine a jump giving it a better chance at life.

Prior to the declaration of independence, many Americans were debating the idea of independence from or reconciliation with the UK.  There seemed to be some support for reconciliation.  But for free thinkers like Thomas Paine, the idea of subjugating oneself to a foreign power was absurd, stupidity and out of common sense.  On 14th of February 1776, he published a pamphlet titled “Common Sense” in which he gave a passionate and well-reasoned plea for independence.  Knowing fully well how old habits die hard, in the very beginning of that pamphlet he stated his apprehensions saying; “a long habit of not thinking a thing wrong, gives it a superficial appearance of being right, and raises at first a formidable outcry in defense of custom.  But tumult soon subsides.  Time makes more converts than reason.”

Paine imagined a country like no other on earth and urged his American compatriots to go for independence and on July 4th the same year, his dreams were realized.  Fortunately, Paine did not have to wait for a long time for time to make converts; there were enough Americans with reason to see the reasonableness of a nation that he imagined.
 
People against the idea of independence, he called them; men of corrupt intent who cannot be trusted, weak men who cannot see, prejudiced men who will not see, and moderate men who cannot challenge the traditional way of thinking that says “European world is better.”  In other words, these men could not imagine something better than what they had at hand.

Paine admitted the America of his time was way behind Europe but he also predicted that in a short span of time, an independent America can   become the most powerful and prosperous nation on earth.  In less than a century of her independence, America proved him right.

With their immense potentials to become advanced societies, India and Nepal are bound to remain prisoners of traditions and invisible tyrannies ruling these nations for thousands of years if there are no men like Paine.  In the name of traditions, free thinkers are shunned and persecuted.  Superstitions are never questioned.  Rulers and politicians enrich themselves.  Public is given a heavy dose of religion so that the rulers can exploit them.
 
Thus, an average Nepalese or Indian cannot imagine of living in a society where free thinking is respected; where streets are clean, amenities are accessible, government works for the people, paperwork can be done without bribing, and where police protect the public.  Rather in societies like ours, deterioration is normal, development is abnormal. 

Human mind is remarkable; it can adapt to live in any place and condition.  It can become violently resistant to change, even reason becomes impotent.  Thus, when Paine said “time makes better converts than reason”, could he be possibly talking about our societies in South Asia?  The American, European, Chinese, and even African societies have demonstrated their capacity to accept change for the better.  Indian subcontinent on the other hand has resisted change for a very long time that now even the wrong can be right and right can be wrong in the name of traditions and customs.    

November 22, 2018

परदेशीनुको पिडा


गीतकार शेर बिष्टको रचना परदेशीको पिडामा आधारित ठाडि भाकाले मेरो मन छोयो।  जन्म सुदुर-पश्चिमको डोटी जिल्लामा भयो।  बाल्यकाल निकै दु:खदायी भएको कारण सानै उमेरमा मैले मेरो जन्म थलो छोड्ने निर्णय गरेँ र आज सम्म परदेशी कै रुपमा जीवन बिताई रहेको छुँ।  त्यसकारण म परदेशीनुमा देशसँग मेरो कुनै गुनासो छैन।  तर मुटुमा ढुङ्गा राखेर विदेशी भुमिमा दु:ख गरिरहेका लाखौं नेपाली मित्रका भावनालाई यो गितले समेटेको छ।  उहाँहरूको दु:ख देख्दा मेरो पनि मन रुन्छ।
आशा छ मेरा पाठक मित्रले डोटेली भाषाको पनि यो गीतबाट स्वाद पाउनुहुनेछ। https://youtu.be/Z0CbkahoCr0

प्रेमी:
लाग्या की जून होइजाउ पूर्णिमा की रात होइजाउ
नदुख्न्या मन होइजाउ साथ दिन्या करम होइजाउ
प्रेमीका:
कै कि खोजि जान्छै रनबन डुलन्या चरी
किन दु:ख दिन्छै गरीबलाई पापी दैब
प्रेमी:
जन लागोस् बाग बाखरी चराउने बन
परदेशीन्या भाग कर्ममा लेखेको रैछ
प्रेमीका:
बाज जान्या बेला डाँडी न्याउलो बासी जालो
खाना खान्या बेला गह भरी आँसु आउना
प्रेमी:
मन भरीका व्यथा आँखा भरी आँसु हुना
सुखारीलाई केथा दुखारीको दुखी कर्म
प्रेमीका:
साइका काला केश हर घडि झलझली आउना
बाज रन्या देश उडी आउन्या मन लागन्छ
प्रेमी:
भगवान बुझलो दुखारीको दुखी कर्म
बाइरी मन उजालो भित्रि मन दुखेको देख्यै
प्रेमीका:
कसो मन हुन्छ बिगत सम्झि फर्के पछि
आँखा आँसु चुन्छ बाजलाई सम्झेका बेला
दुबै:
बाइरी मन उज्यालो भित्रि मन दुखेको दुख्यै
आँखा आँसु चुन्छ बाजलाई सम्झेका बेला

परिवारसँग बसेर आफ्नै देशमा जीवन यापन गर्न नपाउनु जस्तो पिडा सायद अर्को छैन होला।  हो, आज विश्वव्यापीकरणले मानिसलाई एक ठाउँबाट अर्को ठाउँमा जान, काम गर्न र बस्न सजिलो बनाइदिएको छ।  तर त्यो रहरले गर्नु र करले गर्नुमा धेरै फरक छ।  यदि आफ्नै देशमा रोजगार मिल्थ्यो भने लाखौं नेपाली मित्रहरू पक्कै पनि विदेशीने थिएनन्।

अर्काको देशमा अर्काकै देश विकासको लागि पसिना बगाउनु एउटा पिडा छ भने यता घरमा पारिवारक पिडा अर्कै छ।  आमा-बाबु, श्रीमान-श्रीमती, छोरा-छोरी, आफन्त र सङ्गी-साथीहरूबाट रहरले नभएर करले बिछोडिनु परेको छ।  यो बिछोडले हाम्रो मानसिक र भावनात्मक जीवनमा धेरै ठूलो असर गरिरहेको छ जसको कारण हाम्रा परिवारहरू टुक्रिरहेका छन्।  छोराछोरीहरू बाटो बिराई रहेका छन्।  रहरलाग्दो जवानीलाई एक अर्काको पर्खाइमा श्रीमान श्रीमतीहरू खेर फालिरहेका छन।

बाइबलीय द ृष्टिकोणबाट हेर्दा पनि प्रवासमा जानुलाई एउटा हारेको जीवनसँग दाँजिएको छ।  हुनत यहूदी जातिलाई परमेश्वरले आफ्नो योजनाको लागि छान्नुभयो तर संसारमा सबै भन्दा बढी प्रवासमा जीवन विताउनेहरूमा तिनीहरू नै पर्दछन्। ई‍‌. पू. १५००तिर इज्राएल देशको स्थापना भयो।  तर ई. पू. ७२२बाट आज सम्म यिनीहरू संसारका कुनै न कुनै देशमा प्रवासी भएर बसीरहेका छन्।  झण्डै दुई हजार वर्ष सम्म यिनीहरूको देश नै थिएन।  सन् १९४८मा आजको आधुनिक इज्राएल देशको स्थापना भए पछि संसारका कुना काप्चाबाट यहूदीहरू इज्राएल फर्किरहेका छन्।

यहूदीहरू यसरी प्रवासीनुको कारण यिनीहरूको देश चलाउने राजा र प्रशासकहरूकै दुष्टता थियो।  जनताहरू त निर्दोष थिए तर देश चलाउनेहरू नै दुष्ट भएपछि त्यसको दण्ड सम्पूर्ण मानिसमा पर्‍यो।  आज नेपाल जस्तो विकासका सम्भावनाले भरिएको र विश्वकै सुन्दर देशका जनताहरू प्रवासीनुमा पनि देशका राजा र नेताहरूकै दुष्टताको कारण हो भन्दा फरक पर्दैन।  जब घरमुली दुष्ट हुन्छ तब परिवारले दु:ख पाउँछ।  शाहावंसीय राजाहरूले मुलबासीहरूलाई दु:ख दिए र लाखौं निर्दोषीको रगत बगाए।  राणाहरूले पनि नेपालीको पसिना र रगतमा मोज गरे।  पञ्चायतकालमा फेरी त्यो दु:ख स्वतन्त्रताका योद्दाहरूमा पर्‍यो।  माओको नाममा हजारौं नेपालीको रगत बगाएर नेताहरू गद्दीमा पुगे।  यो ऐतिहाँसिक दुष्टताको असर आज निर्दोष नेपालीले भोगिरहनु परेको छ।

ई.पू. ६००तिर इज्राएलीहरूलाई जब बाबिलोनको प्रवासमा लगियो, त्यतिबेलाका उनीहरूका गीतहरूले पनि आज नेपालका यी दु:खी भाकाहरूसँग मेल खाएको देखिन्छ।  ती मध्य एउटा गीतलाई बाइबलको पुस्तक भजनसंग्रहको १३७ खण्डमा यसरी उल्लेख गरिएको छ;

“1बेबिलोनका नदीहरूका किनारमा बसेर, सियोनको स्मरण गर्दा हामी रोयौं।
2 त्यहाँका बैँसका रूखहरूमा हामीले आफ्‍ना वीणाहरू झुण्‍ड्यायौं।
3किनकि हामीलाई कैद गरेर लानेहरूले त्यहाँ हामीलाई गीत गाउन लाए,
र हामीलाई सास्ती दिनेहरूले हामीबाट आनन्‍दका गीतको माग गरे।
तिनीहरूले भने, “हाम्रा निम्ति सियोनका गीतमध्‍ये एउटा गीत गाओ।”
4बिरानो देशमा परमप्रभुका गीत हामी कसरी गाउन सक्‍छौं?
5हे यरूशलेम, मैले तँलाई बिर्सेको भए, मेरो दाहिने हातले आफ्‍नो सीप भुलोस्‌।
6मैले तँलाई नसम्‍झेको भए, यदि मैले यरूशलेमलाई मेरो सर्वश्रेष्‍ठ आनन्‍द नठानेको भए, मेरो जिब्रो तालुमा टाँसिजाओस्‌।”

आफ्नो देश सबैलाई प्यारो लाग्छ। तर दुष्ट शासकहरूको कारण यो सुखबाट हामी विमुख हुनुपरेको छ।  आशा गरौं एक दिन हाम्रो देशमा पनि असल शासक र शासन प्रणाली आउनेछ र इज्राएली जस्तै हामीहरू पनि संसारका बिभिन्न स्थानबाट स्वदेश फर्कन सक्नेछौं।

गीतको भिडियो को लागि यहाँ थिच्नुहोस् -