April 12, 2019

इसाई विवाहमा स्वर्गीय आनन्द!


बाइबलले पुरुषलाई घरको पूजाहारी र परिवारको शिर भन्छ।  परिवार भन्नाले पति-पत्नी र छोराछोरीहरू मिलेर बनेको समुह।  आफ्नो परिवारको असल तरिकाले पालन-पोषण र सुरक्षा प्रदान गर्ने पुरुषका छोराछोरीहरू र पत्नीले उसलाई आदर गर्दछन्; माया गर्छन्।  अरू मानिसको सामु ऊ जति नै काम नलाग्ने मानिस किन नहोस् तर उसको परिवारको निम्ति ऊ एक महापुरुष हो।  आफ्नी पत्नी र सन्तानबाट आदर पाउने पुरुषले जीवनमा केही न केही उपलब्धिहरू हासिल गरेरै छाड्छ। 

अर्कोतिर, परिवारलाई असल तरिकाले पालन-पोषण र सुरक्षा प्रदान नगर्ने पुरुष संसारका लागि महापुरुष भए पनि घरमा उसको सम्मान हुँदैन।  परिवारमा आदर नपाउने बाबु (पति)को मनोबल घट्दै जान्छ र पछि ऊ परिवार बाहिर पनि काम नलाग्ने बन्न सक्छ।  ऊ हीनताबोध, मतवालीपन वा नशाको सिकार हुन जान्छ।  कतिले दोस्रो, तेस्रो विवाह पनि गर्छन् तर जीवनमा असल बाटो अपनाउन गाह्रो हुन्छ यस्तो मानिसलाई।  विवाहमा असफल हुने पुरुषको जीवनमा सुख, शान्ति र सफलताले विरलै वास गर्छन्।

परिवारमा बेमेल हुनुमा पतिको मात्रै हात हुन्छ भन्न मिल्दैन।  पत्नीले पनि सजिलै परिवारलाई नाश गर्न सक्छे।  एउटा बहादुर पुरुषलाई पनि मति बिग्रेकी पत्नीले कायल बनाउँदै जीवनसँग हारेको मानिसमा परिणत गर्न सक्छे।  तापनि, बाइबलीय विचारमा पतिलाई ख्रीष्टको संज्ञा दिइएको छ।  अर्थात, आफ्नी श्रीमती जति नै बैगुनी भए पनि उसको लागि ज्यान दिन पति तयार हुनु पर्ने आदेश पुरुषलाई दिइएको छ।  श्रीमतीबाट आदर नपाउने श्रीमानले ख्रीष्टले दिने आदरलाई मध्यनजर गरेर आफ्नो बहादुरीपनमा कमी आउन दिनु हुँदैन।  वास्तवमा बैगुनी जीवन साथीलाई निश्वार्थ प्रेम गर्न सक्नु ख्रीष्टको चरित्रलाई धारण गर्नु हो।  ख्रीष्ट जस्तै बन्नु हो।  दार्शनिक सुक्रातले पनि भनेका छन् “जसरी हुन्छ विवाहचाहिँ गर।  असल श्रीमती पायौ भने खुसी मानिस बन्नेछौ, खराब पायौ भने दार्शनिक”।  असफल विवाहमा बेखुसी भएर हार खानु भन्दा एउटा साहसी पुरुषले त्यसलाई प्रेरणाको स्रोत बनाउन सक्छ।

असल जीवन साथी पाउनु लोग्ने स्वास्नी दुबैको लागि आशिषमय कुरा हो।  तापनि, असल श्रीमती पाउनु श्रीमानको लागि झनै ठूलो आशिष् हो किनभने पुरुषलाई बनाउने र बिगार्ने क्षमता स्त्रीको हातमा हुन्छ।  त्यसैकारण बाइबल भन्छ कि  “सम्पत्ति आमा-बाबुबाट आएको हुन्छ, तर विवेकी पत्नीचाहिँ परमप्रभुबाटै आएकी हो” (हितोपदेश १९:१४)।  विवेकी पत्नीले आफ्नो पतिको सफलतालाई मध्यनजर गरेर उसको मनोबल बढाउँछे र पतिले जीवनमा केही गरेरै छाड्छ।    यस्तै पत्नीका कारण भनिएको छ “प्रत्येक महान पुरुषका पछाडी एउटा महान स्त्री हुन्छे”। 

इसाई विश्वासी भएको नाताले यदि कसैको श्रीमती विवेकहीन छ भने के गर्ने भन्ने प्रश्न आउन सक्छ।  सजिलो जवाफ हो; ख्रीष्टले मण्डलीलाई प्रेम गरेझैं उसलाई प्रेम गर्नु।  तर दैनिक व्यवहारमा त्यो प्रेम उतार्न सजिलो छैन।  तापनि प्रेम गर्न बाहेक अर्को विकल्प बाइबलले दिएको छैन।  प्रेम गर्न लायकको नभए पनि त्यसैलाई प्रेम गर्न बाइबलको आज्ञा छ।  बैगुनी श्रीमतीलाई प्रेम गरेर जीवनमा सफलता हासिल गरेको उदाहरण हामी अय्यूबको जीवनमा देख्छौं। 

जब अय्यूबको जीवनमा महा दु:ख आयो तब उनको दु:खमा साथ दिनुको साटो श्रीमतीले भन्छे, “परमेश्वरलाई सराप् र मर्” (२:९)।  अय्यूब विरक्तहुँदै भन्छन्, “तिमी एक मूर्ख आइमाईजस्तै कुरा गर्दछ्यौ” (२:१०)।  श्रीमती जति नै मूर्ख भए पनि अय्यूब आफ्नो जिम्मेवारीमा कहिल्यै चुकेनन्।  परमेश्वरको सामु उभिएर आफ्नो वैवाहिक जीवनको बारेमा उनी भन्छन्, “कुनै स्त्रीलाई कुद ृष्टिले नहेर्ने मैले मेरो आँखासित वाचा बाँधे (३१:१)।  यदि मेरो ह ृदय कुनै स्त्रीले मोहित पारेको रहेछ भने, अथवा मेरा छिमेकीहरूको ढोकामा म ढुकिबसेको छु भने, मेरी पत्नी अर्को मानिसको कमारी भइजाओस्, र अरू मानिसहरूले त्यससित सम्भोग गरून्” (३१:९-१०)।  अय्यूब भन्दैछन् कि उनकी पत्नी जति नै मूर्ख भए पनि उनले कहिल्यै आफ्नी श्रीमतीसँग मन, वचन र कर्ममा वैवाहिक विश्वासघात गरेनन्। 

मण्डली इतिहासमा पनि धेरै परमेश्वरका दासहरू छन् जसको जीवनमा वैवाहिक आनन्द मिलेन।  तापनि उनीहरूले आफ्नो जीवन साथीलाई आफ्नो तर्फबाट कहिल्यै विश्वासघात गरेनन्।  नत उनीहरूले परमेश्वरको सेवा गर्न नै बन्द गरे।  ख्रीष्टले जस्तै प्रेम गरी नै रहे र परमेश्वरको बोलावटलाई पूरा गरेरै छाडे।  यस्तै दु:खी विवाहको उदारण हो रेभ जोन वेस्लिको विवाह।  इसाई जगतमा आज वेस्लिको बारेमा थाहा नभएका मानिसहरू थोरै होलान्।  तर उनी विवाहमा सफल र सुखी हुन सकेनन्।  उनको विवाहको सुरूवात नै राम्रो थिएन।  लामो समय सम्म अविवाहित रहेरै परमेश्वरको सेवा गर्ने निर्णय लिएका वेस्लिले अचानक ४७ वर्षको उमेरमा ४१ वर्षीय विधवा मेरी भाजेल्लेसँग वैवाहिक सम्बन्धमा बाँधिन पुगे।  धेरैले उनलाई यो विवाह नगर्न सुझाव दिएका थिए तर उनको जिद्दी थियो “यो परमेश्वरको इच्छा हो”।  सायद उनलाई नम्र बनाउने परमेश्वरको इच्छा नै थियो होला यो विवाह!  ३० वर्षको अवधिमा यो विवाहले वेस्लिलाई निकै रुवायो।  विवाहको सात वर्ष पछि पहिलो पटक मेरीले उनलाई छोड्छिन् तर पछि फेरी आफै फर्केर आउँछिन् र तेस्रो पटक छोड्दा वेस्लिले आफ्नो डायरिमा लेखेका छन् “मैले तिमीलाई छोडेको होइन, जा भनेको पनि होइन, र फर्केर आइजा पनि भन्ने छैन”।[1]  त्यसपछि उनी फर्किन पनि फर्किनन्।  हुन त वेस्लिका पनि पतिको नाताले कम्जोरीहरू थिए कारण विववाहापूर्व नै उनले भनेका थिए कि उनी जीवनमा कहिल्यै पनि अन्य वैवाहिक पतिले जस्तै आफ्नी पत्नीसँग समय बिताउने छैनन् कारण उनलाई परमेश्वरले सुसमाचार प्रचार गर्न बोलाउनुभएको हो।  यस्तो व्यक्तिले त विवाह नै नगर्नु पर्ने थियो।  उनका मित्रहरू र विषेश गरी उनका भाइ चार्लसले त उनलाई वैवाहिक सम्बन्धमा नबाँधिन धेरै खुसामद गरेका थिए।  त्यो बेला उनले कसैको कुरा सुनेन्।  त्यति मात्रै नभएर घरमा श्रीमतीलाई एक्लै छोडेर अन्य महिला प्रचारकहरूसँग सेवामा हप्तौं बिताउँदा एकलोपनाले गाँजिएकी श्रीमतीको मनमा अनेकौं शङ्काहरू उठ्ने नै भए।  वेस्लि र महिला मित्रहरू बिचको ममतापूर्ण पत्राचारले ती शङ्काहरूलाई झन् टेवा पुर्‍यायो।  वेस्लिले यो कहिल्यै बुझेनन्।  उल्टै श्रीमतीलाई दोष दिएर एकोहोरो सेवामा लागि नै रहे।  सुसमाचारको लागि र मण्डलीको लागि उनले धेरै ठूलो काम गरे तर विवाहमा असफल भए।  यस्तो असफल विवाहमा रहेर भए पनि सेवामा त्यत्रो ठूलो सफलता हासिल गर्नु भनेको साधारण कुरा थिएन।  वस्लि एक बहादुर पुरुष नै थिए।

हो, वेस्लिको विवाह असाधारण नै थियो तर लोग्ने-स्वास्नी मिलेर विवाहलाई राम्रो बनाउने निर्णय गरेको खण्डमा प्रत्येक विवाहमा चरम सुख, शान्ति, आनन्द प्राप्त गर्नुकासाथै परमेश्वरको राज्यको लागि पनि महान काम गर्न सकिन्छ।  श्रीमानले आफ्नी श्रीमतीलाई ख्रीष्टले मण्डलीलाई प्रेम गरेझैं र श्रीमतीले आफ्नो श्रीमानको मण्डलीले ख्रीष्टको आदर गरेझैं आदर गरेको खण्डमा त्यो विवाह अतिनै आशिषमय हुन जान्छ।  आशिषमय विवाहमा जन्मेका र हुर्केका छोराछोरीहरू आफ्नो जीवनमा सफल परिवार निर्माण गर्न सक्छन्।  सफल परिवार निर्माण गर्दै अघि बढेको इसाई समाजमा परमेश्वरको राज्य पनि फैलिदै जान्छ।  त्यसैकारण होला कि यदि कसैले आफ्नो परिवार असल तरिकाले सन्चालन गर्न सक्दैन भने ऊ मण्डली सन्चालन गर्न योग्यको हुँदैन भनेको (१तिमोथी ३:५)।

[1] Journal for Wednesday, January 23, 1771.

April 8, 2019

Unless a Kernel of Wheat Falls to the Ground


“Those who sow in tears will reap with songs of joy.  He who goes out weeping, carrying seed to sow, will return with songs of joy, carrying sheaves with him” (Ps. 126:5-6).

In life, nothing comes free.  Somewhere, somehow, and someone has to pay for it.  Fruitfulness and joyfulness have the habit of requiring much from a person.  Anyone who does not want to sacrifice anything will not see the face of success and happiness.

When it comes to Christian life, Jesus requires death.  He said “unless a kernel of wheat falls to the ground and dies, it remains only a single seed.  But if it dies, it produces many seeds.  The man who loves his life will lose it, while the man who hates his life in this world will keep it for eternal life” (John 12:24-25).  Such a requirement and willingness to die in order to live was beautifully demonstrated in the life and experience of Sadhu Sunder Singh when he was traveling to Tibet. 

Joshua Daniel, in Sundar Singh’s biography describes the event, and Mrs. Arthur Parker in her book about the Sadhu confirms it.  It seems Sadhu was fond of using this experience to explain about the verse we cited above.  The event goes like this;

On one of his Himalayan journeys in an awful blizzard, he together with another traveler was struggling to reach the next village. It seemed highly improbable that they would make it. In the midst of the storm as they trudged through the deep snow, they saw a man lying apparently dead, by the path. Sundar Singh said to the fellow traveler, "Come, let us carry him to the next village." The traveler was astounded by the proposition and scoffed, "You and I are scarcely likely to save our own lives. It makes no sense to think of carrying a man who is almost dead. I will be no part of your foolishness." So saying, he walked ahead, leaving Sundar Singh with the man who had almost frozen to death. Although he showed few signs of life, it was against the grain for Sundar Singh to leave a dying man to perish in the snow storm. He hoisted the limp figure onto his back and wearily and painstakingly trudged through the snows, step by step. The labor and friction involved when carrying a deadweight, such as a man who was almost lifeless, was perhaps the cause for Sundar's own survival in that dreadful storm. A little while after, Sundar came upon the form of his erstwhile travel companion lying dead in the snow! The cold had killed him. He had tried to save his own life but had lost it. Sundar Singh, by undertaking an impossible task, which on the surface meant certain death for himself, saved his own life. The strenuous exertion involved saved Sundar Singh's life. By the time he reached the next village, the man on his back revived and thus his life was saved too.

Dear friends, let us not be blinded by the things of this world or the temporary pleasure it offers, or the fleeting fame it promises.  Let us lay down our lives for the master so that in doing so, we shall reap eternal life with eternal consequences. 

A closer walk with Christ will require you to give up the things that are holding you back.  The more fruitful ministry will require you to live a life of love, truth and faith.  Such a life and ministry will not come without paying the price for it.  It will require discipline, dedication, and willingness to embrace suffering; willingness to lose all.

April 5, 2019

सेवाकाई के का लागि गर्ने?


येशूको प्रेम, अनुग्रह र क्षमालाई अनुभव गरिसकेको मानिसलाई यो संसारमा रहनजेलसम्म उहाँको शिष्य बनेर उहाँकै सेवा गर्नुभन्दा अर्को कुनै कार्य वा उद्देस्यमा मन लाग्दैन।  मन, वचन र कर्मले ऊ येशूको सेवक बन्न चाहन्छ, येशूमा आफूले पाएको जीवनको बारेमा अरूलाई बताउन चाहन्छ।  बाइबलले पनि भन्छ कि “‍कुरा वा काममा जे-जे गर्छौ, सबै कुरा उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढ़ाउँदै प्रभु येशूको नाउँमा गर” (कलस्सी ३:१७)।  आफ्नो जीवन र कर्मबाट परमेश्वरको महिमा र मानिसको भलाई गर्नु उसको जीवनको उद्देस्य हुन्छ।

तापनि, “परमेश्वरको सेवा गर्ने मन थियो तर मेरो पास्टर र मण्डलीले मलाई मौका दिएन, आर्थिक सहयोग मिले पूर्णकालीन सेवा गर्ने मन थियो तर कतैबाट सम्भव भएन, बाइबल स्कूल जान पाए र परिस्थितिले साथ दिएको भए म पनि परमेश्वरको सेवा गर्ने थिएँ”, जस्ता वाक्यांशहरू पटक पटक सुनिने गर्दछन्।  झट्ट सुन्दा उचित नै लाग्छन् यी भनाइहरू।  मण्डलीले मौका नै नदिए, कसैले आर्थिक सहयोग गर्दै नगरे र परिस्थितिले साथै नदिए कसरी सेवा गर्ने?

वास्तवमा कुनै मानिसले परमेश्वरलाई जसरी चिन्नुपर्ने हो त्यसरी चिनेमा, परमेश्वरको बोलावट जसरी सुन्नुपर्ने हो त्यसरी सुनेमा र जसरी उहाँको सेवा गर्नुपर्ने हो त्यो बुझेमा उसलाई कसैले  मौका दिनु पर्दैन, आर्थिक सहयोग गर्नु पर्दैन र परिस्थितिहरू पनि अनुकूल हुन आवस्यक छैन कारण यी सबै कुराको जिम्मा परमेश्वरले नै लिनुहुन्छ।  परमेश्वरको प्रेम, अनुग्रह र क्षमाको तुलनामा मानिस वा मण्डलीले दिने मौक, आर्थिक सहयोग र अनुकूल परिस्थितिहरूको खासै माने रहँदैन।

मौका मिलेमा, आर्थिक सहयोग जुटेमा र परिस्थिति अनुकूल हुँदा मात्रै सेवामा आउन चाहने व्यक्तिले परमेश्वरको होइन आफ्नो पेटको सेवा गरेको ठहरिन्छ।  येशूले भन्नुभयो “यदि कोही मकहाँ आउँछ, र आफ्ना बाबु, आमा, पत्नी, छोराछोरीहरू र दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई र आफ्नै प्राणलाई समेत तुच्छ ठान्दैन भने, त्यो मेरो चेला हुन सक्दैन” (लूका १४:२६)।  अर्को ठाउँमा उहाँले भन्नुभयो “तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ” (मत्ती ६:२४)।  येशूले जानेरै उहाँका चेला बन्न चाहनेहरूलाई जाँच्न यो परिक्षा राख्नुभएको हो।  यसमा फेल हुने कोही पनि उहाँको साँचो चेला बन्न सक्दैन।  

हाम्रो समाज नै यस्तो छ कि छोराले जसरी भए पनि पैसा कमाउनु नै पर्छ।  पैसा कमाउने दुष्ट छोरालाई पनि माया र आदर गरिन्छ भने पैसा नकमाउने साधु, सन्त, महन्त र विद्वान बनेको छोरालाई घरमा स्वीकार गरिदैन।  इसाई अगुवाहरू पनि यसका सिकार बनेका छन्।  सेवामा लागेपछि छलछाम गरेर आर्थिक उन्नति गर्न खोज्दा आमा-बाबु र आफन्तबाट आदर र स्याबासी त पाइन्छ तर येशूको चेला बनेर उहाँलाई खुसी पारौंला भनेर नसोचे पनि हुन्छ कारण येशूकै वचनलाई काटेर उहाँलाई खुसी पारौंला भन्नु आत्मिक अन्धोपना हो।  त्यसैकारण आज धेरै यस्ता मानिसहरू भेटिन्छन् जसलाई येशूको सेवा गर्ने रहर त हुन्छ तर पैसा कमाउन नसकिने जस्तो देखेपछि अनेक बहाना बनाउँछन्।  आफ्नो प्राणलाई नै तुच्छ ठानेर येशूको पछि लाग्ने चेलाहरू भेट्न गाह्रो छ।  यस्ता चेलाहरू बिनाको मण्डलीले परमेश्वरको राज्यमा सकरात्मक भन्दा नकरात्मक प्रभाव पारिरहेको हुन्छ।  गैर इसाई मित्रहरू जसले जीवनको अर्थ र उेद्देस्य खोजिरहेका हुन्छन्, जब उहाँहरूले यी नामधारी र पेटकोलागि सेवा गर्ने येशूका चेलाहरूलाई देख्छन् तब बाइबललाई पनि धर्मगुरुहरूले मागेर खाने ग्रन्थकोरूपमा नै लिन्छन्।  संसारकै धन दौलतको पूजा गरिरहेका येशूका चेलाहरूले गैर इसाई मित्रहरूलाई येशूको पूजा गर्नुपर्छ भन्ने नैतिक अधिकार पनि हुँदैन।

त्यसैकारण आज हाम्रो समाजले यस्ता येशूका चेलाहरू खोजिरहेकोछ जसको जीवनलाई हेरेर जीवनको अर्थ र उद्देस्य हराइरहेको मानिसले पनि येशूमा आफ्नो जीवनको अर्थ र उद्देस्य पत्तालगाउन सक्नेछ।  पापको भारीले थिचिएको मानिसले पाप क्षमा पाउनेछ र संसारले दिन नसक्ने सन्तुष्टि येशूमा प्राप्त गर्नेछ।  त्यसको लागि येशूका चेलाहरूले आफ्नो जीवनमा येशूको जीवनलाई अनुसरण गर्दै बाइबलको सन्देशलाई मन, वचन र कर्मले प्रमाणित गर्नु पर्नेछ। यसरी जीवन जीउनु नै परमेश्वरको सेवा गर्नु हो।

एउटा किसान किसानी गर्दै येशूको उत्तम चेला बनेर आफ्नो छरछिमेकमा परमेश्वरको सेवा गर्न सक्छ।  सरकारी कर्मचारी आफ्नो ओहदामा रहेरै येशूको साँचो चेला बनेर आफ्नै कार्यक्षेत्रमा परमेश्वरको सेवा गर्न सक्छ।  चाहे कुनै मानिस शिक्षक होस्, वकिल होस्, मजदुर होस्, व्यवसायी होस्, राजनीतिक कार्यकर्ता होस् या घरकी ग ृहिणी किन नहोस्, यी सबैले आ-आफ्नो स्थानमा येशूको जीवनलाई अनुसरण गर्दै उहाँको चेला बनेर परमेश्वरलाई महिमा र मानिसलाई प्रेम गर्दै येशूका असल सेवकहरू बन्न सक्छन्।  परमेश्वरको भयमा रहेर मानिसलाई प्रेमपूर्वक सेवा पुर्‍याउनकोलागि परमेश्वरले हामीलाई बोलाउनुभएको छ।  ब्रदर लरेन्स (असली नाम; निकोलास हर्मन) यस्तो सेवाका एउटा ज्वलन्त उदाहरण हुन्। 

सन् १६११मा फ्रान्सको एउटा साधारण किसानको परिवारमा उनको जन्म भयो।  त्यो समयमा युरोपमा ३० वर्षीय युद्ध चलिरहेको थियो र कलिलो उमेरमै खान लाउनको अभावको कारण उनी सेनामा भर्ती भए।  युद्धमा घाइते हुन्छन् र आजीवन लँगडो हुनुपर्‍यो।  सेनामा काम नलाग्ने भएपछि उनी एउटा मानिसको व्यक्तिगत पिउनको कमामा लागे तर शारीरिक कम्जोरी र कुनै पनि काम सजिलोसँग गर्न नसक्ने देखेपछि त्यहाँबाट पनि उनले बिदा लिनु पर्‍यो।  उनी आफैले भन्छन् कि म कस्तो लठेङ्ग्रो, जेगर्दा पनि केही न केही फुटाएरै छाड्छु।

हुनत सोह्र वर्षको हुँदानै उनले परमेश्वरलाई चिनेका थिए।  त्यो अनुभव पनि गजबको छ उनको।  एक दिन जङ्गलमा हुँदा हिउँले पुरै खुइलिएको रूखलाई हेर्छन् र विचार गर्छन् कि जब हिउँद सकिन्छ तब त्यो रूखले पनि वसन्तका पालुवाहरू फेरी हाल्नेछ र हरियालीले त्यसलाई ढाक्नेछ।  त्यो विचार गर्दा गर्दै उनी सोच्दछन् कि परमेश्वरले आफ्नो स ृष्टिलाई कसरी वास्था गर्नुहुन्छ।  यदि रूख-बिरुवालाई परमेश्वरले यसरी वास्था गर्नुहुन्छ भने मानिसलाई झन् कति वास्था गर्नुहुन्छ भन्दै आफ्नो जीवन परमेश्वरलाई सुम्पने निर्णय गर्दछन्।  त्यसपछिका केही वर्षहरू युद्धमा नै बित्दछन् र शरीर पनि लँगडो हुन्छ।  काम केही गर्न नसक्ने भएपछि उनी फेरी आफ्नो जीवन परमेश्वरमा समर्पित गर्दै एउटा इसाई गुम्बामा शरण लिन पुग्छन्। 

त्यो गुम्बामा उनलाई कुनै आत्मिक जिम्मेवारी दिइएको थिएन कारण वचन प्रचार, प्रार्थना जस्ता सेवाको लागि एउटा व्यक्तिले शिक्षा हाँसिल गरेको र चर्चको आधिकारिक अभिषेक पाएको हुनुपर्थ्यो।  तर ब्रदर लरेन्स हेर्नमा पनि कुरूप, लँगडो, र अशिक्षित भएको कारण उनलाई कसैले पत्याएनन्।  तापनि उनले १५ वर्षसम्म त्यो गुम्बाको भान्सामा खान पकाउने र भाँडा माझ्ने काम गरे।  घण्टौं सम्म भान्सामा काम गर्दा गर्दै उनले त्यो कामलाई परमेश्वरको सेवाको रूपमा लिनथाले।  उनी भन्थे; “तावामा रोटी पल्टाउँदा पनि म त्यो परमेश्वरको प्रेमको लागि पल्टाउँदछु”।  भाँडाहरू माझ्दाको आवाजलाई उनले मण्लडीमा परमेश्वरको आराधना गर्न बजाइएका बाजाहरूसँग दाँजेका छन् र परमेश्वरलाई “काँटा र चम्चा, भाँडाकुँडिको परमेश्वर” भनेर उनैले सम्बोधन गरेका थिए।  उनको भनाई छ कि जसरी मण्डलीको आराधनामा परमेश्वरलाई प्रशंसा गरिन्छ त्यसरी नै भाँडा माझ्दा पनि गर्न सकिन्छ।  परमेश्वरको लागि कुनै ठाउँ पवित्र र कुनै अपवित्र, कुनै काम पवित्र र कुनै अपवित्र छैन।  हामी जहाँ छौं र जे गर्दछौं त्यहाँ परमेश्वर हुनुहुन्छ भन्दै निरन्तर परमेश्वरको उपस्थितिमा रहने मानिस थिए ब्रदर लरेन्स। 

भान्सामा काम गरेको १५ वर्षपछि उनको खुट्टा निकै कम्जोर भयो जसको कारण उनी उभिन नसक्ने भए।  त्यसपछि उनलाई गुम्बामा रहेका करीब एक सय भिक्षुहरूका चप्पल टालटुल गर्ने जिम्मा दिइयो र आफ्नो ८० वर्षसम्मको जीवनकालमा उनले त्यो काम गरे।  शारीरिक पिडा, अभाव, समाजको हेला र कष्टकर काम गर्दा उनले कहिल्यै गुनासो गरेनन्।  उनको उमेर ६० वर्षको भएपछि मात्रै उनी भित्रको परमेश्वरीय स्वभावलाई देखेर कोही कोही मानिसहरू प्रभावित हुन थालेका थिए।  ती मध्य उनकै मित्रहरू र उनी पछिका भिक्षुहरू थिए।  कसरी एउटा मानिस दु:खमा पनि यसरी आनन्दित् हुनसक्छ भनी सोधेका प्रश्नहरूको जवाफ ब्रदर लरेन्सले लेखेरै ती मित्रहरूलाई पठाएका पत्रहरूबाट आज हामी उनी भित्रको महानतालाई देख्न सक्ने भएका छौं। 

८०वर्षसम्मको उमेरमा उनले मानिसहरूसँग समय विताउन सकेनन्, आफ्नो अनुभवलाई बताउन सकेनन्, शिक्षा दिन पनि सकेनन्।  मानिसको नजरमा उनी भाँडा माझ्ने र चप्पल बनाउने नोकर मात्र थिए।  उनको संसार भनेको नै भान्साका भाँडाकुडाँ र फाटेका चप्पलहरू नै थिए।  उनको म ृत्यु पनि सुनसान अवस्थामै भयो।  मर्नुभन्दा चार दिन अघि सम्म पनि उनले आफ्नो काम जारीनै राखेका थिए।  उनलाई नजिक बाट चिन्ने मानिसहरू र उनले लेखेका १६ वटा पत्रहरूको माध्यमबाट आज चार सय वर्ष पछि पनि उनी संसारभरीका मानिसहरूलाई सेवा पुर्‍याइरहेकाछन्।  उनका भनाईहरू र उनले लेखेका पत्रहरूलाई सङ्कलन गरेर लेखिएको “परमेश्वरको उपस्थितिको अभ्यास” नामको पुस्तकले आजसम्म धेरै मानिसलाई परमेश्वरको नजिक ल्याइरहेको छ।

त्यसकारण मित्र, यदि तपाईं परमेश्वरको सेवा गर्न चाहनुहुन्छ भने राम्रो कुरा हो तर त्यो सेवा मानिसलाई देखाउन र आफ्नो पेट पाल्न नभएर परमेश्वरको महिमा र मानिसलाई परमेश्वरमा ल्याउने उेद्देस्यको लागि हुनुपर्छ।  यस संसारमा रहुन्जेल हाम्रो गाँसबास र कपासको चिन्ता परमेश्वर आफैले गर्नुहुन्छ।