June 29, 2019

Your Decision Determines Your Destiny

Today I randomly chose a movie in Netflix with the title "The Boy Who Harnessed the Wind." After the movie was over did I realize it was based upon the real life of William Kamkwamba.

William grew up in a rural farming community in Malawi. In the year 2000, when he was 13, famine hit Malawi and he saw the helplessness in his father's face as starvation began to take its toll. Then and there, William decided to be different from the rest of his community. He decided not to be a farmer like his father who depended in the mercy of the weather.

June 28, 2019

जे सोच्छौं त्यस्तै बन्छौं


७० देखि १२० वर्षसम्म यो संसारमा मानिस बाँच्न सक्ने सम्भावना बाइबलले देखाएको छ।  कपाल फुलेर ढकमक्क भै आफ्ना वर्षहरू सकेर यो संसारबाट बिदा हुनु बाइबलीय भाषामा आशिषमय जीवनको एक पक्ष ठानिएको छ।  तर लामो आयुले मात्रै पनि मानिसको जीवन आशिषमय थियो भन्न सकिदैन कारण उसले बिताएका ती वर्षहरूमा उसको जीवनको गुणस्तर कस्तो थियो भन्ने कुराले बढी महत्व राख्दछ।

June 22, 2019

At times, I have no answers in life


John was probably in his 90s.  He had seen so many changes come and go in his lifetime.  Political, religious, and social world he grew up had vanished.  His band of brothers, the apostles, all had died and gone.  Church was facing serious persecution from the outside and false teaching from within.   

June 8, 2019

सफलता नै उत्तम बदला हो।



बेला बेलामा आफूप्रति दश जना दाजुहरूले गरेको व्यवहार देखेर योसेफलाई ताजुब लाग्थ्यो।  सायद म कान्छो भएकै कारण उनीहरूले यस्तो गरेको होला भन्दै दाजुहरूको निर्दयी व्यवहारलाई उनले खासै गम्भीरतापूर्वक लिएनन्। 

May 31, 2019

धन्य हुन् ती चर्चहरू जसका पास्टर सिमोन कुरेनि जस्ताछन्!



आज त्यो ठाउँलाई लिबिया भनिन्छ तर सिमोनको पालामा त्यसलाई कुरेनि भनिन्थ्यो।  अफ्रिकाको उत्तरी भागमा अवस्थित यो देशले भूमध्यसागरलाई छोएको छ।  प्राचीन समयबाटै यसका समुद्री तटवर्ती सहरहरूमा अफ्रिका, यूरोप र एसिया महादेशका मानिसहरूको आवत-जावत बाक्लै हुन्थ्यो।  रोमी साम्राज्यको उदय पछि उत्तरी अफ्रिकी मुलुकहरू सबै रोमका उपनिवेश बने।  रोमी शासनकै समयमा यहूदीया बाट प्रवासी भै आएका झण्डै एक लाख यहूदीहरू पनि कुरेनिमा बसोबास गर्दथे।     

May 28, 2019

From Pastor Bhojraj Bhatta: Asian Quest for West

This is my old post from 2014.

From Pastor Bhojraj Bhatta: Asian Quest for West: I was invited to speak in a conference in Manchester, New Hampshire.  Had a wonderful time with friends there and also in Boston where I...

May 21, 2019

Biblical Principles in Beating Poverty


1)   Know and Believe God’s Promises: Find out all the promises of God in the Bible relating to financial provision and believe them.  Write them down and memorize them.  Post them on your wall, refrigerator, and make those promises your computer screen savers.  Do whatever it takes to remember those promises.

May 17, 2019

Spiritual Pride Rejects Prosperity


Dear friends,
This is to encourage you to keep on believing in the goodness of God. "If you believe, you will receive whatever you ask for in prayer" said Jesus (Matt. 21:22).  Believing comes before praying.  So many times, we stop praying because we lose faith.  We lose faith because we doubt God’s Word.  We doubt God’s Word because the answer to our prayer does not come in our timing and according to our wishes.  It is for this reason Jesus said “Heaven and earth will pass away, but my words will never pass away” (Matt. 25:35). 

May 9, 2019

मित्रताको मिठास!

भन्न त ‘नजिक को तीर्थ हेला’ भनेर भनिन्छ।  तर मित्रताको हिसाबमा यो भनाइले खासै माने राख्दैन।  साँचो मित्रताले सामीप्यतामा झन् गहिरो जरा गाड्दछ।

May 6, 2019

मण्डली स्थापना गर्नुको आनन्द!

तीन वर्ष अघि गुवाहाटीमा नयाँ मण्डली स्थापना गर्न परमेश्वरले काठमाण्डो आशा मण्डलीद्वारा हामीलाई त्यहाँ पठाउनुभयो।  एक वर्ष आत्मिक संघर्ष मै बित्यो। दोस्रो वर्षमा मण्डली स्थापना भयो, र तेस्रो वर्षमा पाइला टेक्दा हाम्रो मण्डली त्यो सहरमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ। 

दुई महिना अघि म र मेरी श्रीमतीले पहिलो पटक मण्डलीलाई भाइहरूका हातमा छोडेर हामी लामो छुट्टीमा निस्क्यौं।  यति लामो समय सम्म मण्डली छोड्दा चिन्ता लागेको थियो तर अहिले आएर हाम्रो चिन्ता अर्थहीन भएको देख्दा खुसी लागेको छ। 

यो दुई महिनाको अवधिमा परमेश्वरले हामीलाई धेरै आशिष् दिनुभएको छ।  सन् २०१० बाट काठमाण्डो आशा मण्डलीमा लामो समय सम्म सेवा गर्ने अवसर मिलेको थिएन तर यस पालि लगातार चार हप्ता सेवा गर्ने मौका प्रभुले दिनुभयो।  साप्ताहिक सेवा, महिला पुरूष सेवा, जवान सेवा र अगुवा सेवामा सम्पूर्ण विश्वासीहरूसँग समय बिताउनुका साथै हाम्रा मनका भावना, विचार र दर्शनहरू पनि आदान-प्रदान गर्ने मौका मिलेकोमा हामी धेरै आनन्दित भएका छौं।

सेवाका साथै तीन वर्ष सम्म भेट नभएको छोरासँग पनि तीन हप्ता सँगै बस्ने मौका प्रभुले दिनुभयो।  ती तीन हप्तामा तीनवटा मण्डलीमा अपरिचित र साधारण विश्वासी जस्तै भएर उपस्थित हुँदा ती मण्डलीका असल र कम्जोर पक्षहरूको अवलोकन गर्ने अवसर पनि मिल्यो जसबाट आफ्नै मण्डलीमा रहेका कमी कम्जोरीहरूलाई सुधार गर्ने प्रेरणा मिलेको छ।

हुनत इन्टरनेटको माध्यमबाट परमेश्वरको वचन बाँड्ने मौका बेला बखत मिली नै रहन्छ तर विश्वासीहरूसँगै बसेर गरेको सेवामा छुट्टै मिठास हुँदोरहेछ।  गुवाहाटी आशा मण्डलीमा अङ्ग्रेजीमा बोलेर हिन्दी वा असम भाषामा उल्था गर्नुपर्ने हुन्छ तर नेपालमा एउटै भाषामा बोल्न पाउँदा धेरै सजिलो हुन्छ।  आशा छ अब छिट्टै भाइहरूले गुवाहाटी आशा मण्डलीलाई पूर्णरूपले जिम्मा लिनेछन् र हामीलाई बिभिन्न स्थानमा गएर वचनको सेवा गर्ने स्वतन्त्रता दिनेछन्।