June 4, 2022

कति छिटै बुढेसकाल लागेछ!


बीस पच्चिस वर्षको जवान अवस्थामा जीवन लामो छ जस्तो लाग्छ। भविस्य आफ्नै वशमा रहेको भान हुन्छ र आफू भन्दा बीस-तीस वर्ष पाका मानिसलाई हेर्दा लाग्छ कि म त्यो उमेरमा पुग्दा त मैले के के नै गरिसकेको हुन्छु होला! हो पनि। समय, परिस्थिति र स्वास्थ्यले साथ दिएको खण्डमा बीस पच्चिस वर्षको अन्तरालमा भौतिक सफलताका धेरै तलाहरू चढीसकेका हुनसक्छौं। नेपला जस्तो गरीबदेशबाट विदेश जाने सपना भएकाहरू विश्वका विकसित देशका नागरिक बन्न सकेकोमा गर्व गरिरहेका हुनसक्छन्। शिक्षाका भोकाहरूले विद्वानको बिल्ला भिरेका हुनसक्छन्। धनका भोकाहरूले पुगीसरी कमाएका हुनसक्छन्। शक्तिका भोकाहरूले सत्ता हात पारेका हुनसक्छन्। ख्यातिका भोकाहरूले नाम कमाएका हुनसक्छन्। प्रेमका भोकाहरूले दाम्पत्य जीवन बसालेका हुनसक्छन्। सबै सपनाहरू साकार भएका हुनसक्छन्। आदि इत्यादि।

Is there a biblical solution to material poverty?


Everywhere I look, I see the horrifying effects of poverty. A child working at a construction site carrying bricks and sand. An old man pulling a three wheeler rickshaw with two overweight women sitting behind. A sick mother pulling herself to work in someone’s field because if she doesn’t, her children will have to sleep without food. A young man’s dream is shattered because he has to give up his studies in order to look after his ailing parents. A young girl is sold by the parents to a rich old man so that they can continue to live under his favor. List can go on…
Poverty takes away human dignity. Life becomes a meaningless struggle.
What kind of message can I preach to the poor? What does the gospel offer to them?

May 13, 2022

God’s promises of blessing for a believer!

(New Revised Standard Version – Updated Edition) 

As you begin to pray, let your prayer spring from the subconscious mind that is filled with these promises. Let there be no shadow of doubt in your conscious mind about the goodness of God. God delights to bless you. But are you willing to put your trust in his promises? From Genesis to Revelation, we see God’s desire to bless man and be with him. 

July 23, 2021

जीवन कति छोटो अनि परिवर्तनशील छ!

जीवन कति छोटो अनि परिवर्तनशील छ! आफ्नै जीवनलाई नियालेर हेर्दा म जन्मेको दिन देखि १७ वर्षको उमेर सम्म जीवनको अर्थ खोज्दैमा समय बित्यो। खोजको निष्कर्षमा आइपुग्दा अर्थविहीन जीवन जिउनु भन्दा आत्महत्या नै उत्तम लाग्न थालेको थियो। तर अचानक ठूलो परिवर्तन आयो। १८औं वर्षमा येशू ख्रीष्टसँग जम्काभेट भयो। उहाँले बोलेका जीवनका वाणी सुन्दै गर्दा जिउने रहरहरू पलाएर आए। फलस्वरूप जीवनलाई सार्थक बनाएरै संसार छोड्ने आँट पनि आयो। 
मृत्युको मुखबाट छुटाएर जीवनको मार्गमा डोर्याउने येशूको अनुयायी हुनु भन्दा उत्तम अर्को विकल्प थिएन। सम्पूर्ण जीवन येशूको चरणमा सेलाएँ। १९ वर्षको उमेरमा पहिलो पटक एउटा चर्चमा येशू-भक्तको रूपमा प्रवचन दिने मौका मिल्यो। त्यो प्रवचन प्रति भक्तजनहरूको प्रतिक्रियाले मलाई येशू-वक्ता भएर नै जीवन बिताउने हौसला मिल्यो। 

October 31, 2020

All Or Nothing! Has Life Become Burdensome?

Life happened.  You arrived on this planet, and now you are here.  You have come this far.  How far you may have to go, the process of life is the same for you as with everyone else.  Nature does not discriminate.  It has no favorites.  The amount of sunshine, water, and air is the same for you as for everyone else.  How you go about living and what you do with what has been freely given to you is entirely up to you.  The sun will continue to shine, water will continue to flow, and the air will continue to blow regardless of what you do.  

July 28, 2020

सिबि गहतराज नेपाली इसाई समुदायका लागि चुनौती या अवसर??


एक सय वर्ष अघिका कोरियाका एक गरीब ख्रीष्टियन र उनका धनी मालिकको वास्तविक उदाहरण आज पनि कोरियन चर्चहरूमा बेलाबखत उल्लेख गरिएको सुनिन्छ।

नोकर र मालिक एउटै चर्चका सदस्य भएको कारण हरेक आइतवार आराधनामा जाँदा मालिक घोडा माथि र नोकरले घोडाको लगाम समातेर बाटोमा डोर्याउँदै चर्चमा जाने गर्थे।

 

समय बित्दै जाँदा एक दिन ती नोकर उक्त चर्चको एल्डर हुनको लागि चुनिएछन् र विधिवत तरिकाले उनी त्यो चर्चको एल्डर पदमा नियुक्त भए।  प्रेस्बिटेरिएन चर्चमा पास्टर र एल्डरको आत्मिक अधिकार बराबर नै हुन्छ।  फरक यति मात्रै कि पास्टरलाई चर्चबाट पारिश्रमिक दिइन्छ भने एल्डरले उल्टै चर्चलाई आर्थिक सहयोग गर्नुपर्ने हुन्छ।  त्यसकारण यी नव-नियुक्त एल्डरले पनि आफ्नो मालिकको सेवालाई निरन्तरता दिंदै चर्चको एल्डरको जिम्मेवारी वहन गर्नुपर्ने भयो।

 

July 2, 2020

निरन्तर प्रगतिको रहस्य

अज्ञानता मानिसको यस्तो शत्रु हो जसले जीवनका सुख र खुसीहरू चोरेर लगेको आफूलाई थाहै हुँदैन।  त्यो भन्दा पनि बढी डरलाग्दो शत्रु अल्पज्ञान हो।  अज्ञानीलाई जब कसैले चोरको पहिचान गराइदिन्छ तब उसले आफ्नो जिउधनको सुरक्षाको लागि ढोकामा गजबार लगाउँछ भने अल्पज्ञानीले उसको घरको गजबारलाई बाहिरबाटै कसरी खोल्न सकिन्छ भनेर चोरलाई नै उपदेश दिंदै हिंड्छ।  त्यसकारण अज्ञानीको जीवनमा विकास र उन्नतिको लागि आशा हुन्छ भने अल्पज्ञानीको लागि आशा हुँदैन।

 

अज्ञानी हुनु हाम्रो भुल होइन।  जन्मसिद्ध सबै कुरा कसैले पनि सिकेर आएको हुँदैन। कतिपटक जीवनका प्रतिकूल परिस्थितिले ज्ञानको सीमा कोरिदिएको हुन्छ भने कतिपटक आफ्नै शारीरिक र मानसिक स्वास्थ्यले साथ दिएको हुँदैन। धार्मिक अन्धविश्वास, सामाजिक रूढिवादी र सामन्ती वर्गले लादेका परम्पराको कारण ज्ञानको ढोका खट्खटाउन पनि मानिस कतिपटक असमर्थ हुन्छ।