October 9, 2013

Instant Success Attracts Imminent Fall

In developing nations, the prosperity gospel is attracting the preachers like a magnet.  I can only speak from the Indian sub-continental experience (though other parts of the world are not immune to it) where it has become a fashion for the upcoming and young preachers to preach instant success in such a way as if they want to outdo the “American Dream”.  Their sermons and social media interactions are filled with quotations and references from the Mega-Church Moguls and the Televangelist Tycoons; for them, the biblical texts become useful only for the footnotes.  Becoming rich and famous at any cost appears to be their ultimate goal in life; ministry provides them a noble mantle to hide their beguiling image.

October 6, 2013

रातोपाटी सेतोपाटी

रातोपाटी देखी सेतोपाटी र अन्य अनलाईन वा छापिएका पत्रिकाहरूमा बेलाबखत नेपालमा आर्थिक प्रलोभन देखाएर इसाईहरूले गैर-इसाईलाई धर्म परिवर्तन गराएको आरोपपुर्ण लेखहरू प्रकाशित हुन्छन्।  हुनत ती लेखहरू आफैमा (लेखकहरू) इसाई धर्मप्रति  अज्ञानता र पुर्वाग्रहका चरम उदाहरण हुन्।  तरैपनि यस्ता लेखहरू प्रकाशित हुनुमा इसाई नेत्रित्वको पनि भुमिका छ; पैसाको कारण कसैले पनि नेपालमा इसाई धर्म अपनाएको नहुनसक्छ तर निर्दोष र इमान्दार नेपालीले येशू ख्रीष्टलाई आफ्नो जीवनको मुक्तिदाता र गुरू बनाउने निर्णयको फाईदा कतिपय धुर्त इसाई अगुवाहरूले उठाएका छन्।
त्यसकारण, सम्पुर्ण नेपाली इसाईहरूलाई यस्ता लेखकहरूको अज्ञानता र पुर्वाग्रहको शिकार बनाउनुको सट्टा यी भ्रष्ट इसाई अगुवाहरूको गतिविधिहरूलाई प्रकाशमा ल्याउनसके असल पत्रकारीता र नेपाली इसाईत्वको विकास हुनेथियो।

October 5, 2013

नेपाली ख्रीष्टियन मिडियाका कम्जोर पक्षहरू

जसरी नेपालमा पास्टरको इज्जत छैन त्यसरीनै नेपाली सञ्चारकर्मिको वा माध्यमहरुको इज्जतमा पनि ह्रास आइसकेको जस्तो देखिन्छ। नेपालमा पास्टरहरुको इज्जत नहुनुमा अधिकांस पास्टरहरूकै दोष हो भन्दा खासै फरक नपर्ला।  परमेश्‍वरको बोलाहट र आफ्नो दक्षताको ख्यालै नगरी जसकसैले पनि रातारात नयाँ मण्डलीको सुरुवात गरेर मण्डलीलाई जिविकोपार्जनको माध्यम बनाउने प्रविर्तिले गर्दा नेपालमा पास्टरीय मर्यदामा दागलागे जस्तै नेपाली ख्रीष्टियन सञ्चार माध्यम र पत्रकार मित्रहरूको अवस्थापनि त्यस्तै देखिन्छ।