February 23, 2016

Four Korean Heresies

Information about four pervasive Korean heresies
Translated from Korean language pamphlet about these heresies
1.    Salvation Sect
·         Overview of Salvation Sect: Byung Eun Yoo (1941-2014) and his father-in-law Shin Chan Kwon pastors of Evangelical Baptist Church, Yohan Lee (real name Bok Chil Lee) pastor of Life Word Mission Church, and Ok Soo Park pastor of Good News Mission Church, have become known recently because of the Sewol Ferry incident. In the aftermath of the Sewol Ferry incident, the aforementioned churches (Good News Mission and Life Word Mission in particular) claim that they are not a part of the Salvation Sect. The Korean Church, however, stipulates that they are indeed a part of the Salvation Sect. In addition, Dal Suk Seo’s Seoul Central Church, Young Suk Gu’s New Life Mission Church, and Young Su Son’s Ahava Church are also classified as a subgroup of the Salvation Sect.

February 9, 2016

घमण्डको शिकार ईसाई नेतृत्व

ईसाई जगतमा मैले २ प्रकारका अगुवाहरूको बाहुल्य देखेको छु। एउटा आत्मिक घमण्डी र अर्को भौतिक घमण्डी।  आत्मिक घमण्डीले विस्वासीको संख्‍या, मण्डलीको संख्‍या, आफुमा भएका दान-वरदानको बयान, सपना-दर्शनको बयान, अन्य-भाषा र अगम्वाणीको बयान, चंगाई र दुष्ट आत्मा निकालेको बयान, आफ्नो सम्प्रदाय वा मण्डलीको बयान गर्छ।  उसको विचारसँग (शिक्षा, शिद्धान्त) मेल नखाने सबै दोश्रो दर्जाका ख्रीष्टियानहरू हुन्; यहाँसम्म कि फेसबुकमा पनि उनिहरूसँग उ मित्र बन्न चाहाँदैन। उ मात्रै सच्चा सेवक हो। उ मात्रै एउटा यस्तो पवित्र जन हो; अन्य सम्प्रदायका विस्वासीहरूसँग घुलमिल हुँदा उसको पवित्रता विटुलो हुनसक्छ!

भौतिक घण्मडीले उसको आर्थिक, राजनैतिक, शैक्षिक र अन्तराष्ट्रिय पहुँचको बयानगर्दै र आफ्नो फाईदाको लागि मण्डली, बाइबल स्कूल, व्यक्ति, सं-संस्थाहरूको किनमेलमा बेस्त हुन्छ। उसको आर्थिक स्रोत स्वदेशी वा विदेशी हुनसक्छ जसको कारण ईसाई-नेतृत्व पंक्तिमा उसको रवाफ ठुलो हुन्छ। कतिपटक त आत्मिक घमण्डीहरू पनि लुकि-लुकि भौतिक घमण्डीको चाकरी गरिरहेका हुन्छन्।  भौतिक घमण्डीबाट आफ्नो फाईदाको लागि आत्मिक घमण्डीहरू उसको पतित चरित्रको पनि वास्ता नगरेर दशैँमा राजा र मन्त्रीको हातबाट टिका थापेझैँ स्वार्थको टिका थाप्न पुगिरहेकाहुन्छन् र भन्छन् “न्याय गर्ने परमेश्वर हुनुहुन्छ; हामीले मानिसको न्याय गर्नु हुन्न”।  तर आफुलाई मन नपर्ने, आफु भन्दा निम्न वर्गका र आफुलाई चुनौति दिनसक्नेको लागि तिनीहरू न्याय मात्रै नभएर उनिहरूलाई नरकको किरा बनाउन पछि पर्दैनन्।   

यि २ घमण्डी नेतृत्वको कारण ईसाई विस्वसीहरूमा जुनप्रकारको आत्मिक आशिष आउनुपर्नेहो त्यो प्रशस्त मात्रामा आउन सकेको हुँदैन। विस्वासीहरू पनि अधिकाङ्स जनता जस्तै भ्रष्ट नेतृत्वको सही मुल्याङ्कन गर्न सकिरहेका हुँदैनन्। दुःखको कुरा, यदि समयमै हामीले घमण्डलाई त्यागेनौ भने यसले हामीलाई र हाम्रो ईसाई समाजलाई नै ठुलो क्षेति गर्छ। घमण्ड सबै पापको जरा हो; यो भन्दा परमेश्वरले सहन नसक्ने अरू पापै छैन। घमण्डीले आफैलाई परमेश्वर ठान्छ।

यहूदामा सबै भन्दा लामो समय राज्य गर्ने र सबै भन्दा दुष्ट राजा मनश्शे थियो। परमेश्वरले उसलाई धेरै पटक पश्चताप गर्ने मौका दिनुभएको थियो तर उसले ती मौकाहरूलाई स्वीकार गरेन। २ इतिहाँस ३३:१०-१३ मा मनश्शेको वारेमा यसरि लेखिएको छ; “मनश्शे र तिनका मानिसहरूसित परमप्रभु बोल्नुभयो, तर तिनीहरूले वास्ता गरेनन्। यसैकारण परमप्रभुले तिनीहरूका विरूद्दमा अश्शूरका राजाका सेनापतिहरू ल्याउनुभयो। उनीहरूले मनश्शेलाई पक्रे, तिनको नाकमा बल्छी लगाए, र तिनलाई काँसाका साङ्लाले बाँधेर बेबिलोनमा ल्याए। आफ्नो कष्टमा तिनले परमप्रभु आफ्ना परमेश्वरको निगाह खोजे, अनि आफ्ना पुर्खाहरूका परमेश्वरकहाँ विनम्र भएर झुके। जब तिनले प्रार्थना गरे, तब परमेश्वरले तिनको अर्ज-बिन्ती सुनेर तिनको प्रार्थना ग्रहण गर्नुभयो। उहाँले तिनलाई यरूशलेममा फेरि फर्काएर ल्याउनुभयो, र तिनलाई राजगद्‍दीमा बसाल्नुभयो। तब मनश्शेलाई परमप्रभु नै परमेश्वर हुनुहुँदोरहेछ भन्ने थाहा भयो”।

यो दुष्ट राजाले पनि घमण्डलाई ल्यागेर जब आफुलाई नम्र बनायो तब परमेश्वरले उसलाई अर्को मौका दिनुभयो कारण नम्रहरूलाई परमेश्वर अनुग्रह गर्नुहुन्छ तर घमण्डिको विरोध।
घमण्डको सट्ट हामीले आफैलाई नम्र तुल्यायौँ भने अवस्य पनि परमेश्वरले हामीलाई उहाँको महिमाको लागि चलाउनु हुनेछ तर घमण्डी भैरह्यौँ भने एक दिन परमेश्वरबाट तिरष्कृत भएर मानिसको साम्नेमा पनि अपहेलित जीवन विताउनुपर्ने छ।

सायँद तपाईँलाई लाग्छ “म, न त भौतिक न आत्मिक घमण्डी” भनेर। तर एकपटक आफुलाई केलाएर हेर्नुहोस त; “म घमण्डी छैन” भन्नु नै घमण्डको प्रमाण हो।

मेरो ख्रिष्टियन जीवनको सुरूवात त्यति रहरलाग्दो थिएन। दुर्गम जील्ला डोटीमा मेरो जन्म भयो तर घरबाट वाल्यकाल देखि नै तिरस्कृत, मैले विस्वास गरेको मण्डलीबाट पवित्र आत्माको बप्तिस्मा र मण्डलीको जाग्गाको कारण बहिस्कृत र शिक्षण पेशाबाट सुसमाचार प्रचारको कारण निस्कासित भएर धनगढीको ए.जी. मण्डलीले मलाई शरण दिएको थियो। जीवनको यात्राको दौरानमा धेरै पास्टर, अगुवाको हेपाई, हेलाँ र हप्काई खाइयो। कति त कारणै विना शत्रु बने। कतिले त ज्यानै मार्ने धम्कि दिए र कति पास्टर कहलिनेहरू अँझै पनि धम्कि दिइरहेका छन्।  तर यि सबैमा मैले एउटा पाठ सिकेको छु; जब म आफुलाई “म पनि कोहि हुँ” भनेर आफ्नो बाचावटको लागि अधि सर्छु तब मेरो विरूद्दमा आउनेहरुको जीत हुन्छ। तर जब म आफैलाई उनिहरूको हाँसोको पात्र बन्नदिन्छु, आफैलाई हारको पात्र बन्न दिन्छु र परमेश्वरतिर फर्किन्छु, तब मेरा शत्रु कहलाउँदाहरूको पतन विस्वासै गर्न नसकिने तरिकाले उनिहरूमाथि खनिएको देख्‍छु। आज जहाँ छु, जे छु र जसरि परमेश्वरले चलाई रहनुभएको छ, यो केवल उहाँको दया र अनुग्रहले हो। झण्डै २३ बर्ष पहिला मलाई आक्रमण गर्न एकजना नेपालका वरिष्ट पास्टर एउटा विदेशी मिसिनरिका साथ मेरो डेरामा आउनुभएको थियो। उहाँलाई चिनेको दिन देखी उहाँले मलाई बोलाउँदा सधैँ “तपाईँ” वा “भाई” भनेर बोलाउनु हुन्थ्यो। तर त्यो दिन “तँ” भनेर निकै गालि गर्नुभयो। त्यो दिन उहाँमा देखिएको घमण्डको कारण मेरो मनमा उहाँप्रति दया र डर लागेको थियो र नभन्दै त्यो समय देखि उहाँको सेवामा यति गिरावट आयो कि आजसम्म पनि उहाँ पहिलेको स्थानमा आउनसक्नु भएको छैन। म सँग यस्ता थुप्रै उदाहरणहरू छन् जहाँ घमण्डको कारण हुनुहार विस्वासी, पास्टर, अगुवाले जीवनमा धेरै गुवाएका छन्।

मित्र, साँयद तपाईँसँग भौतिक र आत्मिक तागत होला तर यदि समयमै त्यसको श्रय परमेश्वरलाई नदिएर घमण्ड गर्न थाल्नुभयो भने तपाईँको अन्त्य दर्दानाक हुनसक्छ। त्यसकारण आफैलाई नम्र बनाउनुहोस। जब नम्रतामा तपाईँले प्रभुको सेवागर्नु हुनेछ तब तपाईँको सेवाबाट मानिसले आशिषा पाउनेछन्।