February 5, 2008

येशूको रगतको मुहान

Translated by Bhojraj Bhatta, from the English Hymn “There is a fountain filled with blood” by William Cowper (1771), 1932-1800. He was an English poet who worked with John Newton and others of his era.

१ देख्छु म बगेको मुहान, येशूको रगत को
पापीहरु स्नान गर्छन् जहाँ, मेटिन्छन् पापका दागहरु
मेटिन्छन् पापका दागहरु, मेटिन्छन् पापका दागहरु
पापीहरु स्नान गर्छन् जहाँ, मेटिन्छन् पापका दागहरु

२ त्यो मुहान देख्दा रमाउँछ, चोर पनि क्रूसमा
उ जस्तै पापी म भए नि, धुँदछु पाप सबै
धुँदछु पाप सबै, धुँदछु पाप सबै
उ जस्तै पापी म भए नि, धुँदछु पाप सबै

३ प्यारो थुमा तपाईँको रगत, अशक्त कहिल्यै हुँदैन
जबसम्म थुमाको मण्डली, पापरहित हुँदैन
पापरहित हुँदैन, पापरहित हुँदैन
जबसम्म थुमाको मण्डली, पापरहित हुँदैन

४ येशूको रगतको मुहान, विश्‍वासद्वारा देखे देखि
उद्धारक प्रेम मेरो गीत भयो, गाउँनेछु बाँचुन्जेल
गाउँनेछु बाँचुन्जेल, गाउँनेछु बाँचुन्जेल
उद्धारक प्रेम मेरो गीत भयो, गाउँनेछु बाँचुन्जेल

५ गाउँने मेरा यी ओठहरु, चिहानमा जब सुत्‍नेछन्
थुमाको मुक्तिको गीत म, स्वर्गिय धुनमा सधैँ गाउँनेछु
स्वर्गिय धुनमा सधैँ गाउँनेछु, स्वर्गिय धुनमा सधैँ गाउँनेछु
थुमाको मुक्तिको गीत म, स्वर्गिय धुनमा सधैँ गाउँनेछु

Audio uploaded on July 7, 2018