December 31, 2018

धन्य हो त्यो मानिस जसले आफ्ना दिन गन्न जानेको हुन्छ!


आजको दिनसँगै सन् २०१८ले हामीलाई सदाको लागि बिदा दिनलागेको छ।  हिजो जस्तै लाग्छ २०१७लाई बिदा दिएको।  वर्षेनि संसारका ठूलाठूला सहरहरूमा नयाँ वर्षलाई स्वागत गर्न अरबौं रुपियाँ खर्च गरेर कालो आकाशमा रङ्गीचङ्गी पटाकाहरू पड्काएर उज्यालो पारिन्छ जो पूर्वीय देशहरूमा आज पनि सुरू भैसकेको छ।  जब भोलिको बिहानी आउनेछ तब फेरी जीवनचक्र आफ्नै गतिमा अघि बढ्ने छ र थाहै नपाई अर्को वर्षलाई स्वागत गर्नुपर्ने दिन टुपलुक्‍क आइपुग्‍नेछ।

समयको नदी आफ्नै गतिमा बगिरहन्छ तर त्यो समयको एउटा कालखण्डमा जन्मेका हामी एक दिन यो भौतिक संसारबाट अस्तित्वहीन हुनपुग्छौं।  बाइबलले भन्छ कि हामी जन्मेको ठाउँले समेत हामीलाई बिर्सन्छ (भजनसंग्रह १०३.१६)।  हाम्रो घमण्ड, रवाफ र फुइँ पनि माटो या आगोमा बिलाउछ।

तापनि, यो झणभङ्गुर चोलामा रहँदा सम्म धेरैले संसारलाई आफ्नो वशमा राख्‍न खोजे तर समयको सामु सबैले घुडाँ टेके।  प्राचीन ज्ञानी पुरूष अय्यूबले भनेका थिए “मानिस संसारमा नाङ्गै आउँछ र नाङ्गै जान्छ” (१.२१)।  अलेक्ज्यान्डर महानले पनि आफ्नो अकाल मृत्युमा अय्यूबको भनाइलाई स्वीकारेको परम्परागत विश्वास छ।

हामी यो धर्तिमा केही समयको लागि मात्रै छौं भन्ने धुर्वसत्यलाई जान्दा जान्दै पनि हाम्रो जीवन जिउने शैलीले यसलाई काटेको हुन्छ।  लाग्छ कि संसारमा भएका सम्पूर्ण मानिसहरू मरेर गए पनि “म” बाँची नै रहनेछु।  यो “म” यति स्वार्थी छ कि आफू बाँच्नको लागि सारा संसारलाई मार्न पनि ऊ पछि पर्दैन।  यस्तो प्रवृतिको मानिसले अर्काको इच्छा र अस्तित्वलाई स्वीकार गर्दैन।  ऊ आफैसँग प्रेममा फसेको हुन्छ र ठान्छ कि संसार उसैको वरिपरि घुमिरहेको छ।  ग्रिक भाषामा यस्तो मानिसलाई “नारसिसिस्ट” भनिन्छ।  नारसिसिस्टले अरूको सफलतालाई हेर्न सक्दैन, अरूको मान-सम्मान गर्न सक्दैन।  बाइबलीय विचारमा यस्तो चरित्र पहिलो पटक स्वर्गीय प्राणि लुसिफरमा देखापरेको विश्वास गरिन्छ जसलाई बाइबलले प्राचिन सर्प वा शैतान भन्छ। 

शैतानकै धोकामा परेर मानवजातिमा पनि यस्तो चरित्रको प्रत्यारोपण भयो र आज संसार स्वार्थले भरिएको छ।  व्यक्ति देखि राष्ट्रसम्म आफ्नो स्वार्थबिना कुनै काम कार्बाहीको सम्झौता हुन सक्दैन।  आमा-बाबु र छोराछोरी, लोग्ने-स्वास्नी र मित्रहरुमा पनि स्वार्थ नै प्रेरणाको श्रोत बनेको देखिन्छ।

यो “म” वा स्वार्थको चङ्गुलबाट उम्कनको लागि बाइबलका एउटा माहापुरूष मोशाले यसरी प्रार्थना गरेका छन् “हाम्रा दिनहरू गन्न हामीलाई सिकाउनुहोस् र हामीले बुद्धिको हृदय प्राप्‍त गर्न सकौं” (भजनसंग्रह ९०.१२)।  जब हामी आफ्नो अस्थाई अवस्थालाई स्वीकार गर्दछौं तब जीवनका बाँकि दिनहरूमा पाप, अधर्म, वैरभाव, दुष्मनि जस्ता घृणित कार्यहरू गर्नुको सट्टा असल र प्रेमका कार्यहरू गर्दै जीवनलाई सुखमय बनाउँदछौं।  यसरी आफ्ना दिनहरू गन्न जान्ने मानिस जीवनभरि रमाएर गीत गाउदै जीवन बिताउनेछ भनेर मोशाले घोषणा गर्नुहुन्छ।

ख्रीष्टियन जीवन गीत गाउदै बिताउने जीवन हो।  तर कतिपय यस्ता कम्जोर विश्वासीहरू हामी देख्छौं जसको जीवनमा कुनै गीत हुँदैन।  उनीहरूको परिवारमा शान्ति र स्वाद हुँदैन।  मण्डलीमा उनीहरू समस्या र गनगनका श्रोत बन्दछन्।  मित्रहरू पनि उनीहरूबाट आफूलाई टाढै राख्छन्।  यस्तो हुनुमा धेरै कारणहरू हुनसक्छन्।  एउटा प्रमुख कारण यसै संसारका कुरामा मन लगाउनु हो।  संसार र शरीरका कुरामा लागेको मनले हामीलाई कहिल्यै शान्ति र आनन्द दिन सक्दैन; यस्ता मानिससँग गाउने खुसीको कुनै गीत नै हुँदैन।  तर पवित्र आत्मामा लागेको मनमा शान्ति र आनन्द हुन्छ; उनीहरूसँग नयाँ गीत हुन्छ।  आज नै संसार छोडेर जानु परेको खण्डमा पनि पवित्र आत्मामा लागेको मन शान्ति र आनन्दले भरिएको हुन्छ।  “म”को चङ्गुलबाट यस्ता मानिसले मुक्ति पाएका हुन्छन्।  परमेश्वर र अरू मानिससँग सुमधुर सम्बन्ध कायम गर्दै आफ्नो जीवनमा मात्रै नभएर उनीहरूका चारैतिर रहेका मानिसको जीवनमा पनि नयाँ गीत ल्याउन उनीहरू सफल हुन्छन्।  उनीहरूले छोडेर जाँदा त्यो रिक्त स्थानलाई भर्न कठिन हुन्छ।  यस्ता मानिसहरूलाई लामो समयसम्म उनीहरू जन्मेको ठाउँले पनि सम्झी नै रहन्छ।

आशा छ मेरा पाठकहरूले आफ्ना दिनहरू गन्न जानेका छन्।  स्वर्गका कुरामा मन लगाएका छन् र जीवनमा गीत गाउदै आनन्दले भरिएर जीवन बिताइरहेका छन्।  जसरी २०१८मा गीत गाएर जीवन बिताउनुभएको थियो, त्यसरी नै २०१९मा पनि अझ आनन्दका गीतहरू गाउँदै आफ्नो जीवनमा मात्रै नभएर आफ्ना चारैतिर भएका सम्पूर्ण मानिसको जीवनमा पनि त्यो आनन्दको गीतको धुनलाई गुञ्जानुहुनेछ!  

संसारमा रहँदा हाम्रो आयुका सिमित दिनहरूलाई गन्न जानेको खण्डमा यसले हामीलाई अनन्तका दिनहरूलाई अझ आनन्दित बनाउन मदत गर्नेछ।

December 8, 2018

Merry Christmas & Precious Memories

Sitting by the desk and pondering over certain points of my sermon for tomorrow, memories flooded my mind from the past.  In my starting days as a minister of the gospel, I had to prepare my sermons for the believers who were going through severe state persecution in Nepal.  After some years, the Lord brought relief from that persecution but life was not easy.  Purpose of preaching then was to bring hope in the hearts of people; incidentally, the first church we pioneered named it Hope.

Many years later, I found myself preaching to Nepalese migrant workers in Korea.  There I had to give them hope and identity as a people of God.  If not, a migrant worker begins to define one’s life in terms of servitude and slavery.

Again after a decade, I found myself preaching to a diverse group of expatriates residing in Korea for various purposes.  International students, professors, teachers, scientists, company employees and executives made that group an amazing breed to minister to.  I as a country boy from a remote part of Nepal had to ramp-up my feeble mind to match the demand of the hour.  By God’s amazing grace, during those six years, we were able to minister to so many wonderful friends from across the world.

Now at present, I find myself ministering in a North Indian context where Christianity has been severely diluted.  Though the gospel had come here over two hundred years earlier, its impact in society is nearly non-existent.  Syncretic approach has nullified the power of the gospel and the uniqueness of Christ is defaced.  Corrupt mission practices have left Christians not as assets but liabilities for the kingdom of God.  In a time and place like this, I miss my earlier assignment from the Lord.

As I think about my earlier assignment from the Lord, I am thinking of those brothers and sisters that I have left behind and or have gone around the world.  Wherever you may be, I want you to know that there are times I still remember you in my prayers.  Sadly I do not have contact with most; only a handful of you remain in my social media circle.

As the year comes to an end and Christmas is around the corner, it is my prayer that the Lord will be your Emmanuel as he has been your Ebenezer!  Merry Christmas and Happy New Year 2019!