November 16, 2016

November 3, 2016

जीवनका आरोह-अवरोहहरू भाग २ः विदेश पढ्दाको पहिलो अनुभव

पहिलो भागमा राखिएका मेरा तीतामीठा अनुभवहरूलाई मेरा पाठक मित्रहरूले सकारात्मक रूपले लिनुभएको पाउँदा त्यो लेखेकोमा मलाई खेद छैन। अर्को अंशलाई रूपरेखाकै रूपमा भए पनि पुस्तकमा राख्‍नुभन्दा पहिले सामाजिक सञ्जालमार्फत यहाँहरूको सामु राख्‍न मन लाग्यो। मेरो जीवनलाई पाठकको सामु यसरी उदाङ्गै पारेर खोल्नुको मुख्‍य उद्देश्य बल्यकालबाटै जीवनसँग हारेको मानिसको जीवनमा पनि परमेश्वरले कसरी अर्थ र सामर्थ्य दिनुहुन्छजीवन जिउने रहर थप्नु हुन्छर आफ्नो महिमाको लागि प्रयोग गर्नु हुँदोरहेछ भन्ने प्रमाण पेस गर्नु हो। बाइबलको परमेश्वर मेरो लागि कुनै आदर्श वा दर्शन होइनउहाँ मेरो जीवनको यथार्थ हुनुहुन्छ कारण उहाँको हात मेरो जीवनमा नभएको भए जीवनको दुई दशक नपुग्दै म संसारबाट बिदा भइसक्थें। येशू प्रभुलाई यो जीवन सुम्पेपछि पनि मेरो सामु यस्ता उतारचढावहरू आए जसमा मेरो मानवीय क्षमताले जीवनको नावलाई कुनै हालतमा पनि पार लाउन सक्ने थिएन। नेपालमा गनिएका यस्ता मानिसहरू मेरो विरुद्धमा उभिए कि मेरो पतन निश्चित थियो। तर आज जे छुजस्तो छु र जहाँ छुत्यसमा प्रत्यक्ष प्रभुको हात मेरो जीवनमा भएको कारण हो। आशा छमेरो कथा र व्यथाहरूले तपाईंहरूलाई त्यो परमेश्वरको नजिक ल्याउनेछ जसले तपाईंको जीवनमा सोचेको वा चिताएको भन्दा अझ ठूलो काम गर्न सक्नुहुन्छ। वचनले भन्छ “आँखाले नेदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेकायी नै कुरा परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ” (१कोरन्थी २:९)। प्रिय मित्रत्यो परमेश्वरलाई जीवन दिनुहोस् जसले यी महान् कुराहरू तपाईंको जीवनमा पूरा गर्न चाहनुहुन्छ।  अहिले तपाईंको अवस्था  जतिसुकै नाजुक भए पनि, मानिसले तपाईंलाई जतिसुकै हेलाँ गरेपनि, जीवन अन्धकार र आशाहीन भए पनि यदि परमेश्‍वरको वचनलाई सिरोपर गर्नुभयो र उहाँले भनेको सबै कुराहरू सम्भव हुनेभएकाले हरेस नखाएर त्यो उज्वल भविस्यको सपनालाई दिन रात आफ्नो हृदयमा खेल्न दिनुभयो भने एक दिन त्यो सपना तपाईंको जीवनमा पक्का साकार भएर आउनेछ।