February 28, 2018

धन्य नेपाली ख्रीष्टीयान विश्वासी!

धन्य नेपाली ख्रीष्टीयान विश्वासी!  तिमी कति उदार, कति आत्मिक, कति ज्ञानी, कति सहनसील, कति निश्छल।  तिमीले येशूलाई विश्वास गर्दा कति दुःख, कष्ट, हेला, खेदो र सतावट खेप्नुपर्‍यो।  गाउँलेले पानी वारे।  छिमेकीले पैसामा बेचिएको भने।  आफन्तले नाता नै तोडे।  कतिलाई त गाउँबाटै लखेटियो, कतिलाई सरकारले नै जेल हाल्यो।  कति कुटिय, कति पिटिय त कतिले येशूमा राखेको विश्वासको कारण ज्यानै गुमाए।  तापनि येशूले दिनुभएको पाप क्षमा र अनन्त जीवनलाई तिमीले समातिनै रह्यौ।   चर्चमा जान डाँडा पाखा काटेरै, खोला नाला तरेरै र घाम पानी केही नभनि शनिवारको सेवामा उपस्थितहुन कहिल्यै छोडेनौ।  आफ्नो कमाइको दशांस आदर र भक्ति साथ चर्चको भेटीमा हाल्नपाउँदा कति खुसी हुन्छौ।  खेतबारीमा फलेको पहिलो फल पनि चर्चमा रमाइ रमाइ ल्याउँछौ।  धन्यवाद भेटी, विश्वासको भेटी, प्रतिज्ञाको भेटी; जुनसुकै भेटीमा उत्सुकताकासाथ भाग लिन्छौ।  येशूले भनेको वचन “लिनु भन्दा दिनु असल हो”लाई हृदयबाटै विश्वास गर्छौ।

February 23, 2018

पास्टर ज्यू, तपाईंको योग्यता?



मानव समाजको प्रगति वा दुर्गतिहुनुमा अगुवाको धेरै ठूलो भुमिका हुन्छ।  अगुवाविना कुनै समाज प्रगति गर्न सक्दैन।  हितोपदेश २९:१८ले भन्छ "जहाँ अगुवा (दर्शन) हुँदैन त्यहाँ मानिसहरू भाँडिन्छन्"।  अगुवालाई दर्शनसँग तुलना गरिएकोछ र  दर्शनविनाको अगुवाले समाजलाई प्रगतितिर लान सक्दैन।  एउटा परिवारले प्रगति गर्नकोलागि पनि अगुवाको आवस्यकता पर्दछ   

February 17, 2018

तपाईंको बोलावटमा धमिरा नलागोस्!


येशूलाई विश्वासगर्नु आफैमा कति महान् आशिष् हो।  संसारका अरबौं मानिसहरूले यो आशिष् पाउन सकेकाछैनन्।  येशूको बारेमा धेरै कुराहरू जानेर, सुनेरपनि येशूलाई आफ्नो मुक्तिदाता भनी स्वीकारगर्न सकेकाछैनन्।  ख्रीष्टीयन परिवारमा जन्मेरपनि धेरैले यो आशिष् गुमाएकाछन्।  तर जसले येशूलाई साँचो रूपले चिनेकाछन्, उनीहरूका लागि यो कति उदेकको आशिष् हो!  जीवनमा गरिएका सबै पापको क्षमा।  नरकको अन्नत मृत्युबाट छुटकारा पाएर जीवनको यात्रामा हामी लागेकाछौं।  स्वर्गको निश्चयता छ।  यस संसारमा रहुन्जेल जीवन बिताउन चाहिने सबै शक्ति र सामर्थ्यको प्रतिज्ञा हामीलाई दिइएको छ।  वाकै ख्रीष्टीयन जीवन कस्तो उदेको र रहरलाग्दो जीवन!

February 5, 2018

मेरो पास्टर हराउनुभयो



भर्खरै येशूलाई चिनेको मगजमा आपार उमङ्ग थियो।  बाइबल यस्तो साथी बन्यो कि हिँड्दा झोलामै, बस्दा हातमै र सुत्दा सिरानीमा या छातीमै।  नयाँ खाले बाइबल देख्‍ने वित्तिकै छाक बारेरै भए पनि किन्न मन लाग्ने।  भजनका धून सुन्ने वित्तिकै कहिले आँखा रसिने त कहिले मुटुमा भक्कानो फुट्ने।  ख्रीष्ट र ख्रीष्टीयन सब्द कतै लेखेको देखेपछि त्यो पत्रिका होस् या कुनै साइनबोर्ड, गएर त्यसलाई चुम्बन नै गर्न मन लाग्ने।  चर्च को त “च” नै रमाईलो र शनिवारको “श” कहिले आउला भनि छ दिनको पर्खाई अतिनै लामो।  चर्च भित्रको मादलको ताल कति सुरिलो, खैँजडीमा कति मिठास, गितार र हारमोनियमको त कुरै नगरौं।  लाग्थ्यो कि यदि मेरा हातमा सङ्गीतको “स” मात्रै थियो भने पनि रात दिन चर्च भित्रै विताउँथे होला। 

शनिवारको सेवामा स्वर्गीय अनुभव।  गाउनेहरूले कति मिठो गाउन सकेको, बजाउनेको त हातैमा हिरा र प्रार्थना गर्नेहरूले स्वर्गको सिंहासन नै छोएको, र वचन बोल्नेको मुखै सुनौलो।  सेवामा भागलिन आएकाहरू कति प्रेमीला, दयालु, मिलनसार, त्यागी।  लाग्थ्यो कि म जस्तो पापका घाउहरूले भरिएको घाइते दागीको कारण त्यो पवित्र सभामा नै दाग लाग्ला जस्तो; त्यसैकारण पछाडि बस्न मन लाग्ने।  सबै मिलेर ठुल्लठुला सोरमा आराधनाको वलिदान चढाउँदा आफूलाई मनमा लागेका कुराहरू उच्चारण गर्ने आँट नै नआउने।  छेउमै उभिएकाहरूले गरेको प्रशंसाका सब्दहरू सुन्दा कति मिठा, कति पवित्र, कति आत्मिक।  भन्न त मनमा लागेका कुराहरू आफूलाई पनि भन्न मन लाग्थ्यो तर मसँग त्यो उच्च स्तरीय आत्मिक भाषा नै थिएन।  एकान्तमा भने येशूसँग कुरागर्दा मुटुबाट भेल नै बगेर निस्कन्थ्यो।  उहाँकै कोमल हातले मेरा आँसु पुछिदिएको अनुभव हुन्थ्यो; कतिपटक त सिरानी नै येशूको काख जस्तो लाग्थ्यो।

एक रात त येशूले विचित्रै गर्नु भयो।  प्रेरितको किताबका केही अध्याय पढिसक्दा साडे दश बजेको थियो र सधैं झैं सुत्नुभन्दा पहिले प्रार्थनाको लागि घुँडा मात्रै के टेकेको थिए, मेरो संसारै परिवर्तन भयो।  कोठा नै अनौठो उपस्थितिले भरियो।  घुँडा टेकेर निहुरिएर बसेको मान्छे, उत्तानो भै लम्पसार परेछु।  लम्पसार भएकै अवस्थामा हातहरू माथि उचाल्दै ठूलो सोरमा प्रार्थना गर्न थालेछु। ठूलै हल्ला भएको सुनेर छिमेकीहरूले कोठा घेर्दै कतिले झ्याल र कतिले ढोका ढक्ढकाउन थाले।  पागलै भयो भन्ठाने।  मेरो नाम बोलाएको पनि सुनेँ, ढोका खोल भनेको पनि सुनेँ, के भयो भनेको पनि सुनेँ र कता कता लाज पनि लाग्यो तर के गर्ने, उठ्नै सकेनँ, जवाफ दिनै सकेनँ नत प्रार्थना गर्न रोक्न सकेँ।  मुख बन्दै नहुने, शरीर आफ्नो वस भन्दा बाहिर।  म जे बोल्दै थिएँ आफैले पनि बुझिरहेको थिएनँ।  अनौठो पनि लाग्यो तर मुटुको पनि मुटुमा अलौकिक् किसिमको आनन्द; स्वर्गीय अनुभव।  कुनै अदृष्य उपस्थितिले मेरो शरीरलाई च्यापेको जस्तो लागे पनि मनमा बादलमाथि हिँडेको अनुभव।  विचित्रै गर्नुभयो त्यो रात प्रभुले।  विहानको तीन बजे मेरो शरीरको नियन्त्रण प्रभुले मलाई फिर्ता दिनुभयो र उहाँको सेवाको लागि मेरो जीवन दिनुपर्ने आज्ञा गर्नु भयो। उहाँको बोलावटलाई सहर्स स्वीकार गर्दै उज्यालो भएको थाहै भएन।

त्यो रातको जस्तो अनुभवमा मात्रै जीवन विताउन पाए कति आनन्द हुन्थ्यो होला तर उज्यालोले सेवाको लागि पाइला चाल्न वाध्य बनायो।  ख्रीष्टीयन विश्वासी र पास्टरहरूसँग परिचय हुन थाल्यो।  भरपर्दो र मनले खाने आत्मिक अगुवाको खोजीमा लागेँ।  ख्रीष्टीयन समाजको अनुभव गर्दै जाँदा यो स्पस्ट हुन थाल्यो कि ति सुनौला सब्दहरू बोल्ने पास्टर होस् या स्वर्ग नै छुनेगरी आराधना गर्ने विश्वासी किन नहोस्; ख्रीष्टीयन जीवनमा द्वन्द रहेछ।  एक मनमा उनीहरू साँच्चै येशूका चेला बन्न चाहान्थे भने अर्को मनमा संसारको भौतिक मोहमा पनि जीउन चाहान्थे।  आफू येशूको निम्ति जोगी बनेर जीवन जिउँछु भनी निस्केको मानिसलाई ख्रीष्टीयन समाजभित्रको यो द्वैध चरित्रले निकै अप्ठ्यारोमा पार्‍यो।  तापनि जोन बनियानको तीर्थ यात्रापिल्ग्रिम्स प्रोग्रेसले मेरो कलिलो मगजमा गहिरो छाप लगाइसकेको कारण भौतिक लोभमा फस्नु मेरो यात्राको लागि हानिकारक हुनजान्छ भन्ने कुरामा सङ्का थिएन।  त्यसैकारण बनियानका मुख्य पात्र ख्रीष्टीयनजस्तै सहयात्रीहरू खोज्नतिर म लागेँ।

यात्रा धेरै पार गरिसक्दा पनि यो खोजमा खासै सफलता मिलेन।  जति नै नाम चलेको पास्टर किन नहोस्, भित्रि रहस्य बुझ्दै जाँदा भौतिक सम्पत्ति जोड्नकै लागि मरिमेटेको देखियो।  भावि नेतृत्व निर्माणमा पनि आत्मिक गुरू र चेलाको सम्बन्ध नभएर आर्थिक लगानी र चतूर व्यवस्थापनको नै हावि देखियो।  परमेश्वरको राज्य भन्दा आफ्नै राज्य निर्माणमा व्यस्त र विश्वासीको चिन्ता भन्दा नेतृत्वले आफ्नै चिन्ता गरिरहेको देखेँ।  होलान् त्यस्ता असल आत्मिक गुरू भन्न लायकका सेवकहरू पनि तर मैले मेरो लागि चिन्ता गर्ने आत्मिक गुरू नेपाली ख्रीष्टीयन समाजमा भेट्टाउन सकेनँ।  खोट मेरो पनि होला कारण जोगी बन्न सबैलाई सजिलो हुँदैन।
  
त्यसैकारण नेपाली ख्रीष्टीयन समाजभित्र छिर्नुभन्दा यसको सेरोफेरोमै रहेर जीवन विताउने निर्णया गरेँ र नभन्दै प्रभुले यस्ता धेरै सहयात्रीहरू जुटाउनुभयो जसको जीवनमा मैले केही मात्रामा भए पनि प्रेरणा थप्‍ने मौका पाएँ।  येशूका शिक्षालाई सिकाउने मात्रै होइन, व्यवहारमा उतार्न सकिन्छ भनि जीवनबाट उदाहरण देखाउने मौका प्रभुले मलाई दिनुभयो।  त्यो उदाहरण देखाउनको लागि संसारको सुखविलाश र भौतिक समपन्नतामा भन्दा दुःख र चुनौतिहरूको सामनामा धेरै सजिलो हुँदो रहेछ।  पास्टरको घर कति ठूलो, पास्टरको गाडी कति महँगो, पास्टर कति धनी भनि गरिएको प्रसंशामा भन्दा, पास्टरले दुःखमा, अभावमा, सतावट र खेदोमा पनि हेरस खानु भएन; सेवामा लागिनै रहनुभयो भनि देखिने गवाहीले असल गोठालोको उदाहरण बन्न सजिलो हुने रहेछ।  त्यसैकारण होला, २कोरिन्थीको किताबमा पावलले आफ्नो दुःखमा निकै गर्व गरेको छ।  

काठमाण्डो आशा मण्डलीमा होस्, कोरीयामा रहँदा सेवा पुर्‍याएको मण्डलीमा होस्, गुवाहाटीमा स्थापना हुँदै गरेको आशा मण्डलीमा होस्, या सामाजिक सन्जालबाट मसँग गाँसिएका विश्वासी मित्रहरूमाँझ किन नहोस्; उहाँहरूको सामु त्यो पास्टर बन्न सकुँ जसको जीवनलाई देखेर उहाँहरूमा पनि येशूको सेवा गर्ने रहर पलाएर आओस्।  मेरो सेवा र जीवनसैली देखेर म पछिका सेवकहरूलाई निराशा होइन सेवा गर्ने प्रेरणा मिलोस्।  त्यो नै मेरो जीवनको ठूलो सफलता हुनेछ र त्यसैमा म रमाउनेछुँ।  मैले मेरो जीवनमा असल पास्टर भेट्टाउन सकेको थिएनँ भने पनि मेरो सेरोफेरोमा रहनुहुने परमेश्वरका छोराछोरीलाई त्यो अनिकाल नपरोस्।  उहाँहरूको पास्टर नहराओस्!

February 3, 2018

God's Promises Ought to be Activated by Faith and Confession

I Declare!
(Compiled from Joel Osteen’s Book “I Declare”)

When we pray to God in bad times, He delivers us from the bad time. 
When we pray to God in good times, we would not have to face the bad times.
The Humble depend on God and experience divine favor.
The Proud depend on themselves and experience human futility.

 The Scripture says, “We will eat the fruit of our words”
-         Meaning, we will get exactly what we’ve been saying.
-         The thoughts may come to mind, but don’t make the mistake of verbalizing them.

 Throughout the day say;
-         “I have the favor of God. I can do all things through Christ. I am blessed. I’m strong. I’m healthy.”
-         “Hello, you blessed, prosperous, successful, strong, talented, creative, confident, secure, disciplined, focused, highly favored child of the Most High God.”

 You believe what you say about yourself more than what anybody else says.
 Don’t talk about the problem. Talk about the solution.

If you speak these declarations over your life on a daily basis, you will be surprised to see how life can be amazing.  The fruit of our mouth will fill our life!

February 1, 2018

Can We Really Live By Faith In God's Promises?

Jesus said “Ask and it will be given to you”.  This is an outrageous promise to make if one had no ability to fulfill.  He even goes further and says; “If you remain in me and my words remain in you, ask whatever you desire and it will be done for you”.  As if desiring and asking are the only limits to what one can have in life! 

People put Jesus’ claims to the test.  A man blind from birth ran to him asking for sight, and he got it.  A woman with 12 years of issue of blood pushed into the crowd with the desire to be healed and when she touched the hem of his garment, she was instantly healed.  Four men dropped their paralyzed friend from the roof into the place where Jesus was sitting, and the paralyzed walked carrying his own mat that he was dropped in through the roof.  Lepers were cleansed, deaf heard and mute spoke, dead came back to life, food multiplied, water changed, fish gave up gold, storm obeyed, demonic spirits submitted, mysteries revealed and the list could go on and on to show the power of Jesus to fulfill his promises.