March 4, 2017

सफलता चाहानु पाप होईन

प्रिय मित्र, 
जीवनमा सफलताको चाहानाराख्नु मानव चरित्र हो। स्वास्थ्य, सम्पत्ति, र सम्मानको सेरोफेरोमा यो सफलताले लुकामारी गर्ने भएकोले होला परमेश्वरको वचनले हजारौं बर्ष पहिलेनै यसरी भनेको छ; “नम्रता र परमप्रभुको भयले धन, मान र जीवन (शारीरिक जीवन) ल्याउँछ” (हितोपदेश २२:४)। आदमलाई दिईएको पहिलो आज्ञा (आशिष्) नै “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ” थियो (उत्पत्ति १:२८)