March 31, 2019

दिन-रात मनन् गरिएका कुराहरू वास्तविक बन्नसक्छन्।


कुसुम गजमेरले लेखेको र आशा भोसलेले पुरानो नेपाली फिल्म “सम्झना”मा गाएको गीतले भन्छ, “के सोचे मैले, के भयो ऐले”।  प्रेमी र प्रेमिकाको वियोगान्त मर्मलाई झल्काउने गीत हो यो।  प्रेमिकाको म ृत्युले उनीहरूका सपनालाई सदाको लागि चुँडेर लान्छ।  जे सोचेका थिए त्यो उनीहरूको जीवनमा पूरा भएन।  सम्झना मात्रै बाँकि रह्यो। 

हो, जीवनमा सोचेका र चाहेका कुराहरू सबै पूरा भैदिए कति आनन्द!  तर जीवन यस्तै छ, सोचेको भन्दा विपरितनै हुनगएको जस्तो देखिन्छ।  जवानीमा देखेका सपनाहरू अधबैंसे जीवनमा बिराना लाग्न थाल्छन्।  स्कूले वा ठिटौले जीवनमा कसैले “तिमी ठूलो भएपछि के बन्न चाहन्छौ?” भनी सोध्दा प्राय सबैको जवाफ ‘डक्टर, पाइलट, इन्जिनियर’, आदि जस्तै हुन्छ।  ठूलो भएपछि “ट्याक्सि ड्राइबर, डकर्मी, पाले, गोठालो हुन्छु” भनेर कसैले भनेको सुनिदैन।  तर जब समय र परिस्थितिको कोलबाट पेलिएर जीवन निस्कन्छ तब गन्तव्यले अर्कै मोड लिइसकेको हुन्छ।  बुढेसकालमा त जवानीमा देखेका सपनाहरू शत्रुजस्ता नै लाग्छन्।  मनका चाहनाहरू लुट्नको लागि कुनै चोर नै पल्केको पो थियो कि जस्तो लाग्छ! 

अन्य र आफन्तलाई हेर्दा उनीहरूले चाहेका कुराहरू सजिलै प्राप्त गर्छन् जस्तो लाग्छ तर आफ्नो कथा आफूलाई मात्र थाहा हुन्छ।  शरीरमा स्वास्थ्य र हातमा सम्पत्ति हुँदासम्म आफन्त र मित्रहरूको पनि कमी हुँदैन।  तर जब सपनाहरूले धोका दिन्छन्, भनेको र चाहेको जस्तो हुँदैन, तब आफन्त र मित्रहरूले पनि बाटो काट्छन्, टाउको बटारेर देखेको पनि नदेखेको जस्तो गर्दछन्।  “के सोचे मैले, के भयो ऐले” भने जस्तै हुन्छ जीवन।  के के नै गरौंला भनी सुरिएको व्यक्तिको जीवन पनि अचानक साँघुरिनजान्छ र लाग्छ कि ऊ गुजारा गर्नको लागि मात्रै जन्मिएको हो।  गुजाराकै लागि पानी-पँधेरो, घाँस-दाऊरा, गाउँ‍-सहर, देश-विदेश गर्दा गर्दै कुनै दिन संसारबाट बिदा लिने दिनले पनि ढोकाको घण्टी नबजाउला भन्न सकिँदैन।  यो कस्तो जीवन?  हिजो के सोचियो आज के भयो!

बाइबलले चाहिँ यसको ठिक विपरित भन्दछ कि मानिसले जे सोच्दछ ऊ त्यस्तै बन्दछ (हितोपदेश २३:७)।  मनोविज्ञानले पनि यो तथ्यलाई प्रमाणित गर्दै आएको छ र भन्दछ कि मानिसले जे सोच्दछ त्यो बोल्छ।  जे बोल्दछ त्यो गर्छ।  जे गर्छ त्यो उसको बानी बन्छ।  उसको बानी व्यवहार बन्दछ।  उसको व्यवहारले चरित्र निर्माण गर्दछ र उसको चरित्रले भविस्य (जीवन) निर्माण गर्दछ।  मानिसको चरित्रले नै उसले के सोचेको थियो र के हुनगयो भन्ने प्रश्नको जवाफ दिन्छ।  कुनै मानिस अचानक चोर हुँदैन।  चोरपन उसको मगजमा लामो समय सम्म बसेपछि एक दिन उसले चोरी गर्दछ।  त्यसरी नै असल र खराब मानिसको मगजबाट निस्कने कुराहरू भएको कारण उसले जे सोचेको हुन्छ त्यसको परिणाम उसले भोग्दछ।  होला, कहिले काहिँ उसले असल पनि सोच्दछ तर अधिकाङ्स समय खराब, चिन्ता, डर, हार जस्ता कुराहरूलाई मगजमा ठाउँ दिएको कारण तिनै कुराहरू जीवनमा वास्तविक हुनजान्छन्।

बाइबल भन्छ कि मानिसको सोच यति धेरै बिग्रिएको छ कि उसको मगजले असल भन्दा खराब नै छान्दछ।  “प ृथ्वीमा मानिसहरूको दुष्टता बढी भएको र तिनीहरूका ह ृदयका विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो” (उत्तपत्ती ६:५) जसको कारण मानिसमाथि न्याय आइलाग्यो र ऊ नाश हुनगयो।

तापनि, परमेश्वरले मानिसलाई औधी नै प्रेम गर्नुभयो र मानिसका सबै दुष्टतालाई क्षमा गर्न आफै येशूमा मानिस बनेर आउनुभयो, मानिसका पापको लागि मर्नुभयो र मुर्दाबाट बौरी उठेर पाप र म ृत्युबाट मानिसलाई सदाको लागि मुक्ति दिनुभयो।  यस्तो प्रेमको अनुभव त्यो मानिसले मात्रै गर्न सक्छ जसले आफ्ना पापको समाधान येशूमा पाएको हुन्छ।  जब उसका पाप येशूमा क्षमा हुन्छन् तब उसले जीवनमा सोचेको भन्दा पनि बढी सपनाहरू पूरा भएको देख्न सक्छ भनेर बाइबलले हामीलाई बताएको छ।  भनिएको छ कि “आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका” कुराहरू परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ (१कोरिन्थी २:९)। 

मनमा सोचेको भन्दा पनि बढी, सपना देखेको भन्दा पनि महान काम त्यो मानिसले गर्न सक्छ जसले येशूलाई चिनेको हुन्छ कारण त्यो दिने र देखाउने ऊ आफै होइन, परमेश्वर हुनुहुन्छ।  येशूले भन्नुभयो “माग त पाउनेछौ, खोज त भेट्टाउनेछौ र घच्घचाओ त ढोका उघारिनेछ कारण जसले माग्छ त्यसले पाउनेछ” (मत्ती ७:७)।  जब हामी येशूमा विश्वासका साथ माग्दछौं तब हामीले मागेको र सोचेको भन्दा पनि बढ्तागरी उहाँ दिनुहुन्छ (एफिसी ३:२०)।

त्यसकारण मित्र, येशू त्यो प्रेमिलो परमेश्वर हुनुहुन्छ जसले हाम्रो जीवनलाई सोचेको भन्दा उत्तम बनाउन सक्नुहुन्छ।  यदि हामीले मानवीय सोचलाई बदलेर परमेश्वरीय सोच मनमा राख्यौं भने हामीले सोचेको भन्दा उत्तम जीवन हामीले उपभोग गर्नेछौं कारण हाम्रा सोच सिमित हुन्छन् तर परमेश्वरका सोच अती उच्चछन्।  परमेश्वरको ममतालाई उल्लेख गर्दै बाइबल भन्छ; “किनकि मेरा विचारहरू तिमीहरुका विचार होइनन्, र तिमीहरूका चाल मेरा चाल होइनन्।  जसरी आकाश प ृथ्वीभन्दा अल्गो छ, त्यसरी नै मेरा चाल तिमीहरूका चालभन्दा र मेरा विचार तिमीहरूका विचारभन्दा अल्गा छन्” (यशैया ५५:८-९)।  परमेश्वरका विचारलाई ग्रहण गर्ने मानिसको मनको चाहना पूरा हुनेछ भन्दै बाइबलले ठोकुवा गरेको छ; “परमप्रभुमा आनन्दित होऊ, र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ” (भजनसंग्रह ३७:४)।

प्रभु येशूले भन्नुभयो, “तिमीहरू ममा रह्यौ भने, र मेरा कुरा (वचन) तिमीहरूमा रहे भने, तिमीहरूलाई जे इच्छा लाग्छ माग, र त्यो तिमीहरूका निम्ति गरिनेछ” (यूहन्ना १५:७)।  त्यसकारण मित्र, चिन्ता, डर, हार, हिनता, गरिबी, रोग, दुष्मनी, घ ृणा जस्ता हानीकारक कुराहरूलाई मनमा बस्न नदिनुहोस्।  त्यसको सट्टा विश्वास, प्रेम, विजय, प्रशस्तता, सफलता, आनन्द, फलिफाप, उन्नति, प्रगित, मित्रता जस्ता उत्तम विचारहरूलाई स्थान दिनुहोस् र जीवनलाई रहलाग्दो बनाउनुहोस् कारण मानिसले जे सोच्दछ ऊ त्यस्तै बन्दछ।

March 28, 2019

Changeable Colors of Life


Even if someone is born with the silver spoon in the mouth, what one does with that spoon depends very much in that person’s attitude toward life.  The stories of rags to riches are also baked in the oven of one’s attitude.

What we do with our life is entirely in our choosing.  The age old saying “if life hands you a lemon, make a lemonade” will always be a gentle reminder to everyone who might be tempted to complain for what one does not have in life.

26 years ago, my wife and I landed in Kathmandu with a three thousand rupees’ debt to a pastor friend in Siliguri (Indian border town in East Nepal) who borrowed us that money so that we could reach to Kathmandu.  It took us about four months to pay him back. 

Financially and otherwise, we could not have imagined more pitiful beginning in this city than what we went through.  However, we never thought ourselves as poor and pitiful.  We knew the God we serve was far more than what most of us have made him up to be.  By faith in the goodness of God, we have survived and thrived for the glory of God.   
Today, we took sometime to walk around downtown Kathmandu and the
surrounding alleys.  The density of the houses has made some of those beautiful places unrecognizable.  But it was good to reflect how a city and especially life in the city morphs over time. 

As we were walking in Tripureshwor, we were hungry and wanted to find a place to eat.  A few hundred meters away from the junction towards Teku, we saw a Café with the name ‘A Café’; went inside and felt very much peaceful to sit and bite and reflect.  It’s nice and quiet place with a garden, terrace and even a party hall.  Could have been a bit cleaner but considering the dusty city Kathmandu is, we could not complain.  We had a good time.  Taste wasn’t great but the ambience and the surrounding made up for that.

Maybe you are working so hard to make a living, start a ministry, secure a
future or achieve something.  While you do that, don’t forget to live each moment because it’s not going to come back.  Once in a while, don’t forget to stop to appreciate the beauty of the flowers and the mystery of a blue sky.  Don’t forget to spend quality time with your loved ones and friends. 

Most of all, don’t forget that the God of the Bible is a loving father who deeply cares for you.  It is his desire to be your shepherd, your savior and your sustainer.  You did not choose him; he chose you.  He does not need your help; you need his help.  When he said, “come to me and I will give you rest”; go to him.  Don’t feel guilty in enjoying the kind of rest he offers you in life.  Serve him with the best of your ability but serve him with joy.  Joy comes when you learn to enjoy every moment he grants you.  Don’t wait to have good time someday in the future.  Have it today because the colors of life are bound to change over time.

March 21, 2019

येशूलाई विश्वासगर्दा के गुमाउनुभयो?



समयको आफ्नै शासन हुँदोरहेछ।  उसको सामु सबैले शिर निहुराउनु नै पर्छ।  जीवनमा समयमै येशूलाई चिन्न पाउनु कति आनन्द!  येशूको अनुयायी बनेको झण्डै सात वर्ष पछि मेरो विवाहको लागि आमा-बाबुबाट केही आर्थीक सहयोग मिल्छ कि भनेर म मेरो गाउँ गएको थिएँ।  सबैका छोराछोरीले कमाएर ल्याउने समाजमा आदर्शका कुरा गर्ने छोराको हातमा आफ्नै विवाहको लागि एक सुको नभएको देख्दा मेरा माता पिताको मन निकै दु:खेछ।  बुबासँग त खासै बोलचाल हुनसक्दैनथ्यो तर एक दिन निकै दु:खी भएर आमाले भनिन् “कसैका जीवनमा पाँच वर्ष वा दस वर्ष फेर पड्डाहान् तर तेरा जीवनमा जीवनकै फेर पड्यो”।  डोटेली भाषामा यो निकै पिडादायी र ममताले भरिएको वेदान थियो; असफल छोराको लागि आमाको विलौना थियो।  विवाहको कुरा सुन्दा त आमा निकै खुसी हुनुभएको थियो तर ‘यिसु धर्ममा’ लागेको सात वर्ष सम्म पनि हातमा एक कौडी नभएको तथ्य थाहापाएपछि निकै दु:खी हुनुभयो।  बुबाले कुनै आर्थीक सहयोग गर्न नसक्‍ने भनेपछि घरबाट निस्कने बेला आमाले आफ्नो कानमा लगाइरहेका दुईवटा पुरानो जमानाका फुलीहरू त्यतिनै खेर झिकेर मेरो हातमा थमाउनुभयो र तिनै फुलीबाट श्रीमतीको औंलामा विवाहको औंठी लाउन सफल भएको थिएँ।

विवाहको चौबीस वर्ष पछि पचासौं वसन्तमा टेकेकै वर्ष म र मेरी श्रीमतीले कोरियाको सफल सेवा र आरामदायी बसाइँलाई बिदा दिएर आसामको गुवाहाटि एरपोर्टमा अवतरण गर्‍यौं।  श्रीमतीको माइत मणिपूर परेको कारण बेलाबखत यो सहरबाट आवत-जावत गरिन्थ्यो तर यसको बारेमा खासै ज्ञान थिएन।  सानो एरपोर्टबाट बाहिर निस्केपछि कता कता आन्तरिक मनमा गल्ती त गरिएन कि जस्तो पनि लाग्न थालेको थियो।  सबै कुराहरू निकै परायी र अनौठा लागिरहेका थिए।  कोरियाको मात्रै नभएर काठमाण्डोको दाँजोमा पनि गुवाहाटि धेरै पछि देखिन थाल्यो र फेरी पच्‍चीस वर्ष पहिला आमाले भनेको कुरा मनमा आयो र आफैले आफैलाई सोध्‍न थालें कि कतै फेरी मेरो जीवनमा अर्को फेर त पर्ने होइन? 

तर आज (मार्च २०, २०१९) म र मेरी श्रीमती गुवाहाटि एरपोर्टमा हाम्रो हवाइजहाज पर्खीरहेका छौं र तीन वर्ष अघि हामी पहिलो चोटी यहाँ अवतरण गर्दाको भावनाको याद आइरहेको छ।  त्यो बेलामा एरपोर्ट पनि सानो थियो।  आज तीन वर्षकै अन्तरालमा यसले ठूलो रूप लिँदैछ।  त्यो बेलामा गुवाहाटि निकै बिरानो र परायी लागेको थियो तर आज केही हप्‍ताको लागि छोड्दा पनि कताकता नरमाइलो लागिरहेकोछ।  तीन वर्ष अघि यो सहरमा हामीले चिनेको मानिस कोही थिएनन् तर आज दसौं परमेश्वरका छोराछोरीसँग हाम्रो घनिष्ट सम्बन्ध बसेको छ।  गुवाहाटि आशा चर्चले हाम्रो ह ृदयमा गहिरो स्थान ओगटिसकेकोछ र छोटो समयको लागि छोड्नुपर्दा चिन्तावोध भैरहेको छ।

हो, मेरी आमाको नजरमा आज पनि मेरो जीवनमा फेर परेको छ।  आमाको मन त हो।  आफ्नो सन्तान घुमन्ते जोगी जस्तो भएर बाँचेको कस्लाई मन पर्ला र?  उसले पनि आफ्नो लागि केही गरेकै देख्‍ने आशा हुन्छ।  दु:खको कुरा यति मात्रै हो कि मेरी आमाले येशूलाई चिन्नसक्नुभएको छैन।  यदि उहाँले पनि मैले चिनेको येशूलाई चिन्नुभएकोभए आज मेरो जीवनमा ‘फेर परेको’ नभएर परमेश्वरीय अनुग्रह परेको भन्नुहुन्थ्यो होला।  मेरो छोराले उसको जीवनमा भएका सबै थोकहरूबाट येशूको सेवा गरिरहेको छ भनेर गर्व गर्नुहुन्थ्यो होला।  आशा छ सायद त्यो दिन पनि आउनेछ।

मेरो लागि येशूलाई चिन्नु जीवनको सबै भन्दा महान उपलब्धि हो।  येशूबिना मेरो जीवन उजाड थियो तर आज उहाँले मेरो जीवनमा हरियाली दिनुभएको छ।  येशूबिना मेरो जीवन उद्देस्यहीन थियो तर आज उहाँले मलाई उद्देस्य दिनुभएको छ।  येशूबिना यो जीवन केवल ७० वा ८० वर्ष सम्म रहला तर उहाँले मलाई अनन्त जीवन, कहिल्यै नष्ट नहुने जीवन, समयको घेरा भन्दा बाहिरको जीवन दिनुभएको छ।  येशूबिना संसारका जुनसुकै धनी र विकसित देशमा बसे पनि मानिसको भित्री जीवन खालीनै हुन्छ तर येशू हामीसँग हुनुहुन्छ भने संसारमा यस्तो कुनै ठाउँ छैन जहाँ हाम्रो जीवन त ृप्‍त हुँदैन।  येशूबिनाको संसारिक धन-सम्पत्ति एउटा भार मात्रै हो तर येशूसँगै जीवन बिताउँदा हामीलाई चाहिने सबै चिज उहाँले जुटाउनुहुन्छ।  येशूबिना हामी पेटका लागि मेहनत गर्छौं तर येशू हाम्रो जीवनमा हुनुहुन्छ भने हामी परमेश्वरका लागि काम गर्छौं; हाम्रो पेटपाल्ने जिम्मा परमेश्वरले लिनुभएकोछ।  हाम्रो जीवनमा आनन्दले त्यतिबेला बास गर्दछ जब हामी पेटका लागि नभएर परमेश्वरका लागि परिश्रम गरिरहेकाहुन्छौं।

येशूसँग जीवन बिताउने मानिसको जीवनमा कहिल्यै फेर पर्दैन।  उसले आफ्नो उद्देस्य पूरा गर्ने नै छ।  ऊ आफ्नो गन्तब्यमा पुग्ने नै छ।  यो संसारमा रहुन्जले येशूले दिने प्रशस्त जीवन उसले उपभोग गर्नेछ।  बाइबल भन्छ “जससँग पुत्र (येशू) छ, त्यससँग जीवन छ, जससँग पुत्र छैन, त्यससँग जिवन छैन” (१यूहन्ना ५:१२)।  प्रभु येशू आफै भन्नुहुन्छ “म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ” (यूहन्ना १०:१०)।  जसको जीवनमा येशू हुनुहुन्छ त्यससँग नभएको कुनै कुरा हुँदैन।  तापनि येशूलाई विश्वासगर्दा हामीले चुकाउनुपर्ने मुल्य चुकाउनुकोसट्टा सजिलोबाटो छानेका थियौं (छौं), येशूको बोलावटलाई पालनगर्दा मन परेको काम गर्न र चाहेकै ठाउँमा मात्रै जान खोजेका छौं भने उहाँप्रतिको हाम्रो प्रेममा सङ्खा गर्ने स्थान छ।  त्यसैकारण दाऊदलेझैं भनौं "मुल्य नपरेको चिज म परमेश्वरलाई चढाउने छैन" (२शमूएल २४:२४)।