April 5, 2019

सेवाकाई के का लागि गर्ने?


येशूको प्रेम, अनुग्रह र क्षमालाई अनुभव गरिसकेको मानिसलाई यो संसारमा रहनजेलसम्म उहाँको शिष्य बनेर उहाँकै सेवा गर्नुभन्दा अर्को कुनै कार्य वा उद्देस्यमा मन लाग्दैन।  मन, वचन र कर्मले ऊ येशूको सेवक बन्न चाहन्छ, येशूमा आफूले पाएको जीवनको बारेमा अरूलाई बताउन चाहन्छ।  बाइबलले पनि भन्छ कि “‍कुरा वा काममा जे-जे गर्छौ, सबै कुरा उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढ़ाउँदै प्रभु येशूको नाउँमा गर” (कलस्सी ३:१७)।  आफ्नो जीवन र कर्मबाट परमेश्वरको महिमा र मानिसको भलाई गर्नु उसको जीवनको उद्देस्य हुन्छ।

तापनि, “परमेश्वरको सेवा गर्ने मन थियो तर मेरो पास्टर र मण्डलीले मलाई मौका दिएन, आर्थिक सहयोग मिले पूर्णकालीन सेवा गर्ने मन थियो तर कतैबाट सम्भव भएन, बाइबल स्कूल जान पाए र परिस्थितिले साथ दिएको भए म पनि परमेश्वरको सेवा गर्ने थिएँ”, जस्ता वाक्यांशहरू पटक पटक सुनिने गर्दछन्।  झट्ट सुन्दा उचित नै लाग्छन् यी भनाइहरू।  मण्डलीले मौका नै नदिए, कसैले आर्थिक सहयोग गर्दै नगरे र परिस्थितिले साथै नदिए कसरी सेवा गर्ने?

वास्तवमा कुनै मानिसले परमेश्वरलाई जसरी चिन्नुपर्ने हो त्यसरी चिनेमा, परमेश्वरको बोलावट जसरी सुन्नुपर्ने हो त्यसरी सुनेमा र जसरी उहाँको सेवा गर्नुपर्ने हो त्यो बुझेमा उसलाई कसैले  मौका दिनु पर्दैन, आर्थिक सहयोग गर्नु पर्दैन र परिस्थितिहरू पनि अनुकूल हुन आवस्यक छैन कारण यी सबै कुराको जिम्मा परमेश्वरले नै लिनुहुन्छ।  परमेश्वरको प्रेम, अनुग्रह र क्षमाको तुलनामा मानिस वा मण्डलीले दिने मौक, आर्थिक सहयोग र अनुकूल परिस्थितिहरूको खासै माने रहँदैन।

मौका मिलेमा, आर्थिक सहयोग जुटेमा र परिस्थिति अनुकूल हुँदा मात्रै सेवामा आउन चाहने व्यक्तिले परमेश्वरको होइन आफ्नो पेटको सेवा गरेको ठहरिन्छ।  येशूले भन्नुभयो “यदि कोही मकहाँ आउँछ, र आफ्ना बाबु, आमा, पत्नी, छोराछोरीहरू र दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई र आफ्नै प्राणलाई समेत तुच्छ ठान्दैन भने, त्यो मेरो चेला हुन सक्दैन” (लूका १४:२६)।  अर्को ठाउँमा उहाँले भन्नुभयो “तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ” (मत्ती ६:२४)।  येशूले जानेरै उहाँका चेला बन्न चाहनेहरूलाई जाँच्न यो परिक्षा राख्नुभएको हो।  यसमा फेल हुने कोही पनि उहाँको साँचो चेला बन्न सक्दैन।  

हाम्रो समाज नै यस्तो छ कि छोराले जसरी भए पनि पैसा कमाउनु नै पर्छ।  पैसा कमाउने दुष्ट छोरालाई पनि माया र आदर गरिन्छ भने पैसा नकमाउने साधु, सन्त, महन्त र विद्वान बनेको छोरालाई घरमा स्वीकार गरिदैन।  इसाई अगुवाहरू पनि यसका सिकार बनेका छन्।  सेवामा लागेपछि छलछाम गरेर आर्थिक उन्नति गर्न खोज्दा आमा-बाबु र आफन्तबाट आदर र स्याबासी त पाइन्छ तर येशूको चेला बनेर उहाँलाई खुसी पारौंला भनेर नसोचे पनि हुन्छ कारण येशूकै वचनलाई काटेर उहाँलाई खुसी पारौंला भन्नु आत्मिक अन्धोपना हो।  त्यसैकारण आज धेरै यस्ता मानिसहरू भेटिन्छन् जसलाई येशूको सेवा गर्ने रहर त हुन्छ तर पैसा कमाउन नसकिने जस्तो देखेपछि अनेक बहाना बनाउँछन्।  आफ्नो प्राणलाई नै तुच्छ ठानेर येशूको पछि लाग्ने चेलाहरू भेट्न गाह्रो छ।  यस्ता चेलाहरू बिनाको मण्डलीले परमेश्वरको राज्यमा सकरात्मक भन्दा नकरात्मक प्रभाव पारिरहेको हुन्छ।  गैर इसाई मित्रहरू जसले जीवनको अर्थ र उेद्देस्य खोजिरहेका हुन्छन्, जब उहाँहरूले यी नामधारी र पेटकोलागि सेवा गर्ने येशूका चेलाहरूलाई देख्छन् तब बाइबललाई पनि धर्मगुरुहरूले मागेर खाने ग्रन्थकोरूपमा नै लिन्छन्।  संसारकै धन दौलतको पूजा गरिरहेका येशूका चेलाहरूले गैर इसाई मित्रहरूलाई येशूको पूजा गर्नुपर्छ भन्ने नैतिक अधिकार पनि हुँदैन।

त्यसैकारण आज हाम्रो समाजले यस्ता येशूका चेलाहरू खोजिरहेकोछ जसको जीवनलाई हेरेर जीवनको अर्थ र उद्देस्य हराइरहेको मानिसले पनि येशूमा आफ्नो जीवनको अर्थ र उद्देस्य पत्तालगाउन सक्नेछ।  पापको भारीले थिचिएको मानिसले पाप क्षमा पाउनेछ र संसारले दिन नसक्ने सन्तुष्टि येशूमा प्राप्त गर्नेछ।  त्यसको लागि येशूका चेलाहरूले आफ्नो जीवनमा येशूको जीवनलाई अनुसरण गर्दै बाइबलको सन्देशलाई मन, वचन र कर्मले प्रमाणित गर्नु पर्नेछ। यसरी जीवन जीउनु नै परमेश्वरको सेवा गर्नु हो।

एउटा किसान किसानी गर्दै येशूको उत्तम चेला बनेर आफ्नो छरछिमेकमा परमेश्वरको सेवा गर्न सक्छ।  सरकारी कर्मचारी आफ्नो ओहदामा रहेरै येशूको साँचो चेला बनेर आफ्नै कार्यक्षेत्रमा परमेश्वरको सेवा गर्न सक्छ।  चाहे कुनै मानिस शिक्षक होस्, वकिल होस्, मजदुर होस्, व्यवसायी होस्, राजनीतिक कार्यकर्ता होस् या घरकी ग ृहिणी किन नहोस्, यी सबैले आ-आफ्नो स्थानमा येशूको जीवनलाई अनुसरण गर्दै उहाँको चेला बनेर परमेश्वरलाई महिमा र मानिसलाई प्रेम गर्दै येशूका असल सेवकहरू बन्न सक्छन्।  परमेश्वरको भयमा रहेर मानिसलाई प्रेमपूर्वक सेवा पुर्‍याउनकोलागि परमेश्वरले हामीलाई बोलाउनुभएको छ।  ब्रदर लरेन्स (असली नाम; निकोलास हर्मन) यस्तो सेवाका एउटा ज्वलन्त उदाहरण हुन्। 

सन् १६११मा फ्रान्सको एउटा साधारण किसानको परिवारमा उनको जन्म भयो।  त्यो समयमा युरोपमा ३० वर्षीय युद्ध चलिरहेको थियो र कलिलो उमेरमै खान लाउनको अभावको कारण उनी सेनामा भर्ती भए।  युद्धमा घाइते हुन्छन् र आजीवन लँगडो हुनुपर्‍यो।  सेनामा काम नलाग्ने भएपछि उनी एउटा मानिसको व्यक्तिगत पिउनको कमामा लागे तर शारीरिक कम्जोरी र कुनै पनि काम सजिलोसँग गर्न नसक्ने देखेपछि त्यहाँबाट पनि उनले बिदा लिनु पर्‍यो।  उनी आफैले भन्छन् कि म कस्तो लठेङ्ग्रो, जेगर्दा पनि केही न केही फुटाएरै छाड्छु।

हुनत सोह्र वर्षको हुँदानै उनले परमेश्वरलाई चिनेका थिए।  त्यो अनुभव पनि गजबको छ उनको।  एक दिन जङ्गलमा हुँदा हिउँले पुरै खुइलिएको रूखलाई हेर्छन् र विचार गर्छन् कि जब हिउँद सकिन्छ तब त्यो रूखले पनि वसन्तका पालुवाहरू फेरी हाल्नेछ र हरियालीले त्यसलाई ढाक्नेछ।  त्यो विचार गर्दा गर्दै उनी सोच्दछन् कि परमेश्वरले आफ्नो स ृष्टिलाई कसरी वास्था गर्नुहुन्छ।  यदि रूख-बिरुवालाई परमेश्वरले यसरी वास्था गर्नुहुन्छ भने मानिसलाई झन् कति वास्था गर्नुहुन्छ भन्दै आफ्नो जीवन परमेश्वरलाई सुम्पने निर्णय गर्दछन्।  त्यसपछिका केही वर्षहरू युद्धमा नै बित्दछन् र शरीर पनि लँगडो हुन्छ।  काम केही गर्न नसक्ने भएपछि उनी फेरी आफ्नो जीवन परमेश्वरमा समर्पित गर्दै एउटा इसाई गुम्बामा शरण लिन पुग्छन्। 

त्यो गुम्बामा उनलाई कुनै आत्मिक जिम्मेवारी दिइएको थिएन कारण वचन प्रचार, प्रार्थना जस्ता सेवाको लागि एउटा व्यक्तिले शिक्षा हाँसिल गरेको र चर्चको आधिकारिक अभिषेक पाएको हुनुपर्थ्यो।  तर ब्रदर लरेन्स हेर्नमा पनि कुरूप, लँगडो, र अशिक्षित भएको कारण उनलाई कसैले पत्याएनन्।  तापनि उनले १५ वर्षसम्म त्यो गुम्बाको भान्सामा खान पकाउने र भाँडा माझ्ने काम गरे।  घण्टौं सम्म भान्सामा काम गर्दा गर्दै उनले त्यो कामलाई परमेश्वरको सेवाको रूपमा लिनथाले।  उनी भन्थे; “तावामा रोटी पल्टाउँदा पनि म त्यो परमेश्वरको प्रेमको लागि पल्टाउँदछु”।  भाँडाहरू माझ्दाको आवाजलाई उनले मण्लडीमा परमेश्वरको आराधना गर्न बजाइएका बाजाहरूसँग दाँजेका छन् र परमेश्वरलाई “काँटा र चम्चा, भाँडाकुँडिको परमेश्वर” भनेर उनैले सम्बोधन गरेका थिए।  उनको भनाई छ कि जसरी मण्डलीको आराधनामा परमेश्वरलाई प्रशंसा गरिन्छ त्यसरी नै भाँडा माझ्दा पनि गर्न सकिन्छ।  परमेश्वरको लागि कुनै ठाउँ पवित्र र कुनै अपवित्र, कुनै काम पवित्र र कुनै अपवित्र छैन।  हामी जहाँ छौं र जे गर्दछौं त्यहाँ परमेश्वर हुनुहुन्छ भन्दै निरन्तर परमेश्वरको उपस्थितिमा रहने मानिस थिए ब्रदर लरेन्स। 

भान्सामा काम गरेको १५ वर्षपछि उनको खुट्टा निकै कम्जोर भयो जसको कारण उनी उभिन नसक्ने भए।  त्यसपछि उनलाई गुम्बामा रहेका करीब एक सय भिक्षुहरूका चप्पल टालटुल गर्ने जिम्मा दिइयो र आफ्नो ८० वर्षसम्मको जीवनकालमा उनले त्यो काम गरे।  शारीरिक पिडा, अभाव, समाजको हेला र कष्टकर काम गर्दा उनले कहिल्यै गुनासो गरेनन्।  उनको उमेर ६० वर्षको भएपछि मात्रै उनी भित्रको परमेश्वरीय स्वभावलाई देखेर कोही कोही मानिसहरू प्रभावित हुन थालेका थिए।  ती मध्य उनकै मित्रहरू र उनी पछिका भिक्षुहरू थिए।  कसरी एउटा मानिस दु:खमा पनि यसरी आनन्दित् हुनसक्छ भनी सोधेका प्रश्नहरूको जवाफ ब्रदर लरेन्सले लेखेरै ती मित्रहरूलाई पठाएका पत्रहरूबाट आज हामी उनी भित्रको महानतालाई देख्न सक्ने भएका छौं। 

८०वर्षसम्मको उमेरमा उनले मानिसहरूसँग समय विताउन सकेनन्, आफ्नो अनुभवलाई बताउन सकेनन्, शिक्षा दिन पनि सकेनन्।  मानिसको नजरमा उनी भाँडा माझ्ने र चप्पल बनाउने नोकर मात्र थिए।  उनको संसार भनेको नै भान्साका भाँडाकुडाँ र फाटेका चप्पलहरू नै थिए।  उनको म ृत्यु पनि सुनसान अवस्थामै भयो।  मर्नुभन्दा चार दिन अघि सम्म पनि उनले आफ्नो काम जारीनै राखेका थिए।  उनलाई नजिक बाट चिन्ने मानिसहरू र उनले लेखेका १६ वटा पत्रहरूको माध्यमबाट आज चार सय वर्ष पछि पनि उनी संसारभरीका मानिसहरूलाई सेवा पुर्‍याइरहेकाछन्।  उनका भनाईहरू र उनले लेखेका पत्रहरूलाई सङ्कलन गरेर लेखिएको “परमेश्वरको उपस्थितिको अभ्यास” नामको पुस्तकले आजसम्म धेरै मानिसलाई परमेश्वरको नजिक ल्याइरहेको छ।

त्यसकारण मित्र, यदि तपाईं परमेश्वरको सेवा गर्न चाहनुहुन्छ भने राम्रो कुरा हो तर त्यो सेवा मानिसलाई देखाउन र आफ्नो पेट पाल्न नभएर परमेश्वरको महिमा र मानिसलाई परमेश्वरमा ल्याउने उेद्देस्यको लागि हुनुपर्छ।  यस संसारमा रहुन्जेल हाम्रो गाँसबास र कपासको चिन्ता परमेश्वर आफैले गर्नुहुन्छ। 

8 comments:

  1. Anonymous11/14/2019

    Hey there! Would you mind if I share your blog with my
    facebook group? There's a lot of folks that I think would really
    enjoy your content. Please let me know. Thank you

    ReplyDelete
  2. Anonymous11/16/2019

    It's impressive that you are getting thoughts from this post as well as from our discussion made at this time.

    ReplyDelete
  3. Anonymous11/17/2019

    When I initially commented I clicked the "Notify me when new comments are added" checkbox and
    now each time a comment is added I get four emails with the same comment.

    Is there any way you can remove people from that service?
    Thanks!

    ReplyDelete
  4. Anonymous11/17/2019

    Hi there just wanted to give you a quick heads up.
    The text in your article seem to be running off the screen in Firefox.
    I'm not sure if this is a formatting issue or something to do with browser
    compatibility but I figured I'd post to let you know.
    The style and design look great though! Hope you get the
    problem solved soon. Kudos

    ReplyDelete
  5. Anonymous11/19/2019

    I like what you guys are up too. Such clever work and reporting!
    Keep up the fantastic works guys I've added you guys to my personal blogroll.

    ReplyDelete
  6. Anonymous11/19/2019

    Nice answer back in return of this difficulty with genuine
    arguments and explaining all regarding that.

    ReplyDelete
  7. very nice post ,i love it and i suggested my friend to visit this blog for awesome content
    ,also ckeck my blog :लेयोनार्दो द विंची

    ReplyDelete
  8. Anonymous3/09/2023

    Since you had a chance to say something about them NOW WE WILL SAY SOMETHING ABOUT YOU:
    You are so lost. MR. BHATTA.

    First off: The "Seminaries" you attended in Korea(I.e. Asia Life University) Is a Pentecostal belief, that itself tells us that you believe in so called "miracles", and that to you speaking in tongues are evidence of being baptized by the Holy Spirit. You even mention yourself in the "ABOUT" page", that you prayed in tongues, and that is evidence of BAPTIZED by the Holy Spirit.
    You are VERY WRONG biblically, Apostle Paul and Luke would correct you because one receives the Holy Spirit by having faith in Jesus Christ the moment in believing the gospel, not the way you had prayed at night. (Gal. 3:2, Eph. 1:13, Acts 10:42-44). In the bible, It is very clear they believed first, "specifically the remission of sins of Jesus Christ" then the holy spirit comes in regardless of some mystical magical feeling you claim to have.

    Another thing about you: you have no basis of a conversion testimony, you said, "I surrendered my life to the teachings Christ" No mention of Repentance of you as a sinner heading to hell and understanding receiving the eternal forgiveness of sins (Heb. 9:12). Surrender? what does that even mean, is that faith? it sounds like works to me.
    The fact that you believe that you spoke in tongues as you "Receiving Holy Spirit", is already an indication of a works based salvation. Instead of saying blood of Jesus Christ forgives you, nothing you mention of Jesus death on the cross of your sins personally. This rather tells all of us here that:

    YOU ARENT SAVED YET, YOU DIDN'T REALLY BELEIVE IN THE BLOOD OF THE FORGIVENESS ON THE CROSS

    Here's the truth of the matter: The Korean churches sent you this pamphlet, because when Missionaries from America and Europe preached in Korea in the 1950s, The Christianity they had was corrupted, they prayed loudly, sang loudly, devoted themselves on mountains, till the missionaries asked them, are any of you assured of your salvation truly born again by the blood of Jesus Christ" Almost no one could confess being saved, or what being born again even means. So when finally humble Korean pastors listened to the missionaries they themselves got saved, and upset the arrogant Presbyterian, Methodist pastors who didn't have any born-again experience nor admit that they were unsaved. Some Presbyterian pastors converted, finally got saved and listened. Thus the outsiders called them "salvation sect" or "guwonpa". Even now many people and even pastors are finally getting saved, preaching to their communities to right way to be saved.
    Of course the reaction from those who don't want to repent for salvation, wrote that pamphlet which you just posted". They are similar to Pharisees in Jesus' times, except for some. i.e. Nicodemus (Jn. 3:1-16) and Apostle Paul (Acts 9). Hardened hearted other Korean churches called them a sect. (Acts. 24:14).
    Here is your real test by God: If you haven't truly repented for your sins as a sinner going to hell and believing in the eternal redemption, then you still can. Your conscience knows this, if you have doubts of your salvation, and without any assurance. It will haunt you asking you , "are you really saved?, do you really believe you are going to heaven?". You could guide back more souls to Christ, if you truly and finally get born-again. You can attend their bible seminars yourself, and see if it is false or not. Or quietly as their pastor for some discussion of this matter secretly, like Nicodemus did. And finally teach the right way like Apostle Paul did. That would be the uttermost glorious endeavor.
    Or you can keep kicking against the goads, going against your conscience, holding on to your "tongues", "wonders", etc Till the Lord says, "I never knew you, depart me from me you who practice lawlessness." (Matt. 7:15-23).
    The Choice is yours, for the rest of allotted Life-time God has granted you to get saved . I pray that you choose wisely and research all aspects very carefully

    ReplyDelete