September 18, 2018

आलोचना होइन प्रश्‍न गर्ने विश्‍वासी बनौं

Image result for अज्ञानताआज ठूलो संख्यामा नेपाली जातिले येशूलाई विश्‍वास गरेको छ र यो संख्या दिनानुदिन बढ्दै गैरहेको छ।  देश-विदेशमा रहेर पनि परमेश्‍वरमा विश्‍वास गर्न हामीलाई कसैले रोक्‍न सकेको छैन।  नेपाल र भुटानमा भएको सतावटले पनि हामीलाई रोकेन।  भारतमा भएको खेदो र प्रवासीपनले पनि हामीलाई येशूबाट टाढा हुन दिएन।  विकसित देशहरूको व्यस्तता, स्वतन्त्रता र भौतिक सम्पन्नताका अवसरहरूले पनि हामीलाई येशूबाट अलग गरेको छैन।  हामी जहाँ छौं, जस्तो अवस्थामा छौं, प्रभुको अनुग्रहले सँभाली राख्‍नुभएको छ।

यस्तो आशिषमय अवस्थामा नेपाली विश्वासीको लागि एउटा ठूलो आन्तरिक चुनौती छ।  समयमै यो चुनौतीको सामना गरिएन भने यसले धेरैलाई सजिलै धोका दिनेछ।  त्यो चुनौती हो “अल्पज्ञान र अशिक्षा”।  अशिक्षाले नै अल्पज्ञानलाई जन्म दिन्छ।  आजको सामाजिक सञ्‍जालले जोडिएको संसारमा जसकसैले पनि आफ्नो विचारलाई प्रवाहा गर्न सक्छ।  त्यो विचार सही हो या गतल भनेर छुट्याउन हामीले अध्ययन र अनुसन्धान गर्नु पर्ने हुन्छ।  तर साधारण विश्‍वासीले सजिलै उसको सामु प्रस्तुत गरिएका विचारहरूलाई स्वीकार गरिदन्छ।  एक पटक पनि नसोचेरै वा कुनै प्रश्‍न नै नगरी कसैको विचारलाई वा शिक्षालाई स्वीकार गर्ने मानिसलाई बाइबलले ‘बुवकूफ’ भनेको छ।  “बेवकूफ मानिसले जुनसुकै कुरा पत्याउँछ, तर समझदार मानिसले आफ्ना पाइलाहरू सतर्कसाथ चाल्छ” (होतोपदेश १४.१५)।

नेपाली मण्डलीको इतिहास लामो भैसकेको भए पनि यसको धर्मशास्त्रीय अध्यनको गहिराई निकै कम छ।  पास्टरहरूमा शिक्षा र अध्ययनप्रति चासो देखिदैन।  जिविकोपार्जनको चिन्ताबाट नै पास्टरहरू माथि उठ्न सकेका छैनन्।  जसको कारण विश्‍वासीहरूको वौद्धिक स्तरमा विकास ल्याउन सकिएको छैन।  कसैले दिएको शिक्षालाई निश्पक्ष धरातलमा उभिएर प्रश्‍न गर्न नै जानेका छैनन् हाम्रा विश्‍वासी मित्रहरूले।  जसले जे भन्यो त्यसैमा “आमेन” भन्ने बानी बसेको छ।  एउटाले विरोध गरेको खण्डमा सबैले विरोध गर्ने।  सबैले समर्थन गरेको खण्डमा कसैले पनि गलतलाई गलत भन्न नसक्‍ने।  उदाहरण स्वरूप; एक जना व्यक्तिले लामो समय देखि देश-विदेशमा बस्‍ने नेपाली विश्‍वासीहरूलाइ पास्टरको स्वाङ् पारेर आर्थिक ठगी गर्दै आएको थियो।  तापनि उसले लेखेका र बोलेका कुरामा “आमेन” भन्नेहरूको सङ्ख्या हजारौं थियो।  उसले सिकाएका सिक्षाहरू पनि अबाइबलीय थिए।  तर हाम्रा सोझा विश्‍वासीहरू मलेसिया देखि खाडीको भुमिमा दुःख गर्दै कमाएको पैसाबाट त्यो ठगलाई सहयोग गर्दै आएका छन् र अँझै पनि कतिले गरिरहेका छन् होलान्।  यस्तो हुनुमा ती विश्‍वासीहरूमा भएको ज्ञानको कमी हो।  उनीहरू सोच्दछन् कि कसैले बाइबल बोक्छ भने, बाइबलले यस्तो भनेको छ भन्दै नामको अघि “पास्टर” लेख्छ भने त्यो मानिसले ठगी गर्न सक्दैन।

त्यति मात्रै नभएर यस्ता ठगहरूले यी सोझा विश्‍वासीलाई साँचो बाइबलीय शिक्षाबाट सजिलै झूटा शिक्षातिर लाग्‍न प्रोत्साहान दिन्छन्।  साँचो बाइबलीय पास्टर, प्रचारकको विरोध गर्दै आफू मात्रै जान्ने भनी दावी गर्दै अल्पज्ञानी विश्‍वासीहरूलाई मण्डली र पास्टरको विरुद्धमा उठ्न यिनीहरू उक्साउँछन्।

“ज्ञानको कमीले मेरो प्राजा नाश भयो” भनेझैं आज नेपाली मण्डली सही धर्मशास्त्रीय शिक्षा र सिकाउन सक्‍ने पास्टरहरूको कमीको कारण गतल व्यक्ति र शिक्षाको सिकार भैरहेको छ।  हप्तै पिच्छे स्वर्ग जाने र आउने पास्टरहरू, प्रत्यक रातीको सपना प्रचार गर्ने प्रचारकहरू, र पैसाको विउ छर्न सिकाउने प्रेरितहरूको कारण नेपाली मण्डली भित्रबाटै कम्जोर हुने ठूलो सम्भावना देखिन्छ। 

त्यसकारण मित्र, जसकसैले गरेको प्रचारलाई नजाँचेरै स्वीकार नगर्नुहोस्।  कसैको अनुभव उदेकको छ भन्दैमा उसले सबै कुरा जानेको छ भनी नठान्नुहोस्।  जसले सपना र अनुभवका कुरालाई लिएर तपाईंलाई केही नजानेको र विश्‍वासै नभएको विश्वासी जस्तो भान पार्दै उफ्रिरहेको छ भने त्यो मानिससँग होसियार रहनुहोस्।   जहाँ परमेश्‍वरको वचन प्रचार हुन्छ त्यहाँ मानिसको होइन परमेश्‍वरको महिमा हुन्छ।  परमेश्‍वरको वचनले स्थायी परिवर्तन ल्याउँछ तर झूटा शिक्षकहरूले क्षणिक उत्तेजना ल्याउँछन् र उनीहरू गएपछि त्यो सिद्दिन्छ।

हामी अध्ययन र अनुसन्धान गर्ने विश्‍वासी बनौं।  आलोचना होइन प्रश्‍न गर्ने विश्‍वासी बनौं।    

September 15, 2018

It's called 'Good Friday' because it has thorns!

The weather was cool in Guwahati this morning. My wife was taking care of her flowers. As I went over and asked the name of this one; she said "It's called Good Friday".
Many years ago, Tony Campolo preached his famous sermon titled, "It's Friday but Sunday's coming"!

Campolo is one of my favorite preachers. Some have questioned his biblical convictions lately. But I cannot question his love for God and people; especially what God in Christ has done for the lost and the outcast.

The religious Christians appeared to be more concerned about being right than being loving. But in Christ, God has opened the door for us to be right and loving at the same time.

Apart from Christ, there is no way we can ever be right on our own and neither can we be loving. But the ones that are lost and outcast will not respond to our rightness alone. Rightness without love always smells like self-righteousness. Self-righteousness always chases people away from the Cross.
Even the godless Google names its weekly meetings "TGIF" in which they encourage and refresh one another. But the self-righteous Christians turn Good Friday into a bad Friday.

Are you hurt and traumatized by self-righteous Christians? Don't lose hope. See, the flower is beautiful but it has its own fair share of troubles. I asked my wife, "why is it called Good Friday?" She said, "Because it has thorns".

Life may have given you some thorns but Sunday's coming. Jesus took care of our thorns and thistles. The ground is now no longer cursed. Jesus has removed the curse of thorns and thistles. We now live under the blessings of Abraham! Jesus bore the thorns so that we can enjoy the flowers!!

In Galatians 3, Paul said "13 Christ redeemed us from the curse of the law by becoming a curse for us, for it is written: “Cursed is everyone who is hung on a pole.” 14 He redeemed us in order that the blessing given to Abraham might come to the Gentiles through Christ Jesus, so that by faith we might receive the promise of the Spirit."

Let's be ready to bask in the beauty of Christ on Sunday because Sunday's coming!

September 4, 2018

"ज्योतिषीले भत्काएको जीवन" पुस्तक प्रकाशनको लागि तयार भयो।


अक्टोवर महिनाको पहिलो सातामा काठमाण्डो आशा मण्डलीको २५औं वार्षिकोत्सव मनाउनका साथै “ज्योतिषीले भत्काएको जीवन” नामक मेरो आत्मकाहनी (जीवन गवाही)को किताब प्रकाशनको तयारीमा छौं।

आशा छ यो किताबले मेरा मित्रहरुलाई येशूमा विश्वासयोग्य जीवन विताउन प्रेरणा मिल्नेछ।  लामो समय देखि धेरै मित्रहरुको अनुरोधलाई ध्यानमा राखेर मैले मेरो गवाहीलाई किताबमा परिणत गरेको छुँ।

ज्योतिषीले त मेरो जीवन भत्काएकै हुन् तर कतिपय पास्टरहरूले पनि यो जीवनलाई भत्काउने प्रयास नगरेको होइन।  येशूको अनुग्रहले मलाई आजसम्म बचाएको छ।  आफैले पार गरेर आएका ती भञ्ज्याङ्हरूलाई फर्केर हेर्दा अहिले डर लाग्छ।  तर परमेश्वरले त्यो अवस्थामा मलाई सम्हालेको देख्दा भविस्यको डर भने हटेर जान्छ। 

धेरै प्रार्थनाका साथ मेरो जन्म देखि आजसम्का अनुभवहरूलाई मेरा विश्वासी मित्रहरू (भेट भएका र नभएका)का सामु प्रस्तुत गरेको छुँ ताकि मेरो आवाज सुन्ने र अक्षेर पढ्ने मित्रहरूले पनि त्यो आवाज र अक्षेर पछाडिको पृष्टभुमिलाई केहि हदसम्म थाहा पाउनुभएको होस्।  सफल तरिकाले प्रकाशन गर्न सकियोस् भनेर सबैले प्रार्थना गरिदिनुहोला।

प्रिय भौतिक उन्नति खोज्ने पास्टर मित्र!


प्रिय भौतिक उन्नति खोज्ने पास्टर मित्र,
जय मसिह!

तिमीलाई सम्झना छ होला कि सुरुका दिनमा तिम्रो लागि “सेवाकाई” भन्ने सब्द सारै लोभलाग्दो, चाखलाग्दो र उत्तेजनाले भरिएको थियो। 

लोभ लाग्दो थियो किनभने तिम्रो सामुन्ने एक-आद यस्ता पास्‍टरहरू थिए जसले “सेवाकाई”बाट धेरै उन्नति गरिरहेका थिए।  उनीहरूको विगत तिमीले देखेका थियौ तर वर्तमानले त्यो विगतलाई धेरै पछाडि छोडिसकेको तिमीले थाहा पायौ।  तिमीले पनि आफ्नो वर्तमानलाई विर्सेर उनीहरूकै जस्तो भविस्यको सपना देख्‍न थाल्यौ।  उन्नतिको लागि “सेवाकाई” लोभलाग्दो देखिन थाल्यो।

यो सब्द तिम्रोलागि चाखलाग्दो थियो किनभने ती सफल पास्टरहरूको जीवनमा एक किसिमको रबाफ नै थियो।  हरेक हप्ता समाजको अघि उभिएर केही कुरा भन्न मिल्ने।  सबैले शिर झुकाएर उनीहरूलाई आदर गर्नु पर्ने।  कसैको घरमा वा गाउँमा जाँदा उत्तम परिकार जुटाउनु पर्ने।  देश-विदेश पनि उनीहरू नै जाने।  हुँदा हुँदा, गाउँका सोझा साझा पास्टरहरूको आम्दानीको स्रोत पनि ती सफल पास्टरहरू नै बने।  तिमीलाई पनि त्यो देखेर “सेवाकाई” सारै चाखलाग्दो र प्राप्त गर्न लायकको देखिन थाल्यो।

“सेवाकाई” सब्द सुन्ने बित्तिक्‍कै तिमीलाई एक किसिमको उत्तेजना आउँथ्यो।  तिमीलाई लाग्थ्यो कि परमेश्वरले ती अग्रज पास्टरहरूलाई त्यसरी आर्थिक, सामाजिक र आत्मिक उन्नतिको शिखरमा लान सक्नुहुन्छ भने मलाई पनि उहाँले त्यो स्थानमा लानुहुनेछ।  “सेवाकाई”द्वारा एउटा सफल, सम्पन्न र शक्तिशाली पास्टर बन्ने सपनाले तिमीलाई धेरै उत्साहित पार्दथ्यो।

जब “सेवाकाई”मा जाने अवरस मिल्यो, तब तिमीले सोच्दै नसोचेर आफैलाई सुम्पिदियौ।  तालिममा गयौ।  बाइबल स्कूल गयौ।  मौका मिल्ने बित्तिक्‍कै विदेशतिर पनि हुँइकियौ।  धेरै ठाउँमा “सेवाकाई” गर्यौ।  कुनै चर्चलाई आफ्नो कब्जामा लिन सफल भयौ वा आफ्नै चर्चको स्थापना गर्‍यौ।  सफलताको शिखरतिर लम्किन थाल्यौ।

तर “सेवाकाई” सोचे जस्तो हुँदो रहेनछ।  त्यो लोभ लाग्दो, चाख लाग्दो र उत्तेजनाले भरिएको सब्द विस्तारै डर लाग्दो, दिक्क लाग्दो र निराशाले भरिएको देखिन थाल्यो।  कतिपय अग्रज पास्टरहरू; जसलाई तिमीले आफ्नो “हिरो” सम्झेका थियौ, लोभ र अभिलाशाका शिकार हुन गए।  कतिपय “सेवाकाई” छोडेर व्यापार र दलाली गर्न थाले।  कतिपय राजनीति र सामाजिक सेवाका बिल्लाहरू लाएर आफ्नो भौतिक उन्नतिको सुरक्षा गर्न तिर लागे। 

यता, न त तिमीले भौतिक उन्नति नै गर्न सक्यौ न परमेश्वरमा समर्पित जीवन छ।  तिम्रो प्रचारमा पनि दम छैन न त प्रभावलाई किन्न सक्‍ने पैसा नै तिम्रो हातमा छ।  त्यसमाथि आजको यो सामाजिक सन्जालले जोडिएको संसारमा तिम्रा मुनिका विश्वासीहरू पनि अन्य अभिशिक्त प्रचारकहरूको प्रचारमा मुग्ध भैदिएको देख्दा तिमीलाई असह्‍य हुन्छ।  फलानो पास्टरको प्रचारबाट परमेश्वर मसँग बोल्नुभयो भनि तिम्रा विश्वासीले भनेको सुन्दा तिमीलाई कस्तो कस्तो लाग्छ।  तिमी पनि त्यो पास्टरले जस्तै प्रचार गर्न खोज्छौ तर परिणाम झनै निराशाजनक हुन जान्छ।  त्यसपछि तिमी त्यो पास्टरको आलोचना गर्न तिर लाग्छौ र आफ्ना विश्वासीलाई यस्ता पास्टरहरूको वचन नसुन्न सल्लाहा दिन्छौ। 

तरै पनि तिमी आफ्ना मानिसलाई प्रभावित गर्न हर प्रयास गर्छौ।  विदेशी वा प्रख्यात मानिससँग खिचेका सेल्फीको फेसबुक प्रोफाइल, एरपोर्टमा पुगेका तस्बीर र विदेश पुगेको त कुरै नगरौं।  तापनि रङ्गिन फेसबुकले पुल्पिटमा आत्मिक अभिषेक दिनै मान्दैन।  त्यो गुमेको अभिषेकलाई पुर्ती गर्न तिमी चिच्याएर प्रचार गर्छौ, चाख लाग्दा उदाहरण दिन्छौ, विगतमा परमेश्वरले गरेका कामको वर्णन गर्छौ; तर विश्वासीहरूमा परिवर्तन आउनै छोड्यो र तिम्रो मनमा आत्मसन्तुष्टिको स्थान असन्तुष्टिले लिन थाल्यो।  यो “सेवाकाई” भन्ने सब्द एउटा बोझ बन्दै गैरहेको जस्तो लाग्छ अब तिमीलाई।  कहिले काहि विदेश पलायन हुन मन लाग्छ, कहिले दलाली गर्न मन लाग्छ, कहिले व्यापार, कहिले के, कहिले के। 

छोराछोरी र श्रीमतीले पनि घरमा टेर्नै छोडे।  उनीहरूलाई तिमीले कमाएको पैसा तिमीभन्दा बढी प्यारो लाग्छ।  तर भनेको जस्तो पैसा हातमा नहुँदा उनीहरूले पनि तिम्रो दुई जिब्रे जीवनको रहस्यलाई लुकाई राख्‍न तिमीलाई साथ नदेलान् जस्तो भैसक्यो।  पैसावाला पास्टरकै छोराछोरी र श्रीमती उसको बिँडो थाप्न तयार हुँदा रहेछन् भन्ने कुरामा तिमीलाई अब सङ्का छैन।  हो पनि, पैसाले धेरै कुराहरू किन्न सकिन्छ।

यी सबै कुराको कारण जुन सेवाकाईमा तिमीले एक पटक सोच्दै नसोचेर हात हालेका थियौ आज भार भएको छ।  यो भन्दा अर्को कमाई खाने मौका मिलेको खण्डमा तिमी “सेवाकाई”लाई लत्याउन तयार भएको देख्दा आफै छक्‍क पर्छौ। 

तर मित्र, परमेश्वरको बोलावट मानिसले सोचेको जस्तो हुँदैन।  आजको भोलि नहुन सक्छ कारण उहाँको बोलावट जीवनमा परिणत हुन धेरै कुराले भुमिका खेलेको हुन्छ र कतिपटक त जीवनभरी नै त्यो प्रकृयाले काम गरिरहेको हुन्छ।   होला, सेवाकाईको सुरुवातमा तपाईंले यसलाई लोभलाग्दो, चाखलाग्दो र प्राप्त गर्न लाएकको देख्‍नुभएको थियो होला।  र, वास्तम्मा येशूको सेवाकाई सारै लोभलाग्दो, चाखलाग्दो र उत्तेजनाले भरिएको नै हुन्छ।  फरक यति मात्रै हो कि हामी कुन दृष्टिकोणबाट यसलाई हेरिरहेका छौं।  भौतिक दृष्टिकोण या आत्मिक?

संसारिक उन्नतिको लागि हामी सेवामा लागेका थियौं भने अवस्य पछि गएर सेवाकाई एउटा बोझ हुने नै छ कारण भौतिक उन्नतिले मात्रै त एउटा अविश्वासीलाई त सन्तुष्टि दिन सक्दैन भने येशूको सेवामा बेइमान गरेर प्राप्त गरेको उन्नतिले कहिल्यै शान्ति दिने छैन।

तर भौतिक उन्नतिको आशालाई  हामीले आत्मिक उन्नतिको दिशातिर फर्काउन सफल भयौं भने हामी भौतिक र आत्मिक दुबै उन्नतिमा रमाउने छौं।  “सेवाकाई” सदाकाल लोभलाग्दो, चाखलाग्दो र उत्तेजनाले भरिएको हुनेछ।  हरेक हप्ता मण्डलीमा प्रचार गर्दा, वचन बोल्दा पवित्र आत्माको ताजापन हामी अनुभव गर्ने छौं।  हाम्रो सेवामा रहेका विश्वासीहरूले पनि त्यो आनन्दलाई अनुभूति गर्नेछन् र भन्नेछन् कि उनीहरूको पास्टरले प्रचार गरेको वचनबाट जीवन परिवर्तन भएको छ।

जब मानिसको जीनव परिवर्तन भएको, उनीहरूमा उन्नति आएको र परमेश्वरले उनीहरूलाई आशिष् दिँदै आफ्नो महिमाको लागि चलाएको तपाईं देख्‍नुहुनेछ तब आफ्ना सारा दुःख, असफलता र अबोन्नतिलाई पनि बिर्सनु हुनेछ।  मानिस र परमेश्वरको लागि जीवन दिन तयार पास्टरका छोराछोरी र श्रीमतीले पनि उसलाई घरमा आदर र सम्मान गर्नेछन्।  नयाँ पिडिका पास्टरहरूले पनि उसबाट मार्गदर्शन प्राप्त गर्नेछन्।  जब ऊ येशूको सामु उभिने छ तब प्रभुले भन्नुहुनेछ “स्याबास, मेरो विश्वासयोग्य दास!” 

येशूबाट त्यो अनन्त स्याबासी पाउनु भन्दा अर्को ठूलो उन्नति के होला र?