July 7, 2017

VoF is now a year old Journal - "विश्वासको आवाज"ले १वर्ष पार गर्‍यो!

१वर्ष पार गरेको अवसरमा पाठकलाई दुई शब्दः
"विश्वासको आवाज"ले आफ्नो जन्मको एकवर्ष पार गरेको देख्दा धेरै खुसी लागेको छ।  चोखो विश्वासमा नेपाली चर्चमा देखापरेको खाँचोलाई पुरागर्ने प्रयास गर्न परमेश्वरले हामीलाई प्रेरणा दिनुभएको कारण आर्थिक तवरमा कुनै पूर्व तयारीविना यसलाई प्रकाशन गर्ने जमर्को गर्‍यौं र आज एकवर्षको यात्रा पारगर्न सफल भएका छौं।

विगतका ६ दशकमा नेपाली चर्चले आत्मिक र सङ्ख्यात्मक क्षेत्रमा धेरै प्रगति गरेको कुरा हामी सबैमा विदितै छ।  सदीयौंदेखिको अन्धविश्वास र आत्मिक अन्धकारलाई छोडेर येशूको सुसमाचारको ज्योतिमा लाखौं नेपालीले पाईला टेकेका छन्।  लाखौंले मुक्तिको सन्देसलाई सहर्ष स्वीकार गरेका छन् भने हजारौंले पूर्णकालिन सेवा गर्ने निर्णय गरेका छन्।  तापनि, आत्मिक र सङ्ख्यात्मक प्रगतिको तुलनामा बाइबलीय ज्ञान र नैतिकताको सवालमा नेपाली चर्च धेरै कम्जोर छ।  येशूलाई मुक्तिदाता भनि स्वीकार गर्दैमा नैतिक परिवर्तन नहुने तथ्य हाम्रो सामु छर्लङ्गै भएको छ।  यसरी बाइबलीय ज्ञान र नैतिकतामा चर्च कम्जोर हुनुका धेरै कारणहरू छन् जस्तै;

१)   स्तरीय र इमानदार बाइबल स्कूल (सेमिनरी) को कमीः नेपाली चर्चको सेरोफेरोमा शुरू भएका अधिकाङ्स शैक्षिक र बाइबल तालिम दिने संस्थाहरू दक्ष र इमानदार सेवकहरू निर्माण गर्नुको सट्टा यी संस्थाहरू चलाउने व्यक्ति वा समुहको पैसा कमाउने माध्यमहरू बन्न गए।  दाताहरूबाट पाइने छात्रवृत्ति हातपार्न जस्तासुकै चरित्रका विध्यार्थीलाई पनि सित्तैमा भर्ना लिनथाले जसको कारण असल विध्यार्थीहरूमा पनि यसको असर पर्नगयो।  यस्ता स्कूल र तालिम केन्द्रहरूबाट अध्यन गरेर निस्केका विध्यार्थीहरूले आफ्नो स्कूलको संस्थापकबाट सेवालाई जीविकोपार्जन गर्ने माध्यम बनाउने प्रेरणा र पाठ सिकेको कारण  नेपाली चर्च अनैतिकताको जालोमा कैदी हुन वाध्य भयो। 

२)   चर्चमा औपचारिक ईश्वरशास्त्र अध्यनलाई निरूत्साहित गर्नुः बाइबल अध्यन गरेर फर्केको विध्यार्थीले चर्चलाई सहयोग गर्नुको सट्टा चर्चलाई नै बेचेर खान खोजेको कारण नेपाली चर्चका पास्टरहरूले शुरूका दिनदेखिनै ईश्वरशास्त्र अध्यनलाई शङ्काको नजरले हेर्न थालियो।  एकातिर चर्च विभाजनमा यस्ताहरूको बढी सक्रिय भुमिका हुने भएकोले पास्टरहरू असुरक्षित हुन गए भने अर्कोतिर पास्टर बन्नको लागि कुनै शैक्षिक योग्यताको मापदण्ड नभएको कारण मण्डली बौद्धिक हिसावले विपन्न हुनगयो।

३)   ईश्वरशास्त्र अध्यन गर्नेहरूको बेइमानीः तेस्रो मुलुकबाट ईश्वरशास्त्र अध्यन गरेर फर्केकाहरूले आफ्नो शिक्षाबाट चर्चलाई सहायता गर्नुको सट्टा आफ्नै राज्य निर्माण गर्न थाले।  कतिले चर्चको सल्लाहाविना आफ्नो आर्थिक फाईदाको लागि बाइबल स्कूलहरू खोले भने कतिले विदेशी दाताको दास भएर नयाँ नयाँ मिसनहरू ल्याएर बामे सर्दै गरेको नेपाली चर्चलाई ठाडै चुनौति दिन थाले।  शिक्षा र बौद्धिक स्तरमा यिनीहरूबाट आम चर्चले कुनै सहायता पाउन सकेन।   

४)   दक्ष ईश्वरशास्त्रीको कमीः  बाइबल अध्यनको नाताले उच्च शिक्षा हासिल गरेकाहरू त धेरै छन् र गर्न नसकेका पास्टरहरूले भारतका व्यापारिक स्कूलमा पैसा तिरेरै भएपनि आफ्नो नामको अगाडि “डक्टर” लेख्‍न थालेका छन्।  तर पढेर आएका हुन् वा डिग्री किन्नेहरू, दुबैमा आम चर्चको विकासको लागि विशुध्द बाइबलीय शिक्षा सिक्ने र सिकाउन सक्ने गुण र क्षमताको कुनै लक्षण देखिँदैन।  एउटा लेख लेख्‍दा शैक्षिक स्तरको आधारमा स्रोतै खुलाउन नसक्नेहरू आज नेपाली चर्चका विद्वान बनेर अग्रिम आसन ग्रहण गरिरहेका हुन्छन्।  आफ्नो चर्चको वा सम्प्रदायको विश्वासको सारलाई शैक्षिक तरिकाले प्रस्तुत गर्न त्यहाँका अगुवाहरूलाई नै आपत पर्नेछ भन्दा फरक पर्दैन होला।  विभिन्न बाइबल कलेजमा पढाइरहेका शिक्षकहरूलाई पनि एउटा स्तरीय गुणस्तरीय शैक्षिक लेख लेख्‍न लगाएमा कतिले पास गर्लान् भनेर लख काट्न गाह्रो छैन।  चर्चको शैक्षिक उन्नति त्यो समाजमा विध्यामान बाइबल स्कूल र त्यहाँ अध्यापन गर्ने शिक्षकहरूको हातमा निर्भर हुन्छ।  तर नेपाली चर्चले यस्तो स्कूलको अनुहार अहिलेसम्म देख्‍न पाएको छैन जहाँका शिक्षकहरूले आम चर्चलाई बाटो देखाउन सक्छन्।

आदि इत्यादि कारणले नेपाली चर्चमा बाइबलीय ज्ञान र नैतिकताको कमी देखिएकै कारण गत वर्षबाट पास्टर गणेश तामाङ् र म मिलेर विश्वासको आवाजलाई नेपाली चर्च र विश्वासी माझ ल्याउने जमर्को गरिरहेका छौं।  बाइबलीय ज्ञानको कमीकै कारण नैतिकतामा पनि ह्रास आउँदछ तर जहाँ साँचो बाइबलीय प्रकाशलाई स्वीकारिन्छ, परमेश्वरको वचनको ज्ञानले पवित्र जीवन जीउन प्रेरणा दिन्छ।

एक वर्षको यात्रामा हामीले धेरै चुनौतिहरूको सामना गर्‍यौं। लेख लेख्‍नु आफैमा एउटा चुनौति थियो भने कथा, कविता र गवाहीमा मात्रै रुचि राख्‍ने नेपाली ख्रीष्टियान पाठकहरूमाझ गुणस्तरीय र अनुसन्धानमूलक लेखहरूले कतिको मन जित्लान् भन्ने चिन्ता अर्को चुनौति थियो। लेखेका लेखहरूलाई पुस्तकको आकार दिनु एउटा चुनौति थियो भने त्यसलाई छापेर पाठकको हातले समात्न सक्ने पुस्तकमा उतार्नु अर्को चुनौति थियो।  तर पाठकहरूले यी चार वटै अङ्कलाई अत्याधिक मनपराइदिनुभएको कारण हाम्रो चिन्ताको निवारण भएको छ र आगामी दिनमा अँझ स्तरीय लेख लेख्‍न प्रेरणा मिलेको छ।  पास्टर गणेश तामाङ् आफैले कम्प्युटरमा यसलाई पुस्तकको आकार दिनको लागि रातौं विताएको कारण झण्डै छपाईको आधा रकमबाट हामीले राहात पाएका छौं भने आशा चर्चले छाप्नको लागि नपुगेको रकम हालिदिएर यसलाई हामीले पाठकहरूको हातमा थमाउन सक्ने बनाइदिएको कारण हाम्रो साहस बढेको छ।

प्रिय मित्रहरू, यो लेखबाट म भन्न चाहन्छु कि "विश्वासको आवाज"लाई प्रकाशन गर्न हामी दुई भाईलाई धेरै मेहेनत गर्नुपरेको छ।  कतिपटक निन्द्रा पुग्दैन, कतिपटक चर्चको सेवालाई ओझेलमा पार्नुपर्छ, कतिपटक परिवारलाई नै बिर्सनुपर्छ र कतिपटक शरीरलाईनै खतरामा पार्नुपरिरहेको छ।  तापनि, हामी यसलाई निरन्तरता दिन चाहन्छौं कारण यदि हामीले पनि खुट्टा छोडिदियौं भने फेरी कस्ले यो कठिन कामलाई काँधमा लेला?  कसले यो आर्थिक फाइदाविनाको सेवालाई आम चर्चको लागि गर्छु भनेर काँध थाप्ला?  कसले नेपाली चर्चमा गुणस्तरीय ईश्वरशास्त्र सम्बन्धिका लेखहरू लेखेर सहयोग गर्ला? 

त्यसकारण विगतको वर्षमा हामीलाई यो पुस्तक किनेर र पढेर सहायता पुर्‍याउनु भएको लागि धन्यवाद दिँदै आगामी वर्षहरूमा पनि यहाँहरूबाट निरन्तर प्रार्थना र सहयोगको आशा गर्दछौं ताकि "विश्वासको आवाज" धेरै भन्दा धेरै नेपाली विश्वासीको हातमा हामी पुर्‍याउन सकौं।   

July 6, 2017

A Mentor's Heart

At the beginning of his ministry, Paul did not give a second chance to John Mark who for some reasons appeared to have deserted Paul and Barnabas in the middle of their challenging journey (Acts 13:13; 15:36-39).

At the end of his ministry, Paul asks Timothy to bring Mark along with him because by this time Mark was very useful to Paul (2Timothy 4:11).   When did this reconciliation take place?  We have no information.

In between these two sentiments, many years had passed and tears of sorrow were shed.   Both of these men had gone through the growth pangs of spiritual maturity.  Barnabas had gone on to heaven and Paul was about to enter the glory.  As he looks back, he wants to make sure he sees John Mark in person before it is too late.  We are not sure whether Timothy and Mark reached Rome before Paul was executed.  According to the early church historians, they were late to say goodbye to their spiritual father.

Paul leaves behind a legacy and an example of a greatest mentor one can ever wish to have in life.  Goodwill to everyone and malice to none, Paul raised so many young men and women to take up the mantle of his ministry.  For sure, many deserted him; many turned against him and did a lot of harm to him.  But this was a man who could never forget what Barnabas did for him. 

If not for Barnabas, he would probably be lost in Tarsus or in fact be discouraged in Jerusalem.  While all the apostles rejected him, Barnabas took chance with him and compelled Peter and James to accept him in their company.  Even after accepting him for a brief period of time, they wanted to get rid of him and sent him to his hometown.  For nearly five long years, no one really knew what had happened to this young Pharisee in Tarsus.  But again, Barnabas took the journey to Tarsus and sought him out.  Brought him to Antioch, trained him for one year before taking Paul into the ultimate call Jesus had prepared for him.   For the first time, when God began to use Paul in the Island of Cyprus, Barnabas must have shed the secret tears of joy to see his junior being mightily used by God.   Realizing the hand of God in Paul’s life, Barnabas began to take the back seat of leadership.  Some believe that John Mark left the company because he could not accept Paul becoming the de-facto leader instead of his uncle Barnabas.   Henceforth, Luke also puts Paul as the leader and Barnabas gradually fades into Paul’s shadow.    

Sure, Paul was a man of uncompromising principles.  But when it comes to building relationships, we see a master craftsman who left behind so many sons and daughters in the faith.   
How I wish I could become one tenth of what Paul was in mentoring the younger generation God puts under my influence!