April 27, 2018

पर्खिन सके समय सबैको लागि आउँदो रहेछ!


‘गुलाग आर्कीपेलागो’ विश्वप्रख्यात रूसी लेखक अलेक्ज्यान्डर सोल्जनिट्सिन्का  कीर्तिहरूमध्य सबैभन्दा बढी लोकप्रिय कीर्ति हो।  कम्युनिस्ट शासनले रूसमा गरेको अत्याचारलाई उनले मार्मिकरूपमा वयान गरेको छन् जस्लाई पढ्दा एउटा विवेकशील व्यक्तिको शरीरनै दुखेर आउन सक्छ।  नास्तिकवाद एउटा यस्तो प्रणाली हो जसले राजनीतिमा जरा गाडेको खण्डमा आफू शक्तिमा रहिरहन जतिसुकै ठूलो नरसंहार गर्न पछि हट्दैन।  विद्वान र विवेकशील व्यक्ति नास्तिकवादका सबैभन्दा ठूला दुष्मन ठहरिने रहेछन्।  मानिसको सोच्ने स्वतन्त्रतालाई नै नास्तिकवादले कैदी बनाउँदो रहेछ।

विद्वानहरूलाई सखाप पार्ने सिल्सिलामा नै सोल्जनिट्सिन्लाई पनि पक्राउ गरिन्छ।  कीर्तीको पहिलो अध्यायमा उनले आफू पक्रिएको अनुभवका साथै  नास्तिकवादले देशभरी क्रूर तरिकाले निर्दोष मानिसहरूलाई पक्राउ गर्ने नीतिको वयान गरेको छ।   त्यसै वयानमा उनी आफैलाई प्रश्न गर्छन् र भन्छन् कि यदि सुरूकै दिनमा आफ्नो छिमेकी पक्रिदा सबैले त्यसको विरोध गरेको भए परिस्थिति कस्तो हुन्थ्यो होला?  छिमेकीले सोचे, “पक्राउपर्ने दोषी नै होला”।  फेरी अर्को प्रश्न गर्छन् र भन्छन् कि यदि पक्राउ पर्नेले पनि कराएर, हल्ला गरेर छिमिकीहरूबाट गुहार मागेको भए के हुन्थ्यो होला?  तर पक्राउ पर्नेले पनि सोच्यो “म निर्दोष छुँ, चौकिमा गएपछि सबै थाहा भैहाल्छ, किन हो हल्ला गर्ने”।  दुखको कुरा, एक चोटि पक्रिएपछि फर्केर कोही आएनन्।

एक दिन चार जना नयाँ सिपाहीहरूले सोल्जनिट्सिन्लाई एउटा ठाउँबाट अर्को जेलमा लाँदै थिए।  मस्को सहरको जमिनमुनि चल्ने रेलबाट उनीहरूले यात्रा गर्नुपर्ने रहेछ तर ती सिपाहीहरूलाई मस्को सहरको नक्सा थाहा रहेनछ।  सोल्जनिट्सिन् आफै एक अनुभवी सिपाही र मस्को सहरसँग परिचित भएको कारण उनीहरूलाई बाटो देखाउने जिम्मा आफैले लिए।  ती चार जना सिपाहीलाई अगुवाई गर्दै जमिन मुनिको केन्द्रिय रेल स्टेसन तर्फ लागे।  स्टेसन पुगे पछि तल जाने सिँढी चढ्नुपर्ने रहेछ।  तलबाट यात्रुहरू रेलबाट झरेर माथि आइरहेका थिए भने कति रेल चढ्न तल गैरहेका थिए।

मसीनबाट चल्ने सिँढीमा तल जाँदै गर्दा सोल्जनिट्सिन्को मनमा कराएर “मलाई बचाउ” भनेर त्यहाँ तलमाथि गरिरहेका यात्रुहरूसँग गुहार मागौं मागौं लागेछ। त्यहाँ भएको भिडमाथि एक नजर लगाए; त्यो स्टेसनमा लगभग दुई सय जति मानिसहरू भएको अनुमान गरे उनले।  यदि कराएर गुहार मागेको भए अवस्य पनि केही मानिसले मदत गर्ने थिए होला र ती गाउँले सिपाहीहरू बिरानो ठाउँको डरले नै भए पनि भागेर जाने सम्भावना थियो।  तर सोल्जनिट्सिन् एउटा विद्वान नै परे; एक दूरदर्शी चिन्तक नै परे।

त्यो सललल पानी झै बगिरहने सिँढीबाट उनले सोचे कि यदि म यहाँ कराएँ भने केबल दुई सय मानिसले सुन्नेछन् र केही समयको लागि म भागेर बाँच्न पनि सक्छु होला।  तर यो संघर्षको सामना गर्दै एक दिन मैले कलमको साहाराबाट २० करोड मानिसले सुन्ने गरी कराएको खण्डमा म मात्रै होइन सारा संसार यो दुष्टताबाट बाँच्न सक्नेछ।  नभन्दै जेलको लामो जीवनबाट उनले कैयौं यस्ता कीर्तिहरूलाई जन्म दिए जसको कारण विश्वले कम्युनिस्टको दुष्टतालाई छर्लङ्गै देख्न पायो र रूसबाट सदाको लागि कम्युनिस्ट निरङ्कुशता हटेर गयो।

सोल्जनिट्सिन्को यो अनुवबाट हामी के सिक्न सक्छौं त?

1. सोकलाई शक्तिमा परिणत गर्न सही सोचको आवस्यकता पर्दछ।  दूरदर्शी मानिसले क्षणिक फाइदा भन्दा दिर्घकालिन उपलब्धीलाई ध्यान दिन्छ।

2.      आज आफू बलियो छु भन्दैमा कम्जोरलाई हेप्नु हुँदैन कारण सबैको समय आउँछ।  मेरो ख्रीष्टीयान जीवनको सुरूवातमा कतिपय यस्ता ख्रीष्टीयान पास्टर, मिसनरी, र अगुवाहरूसँग मेरो संगत हुन गयो जस्ले ममाथि धेरै अन्याय र अत्याचार गरेको छ।  त्यतिबेला मैले सबै सहेरै बसें। तर आज मेरा लेखहरूमा र प्रकाशोन्मुख मेरो जीवनीमा जब ति कुराहरू उल्लेख हुन जान्छन् त्यसले अवस्य पनि ती मित्रहरूलाई अप्ठ्यारो लाग्छ होला।  मैले उनीहरूको वदनाम गर्न खोजेको होइन तर आफ्नो जीवनमा घटेका घटनाहरूमा परमेश्वरले कसरी मलाई विजय दिनुभयो भनेर आउनेवाला पिडिलाई उत्साहाको लागि लेखिरहेको छुँ।  यदि कुनै मित्रबाट सहयो मिलेको थियो भने उनको प्रशंसा गर्न पनि म विर्सेको छैन।  त्यो समयमा मेरो खेदो गर्ने मित्रहरूले कहल्यै सोचेनन् कि यो गाउँले केटो पनि एक दिन बोल्न सक्ने हुनेछ भनेर।

3.  जीवन केवल आफ्नो लागि मात्र होइन; सके जति धेरै मानिसमा सकरात्मक प्रभाव छोडेर यो संसारबाट जाने सोच हुनुपर्छ।  गुजाराको लागि मात्रै त चराचुरुङ्गी पनि जिउँछन्।  सोल्जनिट्सिन् आफ्नो प्राण बचाउनको लागि भाग्न सक्थे तर भागेनन्।  आज संसारमा उनलाई एउटा अनुकरणीय व्यक्तिको रूपमा हेरिन्छ भने जोसेफ स्टालिनलाई एउटा क्रूर हत्याराको रुपमा।

April 11, 2018

Blessed is a man who finds a wife!



The fateful statement about Solomon in the Bible is "his wives led him astray" (1 Kings 11:3); a reminiscent of what Eve did to Adam.  If a wife can lead a good man astray, she can also lead a bad man into the right path.  King Lemuel remembers his mother's words about the virtuous woman in Proverbs 31 where she says "wife of noble character brings him good, not harm, all the days of her life".  It is amazing that such a description of a woman of noble character comes from the mouth a woman instead of a man.  Some say this was possibly Solomon's description of his own mother Bathsheba, but seems unlikely.  When he says "He who finds a wife finds what is good and receives favor from the Lord" (Prov. 18:22), he may be reflecting how he had failed to find such a wife even among a thousand women he could call his wives.

Indeed, to find a good wife is to find God's favor in life.  The woman of noble character has this amazing God-given ability to turn even a knucklehead man like Nabal to the right path of some sensibility.  The feminine spirit and motherly instinct combined with godliness can withstand all kinds of hardships and sufferings to see her family take the right path of prosperity and peace whereas a worldly minded woman can easily drag any good man into poverty and ruin. 

Solomon the wisest man in the world failed to find such a wife.  The ones he found led him to his downfall.

O man!  If you have a godly wife, praise her and appreciate her.  Leave your father and mother and cleave to her in order to make a godly and peaceful home (Matthew 19:5).