February 9, 2015

हामी झुटा शिक्षक त होइनौ?

कोरिन्थीको मण्डलीलाई पत्र लेखेर आफ्नो सेवाको परिचय दिँदा पावल भन्छन्, “धेरै मानिसहरूसरह हामी परमेश्वरको वचन व्यापार गर्ने होइनौं, तर परमेश्वरले पठाउनुभएको निष्कपट मानिसको रूपमा हामी परमेश्वरको सामुन्ने ख्रीष्टमा बोल्दछौं” (२कोरिन्थी २.१७)।  त्यसै गरी सम्पत्तिको मोहमा फसेर झूटा शिक्षा सिकाउनेहरूलाई चेताउनी दिन जवान पास्टर तिमोथीलाई उनी लेख्छन्, “भक्तिचाहिँ फाइदा उठाउने उपाय हो भनी तिनीहरू ठान्दछन्…किनभने रुपियापैसाको मोह नै सबै किसिमका खराबीको जड हो।  पैसाको लोभमा परेर कोही-कोही विश्वासबाट कुमार्गतिर लागेका छन्, र धेरै पिडाले तिनीहरूका हृदय घोचेका छन्” (१तिमोथी ६.५, १०)।  पत्रुसले पनि छरपष्ट भई जीवन बिताइरहेका विश्वासीहरूलाई पैसाको लोभमा परेर सेवा गरेको टोपल्ने झूटा शिक्षकहरू आउनेछन् भनी अगमवाणी गरेका थिए।  उनी भन्छन् “लोभमा परेर तिनीहरूले झूटा कुरा बनाएर तिमीहरूबाट फाइदा उठाउनेछन्” (२पत्रुस २.३)।  यो अगमवाणी आज विश्वका धनी मुलुकमा होस् वा गरीब, भौतिक लाभको लागि सेवा गर्ने पास्टर, प्रचारक र मिसनरीहरूको जीवनबाट अक्षरशः पूरा भैरहेक छ।  त्यसैकारण असल सेवकहरूलाई चेतावनी दिँदै पत्रुस भन्छन्, “तिमीहरूको देखरेखमा राखिएको परमेश्वरको बगालको हेरचाहा गर।  करले होइन स्वेच्छाले, धनको लोभले होइन तर उत्साहासाथ” (१पत्रुस ५.२)। 

धनको लोभमा परेर परमेश्रको नाउँमा ठगी गर्ने चलन प्रेरित ५ अध्यायबाटै प्राचीन मण्डलीमा शुरू भएको हो र यो समस्या ज्यूँका त्यूँ आजसम्मै मण्डलीभित्र मौलाउँदै आएको पाइन्छ।  नयाँ काराका झूटा शिक्षकहरू त्यस्ता मानिसहरू थिए जो आर्थिक प्रलोभनका कारण आफ्नो शिक्षा र सिद्धान्तलाई पायकअनुसार जता पनि ठीक्‍क पार्न तयार हुन्थे; उनीहरूको आफ्नो कुनै अडान वा स्वाभिमान हुँदैनथ्यो र पावलले त तिनीहरूलाई सीधै ‘कुकुरहरू’ भनेका छन् (फिलिप्पी ३.२)।

नयाँ करारको समयदेखि मण्डलीलाई पिरोल्दै आएको यस समस्याले आजको नेपाली मण्डलीमा पनि जरा गाडेको छ।  पावलको समयमा जस्तै आज नेपालका मण्डलीहरूमा पनि परमेश्वरको वनचको व्यापार गर्नेहरू, भक्तिलाई फाइदा उठाउने उपाय बनाउनेहरू र धनको लोभमा परेर बगालको हेरचाहा गरेको स्वाङ पार्दै सोझा विश्वासीहरूबाट फाइदा उठाउनेहरू धेरै छन्। 

यस्ता झूटा शिक्षकहरूलाई चिनेर यिनीहरूलाई पन्छाउनको लागि नेपाली ख्रीष्टियानहरूले आफ्नो स्थानीय मण्डलीको पास्टर, प्रचारक वा अन्य सेवक र अगुवाको सेवा गर्ने मनसायको चौतर्फी मूल्याङ्कन गर्ने बेला आएको छ; विशेष गरी त्यो व्यक्ति, जसको मण्डलीमा वा मिसन संस्थामा न वैधानिक समिति छ न पारदर्शिता र उत्तरदायित्व नै।  ३५ वर्षसम्म मिसनरीको अनुभव बटुलेका विलियम कोर्नफिल्डका अनुसार गरीब मुलुकहरूमा यस्ता धेरै सेवकहरू छन् जो सेवाको लागि सहयोग जुटाउन अमेरिका र यूरोपका मण्डलीहरू र मिसनमा धाउँछन् तर प्राप्त गरेको रकमको खूला दुरूपयोग गर्दछन्।  आफ्नै व्यक्तिगत आम्दानीको रूपमा त्यसलाई चलाउँछन् र कसैप्रति उनीहरू उत्तदायी हुँदैनन्।[1]  विदेशी वक्ता झिकाएर अगुवा वा चङ्गाइ सम्मेलन आदिको नाटक रचेर ठेक्‍कापट्टा गर्नेहरू पनि यिनीहरू नै हुन्।  आफ्नो स्वाभिमान र गौरवका साथ येशूका चेला बन्न चाहने नेपाली ख्रीष्टियानले सुसमाचारको नाउँमा हुने यस्ता आर्थिक भ्रष्टचार र ठगीलाई गम्भीरताका साथ लिनुपर्ने बेला आएको छ। 

यदि तपाईंको मण्डलीले पास्टरलाई सुहाउँदो आर्थिक सहायता वा तलब दिन सक्छ तर पास्टरले मण्डलीको सहायता लिन इन्कार गर्छ वा मण्डलीको सहायता पाउँदा पाउँदै पनि विदेशी दाताको खोजीमा भौतारिन्छ भने उसको सेवा गर्ने मनसायप्रति प्रश्न गर्नु स्वाभाविक हो।  आफ्नो पास्टरलाई मण्डलीले सकेसम्म उचित वा सम्मानजनक पारिश्रमिक दिनुपर्दछ ताकि उसका आवस्यकताहरूको कारण सेवाको काममा बाधा पुग्‍ने गरी पैसाको खोजीमा ऊ भौंतारिन नपरोस्। 

मण्डली स्थापनाको लागि उक्त पास्टरलाई कुनै व्यक्ति, संस्था, सम्प्रदाय वा मण्डलीले नयाँ ठाउँमा पठाएको भए जबसम्म त्यो मण्डली स्थापित भई आत्मनिर्भर हुँदैन तबसम्म बाह्य सहायताको औचित्य रही नै रहन्छ।  तापनि, स्थापनाकादेखि नै उक्त मण्डलीले आत्मनिर्भरताको दर्शन देखेको हुनुपर्छ र आफ्नो सेवक (पास्टर) को राम्रो पालन-पोषण गर्नुपर्छ भन्ने विचारको विकास गर्नुपर्छ।  सदाकाल बाह्य सहायतामा नै निर्भर हुन खोजेमा मण्डलीले आफ्नो स्वाभिमान गुमाउनेछ र प्रभावहीन हुनेछ।  यदि कुनै मण्डलीको पास्टरको तलब सधैंभरि बाहिरबाट मात्र आउँछ भने सो पास्टर र त्यहाँका विश्वासीहरू मुक्तिको लागि नभएर पेटको लागि जम्मा भएकाहुन् भन्ने बुझिन्छ र कोर्नफिल्डको भनाइअनुसार त्यस्तो मण्डली पैसा आउन रोकिएपछि बन्द हुन्छ।[2]  त्यसकारण स्वाभिमान र शुद्ध विवेकमा सेवा गर्न मण्डलीका सदस्यहरूको अवस्थासँग सुहाउने पास्टर हुनु आवस्यक छ।  उदाहरणको लागि, किसानहरूको मण्डलीमा एउटा कृषक नै पास्टर भएमा विश्वासीहरूलाई सेवकको आर्थिक भार थाम्‍न सजिलो हुनेछ। 

एउटै व्यक्ति मण्डलीको पास्टर, अनाथालयको निर्देशक, बाइबल स्कूल वा कलेजको प्रिन्सिपल वा अध्यक्ष, र दर्जनौं समितिको सदस्य भएर नाम र दाम कमाउन चाहनेलाई पास्टर बनाउन उचित हुँदैन कारण मण्डलीलाई सेवा पुर्‍याउनुको साटो यस्तो व्यक्ति उल्टै कामचोर भएर मण्डलीलाई लुटिरहेको हुनसक्छ, स्वाभिमान र इज्जतमा आँच पुर्‍याइरहेको हुनसक्छ, मिसनको नाममा मण्डलीलाई बेचिरहेको हुनसक्छ।  यस्तो व्यक्तिले विश्वासीहरूलाई वचनबाट आत्मिक खुराँक खुवाउन सक्दैन।

अर्कोतिर ग्रामीण क्षेत्रका अधिकांश पास्टरहरू बाहिरकै सहयोग खोजिरहेका देखिन्छन्।  त्यसको लागि एउटा बाहान छ कि गाउँमा आम्दानी छैन र सदस्यहरू मण्डलीमा भेटी दिन सक्दैनन्।  त्यो सही नै हो भने सायद त्यस पास्टरको सेवाबाट विश्वासीहरूले आशिष् पाएका छैनन् वा उनी सेवामा प्रभावकारी छैनन्।  तर भीख मागेर परमेश्वरको राज्य चल्दैन भन्ने कुरालाई उसले बुझ्नैपर्छ।  अरूमाथि आश्रित भएका पास्टरहरूमा स्वाभिमानको कमी र हीनताको बोध बढी मात्रामा हुन्छ र त्यसलाई ढाकछोप गर्न उनीहरू कहिल्यै अहङ्कारको मुकुण्डो लगाउँदछन् त कहिल्यै नम्रताको।  स्वाभिमान गुमाइसकेको कारण कसैले पैसा देखाएको खण्डमा यस्ता पास्टरहरू आफ्नो शिक्षा र सिद्धान्तलाई बेच्न तयार हुन्छन्, कहिले ऐरे त कहिले गैरे मण्डली समुदायतिर सरिरहन्छन्, पैसा पाएमा क्याथोलिक बन्न पनि बेर लाउँदैनन्। 
 
स्वदेशी पास्टर प्रचारक मात्रै नभएर विदेशी मिसनरीहरूलाई पनि स्वर्गदूत हुन् भन् मिल्दैन, त्यो पनि २१औं शताब्दीमा।  वास्तवमा स्वदेशी पास्टरहरूलाई सुसमाचारको व्यापार गर्न विदेशी मिसनरीहरूले नै सिकाएका हुन्।  कसैप्रति उत्तरदायी नहुने पाठ पनि मिसनरीहरूले नै सिकाएका हुन्।  त्यसकारण यदि तपाईं वा तपाईंको मण्डली कुनै विदेशी मिसनरीसँग काम गर्दैछ भने उक्त मिसनरीको आर्थिक कारोबारसम्बन्धी पारदर्शिता र उत्तदायित्वको माग गर्ने अधिकार तपाईं वा तपाईंको मण्डलीसँग छ।  यदि ऊ साँचो सेवक हो भने उसको आर्थिक विवरण माग्दा त्यसले उसलाई विचलित पार्नेछैन तर पैसा कमाउन आएको हो भने अवस्य तपाईंसँग उसले विवाद गर्नेछ। 

गरीब मुलुकहरूमा यस्ता मण्डली र पास्टरहरू छन् जो मिसनरीलाई परमेश्वरकै स्थान दिन्छन् कारण उनीहरूको जीविकोपार्जनको स्रोत नै मिसनरी बनेको हुन्छ।  मिसनरी सब्द नै साम्राज्यवादी शक्तिहरूसँग जोडिएको हुँदा स्थानीय मानसिकतामा मिसनरीसँग दाँज्दा आफुलाई हीन भएको र मिसनरीचाहिँ महामानव भएको महसुस गरिन्छ।  त्यसकारण यस्तो महामानवसँग पारदर्शिता र उत्तरदायित्वको माग गर्न स्थानीय नेतृत्वले कल्पना नै गर्न सक्दैन; जे दियो र जसरी दियो, हात मात्र थाप्‍ने बानी बसिसकेको हुन्छ।  अर्कोतिर मिसनरीहरू कसैप्रति पनि उत्तरदायी नभएको हुँदा मिसनको नाममा आएको पैसाले आफ्नो देशमा भन्दा कैयौं गुणा बढी विलासिताको जीवन बिताइरहेका हुन्छन्।  केही वर्षअघि लगभग ३५ हजार रुपियाँ खर्च गरेर एउटा मिसनरीले राखेको सम्मेलनमा मलाई वचन बोल्न निमन्त्रणा दिएको थियो।  मैले वचनको सेवा इमान्दारसँग गरें तर उक्त मिसनरीकै कर्मचारीबाट पछि थाहा भयो कि उसको दाताकहाँ पठाउने रिपोर्टमा उसले चार लाख रुपियाँको हिसाब बुझाएको थियो।

यसरी आज नेपाली मण्डली गलत शिक्षा सिकाउनेहरूको मात्रै नभएर सेवालाई कमाउने माध्यम बनाउने झूटा शिक्षकहरूको पनि शिकार भैरहेको छ।  दुःखको कुरा, यसको विरूद्ध आवाज उठाउने र कलम चलाउने निकै कम छन् र जसले यो साहास गर्दछ उसको उठीबास गर्न पनि नेपालका यी महान प्रभुका सेवकहरू पछि पर्दैनन्।  “तैं चोर, मैं चोर; तैं चुप, मैं चुप” कै प्रणालीले आज सम्म काम गर्दै आएको छ तर आशा गरौं परमेश्वरको ठट्टा लामो समयसम्म हुनेछैन। 

परमेश्वरलाई धन्यवाद होस् कि असल सेवक र स्वाभिमानी ख्रीष्टियानहरू पनि हाम्रो देशमा छन्।  दुःख र सुखमा इमान्दार भै स्वाभिमानका साथ पारदर्शी जीवन बिताउने प्रभुका दासहरू पनि छन्।  ठगी गर्दै हिँड्नेहरूलाई उत्तरदायित्व र पारदर्शिताको धारमा ल्याउनपर्छ भन्ने आवाजहरू पनि उठिरहेकाछन्।  “म मेरो मण्डली स्थापित गर्नेछु र मृत्यु त्यसमाथि विजय हुने छैन” भन्ने प्रभुको वचन पूरा हुनेछ। 


[1] William J. Kornfield, "What Hath Our Western Money And Our Western Gospel
Wrought?" Evangelical Missions Quarterly 27=3 [July 1991], 230-231.
[2] Ibid., 232.

February 7, 2015

Can't Pronounce Your Name

Failing to pronounce one’s name correctly is such a great loss in building meaningful relationships.  Making an innocent mistake in saying one’s name may sound forgivable but the emotional detachment it brings cannot be ignored as I speak from my own experience.  Having lived outside of my comfort zones for the last 30 years, there were many occasions when new names were suggested to me; one time felt like going with “Benjamin”.  But for some reasons, I really liked my original name (Bhojraj Bhatta), though the Hindu priest who gave me this name did cause irreparable damages in my and my father’s life.  Because of the timing of my birth and the nature of my name and things related with it, I got to see my father only after I was 11 years old.  That is a different story all together.

In a world of social networks and multicultural interactions, I have finally decided to tamper with my name and fall victim to vocalization.  Of course the guru who Romanized Nepali alphabets into English should have known better that he did not need a “bh” for “” as there was a “v” languishing meaninglessly.  I wonder what he was sparing the “v” for!  Thus, with great hesitation, I am turning all my “bh” in “Bhojraj Bhatta” into “v” making it easier for everyone to say “Vojraj Vatta”; unless if you don’t know how to pronounce “v” and “w” differently!