January 29, 2018

Is There Peace In Your Home?

Outward appearances do have some correspondence with our inward condition.  It is generally believed that if a man's car is dirty, smelly and squeaky, it may say something about a life that is falling apart from within.  Or he is just a lazy slob who knows nothing about taking control of his situations.  Similarly the condition of a woman's house or her bedroom will speak voluminous.  

January 28, 2018

Missions Are Eradicating Ministers From South Asia

Apostle Paul was probably the first person to write the books of the New Testament.  He was a brilliant scholar.  Clement of Rome (died about 101AD) is considered to be the first apostolic father.  His letter to the church in Corinth is the oldest Christian document outside the New Testament.  This document demonstrates his learned status.  Ignatius of Antioch (died between 107-112 AD) wrote many letters to various churches; another learned man.  Justin Martyr (died 165AD) defended the Christian faith through his writings; considered to be the first apologist of the church.  Irenaeus (died about 202), Tertullian, Clement of Alexandria, Origen of Alexandria, Cyprian of Carthage, Athanasius, and Eusebius (all within the first 300 years) were men of great learning.  From Augustine to Luther, history is filled with great men and women of the church who dominated the world of their time with their learning.  

January 26, 2018

माटोमा होइन मानिसमा लगानी गरौं!

७० वसन्त काटेका एकजना दाइसँग हाम्रो लामो समय देखिको चिनजान छ।  भारतीय सरकारको माथिल्लो तहको जागिरबाट वर्षौं पहिले राम्रो पेन्सन सहित अवकास हुनुभएको थियो।  अकुत सम्पत्ति जोडेको छ वा थियो भनौं।  भ्रष्टाचारको रोगले ग्रसित समाजमा उच्च अहोदाको मानिसले सम्पत्ति जोड्नु कुनै अनौठो कुरा थिएन।  दुइ छोरा र एक छोरी; बाहिरबाट हेर्दा सारै सुखी परिवार।  ख्रीष्टीयन समाजमा जन्मे, हुर्केकालाई बेलाबखत चर्चमा जाँदा आफ्नो शान पनि देखाउन सजिलो हुन्थ्यो।  ख्रीष्टमसको समयमा उनको घर यति झिलिमिलि हुन्थ्यो कि सारा छिमेक नै चम्किन्थ्यो।  दुःखको कुरा, ख्रीष्टले नत उनको घरमा न उनका परिवारका सदस्यहरूको हृदयमा ठाउँ पाउनुभयो।  भित्र भित्रै त्यो परिवारमा विनाशकारी किराले (पाप) सबै जराहरू खाइसकेको रहेछ। 

पार्टी र मोजमजाको जीवनमा नशालु पदार्थले दुबै छोरा, श्रीमती, ज्वाई र एउटा बुहारीलाई छोटो समयको अन्तरालमै चिहानमा पुर्‍यायो।  दुःख माथि दुःख भनौ, बाँचेको छोरीले पनि ठाउँ छोडेर अन्तै बसाइँ सरिन्।  परिवार उजाड भएपछि ती दाइको प्राय समय चिहानघारीमै बित्थ्यो।  केही हप्ता अघि अचानक आफन्तहरू छिमेकमा छ्याप्छ्याप्ति उनलाई खोजिरहेका थिए र हाम्रोमा पनि आएर सोधे।  चारदिन पछि, अर्कै स्थानमा कसैले दया गरेर उनलाई आफ्नो घरमा राखेको रहेछ, पुलिसलाई रिपोर्ट गरेपछि आफन्तहरूले भेट्टाए।  एकलो जीवनको पिडाले नै होला उनको स्मरण शक्ति खतम भएछ र एक दिन चिहानमा गएपछि घर फर्किने बाटै बिर्सनु भएछ।  घरतिर हिँडेका मानिस अर्कै गाउँमा पुगेछन्।

प्रिय मित्र, एकलोपना अतिनै पिडादायी हुन्छ।  आफूसँग सबैकुरा हुन्जेल र शरीरमा बल हुन्जेल आफन्त साथी-भाइहरूको कमी नहुनसक्छ तर जब यी कुराहरूले हामीलाई छोडेर जान्छन् तब सबैले बाटो काट्छन्।  कतिपटक आफूसँग सबै भौतिक कुराहरू भएर पनि मनको कुरा सुनिदिने, समय विताइदिने मित्रहरू मिल्दैनन्।  विशेषगरी आजको समाजमा छोराछोरीहरू हुर्केपछि बसाइँ सरेर कता पुग्छन् पुग्छन्।  कतिपटक बाध्यताले पनि विदेशीनु पर्छ जसको कारण गाउँ-समाजमा वृध्द आमाबाबुले एक्लै जीवन विताउनुपर्छ भने उता छोराछोरीले पनि विदेशी भुमिमा, विरानो संस्कृतिमा एक्लै संघर्ष गरिरहनुपर्ने हुन्छ। 

एकलोपना सबैका लागि पिडादायी हुन्छ चाहे जवान होस् वा वृध्द होस्।  विशेषगरी विरामीपर्दा वा कुनै आपद आइपर्दा जब हामी असहाय हुनजान्छौं त्यतिबेला हामीलाई साथ दिने वा सहयोग गर्ने यात आफ्नै परिवारका असल सदस्यहरू चाहिन्छन् या अत्यन्त नजिकका मित्रहरू।  परिवारका सदस्यहरू सदैब हामीसँग नहुन सक्छन् तर मित्र र छिमेकीहरू हामीसँग सदैब हुनसक्छन्।  हामीलाई दुःखमा साथदिने मित्रहरू भएको देख्‍न चाहान्छौं भने हामी सुखमा हुँदा अरूको दुःखमा भाग लिन जान्नु पर्छ; समय दिन सक्नु पर्छ।  असल मित्रहरू आफै उत्पन्न हुँदैनन्।  त्यसको लागि हामीले लगानी गर्नु पर्छ।  समयको लागानी, मनको लगानी, र सहयोगको लगानी।  हो, कतिपय यस्ता स्वार्थीहरू पनि हुन्छन् जसले पाउन्जेल अरूबाट लिन्छन् र पछि आफ्नै बाटो लाग्छन् तर कसैले त्यो गर्‍यो भन्दैमा हामीले मानिसको जीवनमा लगानी गर्न छोड्नु हुँदैन।  त्यसमा पनि हामी विश्वासीहरू एउटै परिवारका सदस्यहरू हौं।  हाम्रा पिता एउटै हुनुभएको कारण हामीले एकार्काको वास्था गर्नै पर्छ।  गलाती ६को २ देखी १०मा पावल भन्छन्; “2एउटाले अर्काको भार उठाओ, र यसरी ख्रीष्‍टको व्‍यवस्‍था पूरा गर।  5किनभने हरेकले आफ्‍नो भार आफै उठाउनुपर्छ। 7धोकामा नपर, परमेश्‍वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्‍दछ त्‍यसैको कटनी पनि गर्नेछ। 8जसले आफ्‍नो पापमय स्‍वभावको निम्‍ति रोप्‍तछ, त्‍यसले आफ्‍नो पापमय स्‍वभावबाट नै सर्वनाशको कटनी गर्नेछ। तर जसले आत्‍माको निम्‍ति रोप्‍तछ, त्‍यसले आत्‍माबाट नै अनन्‍त जीवनको कटनी गर्नेछ। 9भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्‍मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं। 10यसकारण मौका पाएअनुसार हामी सबै मानिसको भलाइ गर्दैजाऔं, विशेष गरी तिनीहरूको, जो हाम्रो विश्‍वासका परिवारका हुन्‌ 

आफ्नो समय र शक्तिले भ्याउन्जेल अरूलाई बनाउने काम गर्छौं भने परमेश्वरले हामीलाई कहिल्यै एक्लो रहन दिनुहुनेछैन।  शारीरिक शन्तानहरू थोरै भए पनि हामीसँग आत्मिक सन्तानहरू धेरै हुनेछन् जसले हामीलाई एक्लै छोड्ने छैनन्।  अरूलाई बनाउने सेवकको उत्तम उदाहरण प्रेरित पावल हुन्।  उनको सेवाकालमा उनले धेरै मानिसको जीवनमा लगानी गरेका थिए।  उनी रोमको चिसो जेलमा एक्लै हुँदा पनि उनको सेवाको लागि टाढा टाढाबाट भाइहरु जाँदथे।  जीवनको अन्तिम घडिमा पनि उनलाई सेवा पुर्‍याउन तिमोथी र मर्कूस जाँदै थिए।  धेरै इतिहाँसकारहरूका अनुसार तिमोथी र मर्कूस पुग्नु भन्दा पहिल्यै दुष्ट रोमी सरकारले उनलाई मारिसकेको थियो।  तापनि हामी देख्छौं कि कसरी पावलको लागि धेरै भाइ बहिनीहरू आफ्नो जीवन दिन तयार थिए।  जसले कसैको जीवनमा आत्मिक लगानी गर्छ भने उलसे आत्मिक सेवकहरूको कटनी गर्नेछ।  तिमोथी जस्ता आत्मिक चेला जन्माउन सक्नु नै एउटा सेवकको सफलता हो। 

आजको संसारमा पास्टर वा सेवकहरू सेवाको लागि मानिस बनाउनुको सट्टा आफ्नै भौतिक घर बनाउन र नाशवान सम्पत्ति जोड्नको लागि मरिमेटिरहेका देखिन्छन्।  लाग्छ उनीहरूलाई स्वर्ग जाने मनै छैन जस्तो।  दाताहरूलाई ठगेर हुन्छ कि मण्डली र मिसनमा भ्रष्टाचार गरेर हुन्छ, घर घडेरी जोड्न पाए उनीहरूलाई पुग्छ।  कति जना सम्पत्ति हात पारेपछि सेवाकाईंको विल्ला नै उतारिदिन्छन् भने कति लाज पचाएर बढी नै आत्मिक भएको स्वाङ् पार्छन्।  अरूले दिएको दानमा आफै दानी जस्तो बनेर मानिसको आँखामा छारो हालिरहेका हुन्छन्।  यस्ता व्यक्तिहरू नै पछि गएर एकलोपनाका सिकार हुन्छन् कारण स्वर्ग जानको लागि पनि उनीहरूमा खासै उत्तेजना हुँदैन।  उत्तेजना पनि कसरी होस्।  ठगठाग गरेर कमाएको सम्पत्तिको लागि कहिल्यै पश्चातप गरेकै छैन।  अरूको दानमा कमिसन खाँदै आफू दानी बनी कमाएको झूटो ख्यातिको कारण येशूको नजरमा नजर लाउने आँटै हुँदैन।

तर मित्र, अगापे प्रेममा आफूसँग भएको सम्पत्ति, सेवा, र दक्षताबाट अन्य विस्वासीको जीवनमा हामीले लगानी गरेको छौं भने मानिसले मात्रै होइन स्वयम परमेश्वरले हाम्रो रेखदेख गर्नु हुनेछ।  हामीलाई त्यस्ता आत्मिक चेला र चेली दिनुहुने छ जसले हामीलाई दुःखका दिनमा बिर्सने छैनन् र एकलो हुन दिने छैनन्।  कथनकाल हामीसँग कोही भएन भने पनि स्वर्गदूतहरू पठाएर परमेश्वरले हाम्रो वास्था गर्नु हुनेछ।  परमेश्वर भन्नुहुन्छ; “तिमीहरूको बुढ़ेसकालसम्म र कपाल फुलेको अवस्थासम्म त्यही हुँ, म त्यही हुँ जसले तँलाई थाम्नेछ। मैले तँलाई बनाएको हुँ, र म तँलाई बोकेर हिँड्‌नेछु, र तँलाई बचाउनेछु र छुटाउनेछु” (यशैया ४६४)

तर जीवनमा परमेश्वरलाई ठाउँ नदिएर संसारको सम्पत्ति र सम्मानकै पछि लाग्यौं भने एकलोपना नै हाम्रो अन्तिम साथी हुनेछ।  आज धेरै नेपाली भाषी विश्वासीहरू संसारका हुनेखाने देसमा जीवन यापन गरिरहेका छन्।  भर्खरै बसाइँ सरेर गएको कारण सायद नयाँ संसारको नयाँ सपनाले हौसला दिइनै रहेको होला।  तर जब त्यो नयाँ संसारको हावापानीमा जीवनचर्या चल्नेछ तब कता कता आफूले छोडेको माटो र पानीको पनि याद आउनेछ।  व्यस्त संसार भएको कारण आफन्त र चिनाजानकासँग भेट गर्न महिनौं वा वर्षौं पर्खिनु पर्नेछ।  तब एकलोपनाले सजिलै सताउने प्रयास गर्नेछ।  यस्तो अवस्थामा पनि मित्रहरू, परमेश्वरको प्रेमलाई धारण गर्दै आफ्ना छिमेकीसँग असल सम्बन्ध निर्माण गर्न सक्नुभएको खण्डमा सजिलै एकलोपनालाई मेटाउन सकिनेछ।  तपाईंको छिमेकी नेपाली होस् वा अन्य कुनै जाती, हामी सबै एउटै परमेश्वरका सन्तान भएको तथ्यलाई स्वीकार गर्न सकेको खण्डमा ती मानिसको जीवनमा पनि हामी लगानी गर्न सक्छौं।  जुनसुकै जातीका मानिसको माझ हाम्रो बसोबास किन नहोस्, ती मानिसहरूलाई पनि हामी आफ्ना आत्मिक आमाबाबु वा छोराछोरी बनाउन सक्छौं।  जति धेरै आत्मिक आफन्तहरू हामी बनाउन सक्छौं त्यतिनै टाढा एकलोपना हामीबाट भागेर जान्छ। 
त्यसकारण संसारमा भौतिक संरचनाहरू निर्माण गर्नुको सट्टा मानिसहरू निर्माण गर्नुहोस्!

January 24, 2018

Was Moses Really a Humble Man?

"Moses was the most humble man on the face of the earth" says the Bible (Number 12:3).  But his humility did not come easily.  Right from the birth, he goes through a long process of humiliation.  Humility does not happen overnight; it is a lifelong process of knowing who we are.

For Moses, until three months, no one even knew he was born except the family.  After three months, he was given to the alligators of Nile; only to be rescued by the Princess.  Nursed by his own mother as though he was a stranger to her; and rejected by his own people when he tried to identify with them. 

Once a powerful Prince, but ran for his life in the wilderness only to be Jethro’s shepherd for the next 40 years of his life.  During those 40 years, all the memories of royalty and regalia had been erased from his memory.  He had made peace with himself and appears to be content to die in the wilderness as a nomad.   The zeal he had for the God of his fathers seemed to have become a faint memory of a distant past.  It seems as if Moses had given up on God and had decided to follow the kind of religion Jethro was practicing. 

January 23, 2018

दुःखबाट मुक्ति नपाइने नै हो त?

सम्मानित र शक्तिसाली घराना, मनले चाहेको सबै गर्न सकिने वैभव, सुन्दर र स्वस्थ शरीर, अनि तेजिलो दिमाग कसलाई मन पर्दैन होला?  विडम्वना नै भनौ, संसारमा थोरैले मात्र यो मौका पाउँछन्।  अधिकाङ्सलाई जीवनमा संघर्ष नगरी छाक टार्नै कठिन।  केही न केही कुराले सबैलाई कैदी बनाएकै हुन्छ।  यो संसारमा हरेक दिन आफूले चाहेको जस्तो गरी जीवन जीउन पाउने मानिस भेट्टाउन गाह्रै पर्ला।  कहिँ न कहिँ, आज नभए भोलि मानिसले नचाहेरै पनि जीवनका परिस्थितिसँग सम्झौता गर्नै पर्ने हुन्छ।  हर पल, हर दिन, र हर समय कुनै प्रकारको कमीविना जीवन जीउने चाहाना भएर पनि मानिसलाई यो संसारमा त्यो जीवन जीउन सम्भव छैन।  कसैको जन्मै दुःखदायी, कसैलाई हुर्किंदै जीवनले ठग्छ, कसैले युवावस्थामा दुःखसँग सामना गर्नु पर्ने, कसैको लाउँला खाउँला भन्ने उमेरमा सबैकुरा हुरीले उडाएर लान्छ त कोही दुःखलाई साथमै लगेर चिहानमा जान्छन्।  दुःख मानिसलाई मन पर्दैन तर यसले मानिसलाई छोड्दैन पनि। 

January 14, 2018

When we come to the end of ourself...

It was a very late Saturday evening yesterday; 11:30PM precisely and I had no message for Sunday.  My head was empty.  Some things in life come up so uninvited and so unexpectedly; they throw life out of balance.  As a pastor, I had to come up with a message that would bless those who would come to church with high hopes and expectation of hearing God’s word.  But, how hard I tried, nothing came to mind; there was no response from the Lord either.

My wife was sitting on bed and wondering something; I began to pace the room back and forth with a whisper “Hear my cry O Lord”.  After a few minutes, with empty head, I sat before the empty screen. 

January 4, 2018

सफलता तपाईंको हातैमा छ; मुखैमा छ।

जीवनमा असफल कोही पनि हुन चाहाँदैन।  असफलता परमेश्वरको इच्छा पनि होइन।  पापले मानिसलाई असफलताको खाडलमा हाल्छ तर येशूमा मानिस पाप मुक्त भएको कारण असफल जीवन जीउनु पर्ने वाध्यता छैन।  जसरी पापबाट मुक्ति पाउन मानिसले येशूमा विश्वास गर्नु पर्छ त्यसरी नै जीवनमा सफलता हाँसिल गर्न उहाँले दिनुभएका प्रतिज्ञामा विश्वास गर्नु पर्ने हुन्छ।  बाइबलीय सफलताका साधारण खुड्किलाहरू यस्ता छन्;