January 4, 2018

सफलता तपाईंको हातैमा छ; मुखैमा छ।

जीवनमा असफल कोही पनि हुन चाहाँदैन।  असफलता परमेश्वरको इच्छा पनि होइन।  पापले मानिसलाई असफलताको खाडलमा हाल्छ तर येशूमा मानिस पाप मुक्त भएको कारण असफल जीवन जीउनु पर्ने वाध्यता छैन।  जसरी पापबाट मुक्ति पाउन मानिसले येशूमा विश्वास गर्नु पर्छ त्यसरी नै जीवनमा सफलता हाँसिल गर्न उहाँले दिनुभएका प्रतिज्ञामा विश्वास गर्नु पर्ने हुन्छ।  बाइबलीय सफलताका साधारण खुड्किलाहरू यस्ता छन्;

१)   सफलताको तस्बिर के र कुन कुरामा सफलता चाहानुहुन्छ त्यसको स्पस्ट तस्बि मगजमा हुनु पर्‍यो।  त्यसलाई लेखेर पनि राख्‍न सक्नु पर्‍यो र मुखले सब्दमा भन्न सक्नु पर्‍यो।  मजगमा नपसेको कुरा जीवनमा प्राप्त हुँदैन तर कुनै कुरा मगजमा पसेको खण्डमा परमेश्वर त्यो भन्दा बढ्ता गरी दिन सक्नुहुन्छ (एफिसी ३.२०)।

२)   बाइबलबाट प्रतिज्ञाहरू पत्ता लगाउनुहोस तपाईंले चाहेको सफलताको क्षेत्रको वारेमा बाइबलीय प्रतिज्ञाहरू के कस्ता छन् ती सबैलाई एक ठाउँमा जम्मा गर्नुहोस्, लेखेर राख्‍नुहोस्।  तपाईंले चाहेको कुरा र ती प्रतिज्ञाहरूमा मतभेद हुनु भएन।  तपाईंको व्यवहारिक जीवन ती प्रतिज्ञाहरूसँग मेल खाने हुनु पर्‍यो।  प्रतिज्ञाहरू पत्ता लगाउन बाइबल अध्यन गर्नु पर्‍यो।  बाइबल पढ्न अल्छी गर्ने मानिस कहिल्यै सफल हुनेछैन (यूहन्ना १५.७)।

३)   ती प्रतिज्ञाहरूलाई मनन् गर्नुहोस तपाईंको दैनिक बाइबल अध्यन गरिसकेपछि ती प्रतिज्ञाहरूमा मनन् गर्नुहोस्।  बाहिर जाँदा, भित्र आउँदा, र काम गर्दा पनि मजगमा ती प्रतिज्ञाहरूलाई खेल्न दिनुहोस्।  विहान उठ्दा र राती सुत्दा ती प्रतिज्ञाहरूलाई प्रार्थनामा बोलि पठाउनुहोस् (भजनसंग्रह १.१-३)। 

४)   परिस्थितिलाई होइन प्रतिज्ञालाई विश्वास गर्नुहोस परिस्थिति झन नाजुक हुन सक्छ तापनि प्रतिज्ञामा सङ्का नगर्नुहोस्।  प्रतिज्ञा अनन्त हो, परिस्थिति क्षणिक हो।  परिस्थिति परिवर्तन हुन्छ, प्रतिज्ञा अपरिवर्तनीय हो।  परिस्थिति सत्य होइन, प्रतिज्ञा सत्य हो।  परिस्थिति मानिससँग सरोकार राख्छ, प्रतिज्ञा परमेश्वरसँग (हिब्रू ११.६)।

५)   बोलीवचन प्रतिज्ञासँग मेल खाने हुनुपर्‍यो  दैनिक बोलीचाली पनि तपाईंले चाहेको कुरा र परमेश्वरको वचनले भनेको अनुसार हुनुपर्‍यो (मर्कूस ११.२२-२३)।

त्यसकारण यदि हामी सफलतालाई हात पार्न चाहान्छौं भने मजगमा सफलताको तस्बिर हुनुपर्‍यो।  त्यो तस्बिर परमेश्वरका प्रतिज्ञासँग मिल्नुपर्‍यो।  दिन रात ती प्रतिज्ञाहरू मगजमा खेल्नुपर्‍यो।  प्रतिज्ञामा विश्वास हुनुपर्‍यो।  विश्वास गरेको कुरा मात्रै मुखबाट निस्कनुर्‍यो। 

आफैलाई अनुसासित बनाउन सकेको खण्डमा हामी निश्चय नै सफल व्यक्ति बन्ने छौं कारण येशूले भन्नुभयो; “विश्वास गर्नेका निम्ति सबै कुराहरू सम्भव छन्” (मर्कूस ९.२३)।  
व्यवस्था ३०मा मोशाद्वारा परमेश्वर भन्नुहुन्छ; “11आज मैले तिमीहरूलाई दिएको आज्ञा तिमीहरूका निम्‍ति साह्रै गाह्रो वा टाढ़ो छैन। 12हाम्रा निम्‍ति स्‍वर्गमा उक्‍लेर कसले त्‍यो ल्‍याइदिएर हामीलाई बताइदिने र हामी त्‍यो पालन गरौं?” भनी तिमीहरूले भन्‍नुपर्दैन, किनभने त्‍यो स्‍वर्गमा छैन।  13कसले सागर पारि गएर हामीलाई त्‍यो ल्‍याइदिएर हामीलाई सुनाइदिने र हामी त्‍यो पालन गरौं?” भनी तिमीहरूले भन्‍नुपर्दैन, किनभने त्‍यो सागरको पल्‍लो छेउमा पनि छैन। 14तर तिमीहरूले पालन गर्नलाई वचन तिमीहरूको नजिकै छतिमीहरूकै मुख र तिमीहरूकै हृदयमा छ।  15हेर, आज मैले तिमीहरूका अगि जीवन र वृद्धि, अनि मृत्‍यु र नाश राखेको छु।”

No comments:

Post a Comment