मानिसको जीवनलाई बाइबलले घाँस र फूलसँग तुलाना गरेको
छ। घाँस छोटो समयमा मौलाउँछ र फूल पनि
छिटै फुल्छन् तर ती सबै एकै ऋतुमा सिद्दिएर जान्छन् (भजनसंग्रह १०३.१५-१६)। अर्को ठाउँमा बाइबलले यसलाई तुवाँलोसँग पनि
दाँजेको छ;
“‘आज वा भोलि हामी फलानो सहरमा जाऔंला, त्यहाँ एक वर्ष बिताऔंला र व्यापार गरेर नाफा गरौंला’ भन्नेहरू अब सुन, भोलि के हुने हो तिमीहरू जान्दैनौ। तिम्रो जिन्दगी के छ? तिमीहरू त तुवाँलो हौ, जो केही बेरको निम्ति देखा पर्छ, अनि हराइहाल्छ। यसको सट्टामा त तिमीहरूले यसो भन्नुपर्ने, ‘यदि परमेश्वरको इच्छा भयो भने हामी बाँचौंला र यस्तो-उस्तो गरौंला'" (याकूब ४.१३-१५)। यो छोटो जीवनलाई परमेश्वरको इच्छा अनुसार चल्न दिएमा घाँसको जस्तै हरियाली र फूलको जस्तै सुन्दरताले यसलाई छोड्ने छैन।
“‘आज वा भोलि हामी फलानो सहरमा जाऔंला, त्यहाँ एक वर्ष बिताऔंला र व्यापार गरेर नाफा गरौंला’ भन्नेहरू अब सुन, भोलि के हुने हो तिमीहरू जान्दैनौ। तिम्रो जिन्दगी के छ? तिमीहरू त तुवाँलो हौ, जो केही बेरको निम्ति देखा पर्छ, अनि हराइहाल्छ। यसको सट्टामा त तिमीहरूले यसो भन्नुपर्ने, ‘यदि परमेश्वरको इच्छा भयो भने हामी बाँचौंला र यस्तो-उस्तो गरौंला'" (याकूब ४.१३-१५)। यो छोटो जीवनलाई परमेश्वरको इच्छा अनुसार चल्न दिएमा घाँसको जस्तै हरियाली र फूलको जस्तै सुन्दरताले यसलाई छोड्ने छैन।
हो, जीवन छोटो
छ। कुनै पनि बेला यो टुङ्गिन सक्छ,
तुवाँलो जस्तै हराउनसक्छ। तापनि बाइबलकै
मापदण्डलाई स्वीकार गर्ने हो भने मानिसको आयु परमेश्वरले ७० वा ८०वर्षको
सेरोफेरोमा निर्धारित गरेको छ (भजनसंग्रह ९०.१०)।
कुनै अप्रिय घटना नघटेमा र प्राणघातक रोग नलागेमा हामी मध्य धेरैले आफ्नो
८०को दशकलाई छुनेछौं। मानवीय नजरले हेर्दा
यात्रा लामो नै छ। यो लामो यात्रामा
हामीलाई परमेश्वरको इच्छा, अनुग्रह, अगुवाई र सहयोग आवस्यक छ।
तर मानिस कति
घमण्डी छ। शरीरमा स्वास्थ्य र हातमा सम्पत्ति
हुन्जेल उसलाई कोही चाहिँदैन र कसैसँग ऊ झुक्नु पर्दैन। उल्टै मानिसहरू उसैलाई पुज्न जान्छन् कारण
सबैले बलेकै आगो ताप्छन्। हितोपदेश १९.४ले
भन्छ “धनले धेरै मित्र बनाउँछ, तर गरीब मानिसको मित्रले उसलाई त्याग्छ”। शक्ति र सम्पत्ति भएको मानिसले मुर्ख कुरा
बोल्दा पनि ज्ञानीको मुखबाट निस्केको वाणी जस्तै गरी स्वार्थी मानिसहरू त्यसलाई
स्वीकार गर्दछन् तर गरीबले बोलेको माहावाणी पनि कसैले सुन्दैन। यो संसारमा गरीबको लागि जीवन निकै कष्टकर हुनसक्छ
भने धनीको लागि मनपरी।
गरीबको लागि
जीवनको यात्रा लामो छ र गाह्रो पनि छ। त्यसैकारण
गरीबलाई ईश्वरीय सहायताको आवस्यकता छ।
जीवनमा अती नै दुःख आइपरको खण्डमा जसरी शक्ति र सम्पन्नताले मानिसलाई
परमेश्वरबाट अलग गर्नसक्छ त्यसरी नै दुःखले पनि मानिसलाई परमेश्वरबाट अलग गर्न
सक्छ; परमेश्वरको भलाइमाथि उसले सङ्खा गर्न थाल्छ। त्यसैकारण येशूले भन्नुभयो, “गरीबहरूलाई
सुसमाचार सुनाउन परमेश्वरले मलाई अभिषेक गर्नुभयो” (लूका ४.१८)। धेरै पटक बाइबलमा परमेश्वरले आफूलाई “अनाथ र
विधवाको परमेश्वर” भनी चिनाएको छ।
समस्या गरीबको
लागि मात्रै होइन, सशक्त र सम्पन्न व्यक्ति पनि यो ७० वा ८०वर्ष लामो यात्रामा
अचानक आफैलाई अशक्त र विपन्न भएको अवस्थामा पाउन सक्छ। आज सबै ठिक छ भन्दैमा सधैं ठिक रहनेछ भनी कसैले
निश्चयता दिन सक्दैन कारण आँखिर मानिसको जीवन घाँस, फूल र तुवाँलो जस्तो त हो। कुनै पनि बेला जो कोही पनि अशक्त र विपन्न बन्न
सक्छ। यी सबै कुराहरूलाई विचार गरेर दाउद
भन्छन् “मानिस के हो, र तपाईं उसको वास्था गर्नुहुन्छ?” (भजन.८:४), मोशा भन्छन् “हामीलाई हाम्रा दिन गन्न सिकाउनु
होस्” (भजन.९०.१२)।
त्यसकारण “म
यस्तो गर्नेछु, त्यस्तो गर्नेछु” भन्नुको सट्टा “परमेश्वरको इच्छा भए म यस्तो
गर्नेछु, त्यस्तो गर्नेछु” भन्नु असल हुन्छ (याकूब ४.१५)। संसारमा सबै कुराहरू परिवर्तनशील छन् तर
परमेश्वर अपरिवर्तनशील हुनुहुन्छ। उहाँको
प्रेम पनि अपरिवर्तनशील छ। उहाँले हामीलाई
अनन्त प्रेमले प्रेम गर्नुभएको छ। कलवरी
क्रूशमा येशूले हाम्रो लागि यति महान काम गर्नुभएको छ कि त्यसको पूर्ण वयान हाम्रो
मानव दिमागले गर्न सक्दैन। तर जब हामी
हम्रो इच्छालाई परमेश्वरको इच्छाको अधिनमा हुन दिन्छौं तब त्यो महान कार्यका केही
अङ्शहरूलाई हामी नजिकबाट अनुभव गर्नसक्छौं।
एक अनुभवले अर्को अनुभवको गहिराइतिर हामीलाई डोर्याउँदछ।
नम्र मानिसले
मात्रै “मेरो इच्छा होइन, तपाईंको इच्छा पूरा होस्” भनेर परमेश्वरलाई भन्न
सक्छ। परमेश्वरको इच्छालाई आफ्नो इच्छा
बनाउने मानिसको जीवनमा चिन्ताले बास बस्न पाउँदैन कारण उसलाई थाहा हुन्छ कि सबै
कुरा परमेश्वरको अधिनमा छन्। उसको जीवनमा
सुख होस् वा दुःख, खासै फरक पर्दैन।
मानिसले उसलाई वा उसकोबारेमा के भन्छन् त्यसले पनि उसलाई कुनै असर गर्दैन। उसको यात्राका पाइलाहरू अघि बढी नै रहेका
हुन्छन्। विगतलाई बिर्सदै र वर्तमानलाई
अगाल्दै ऊ भविस्यतिर लम्की रहन्छ। उसलाई
सङ्खा छैन कि प्रत्यक नयाँ वर्षले यो संसारको यात्रालाई छोट्याउँदै गैरहेकोछ र एक
दिन ऊ समयको घेराबाट अनन्त संसारमा प्रवेस गर्नेछ।
त्यो स्वर्गीय
गन्तब्यमा नपुगुन्जेल उसलाई परमेश्वरले जे अह्राउनु हुन्छ ऊ त्यो गर्छ, जहाँ
पठाउनुहुन्छ ऊ त्यहाँ जान्छ। यो संसारमा ऊ
सफल होस् वा विफल, उसलाई त्यसले कुनै असर गर्दैन कारण उसले आफ्नो हैन परमेश्वरको
उद्देस्य पूरा गरिरहेको हुन्छ। उसको
सेरोफेरोमा रहेका मानिसहरूले पनि परमेश्वरीय जीवनको स्वाद पाउँदछन्। उसको परिवारीक वातावरण रहरलाग्दो हुन्छ। छरछिमेकमा उसलाई चिन्नेहरूले सामनेमा नभए पनि
पिठ्युँ पछाडि उसको आदर गरिरहेका हुन्छन् कारण उसको जीवन जीउनेशैली निकै आकर्षक
हुन्छ; उसमा स्वर्गीय चरित्रले बास गरेको हुन्छ।
परमेश्वरको
इच्छाअनुसार चल्ने मानिसलाई भजनसंग्रह १२८ले भन्छ कि उसले आफ्नो परिश्रमको फल
खानेछ, आशिषित् र फलिफाप हुनेछ, उसको श्रीमती फलवन्त दाखको लताजस्तै, छोरा-छोरी
जैतूनका मुनाहरूजस्तै हुनेछन्, र उसले आफ्ना नाति-पनाति देख्न पाउनेछ।
त्यसकारण
मित्र, बाइबलको परमेश्वको इच्छा अनुसार जीवन बिताएको खण्डमा यो छोटो जीवनमा पनि
हामीले परमेश्वरका सम्पूर्ण आशिष् र तोकिएका दिनहरूलाई उत्तम तरिकाले अनुभव गर्न
पाउनेछौं।
No comments:
Post a Comment