October 6, 2013

रातोपाटी सेतोपाटी

रातोपाटी देखी सेतोपाटी र अन्य अनलाईन वा छापिएका पत्रिकाहरूमा बेलाबखत नेपालमा आर्थिक प्रलोभन देखाएर इसाईहरूले गैर-इसाईलाई धर्म परिवर्तन गराएको आरोपपुर्ण लेखहरू प्रकाशित हुन्छन्।  हुनत ती लेखहरू आफैमा (लेखकहरू) इसाई धर्मप्रति  अज्ञानता र पुर्वाग्रहका चरम उदाहरण हुन्।  तरैपनि यस्ता लेखहरू प्रकाशित हुनुमा इसाई नेत्रित्वको पनि भुमिका छ; पैसाको कारण कसैले पनि नेपालमा इसाई धर्म अपनाएको नहुनसक्छ तर निर्दोष र इमान्दार नेपालीले येशू ख्रीष्टलाई आफ्नो जीवनको मुक्तिदाता र गुरू बनाउने निर्णयको फाईदा कतिपय धुर्त इसाई अगुवाहरूले उठाएका छन्।
त्यसकारण, सम्पुर्ण नेपाली इसाईहरूलाई यस्ता लेखकहरूको अज्ञानता र पुर्वाग्रहको शिकार बनाउनुको सट्टा यी भ्रष्ट इसाई अगुवाहरूको गतिविधिहरूलाई प्रकाशमा ल्याउनसके असल पत्रकारीता र नेपाली इसाईत्वको विकास हुनेथियो।

No comments:

Post a Comment