November 16, 2016
November 3, 2016
जीवनका आरोह-अवरोहहरू भाग २ः विदेश पढ्दाको पहिलो अनुभव
पहिलो भागमा राखिएका मेरा तीता–मीठा अनुभवहरूलाई मेरा पाठक मित्रहरूले सकारात्मक
रूपले लिनुभएको पाउँदा त्यो लेखेकोमा मलाई खेद छैन। अर्को अंशलाई रूपरेखाकै रूपमा
भए पनि पुस्तकमा राख्नुभन्दा पहिले सामाजिक सञ्जालमार्फत यहाँहरूको सामु राख्न
मन लाग्यो। मेरो जीवनलाई पाठकको सामु यसरी उदाङ्गै पारेर खोल्नुको मुख्य उद्देश्य
बल्यकालबाटै जीवनसँग हारेको मानिसको जीवनमा पनि परमेश्वरले कसरी अर्थ र सामर्थ्य
दिनुहुन्छ, जीवन जिउने रहर थप्नु हुन्छ, र आफ्नो महिमाको लागि प्रयोग गर्नु हुँदोरहेछ
भन्ने प्रमाण पेस गर्नु हो। बाइबलको परमेश्वर मेरो लागि कुनै आदर्श वा दर्शन होइन; उहाँ मेरो जीवनको यथार्थ हुनुहुन्छ कारण उहाँको
हात मेरो जीवनमा नभएको भए जीवनको दुई दशक नपुग्दै म संसारबाट बिदा भइसक्थें। येशू
प्रभुलाई यो जीवन सुम्पेपछि पनि मेरो सामु यस्ता उतार–चढावहरू आए जसमा मेरो मानवीय क्षमताले जीवनको
नावलाई कुनै हालतमा पनि पार लाउन सक्ने थिएन। नेपालमा गनिएका यस्ता मानिसहरू मेरो
विरुद्धमा उभिए कि मेरो पतन निश्चित थियो। तर आज जे छु, जस्तो छु र जहाँ
छु, त्यसमा प्रत्यक्ष प्रभुको हात मेरो जीवनमा भएको
कारण हो। आशा छ, मेरो कथा र व्यथाहरूले तपाईंहरूलाई त्यो
परमेश्वरको नजिक ल्याउनेछ जसले तपाईंको जीवनमा सोचेको वा चिताएको भन्दा अझ ठूलो
काम गर्न सक्नुहुन्छ। वचनले भन्छ “आँखाले नेदेखेका र
कानले नसुनेका र मानिसले मनमा नसोचेका, यी नै
कुरा परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ” (१कोरन्थी २:९)। प्रिय मित्र, त्यो परमेश्वरलाई जीवन दिनुहोस् जसले यी महान्
कुराहरू तपाईंको जीवनमा पूरा गर्न चाहनुहुन्छ। अहिले
तपाईंको अवस्था जतिसुकै नाजुक भए पनि, मानिसले तपाईंलाई
जतिसुकै हेलाँ गरेपनि, जीवन अन्धकार र आशाहीन भए पनि यदि परमेश्वरको
वचनलाई सिरोपर गर्नुभयो र उहाँले भनेको सबै कुराहरू सम्भव हुनेभएकाले हरेस नखाएर त्यो उज्वल भविस्यको
सपनालाई दिन रात आफ्नो हृदयमा खेल्न दिनुभयो भने एक दिन त्यो सपना तपाईंको जीवनमा
पक्का साकार भएर आउनेछ।
October 1, 2016
Help is on the way, but you got to hang in there
Until recently,
I refrained from sharing the testimony of God’s grace in my life, especially among
Nepali speaking world because it includes too many names that inflicted too
much pain in my life and without mentioning them, my testimony is not
complete. What makes it more difficult
for me to share my testimony is that the most of the sufferings I endured as a
Christian were at the hands of missionaries, pastors and Christian friends, primarily because I refused to be a bread and butter Christian. But now, as I plan to publish an autobiography
as how God has led me thus far, I am sharing some of the anecdotes. But in no way do I feel bitter for what they
did to me. In fact, if it was not for
them, I won’t be where I am today. Frank
Boreham tells a true story that illustrates how I feel when I share my stories.
September 30, 2016
पास्टर भोजराज भट्टको जीवनका आरोह-अवरोहहरू -१
समाजिक संजालका मेरा हजारौं मित्रहरूलाई
अभिवादन! आज मलाई अली वैराग लागेको छ। यो वैरागको कारण तल धेरै ब्यक्तिहरूको नाम
पनि सुन्नुहुनेछ; दु:ख दिने र सहायता गर्ने दुबैको। दशकौं देखी मनमा लुकाई
राखेका वेदनाहरू पोख्न मन लागेको छ। कतिपटक त धुरीबाटै कराउन पनि मन लाग्छ कारण यो
सामन्ती संसारमा तीमैको छोरो बर्तीमै जस्ता असहायहरूको आवाजलाई उसको नजिकैबाट भएर
गैरहेको भिडको आवाजले डुवाउन खोजेझैं मेरो आवाजलाई पनि धेरै पटक डुवाईएको छ र अँझै
पनि डुवाउने प्रयास गरिएको देखिन्छ।
यदी मार्क जुकरवर्गले फेसबुकको आविस्कार
नगरेको भए यति सजिलै र छिटै मेरो आवाजलाई नेपाली ईसाई जगतमा पुर्याउन सक्ने थिएन
होला कारण फेसबुक पूर्व केवल सामन्ती र शक्तिसालिले मात्रै पत्रिका, रेडियो र टिभीबाट उनिहरूको
आवाजलाई दुनियाँमाथि लाद्नसक्थे र हामी जस्ता असहायहरूले मन मारेरै ती पढ्नु
पर्थ्यो, सुन्नुपर्थ्यो र हेर्नुपर्थ्यो। बाटोमा भेट्दा,
सभासम्मेलनमा जाँदा, चोक चौतारीमा पुग्दा
सामन्तीकै गुणगान, सामन्तीकै विजयको धून हामीलाई वाध्यभएर
सुन्नुपर्ने पारिन्थ्यो। उनिहरूको आवाजलाई खण्डन गर्नेसक्ने नत हामीसँग ताकत,
नकुनै माध्यम थियो। सभासम्मेलन र चोक चौतारीमा आवाज उठाउन खोज्दा
जिउज्यान बचाउनै गाह्रो हुन्थ्यो; सामन्तीका भरौटेहरूले
लखेटीहाल्थ्ये। यूरोको रोमेनिया भन्ने देसबाट ढल्न थालेको सामन्ती सासनलाई
जुकरवर्ग जस्ता व्यक्तिले फेसबुकको आविस्कार गरेर आज हाम्रा चोक चौतारीका
सामन्तीहरूको हैकम्वादलाई ढालि छाडे। तपाईं र म जस्ता असहायहरूलाई पनि सामन्तीको
पन्जाबाट उम्कन मदत गरे कारण सुचना नै शक्ति हो भन्ने सिद्धान्तलाई उनले सावित
गरिदिए। सामन्तीहरू अन्धकारमा मात्रै अरूलाई दमन गर्नसक्छन्।
त्यसैकारण मित्र, जुकरवर्गलाई धन्यवाद दिँदै
मेरो आवाजलाई, मेरा वेदनालाई र मेरा विचारलाई तपाईंको औंलाको
टुप्पोमा र आँखाको साम्मनेमा ल्याउन चहान्छु। म किन यो गर्न चहान्छु भने मित्र,
युट्युब र फेसबुमा यहाँहरू मध्य धेरैले लाखौंपटक मैले बोलेका वचनहरू
सुन्नुभाको छ र कतिपटक त मेरो अनुहार पनि देख्नु भाको छ। तर वास्तम्मा मलाई
चिन्नुभाको छैन। यो मानिस को होला भन्ने खुल्दुली धेरैको मा छ र सयौं पटक भन्दा
पनि बढी धेरैले “सर को घर काँ?” जस्ता
प्रश्न गरेको तर ति सबैको जवाफ पनि दिन नसकेको अवस्था छ। सायँद यस पटक कतिपय ती
उत्तर दिन नसकेका प्रश्नको जवाफ यहाँहरूले पाउनुहुनेछ। तपाईंले सुनेको आवाज र
देखेको अनुहार पछाडिको व्यक्तिलाई केही हदसम्म भए पनि चिन्न सकेमा ती बोलेका र
लेखेका वचनहरूले पनि आफ्नै माने राख्नेछन्। भनिन्छ, सुखले
भन्दा दु:खले नै मानिसलाई बनाउँछ। सायद आज म जस्तो छु त्यस्तै मानिस बनाउनकै लागि
होला, दु:खले जन्मेको दिन देखि साथ दिँदै आएको छ तर
ख्रीष्टमा त्यो हारेको छ, रोकीएको छ। सुन्नुहोस है त
मित्रहरू:
मेरो बुबाको निधन भएको झण्डै २ महिना
हुनलागिसक्यो त्यसकारण उहाँलाई अब मैले लेखेका र बोलेका कुराहरूले चित्त दुखाउन
पनि सक्ने छैनन्। आज सम्म उहाँलाई चोट नपरोस भनेर नै मैले मेरा वेदनालाई मुटुमै
थन्काएर राखेको थिए। बुबाले पनि कहिल्यै सोध्नुभएन मलाई कस्तो छ भनेर। सायद यो
हाम्रो संस्कृति नै होला कि बुबाले जतिसुकै अन्याय गरे पनि छोरासँग माफ माग्नु
उचित हुँदैन। अर्कोपट्टी केही गन्यमान्य ईसाई अगुवाहरूले म प्रति गरेको दुर्व्यवहारलाई
जवाफ दिनको लागि ठिक समय पनि आएको थिएन। आज आएको छ। आज आएको छ, किनभने उहाँहरूले आज सम्म
आफू चुकेको कुरालाई स्वीकार गर्नु भएको छैन। सबै दोष पिडितकै टाउकोमा थुपार्ने काम
अँझै जारीनै छ। कहिले काहिँ भन्छन् रे "विगतका कुरा बिर्सनुपर्छ"।
मेरो जन्म २०२४ साल बैशाख २० गते डोटीको
छतिवन गाविसमा भयो। ३ जना छोरी पछि जन्मेको छोराको निम्ती तुरन्तै ज्योतिषी
बोलाईयो, लामो चिना पनि बनाईयो तर
बुबाको लागि बडो दु:खद खबर। म त मूल नक्षेत्रमा जन्मे छु। मेरो कारण बुबाको निधन
निश्चित। उपाए एउटा थियो। छोरालाई सदाको लागि ढल्काउनु। ढल्काउनुको धेरै अर्थलाग्न
सक्छ। तर मुख्य कुरा, बाबु छोराको दृष्टि एकार्कामा कहिल्यै
नपर्नु। परेमा बाबुको मृत्यु निश्चित। बडो धर्मसंकट पर्यो। आमाले दुधै नख्वाएर
मर्नदिने कि डाँडा कटाएर कुनैलाई धर्मपुत्र वा देउबा बन्नको लागि दिने?
त्यसबेला सम्म आमाको स्थान परिवारमा धेरै
दु:खदाई थियो। बुबाले पिटेर धेरै चोटी मरणासन्न पारिसकेको। कति हड्डिहरू भाँचिएका।
सासुले पनि नाती जन्माएन भनेर हेलाँ र छोरालाई दोस्रो विवाहाको दवाव। अन्तिम्मा
मुल्याहा छोरो जन्माएर घरमा अभिषाप, यी सबैको दोष आमाको टाउकोमा थुपारियो। छोरालाई
मात्रै नभएर श्रीमतीलाई समेत ढल्काउने निर्णय मेरा पिताजीले गर्नुभयो र मलाई र म
माथी कि एक दिदीलाई बोकेर आमाले मामाघर लानुभयो। मामाघर पुगेको केही महिनामै दिदी
बित्नुभयो (दु:खलाग्दो कथा छ त्यसको पनि)। आमाको दु:खमा दु:ख। छ महिना नहुँदै
घरबाट आमालाई फिर्ताहुने अाज्ञा आउँछ कारण बुबाले नयाँ विवाहा गर्नसक्नुभएन छ। अवला
नारी, के गरून्। माईतीमा पनि कति बस्ने? म छ महिनाको नहुँदै मलाई बज्यैको हातमा आमाले छोडिन् र झन ठुलो दु:खको
भुमरी मै फर्किन्।
१० बर्षपछि अर्को एउटा ज्योतिषीले मेरो चिना
पढेछ र भन्छ कि पहिलाको ले चिना कोर्न गल्ती गरेछ! तेरीखाने पाजी, त कस्तो ज्योतिषी! घर त
ल्याईयो तर मेरो कलिलो मगजमा पहिल्यै धेरै घाउहरू लागिसकेका थिए। तैपनि, आमा बाबु छन्, भाई बैनी र दिदीहरू छन् भन्ने कुरा
सुन्दा एक किसमको नयाँ आशाका पालुवाहरू पनि पलाएका थिए त्यो सुकिसकेको दिमागको डालीमा।
तर के गर्ने, आएको एक बर्ष सम्म बुबाले न त नजरमा नजर लाएर
हेर्नुभयो न मुख खोलेर बोल्नुभयो। जीवन अँध्यारोबाट निष्पट अन्धकारतिर धकेलियो। भाई-बैनीहरूसँग
उहाँ सारै राम्रो। म पछि १ भाई २ बहिनिहरू छन्। १ बर्षपछि बाबुको स्पर्ष पिटाईबाट
थाहा पाएँ, बोली गालीबाट।
१६ बर्षको उमेर सम्म घरमा बस्दा मेरो मानसिक
श्वास्थ्य चकनाचुर भैसकेको थियो। जीवन एक बोक्नै नसक्ने भारी भयो। देवी देउता सबै
खोजे। केही नलागेर कम्यूनिस्ट पनि भए। तर जीवन एक थेग्नै नसकिने भार बन्दै गयो। मृत्युले
मलाई सारै लोभ्यायो। म मर्दा रूने कोइ छ भनेर सोद्दा सारा जंगलका रूखहरूले
गिज्याउँदै भन्न थाले “तँ त पृथ्वीको भार होस्”।
मृत्युलाई अँगाल्नु भन्दा पहिला बदलाको
भावनाले पनि मेरो केही समय लियो। कस्तो अचम्म भनौं, त्यही बेला “सबैको
साथी” नामक पुस्तक मेरो हातमा पर्यो। यसले त मलाई मार्छ कि
क्याहो भन्ने डरले बुबाले मेरो भेनालाई समझाईदिनुहोस् भनेको कारण भेना धनगढीबाट
भेट्न जोरायल आउनुभएकै बेला उहाँले त्यो किताब दिनुभाको थियो। पास्टर हुनुहुँदो
रहेछ, आफुलाई के थाहा। भेटभाको त यो पहिलो पटक। भेटको एक
घण्टामै उहाँ आफ्नो बाटो लाग्नुभयो। त्यो कितावको गन्ध अहिले सम्म मेरो नाकमा ताजै
छ (केही बर्ष पहिला पनि त्यो किताब मैले आफैले स्कूलमा किनेको थिए; त्यो छुट्टै कथा छ बुवाले के गर्नुभयो त्यसको वारेमा)! सारै मायाँ लाग्छ
त्यो कितावको तर के गर्ने छापाखानाले छाप्नै छोडेछ त्यसलाई। दुई तीन चोटी पढेपछि
डोटी जोरायलको रावल गाउँको एक जना सरकारी जागीरे (सुब्बा साप भन्थे उन्लाई) रावल
दाईलाई त्यो किताबले बताएको येशूको बारेमा सोध्न गए। जागीरे मान्छेलाई पक्कै थाहा
होला भन्ठाने। “काँ बाट सुनिस् यो नाऊँ?” भनेर जङ्गिय दाई त। किताब देखाएँ। मेरो हातबाट लिने वित्तिक्कै च्यातेर
धुजा धुजा बनाएर आकासमा उडाई दिनुभयो। सारै चित्त दुख्यो कारण त्यो किताबको येशू
सबैको मात्रै नभएर मेरो पनि साथी जस्तो लाग्न थालिसकेको थियो घरी घरीको पढाईले।
१० कक्षा घरमा बसेर पढ्न सकिने अवस्था थिएन
बाबुसँगको तनाबका कारण। त्यसैकारण स्कूल छाडेर काम गर्दै कम्यूनिस्ट आन्दोलनतिर
लाग्ने निर्णय गरेकै बेला भिनाको निमन्त्रणा आउँछ; “एसएलसी पास गर्ने मन छ भने धनगढी मेरोमा
आएर बस्, म पढाई दिन्छु”। भाँडा माझ्ने
केटो चाहिएकोरहेछ उहाँलाई। एसएलसीको लोभ लाग्यो। आएँ। त्यो त उहाँको चर्च पो रहेछ!
लामो कथा; येशूले मलाई जीवन दिनुभयो। मर्ने र मार्ने मन कता
गयो गयो। एसएलसीमा येशूले गर्नुभएको चमत्कारले त मेरो होसै हरायो र पुर्ण जीवन
येशूको सेवामा विताउने निर्णय गरे।
मेरो भेना र पश्चिमकै अर्का पास्टरको नाम
नेपालमा त्यो बेला निकै चलेको रहेछ। धनगढीको चर्चको जग्गा जमिन पनि उहाँहरूकै
नाममा रहेछ। बडो गर्वका साथ मैले उहाँहरूलाई, म पनि येशूको सेवा गर्छु भन्दा, “तँ जस्ताले सेवा गर्छन्?” भन्ने चित्कारले म
खुत्रुक्कै भए। हो पनि। म मा केनै पो थियो र। जाबो उनिहरूकै भाँडा माझेर खाइराकोले
सेवा गर्ने आँट गर्नु पनि कति ठुलो मुर्खता! एक चोटी भेनाले नाईकीको रातो टीसर्ट
लाउन दिनुभाको थियो तर केही दिनपछी “तिम्रो शरीरमा महँगो
लुगा सुहाएन” भनेर फिर्ता लानुभयो। घनगढी हिउँदमा जाडो नै
हुन्छ। क्रिष्मसको क्यारोल कि ग्यारोल पनि राती राती पुषको महिनामा खेल्दा रछन्;
देउसी भनौन हाम्रो भाषामा। डेउडा गाएक भोजराज भट्ट पनि हुनुहुन्थ्यो
त्यो दिन। चर्चमा कुनै गोराले उसको ल्याण्डरोभर जुत्ता कसैले लाओस भनेर छोडेको
रहेछ र ती गाएक मित्रले, “तपाईंको जुत्ता छैन, अध्यारोमा हिँड्नुपर्छ, आजलाई त्यो जुत्ता लाउनुहोस्”
भन्नुभयो। जुत्तापनि कति मिलेको खुट्टामा, लोभै
लाग्दो छाला। आरामदाईको त कुरै नगरौं। लाएर हिँडे कसैको घरमा गाउने टोलीसँगै। चर्चमा
फर्केपछिको अवस्थाको कुरै नगरौँ। दामपत्य जीवनमा कुनै दिन मैले यो कुरा श्रीमतीलाई
सुनाए। त्यो दिन देखी खोजी खोजी ल्यान्डरोभर जुत्ता ल्याउँछे मेरो लागि तर आफु भने
फुटपाथकै चप्पलमा। नाईकीका टीसर्ट त्यति राम्रा लाग्दैनन् मलाई।
मेरो शरीरमा महँगो लुगा र जुत्ता नसुहाए पनि
मेरो मनमा येशू सारै सुहाउँदै हुनुहुन्थ्यो तर त्यो कुराको कसलाई के मतलब। कुनै एक
बेलायँती गोरा प्रभुका दासले चर्चको लागि भनेर घनगढीको मुख्य ठाउँमा किनिदिएको १
बिघा (२० कट्ठा) भन्दा बढी जग्गामानै त्याहाँ भएका अगुवाहरूको आँखा रहेछन्। भागबन्डाको
कुरा निस्क्यो। यस्तो गर्न नहुने हो भन्ने आँट गर्दा मण्डलीबाटै निस्कासन गर्नुभयो
मलाई उहाँहरू सबै मिलेर। मलाई निकाल्दाखेरी, “तिमी मण्डलीको लागि क्यान्सर हौ” भन्ने मित्र आज ईसाई जगतको ठुलै व्यक्तित्व बन्नुभाको छ तर उहाँले त्यो
जग्गाको भाग चाहिँ पाउँन सक्नुभएनछ। मलाई निकाले पछि पनि क्यान्सर त निको भएन छ। म
निस्केको एक दुई बर्षभित्रै मारा मार, मुद्दा मामिला आदि
ईत्यादि भएछन् तर जसको नाममा त्यो जग्गा थियो ती बाहेक अरू कसैले केही पाएनन् र
त्यो मण्डली सदाको लागि हराएछ। चित्त बुझाउनकै लागि भए पनि असन्तुष्ट पक्षलाई
मण्डलीको लागि भनेर सानो टुक्रा जगा किनिदिएको खबर पछि सुनिएको थियो।
त्यतिबेला धनगढीमै ऐश्वर्य विध्या निकेतन
भन्ने स्कूलमा म शिक्षकको काम गर्दै थिए। त्यो स्कूलको हेडमास्टर मलाई निस्कासन
गर्ने चर्चकै सदस्य हुनुहुन्थ्यो। उनी दार्जीलिङ्का ख्रीष्टीयन थिए। उनलाई पनि म
सँग रिस उठेछ। मैले शिक्षक र विध्यार्थिलाई दिएका सुसमाचारका पर्चाहरू बटुलेर, सुसमाचार सुनाएका प्रमाणहरू
जमा गरेर, धर्मप्रचारको आरोपमा उनले पनि मलाई पाउनुपर्ने २
महिनाको तलबै नदिएर स्कूलबाट निकालिदिए। न निस्केको भए ३ बर्ष जेल पक्का थियो। घर
फर्किने कुनै अवस्था थिएन बाबुको कारण। चर्चले पनि निकालेको, स्कूलले पनि निकालेको। बेरोजगार। टुहुरो जस्तै लाग्न थाल्यो फेरी जिन्दगी।
येशू सँग पनि रिस उठ्न थाल्यो। तर मैले उहाँलाई कहिल्यै दोष दिनसकिन कारण उहाँको
अपार अनुग्रह र प्रेमको स्वाद मैले पाईसकेको थिए। जोन बनियानको “तिर्थ यात्री” अथवा “पिलग्रिम्स्
प्रोग्रेस” नामक किताब पनि पढिसकेको थिए। बनियानको पात्र “ख्रीष्टीयन” कै पाईलामा टेकेर अन्धकारको घाँटी पार
गर्ने अठोट गरे।
हुनत त्यतिबेला सम्म धनगढीमै भएको अर्को चर्च
सँग पनि म परिचित हुन थालेको थिए। त्यो चर्च सन्तोषीटोलमा थियो भने मलाई निकाल्ने
चर्च तारानगरमा। तारानगर र सन्तोषीटोल बिचको दुष्मनी र प्रतिस्पर्दाबारे म अनभिज्ञ
थिए। मैले सोचेको थिए, येशूका चेलाहरू सबै राम्रै हुनुपर्छ। म कति लाटो। तारानगरले
मलाई निकालेको खबर पाए पछि सन्तोषीटोल मेरो उद्धारको लागि अघि सर्यो र लाग्यो,
यिनीहरूले साँच्चै मलाई प्रेम गर्छन् कि क्या हो? स्कूलबाट पनि निकालिएपछि यसले के नाप्दो रहेछ भनेर पर्खिरहेको तारानगरलाई
त्यो सह्यै भएन। उद्धार मात्रै नभएर सन्तोषीटोलले मलाई महिनाको रू ३०० मा “फुलटाईम” सेवक मै नियुक्ति गरिदियो। स्कूलमा म रू
१००० पाउँथे त्यो बेलामा। तारानगरको घाउमा नुन थपेको रहेछ, मलाई
के थाहा, म त प्रभुलाई धन्यवाद दिएर लागे समर्पित सेवामा। यो
थाहा पाएपछि तारानगर पुरै उल्टेर लाठि लौरा हातमा लिएर सन्तोषीटोलका पास्टरलाई
आक्रमण गर्न चर्चमै पुगेको दृस्य ताजै छ मेरो नजरमा। पिट्न त पिटेनन् पास्टर
दाईलाई।
सन्तोषीटोलमा एक बर्ष सेवा गरे पछि ती पास्टर
दाईले मलाई बैंलौरमा बाईबल कलेज पठाउनुभयो तर पढाईपछि फर्केर सन्तोषीटोलमै कुनै
सेवाको स्थान नमिल्ने कुरा स्पस्ट पार्नुभयो। उहाँले म जस्ता धेरैलाई सेवामा यसरी
नै अगाडि बढाउनुभएको छ। पावलको लागि बर्णबास थिए भने मेरो लागि सन्तोषीटोलका
पास्टरदाई। चाहे त्यो तारानगरलाई पाठ सिकाउनकै लागि भएको किन नहोस!
सन् १९९२मा चारबर्षे बैंगलौरको पढाईपछि
सन्तोषीटोलकै पास्टरदाईको सिफारिसमा काठमाण्डौको चेलापन तालिम केन्द्रमा पढाउनको
लागि म आएँ। चेलापन तालिम केन्द्रका तत्कालिन प्रिन्सिपलले मलाई राख्न मान्नुभएको
थिएन तर मेरा बर्णबासको सिफारिसमा ती प्रिन्सिपलले मलाई मन नपराई नपराई राखे। त्यहीँ
पढाउने २ जान शिक्षकहरूकै सामु, “तिम्रो लागि यहाँ ठाउँ छैन, जसले
पठाएको हो उसैको मा जाउ” भनेको कटु वचन फिर्ता त लिए उनले तर
सम्झना ताजैछ।
तालिम केन्द्रमा पढाए पनि मेरो बोलाहट पास्टर
हो भन्ने मलाई पहिल्यै निश्चित थियो। १ बर्षपछि मैले छान्नुपर्ने भयो। मेरो सामु ३
वटा विकल्पहरू प्रस्तुत गरियो। १) तालिम केन्द्रमै पढाउने, २) आईसिआई भन्ने संस्था
चलाउने, ३) निस्सी निवास चर्चको पास्टर बन्ने। पास्टरको
बोलाहट पाएको मानिसलाई चर्चको नाम सुन्ने वितिक्कै लोभ लागेर आयो। मैले चर्च छाने।
जोरपाटी बौद्धमा त्यतिबेला “स्तुपा” नामको ठुलो होटेल थियो। त्यसै होटेलको रेस्टुरेन्टमा म, पास्टर दिलीप क्षेत्री र मिसनरी प्याम सिवर्ड, जसले
निस्सी निवास सुरु गरेकि थिइन्, दिउँसोको खाना खानको लागि र
हाम्रो भविस्यको लागि छलफल गर्न बस्यौं। सबै कुरा मिल्यो। मिसनरीले ३ महीनामा
नेपाल छोड्दै थिइन् र मैले त्यो चर्चलाई सम्हाल्नुपर्ने। तर केही हप्ता बितिसक्दा
पनि नत मलाई कुनै नियुक्ति पत्र दिइयो, नत चर्चमा नयाँ
पास्टरको रुपमा परिचयनै गरियो। मलाई लाग्यो, साँयद ३ महीना
पछि आफु जाने भएको कारण त्यतिनै बेला गर्नुहुन्छ होला भन्ठाने। लाटो बुद्धी। मिसनरीहरू
र नेपाली पास्टरहरू विचको चलखेल आफुलाई के थाहा? तीन
महीनापछि मण्डलीको पास्टर हुने भएकोले हतार हतारमा मेरो नौ महिना अघि मगनी भएको
हुनेवाला दुलहीलाई पनि भारतबाट नेपाल बोलाएर पास्टर दिलीपकै हातबाट विवाहा त्यसै
मण्डलीमा गर्यौँ। महिनाको रू २००० तलब भने सन् १९९३को जनवरीबाट तोकियो। तीन महीना
बित्यो, तर ती मिसनरी दिदीले नेपाल छोड्ने संकेत देखाउन
छोडिन्। छ महीना बितेपछि बल्ल यो लाटोको घैंटोमा घाम लाग्यो। उन्लाई त एउटा काम
चलाउ मानिस चाहिएको रहेछ कारण सेवाको नाममा धनकमाउन उनलाई बर्षमा कैय्यौं चोटी
देशविदेश घुम्नुपर्नेरहेछ। जे होस, धन बटुल्न उनी विदेस गाको
बेला मण्डली सम्हालिदिने र गोराहरू आउँदा अंग्रेजीबाट नेपालीमा उल्था गरिदिने सेवक
होईन साधन चाहिएको रहे छ उनलाई। अंग्रेजीबाट नेपालीमा उल्था गर्न पनि कति सजिलै
आको मलाई!! थुक्क मेरो बुद्धी। मैले त सोचे कि म पनि पास्टर हुँ।
हैन, ती दिदीले धनकमाउन पनि कति जानेकी र
नेपालीलाई चलाउनपनि कति जानेकी!! तर उनले पनि यसपालि चैं फेल खाईछन् मान्छे चिन्न।
येशूको लागि पहिल्यै धेरै मुल्य चुकाई सकेको यो लाटोलाई न त डलरको लोभ न त गोरो
छालाको डर। उनले पालेका वच्चाहरू उपचार गर्न नपाई टीबी लागेर मर्दै थिए। छुच्चो
मुख। बोल्न थाले म त। पुगिगो। उनको आँखामा हेर्न त नेपाली रेभरेन्डहरूले सकेको थिएनन्,
यस्ता कुरा त परै जाउन्। सबैको मुखमा पैसाको बुजो। मैले त सेवाको
नाममा मोज र नेपालीलाई बेचेको आरोप लगाई दिए।
ओहो! छ महिनाको मेरो जीवनमा प्याम सिवर्डले
गरेको शासनकालमा झन्डै मैले मेरो श्रीमती गुमाईन। विवाहा गरेको २ महिनामै छोरा
पेटमा भएको कारण सारै विरामी भईन्, सोचे यो विरामी साधारणै होला। अस्पतालले
पनि खाली गर्वबतीकै उपचार गर्यो तर सन्चो कहिल्यै भएन। महँगो अस्पताल लाने पैसा
थिएन; सरकारी मा कस्लाई के मतलब। एकरात ज्वरोले १०५ नाघ्यो।
चिनेको कोही थिएनन्, निलो कालो भईन् मेरी प्राण प्यारी। उनको
टाउकोमा छापको पानी र आँसुमै रात बित्यो। आँतिएर बिहानको झिसमिसेमा चुच्चेपाटीमा
बस्ने एक बेलाएँती मिसनरी डाँक्टरकहाँ पुगे। देखेर चिनेको मात्रै थिए, नाम त रोब्सन कि रबिन्सन, थाहाभएन। बुढेसकालमा उनी र
उनकी श्रीमती बाइबललाई तिब्बती भाषामा उल्थागर्न नेपाल आएका थिए। मेडिकल डाँक्टर
भएको कारण चेक गरिदिन गुहार मागे। पत्तालगाए कि मेरो श्रीमतीको छातिमा डरलाग्दो “इन्फेक्सन्”को समस्या रहेछ र समयमै उपचार नपाए मैले
मेरो जीवन साथी सदाको लागि गुमाउँने रहेछु।
यसरी श्रीमतीको ज्यान बचाउन म यता र उता धाउन
थाले छु र चर्चमा समय दिन सकेन। याद गर्नुहोस, म प्यामकै २००० खाएर बाँचेको कारण उनको म
माथि शासनगर्ने पुर्ण अधिकार थियो। एक दिन मलाई घरमा बोलाएर भन्यो “तिम्रो श्रीमती काम लाग्दैन, उसलाई माईत पुर्याएर
आउ र सेवामा पुर्ण ध्यान देउ”। त्यो वचनले मेरो होस हरायो र
मैले पनि मेरो मनमा भएका सबै र कति त सायँद रिसको कारण बढाइचढाई गरेर पनि भनिछु
उनलाई। उनले पनि सुन्न नसकेर आफ्नो कपाल लुछेको अँझै याद आउँछ। के सुर चलेछ कुन्नि,
प्याम जुरूक्क उठेर माथिल्लो तलामा गएर यत्रो गाई जत्रो टेप रिकर्डर
लिएर तल झरिन्। मलाई त्यसैले हिर्काउनेपो होकि भनेर डर पनि लाग्यो। तर क्यासेट
मिलाएर मतिर फर्केर चिच्याईन् “ल अब अघि भनेको सबै कुरा फेरी
जस्ताको तेस्तै भन् म रिकर्ड गर्छु र भोली तलाई अदालत पनि लान सक्छु”। मेरो पालो, के खोज्छस् काना आँखो भने झैं, सफासँग करीब २० मिनेट उनका सबै कर्तुतको बेलिविस्तार गरेँ र हिँडे
त्यहाँबाट। अंग्रेजी भाषा पनि कतिराम्ररी आको रिसको झोँकमा! खै त्यो टेपलाई
केगरीन्? अदालत लाने धम्की मात्रै थियो कि? कि त सिआइएलाइ बुझाइन्। (मैले यो लेख लेख्नु भन्दा
पहिला एकपटक उहाँसँग पत्राचार वा टेलिफोन गर्न खोजे तर उहाँलाई भेट्न सकिएन। ईमेल
पनि पाईएन फोन पनि। उनका केही सेवकहरूलाई पनि म मेरो मनको वेदना पोख्दैछु, तिम्रो मालिक्नीलाई भन्दिनु भनेको थिए तर कसैबाट केही उत्तर आएन। बरू
कत्तिलेत मलाई फेसबुकबाटै अन्फ्रेन्ड गरेछन्।)
मेरी श्रीमती निको हुन समय लाग्यो। तर प्याम
दिदीलाई मौका मिल्यो। मेरो विरूद्दमा वोलेको कारण यिनीहरुलाई परमेश्वरले दण्ड
दिनुभएको हो भन्दै बिभिन्न ठाउँमा प्रचार गर्न थालिन्। सन् १९९३को जुलाई महिनामा म
मेरी विरामी र दुई जीउकी श्रीमती लिएर खाली हात निस्सी निवासबाट निस्के। मित्रपार्क
का डाक्टर रेग्मीकी श्रीमती सुसीला दिदीले मेरो श्रीमतीको अवस्था देखेर पैसा भन्नेकुरा
केही होईन भाई, जुन दिन हुन्छ त्यहि दिन दिनु तर कोठामा बस्नुहोस भन्नुभयो र नजिकैको
पसलबाट कार्टुनबोक्सहरू किनेर त्यसैमा सुत्न थाल्यौं। छोरा जन्मिदाँ सुसीला दिदीनै
मेरो छोराको “गड मदर” भईन्। ख्रीष्टीयन
मिसनरीबाट लखेटीँदा एउटा अपरिचित हिन्दु परिवारले हामीलाई काठमाण्डौमा शरण
दिनुभयो। आज सम्म हाम्रो नाता उहाँसँग अगाड छ। छोराले कम्पूटर ईन्जिनेरिङ् सकेर
क्यानडा र कोरीया गर्दै काम गरिरहेको छ भन्ने खवर भने भन्न पाएको छैनौ
उहाँहारूलाई। यो सुन्दा ती दिदी कती खुसी होलिन् मलाई थाहा छ तर जब म प्यामलाई
सम्झन्छु, अवस्य पनि उनको मुखबाट हामीलाई दिने सराप सकिएको
छैन होला। धन्य मिसनरी! उनि त अगम्वादिनी पनि रे। उनले सरापेको श्राप त ठ्याप्पै
लाग्छ भन्छन् तर येशूको रगतले हामीलाई ती सबै श्रापबाट सुरक्षीत राख्नुभाको छ।
प्यामले मात्रै सरापे त केही थिएन। उनले
पालेक उनका बफादार सेवकहरू मेरो बाटो ढुकेर बस्न थाले। डेविड म्याकब्राइट भन्नेले
त खुलेआम वचनले आक्रमण गर्यो भने अर्को एकजान माइक नामको गोराले त झन्डै
कुपन्डोलको ओरालोमा मलाई सबैको साम्नेमा पिटेन। उसको आरोप थियो “दिलीप क्षेत्री र उसको
श्रीमतीलाई फोनमा अस्लील कुरा किन गरिस्, दिलीप क्षेत्रीलाई
भए नभएको आरोप लगाएर धम्कि किन दिईस्”। के के हो के के,
सुन्नै भ्याएन। त्यो गोराले मलाई यसरी गालि गर्दा बेतको फर्निचरको
साहु र आवत जावत गर्ने सबै रोकिएर रमिता हेर्नथाले। मलाई त आकासै खसेको जस्तो
लाग्यो। जुन पास्टरले मलाई र मेरी श्रीमतीलाई पवित्र विवाहामा बाँधेको थियो उहाँले
नै यसरी मानिस पठाएर हुने नहुने आरोप। खै त्यो कुरै छोडौं अब, सुनेको छु दिलीप दाई पनि गुवाहाटिमै सेवा गर्नुहुन्छ रे। आशा छ कुनै दिन
भेट हुनेछ।
समस्या त्यति मात्रै होईन, अब त मैले जो सँग संगत गरे
पनि प्यामका भरौटेहरू आएर उनिहरूलाई नै आक्रमण गर्न थाले। त्यो बेलामा त एजी
भनेपछि लाग्थ्यो स्वर्गका ठेकेदार उनिहरू मात्रै हुन्। उनिहरूका हरेक मण्डलीमा
सुचना सुनाइयो कि फलानोलाई बाटोमा भेट्दा पनि जैमसहि नगर्नू, नास होस भनेर प्रार्थना गर्नू, के के हो के के। हिजो
अस्तिका साथीभाइहरू सबैले बाटो काटे। यहाँसम्म कि सोन्तोषीटोलका मेरा बर्णबासले
पनि उहाँलाई भेट्न जाँदा भेट्न रुचाएनन्। म र मेरी श्रीमती बाहिरै बाट फर्क्यौं। काठमाण्डौ
हाम्रो लागि सारै अन्धकार भयो। प्याम र उनका भरौटेबाहेक अरू कसैलाई चिनेका थिएनौ। चिनेको
भन्नाले कुनै एउटा मिटिङ्मा स्तिफन सिन्हा दाइलाई यसो भेटेको मात्रै थिए। हेर्दा
मिजासिलो मान्छेले मेरो मन खाएको थियो।
विरामी श्रीमतीलाई कोठामा छोडेर म उन्लाई
भेट्न उनले चलाएको बाल आश्रममा पुगे। उनी मेरो लागि अर्को नयाँ बर्णबास बनी
निस्के। मेरो दयनिय अबस्था देखेर उनले मलाई लोकमणी र रूथ भण्डारीलाई चिनाए र
काठमाण्डो बाईबल कलेजमा महिनाको रू १५०० मा पढाउनको लागि व्यवस्था मिलाई दिए। यो
कुरा रेभ डाँक्टर बालकृष्ण शर्माले सुने पछि प्यामलाई साथमै लिएर भण्डारी
दमपत्तिलाई आक्रमण गर्न गएछन्। त्यसलाई निकाल्नुहोस तपाईंको स्कूलबाट भन्दै
उफ्रेछन्। तर भण्डारी दम्पत्तिले मेरो पक्षलिएर उनिहरूलाईनै झपारेको गुण म कहिल्यै
भुल्न सक्दिन।
तर रू १५००ले त भाडा मात्रै तिर्न ठिक्क हुने
भएको कारण, काम त अर्को पनि खोज्नुपर्ने भयो। त्यही समयमा जीएफएले पनि जुनसुकै
मण्डलीका सेवकलाई महिनामा रू १५०० विनासर्त सहयोग गर्दथ्यो। केही समय पछि नारायनण
शर्मा दाइलाई गएर आफ्नो कुरा बताए। उहाँ त्यो बेला ठट्टा बढी नै गर्नुहुन्थ्यो। उहाँले
भन्नुभयो; “तपाईंले 'मनिपूर' बाट विवाहा गर्नुभयो र आज यस्तो 'मनि' बिनाको 'पोर' हुनुभयो, मैले त जापान बाट गरेको कारण म जे पनि गर्नसक्छु”। उनको
कोठामा भएका २ जना गललल हाँसे। सायद विर्सनुभयो होला आज, तर
त्यो बेलामा छुरा त उहाँले लामै प्रहारगर्नुभाको हो। त्यो उनको निर्दोष ठट्टा थियो
थिएन प्रभु नै जान्नुहुन्छ। तर के गर्ने मुख खोली हाले। त्यो भन्दा पहिल्यै उहाँले
त्यसरी खसाल्नुभाको भए मुख खोल्न गाह्रै हुन्थ्यो होला। जे होस साँच्चै दयाले हो
वा जीएफएको आफ्नो भुमिगत धरातललाई बलियो बनाउनु थियो, उहाँले
एउटा सर्तमा मलाई पनि महिनामा रू १५०० सहयोग गर्ने निर्णय गर्नुभयो। सर्त थियो,
गरेको सहायता प्याम र उनका कसैलाई पनि थाहानहोस्। बुझेँ मैले। उहाँलाई
प्याम र उनका भरौटेबाट फाइदालिन बाँकि नै थियो; जिएफएको
स्वतन्त्र जग बसिसकेको थिएन। आर्थिक सहायताको भुमिगत जंगलमा आफ्नो जाल बुन्दै थिए;
गरीब पास्टर र चर्चहरूलाई निस्वार्थ सहायताको नाममा उल्लु बनाउँदै
थिए। म झन बेकुव नै त परे। मलाई लाग्छ १ बर्षसम्म उनले मेरो मुटुमा लगाएको घाउ सुमसुम्याउँदै
भएपनि त्यो १५०० लिन म जावलाखेल जिएफए अफिस पुग्थे। जे होस्, नारायाण दाई मेरो लागि पत्रुस बन्नुभयो र मलाई टार्सस् सम्म जाने खर्च
जुटाइदिनुभयो।
छोरा जन्मने बेला भएको थियो। प्यामलाई मन
नपराएर चर्च आउन छोडेकाहरू पनि मसँग आएर नयाँ संगती सुरू गर्नुपर्छ भन्न थालेको त
केही समय भएको थियो। तर आँट आएको थिएन। त्यो भन्दा केही दिन पहिला प्याम सँगै
पास्टर दिलीप क्षेत्रीले मेरै कोठामा आएर मेरो श्रीमतीकै साम्नेमा “नयाँ संगती सुरू गरीस् भने
देख्लास्” भनेर तँ तँ र के के भनेरै प्यामलाई खुसी पार्न
सकेजती गाली गरेर जानुभएको थियो। हुन त उहाँको गालीमा दम थिएन, मन नपराई नपराई प्यामलाई खुसी पार्न गरीएको गाली थ्यो त्यो। आँखिर पास्टर
नै त परे बुढा, विवेकत थियो नि। सुरू गरौं कि नगरौ, श्रीमतीको अवस्था नाजुक छ र केही गरी प्यामले गुण्डा लगाएर मेरो ज्यानलाई
नै सिद्याए भने श्रीमतीको हालत के होला, डर लाग्यो। रिस पनि
उठ्यो।
प्याम विरोधी मित्रहरू मध्य २ जना जसको
आर्थिक अवस्था राम्रो थियो, उनिहरू नै तम्सेर लाग्ने खर्च हामी उठाउँछौं, चर्च सुरु गर्नु पर्छ भन्न थाले, कता कता मेरो
शरीरको आभिलाषामा लुकेको रिसले पनि टाउको उठायो र हामीले संगती सुरू गर्यौं
छोडेको २ महिना पछि, अर्थात सेप्टेम्बर ११मा। कसलाई थाहोस्
कि सेप्टेम्बर ११ तारिक इतिहाँसमा विर्सन नै नसक्ने दिन होला भनेर! उहाँहरू सबैको
सल्लाहा अनुसार “गिलगाल” नाम दिईयो
कारण प्यामले लाएका सबै श्रापहरू हामीबाट गुडेको चहान्थ्यौँ होला। आँखिर सबै घाईते
त थियौं संगतीमा खासै सुधार आएन कारण ती २ हुनेखानेमित्रले पास्टर भनेको त खाली
चर्चले अह्राएको गर्ने मानिस हो। चर्च त विश्वासीले चलाउने हो, प्याम जस्तो पास्टर हुनुहुँदैन भन्नथाले। मलाई पनि ठिकै लाग्यो। जसोतसो १
वर्ष चल्यो संगती।
काठमाण्डो बाइबल कलेजमा एउटा राम्रो शिक्षक छ
भन्ने कुरा डाँक्टर रमेश खत्रीले पनि सुन्नुभएछ। गणेश तामाङ्ग भाइद्वारा मलाई
समपर्क गर्नुभयो। नेपाल बाइबल आश्रममा पढाउन थालेको थाहा पाएपछि त फेरी बाल
कृष्णशर्माले मलाई त्यहाँबाट निकाल्न रमेश दाइलाई गुहारे, फोन गरे, के गरे कसो गरे। तर रमेश दाइले उहाँको कुरालाई ईन्कार गरेर मेरो पक्षमा
बोल्नुभयो र शर्माको अनुहार सानो भयो। त्यसको लागि म उहाँप्रति सधैँ धन्यबादी छु।
त्यतिनै बेला स्तिफनदाईको कारण र अंग्रेजीबाट
नेपालीमा कुनै वक्ताको प्रचारलाई उल्थागरेको कारण गोपालजी अधिकारी दाइसँग भेट भयो।
उहाँको मिलनसार स्वभाव, सबैलाई आदरका साथ सम्वोधन गर्ने बानि, आदि
ईत्यादिले दाइको नजिक हुन मन लाग्यो। प्रार्थनाकै कारण गोन्च्याङ् सँग पनि भेट भयो
र उनले पनि मलाई निकै उत्तसाहा दिए। पछि हुँदा हुँदा सुन्दर थापा दाइसँग भेट भयो र
लाजिम्पाटमै हुँदा उहाँको बाइबल स्कूलमा पढाएको कारण उहाँले पनि मलाई केहि समय
सम्म धेर थोर सहायता गर्नुभयो। काठमाण्डोको एकलोपना विस्तारै विस्तारै हट्न
थाल्यो।
यसरी बिभिन्न बाईबल स्कूलहरूमा पढाउने मौका
मिलेको कारण मेरो आर्थिक अवस्थामा सुधार आयो। प्यामका भरौटेहरूले जति लखेट्न
खोजेपनि मेरा जरा काठमाण्डोमै गाडिन थाले। तर गिलगाल चर्चको प्रगति भने भएन र मेरा
ती २ जना हुनेखाने विस्वासीले अन्तिम्मा धोका दिए र सबै विस्वासीहरू लगेर बाँसपारी
चर्च, जगतप्रधान दाईकोमा गएछन्। दाईसँग
चिनजान पनि थिएन त्यतिबेला सम्म। बल्ल सन् १९९५मा नयाँ नामाकरण गरेर आशा चर्चको
स्थापना भयो। कोही पछि फर्केर त आए तर लामो समय टिकेनन्।
आशा चर्चको नामबाट बल्ल मेरो नामको अगाडि
पास्टर भन्ने सब्दले ठाउँ पायो। त्यस पश्चात मलाई उत्साहा दिनेमा फिलेमोन क्षेत्री
दाइ पनि हुनुहुन्छ, सुन्दरदाइले लाजिम्पाट छोडेपछि उहाँ त्यहाँ आउनु भाको थियो। मनिपुरकै
श्रीमती भएको कारण भान्लाल दाइले उहाँको चर्चसँग मिलेर काम गर्नको लागि पनि
बोलाउनुभाको हो तर केही सैद्धान्तिक कुराहरू र केही व्यवहारिक कुरा नमिलेर सम्भब
भएन तर दाइले मलाई उत्साहादिन छोड्नुभएन। यसरी एकातिर प्यामका भरौटेहरूले मेरो
बाटो छेक्थे भने अर्को तिर धेरै प्रभुकादाहरूले निस्वार्थरूपमा मलाई सहयोग गरेर आज
यहाँ सम्म आइपुग्न सफल भएको छु। यी माथि उल्लेख गरिएका व्यक्तिहरूले सहयोग र
समर्थन नगरेको भए, प्याम र उनका भरौटेहरूले उहिल्यै मेरो
व्यक्तिगत जीवन, विवाहा र सेवालाई नै सखाप पार्ने थिए। तर
प्रभुलाई धन्यबाद होस उहाँले तिनीहरूलाई त्यो गर्न दिनु भएन!
म किन विदेसिय भन्ने कुरा अर्को खण्डमा।
September 27, 2016
When Ordination And Adultery Marry Each Other
When a high profile
pastor in the Western world is exposed of his moral failures, the ripples
emanating from it travel to every corner of the globe in a lightning speed of
the internet. With the exception of one or two that I have heard of, most never
make it back to the pulpit for the rest of their life after the catastrophe.
Although the West is moving away from the Bible, but it is still unable to
break free from the Biblical morality. Humanists and Atheists like David
Silverman are trying to construct purely a godless society, but they also breathe
the same air of Judeo-Christian morality that demands humans to adhere to a
higher moral standard than what our natural instincts wish to dictate. So, when
a pastor fails in his or her morality in the West, there is no forgiving. The
voices coming from every corner say; “You have disqualified yourself for the
pulpit".
September 26, 2016
प्रिय इमानदार पास्टर,
मलाई माफ गर!
केही दिन अघि पास्टरहरूलाई सम्वोधन गरेर केही कुरा लेखौं भनेको त मैले तिमीलाई भुसुक्कै बिर्सेछु। नाम चलेकोलाई नै पहिलो स्थान दिन पुगेँ। आशा छ तिमीले मेरो वाध्यतालाई बुझ्नेछौ। के गर्ने? नाम चलेकालाई खुसी पारिएन भने चुलोमा आगो नै
बल्दैन। क्यै गरि आगो बलेछ भने पनि आएर निभाई दिन्छन्। एउटाले त यति फुक्यो कि झण्डै मेरो चुलोनै उडायो।
मैले तिमीलाई बिर्सनुमा तिम्रो पनि दोष छ। तिमी कहिल्यै तडकभडक गर्दैनौ, खालि आफ्नो मण्डलीमा मात्रै व्यस्त हुन्छौ, विश्वासीकै चिन्ता गर्छौ, उनीहरूकै लागि दौडधुप गर्छौ; अस्पतालमा भेट्न, विरामी पर्दा भेट्न, हुँदा हुँदा उनीहरूको गाई गोरू विरामी हुँदा पनि तिमी नै त्यहाँ पुग्छौ। खालि
समय पायो कि बाइबल मात्रै पढ्छौ, प्रार्थनामा नै धेर समय खेर फाल्छौ। यसमा म के भनौ? प्रभु प्रभु भनेरै जीवनलाई खेर फालिरहेको जस्तो लाग्छ मलाई त।
यसो १ हप्तामा १५ चोटि हुने सभा, माहासभा, सेवा, चङ्गाई सेवा, क्रूसेड, लिडरसिप कि के के र को को ले बोलाउँदा पनि
कुनै ठाउँमा न त तिम्रो अनुहार नै फोटोमा देखिन्छ न तिम्रो नाम समाचारमा। थाइल्याण्ड कि खाइल्याण्ड, हाग्गै कि जक्कै जस्ता देश वा विदेशका तालिममा पनि जानको लागि कहिल्यै आँटेनौ
न त कसैको चरणमा परेर आउने जाने टिकटको लागि खुट्टा नै मोल्यौ। तब मैले तिमीलाई कसरी पहिलो स्थानमा राख्नु, आफै भनत?
केही गरि कहिले
काहिँ गोरा छालाका सन्तहरू उफ्रीने मिटिङ्मा तिमी पुगिहाले पनि पछाडी
बस्छौ। अरूले नै आएर “जैमसी” भने पछि मात्रै हात जोड्छौ। ती सभाहरूमा बस्दा पनि तिमी राम्ररी बक्ताले बोलेको कुरै
सुन्दैनौ, खालि के के गुन्गुनाई रहन्छौ र घरी घरी हातको
त्यो खिया लागेको घडीलाई हेर्या हेर्यै गर्छौ अनि बेला बेलामा त्यो केरमेर भएको
तिम्रो पावरबाला चस्मालाई रुमालले पुछ्या पुछ्यै गर्छौ। थाहा छैन तिमीलाई, केरिएको
सिसा रुमालले सफा हुँदैन भनेर? नयाँ किन्नुपर्छ लाटा। त्यो चस्मा नफेरेको कति बर्ष भयो भनत? पाखे भन्न मनलाग्छ तिमीलाई त।
के को हतार कुन्नि? यस्ता सभा-सम्मेलनबाट अन्तिम प्रार्थनाको “आमेन” सँगै तिमी आफ्नो मण्डली तिर हिँडि हाल्छौ, जानु भन्दा पहिला न त “भिजिटिङ् कार्ड” दिन्छौ न त “न्यूजलेटर”। तब मैले
तिमीलाई कसरी सम्झिनु? आफै विचार गर। उता श्रीमतीलाई एक जोर नयाँ लुगा हाल्न नसकेर, विचरी, भएको त्यो साडीलाई राती नै पंखामा सुकाएर भोलिको लागि तयार
गर्छे। तिमी त सारै भयो। यति इमान्दार त नबन न हो। छोरा छोरीको व्यहाल त्यस्तै। तरै पनि सेवा, सेवा, प्रभु, प्रभु भनेको सुन्दा म अचम्मै हुन्छु। तिमी केले बनेको मानव हो हँ?
भन्ने हो भने, मलाई तिमी सँग धेरै चोटि रिस पनि
उठेको छ। कति लाटो भएको तिमी? अलिकती भए पनि दिमाग चलाउन। सोझो औंलाले घिउ आउँदैन भन्ने उखान पनि
तिमीलाई थाहा छैन कि क्या हो? मण्डलीमा पनि जो आउन चहान्छ त्यसैलाई आउन
दिया छ, जो जान चहान्छ कुनै गुनासो विना उसको नाममा दागै नलगाएर जान
दिया छ। के भाको तिमीलाई? गाली गर्नेलाई पनि सम्मान, दोषलाउनेलाई पनि प्रार्थना, लुटेर लानेलाई पनि क्षमा। तिमीले कस्तो बेलामा प्रभुलाई पाए छौ, म त छक्क पर्छु तिम्रो बानी देखेर!
जे होस, मलाई थाहा छ तिमी कति अटेरी छौ र तिमीले आफ्नो इमान्दारीतालाई मेरा यी बकमफुसे कुराले
कहिल्यै त्याग्ने छैनौ। भोकै मर्न तयार हुनेछौ, फाटेकै लाउन तयार हुनेछौ, ओझेलमै सेवालाई निरन्तरता दिनेछौ, परिवारलाई नै बलिदानको वेदीमा राख्न तयार
हुनेछौ, सुसमाचारको लागि जेलै जानुपरेपनि कसैको
धरौटीको दानलाई तिमी स्वीकार गर्ने छैनौ। स्वर्गलाई तिमीले आफ्नो इनाम
बनाइसकेका छौ, ख्रीष्टको अनुहारलाई तिमीले देखी सकेका छौ, पवित्र आत्माको न्यानो उपस्थितिलाई तिमीले अनुभव गरिसकेकाछौ; ख्रीष्टको पुनरूत्थान र उहाँको दु:खमा तिमी सहभागि भैसकेकाछौ। तिमीलाई लाग्न सक्छ कि कसैले तिमीलाई अब केही कुरा पनि सिकाउनु पर्दैन भनेर। तर आज तिमीले सुने पनि नसुने पनि, म चाहिँ केही कुरा तिमीलाई भनेरै जान्छु। ती कुरालाई स्वीकार गर्ने नगर्ने तिम्रो
जिम्मा तर म मेरो जिम्मावाट मुक्त हुन चहान्छु। तिम्रो यो दु:खलाई म हेर्न सक्दिन। ल सुन, ए इमानदार प्रभुका दास;
परिवार: तिमीले आफूलाई जतिसुकै
आत्मिक भन्ठाने पनि यदि तिम्री श्रीमती र छोराछोरीहरूको बेहाल छ, उनीहरूको अनुहारमा कहिल्यै खुसी छैन, खानलाउन नै पुग्दैन, मण्डलीका विस्वासीहरू पनि उनीहरूसँग बोल्दा हेपेर
बोल्छन् भने तिम्रो सेवाले केही लछारपाटो लाउने छैन प्रभुको नजरमा। खुरुक्क त्यो सेवा छोडेर एउटा राम्रो काम खोज
र आफ्नो परिवारमा खुसी ल्याएर परमेश्वरलाई महिमा देउ। तर मेरो कुरा सुन्छौ भनेत सेवा छोड्नु पर्दैन; परेमेश्वरले तिम्रा सबै अभावहरू पूरा गर्नु
हुनेछ। तर प्रभुको बोलावट चाहिँ पक्का हुनु पर्छ।
क) परमेश्वरले “म सबै कुरा जुटाउनेछु” भनि उत्पत्ती देखि प्रकाशको पुस्तकसम्म गरेका सबै प्रतिज्ञाहरूलाई एक ठाउँमा जमा गर। क्रमिक
रूपले ती प्रतिज्ञाहरूलाई लेख अनि
कण्ठ गर, सकेमा पुरै परिवारले, नत्र सुरूमा तिमी आफैले।
ख) प्रभुले “म तिमीलाई
आशिष् दिनेछु, पुछर होइन शिर बनाउँने छु, फेदमा होइन शिखरमा राख्ने छु” जस्ता प्रतिज्ञामा विस्वास गर। आर्थिक उन्नति पनि
परमेश्वरकै प्रतिज्ञामा पर्ने कुरा हो। मान सम्मान, ज्ञान बुध्दि पनि उहाँकै प्रतिज्ञा भित्र पर्ने कुरामा तिमी निसंकोच हुनुपर्छ। सारै आत्मिक भएर गरिबीलाई गहनाको रूपमा स्वीकार नगर।
ग) बिहान उठ्दा, दिउँसो सेवामा जाँदा, राती सुत्दा, ती प्रतिज्ञालाई आफ्नो मुखले स्वीकार गर।
सकेमा ठूलो ऐनाको साम्नेमा उभिएर आफैलाई भन ती। छोराछोरी र श्रीमतीलाई पनि बोलेरै आशिष् देउ। जस्तै भजनसंग्रह १२८लाई पुरै याद गर र ३ पद
अनुसार भन “मेरी श्रीमती मेरो घर भित्र दाखको फलवन्त लता जस्तै हुने छ, मेरा छोराछोरी मेरो टेबुलको वरिपरि जैतुनका मुना जस्ता हुनेछन्”। मुख खोलेर यी प्रतिज्ञालाई उच्चारण गर, लाज नमान। तिमी त येशूको रगतले किनिएको उहाँको मित्र हौ
र पिताको पुत्र हौ। तिमी चान्चुने मानिस होइनौ। जाबो एक दुइ जना दातालाई हातमा लिएर ठूलो भैटोपल्ने तिम्रो छिमेकी पास्टरले
तिमीलाई हेला गर्यो भन्दैमा तिमी निरास हुने? मैले भनेको यो सल्लाहालाई ६ महिना सम्म मात्रै पनि गरि हेरन तिम्रो जीवनमा
प्रभुले कति ठुलो उदेको काम गर्नु हुन्छ। तिमीले पैसा कमाउन दातालाई ठग्नुनै पर्दैन, तिम्रै मण्डलीका विस्वासीहरूमा आर्थिक उन्नति
आउने छ र उनीहरूसँग प्रभु बोल्नुहुनेछ र तिमीलाई खान लाउन र सम्मानपूर्वक सेवा गर्नको लागि सहयोग गर्न मण्डली तयार हुनेछ। जब विदेशी ठग्ने पास्टरले तिमीलाई हेला गरेको तिम्रा
विस्वासीले थाहा पाउनेछन् तब युद्द विरामको लागि तिमीले प्रार्थना गर्नु पर्ने बेला
पनि आउन सक्छ।
परिवारको वेवास्था गरेर कहिल्यै सेवाको
स्वाङ् नपार्नु। आज मलाई अलि हतार छ। भन्नुपर्ने कुराहरू धेरै छन्; जस्तै सत्रुमाथि विजय, चंगाई, ज्ञान बुध्दि, प्रचार कसरी गर्ने, कस्ता किताब पढ्ने जस्ता विषयहरू। मौका मिले फेरी आउँनेछु। त्यतिन्जेललाई जय
मसिह!
Subscribe to:
Posts (Atom)
-
Information about four pervasive Korean heresies Translated from Korean language pamphlet about these heresies 1. Salvation Sect...
-
धन्य नेपाली ख्रीष्टीयान विश्वासी! तिमी कति उदार, कति आत्मिक, कति ज्ञानी, कति सहनसील, कति निश्छल। तिमीले येशूलाई विश्वास गर्दा कति दु...
-
येशूको प्रेम, अनुग्रह र क्षमालाई अनुभव गरिसकेको मानिसलाई यो संसारमा रहनजेलसम्म उहाँको शिष्य बनेर उहाँकै सेवा गर्नुभन्दा...