गीतकार
शेर बिष्टको रचना परदेशीको पिडामा आधारित ठाडि भाकाले मेरो मन छोयो। जन्म सुदुर-पश्चिमको डोटी जिल्लामा भयो। बाल्यकाल निकै दु:खदायी भएको कारण सानै उमेरमा मैले
मेरो जन्म थलो छोड्ने निर्णय गरेँ र आज सम्म परदेशी कै रुपमा जीवन बिताई रहेको छुँ। त्यसकारण म परदेशीनुमा देशसँग मेरो कुनै गुनासो
छैन। तर मुटुमा ढुङ्गा राखेर विदेशी भुमिमा
दु:ख गरिरहेका लाखौं नेपाली मित्रका भावनालाई यो गितले समेटेको छ। उहाँहरूको दु:ख देख्दा मेरो पनि मन रुन्छ।
आशा छ मेरा
पाठक मित्रले डोटेली भाषाको पनि यो गीतबाट स्वाद पाउनुहुनेछ। https://youtu.be/Z0CbkahoCr0
प्रेमी:
लाग्या की जून होइजाउ पूर्णिमा की रात होइजाउ
नदुख्न्या मन होइजाउ साथ दिन्या करम होइजाउ
प्रेमीका:
कै कि खोजि जान्छै रनबन डुलन्या चरी
किन दु:ख दिन्छै गरीबलाई पापी दैब
प्रेमी:
जन लागोस् बाग बाखरी चराउने बन
परदेशीन्या भाग कर्ममा लेखेको रैछ
प्रेमीका:
बाज जान्या बेला डाँडी न्याउलो बासी जालो
खाना खान्या बेला गह भरी आँसु आउना
प्रेमी:
मन भरीका व्यथा आँखा भरी आँसु हुना
सुखारीलाई केथा दुखारीको दुखी कर्म
प्रेमीका:
साइका काला केश हर घडि झलझली आउना
बाज रन्या देश उडी आउन्या मन लागन्छ
प्रेमी:
भगवान बुझलो दुखारीको दुखी कर्म
बाइरी मन उजालो भित्रि मन दुखेको देख्यै
प्रेमीका:
कसो मन हुन्छ बिगत सम्झि फर्के पछि
आँखा आँसु चुन्छ बाजलाई सम्झेका बेला
दुबै:
बाइरी मन उज्यालो भित्रि मन दुखेको दुख्यै
आँखा आँसु चुन्छ बाजलाई सम्झेका बेला
परिवारसँग
बसेर आफ्नै देशमा जीवन यापन गर्न नपाउनु जस्तो पिडा सायद अर्को छैन होला। हो, आज विश्वव्यापीकरणले मानिसलाई एक ठाउँबाट अर्को
ठाउँमा जान, काम गर्न र बस्न सजिलो बनाइदिएको छ।
तर त्यो रहरले गर्नु र करले गर्नुमा धेरै फरक छ। यदि आफ्नै देशमा रोजगार मिल्थ्यो भने लाखौं नेपाली
मित्रहरू पक्कै पनि विदेशीने थिएनन्।
अर्काको
देशमा अर्काकै देश विकासको लागि पसिना बगाउनु एउटा पिडा छ भने यता घरमा पारिवारक पिडा
अर्कै छ। आमा-बाबु, श्रीमान-श्रीमती, छोरा-छोरी,
आफन्त र सङ्गी-साथीहरूबाट रहरले नभएर करले बिछोडिनु परेको छ। यो बिछोडले हाम्रो मानसिक र भावनात्मक जीवनमा धेरै
ठूलो असर गरिरहेको छ जसको कारण हाम्रा परिवारहरू टुक्रिरहेका छन्। छोराछोरीहरू बाटो बिराई रहेका छन्। रहरलाग्दो जवानीलाई एक अर्काको पर्खाइमा श्रीमान
श्रीमतीहरू खेर फालिरहेका छन।
बाइबलीय
द ृष्टिकोणबाट हेर्दा पनि प्रवासमा जानुलाई एउटा हारेको जीवनसँग दाँजिएको छ। हुनत यहूदी जातिलाई परमेश्वरले आफ्नो योजनाको लागि
छान्नुभयो तर संसारमा सबै भन्दा बढी प्रवासमा जीवन विताउनेहरूमा तिनीहरू नै पर्दछन्।
ई. पू. १५००तिर इज्राएल देशको स्थापना भयो।
तर ई. पू. ७२२बाट आज सम्म यिनीहरू संसारका कुनै न कुनै देशमा प्रवासी भएर बसीरहेका
छन्। झण्डै दुई हजार वर्ष सम्म यिनीहरूको देश
नै थिएन। सन् १९४८मा आजको आधुनिक इज्राएल देशको
स्थापना भए पछि संसारका कुना काप्चाबाट यहूदीहरू इज्राएल फर्किरहेका छन्।
यहूदीहरू
यसरी प्रवासीनुको कारण यिनीहरूको देश चलाउने राजा र प्रशासकहरूकै दुष्टता थियो। जनताहरू त निर्दोष थिए तर देश चलाउनेहरू नै दुष्ट
भएपछि त्यसको दण्ड सम्पूर्ण मानिसमा पर्यो।
आज नेपाल जस्तो विकासका सम्भावनाले भरिएको र विश्वकै सुन्दर देशका जनताहरू प्रवासीनुमा
पनि देशका राजा र नेताहरूकै दुष्टताको कारण हो भन्दा फरक पर्दैन। जब घरमुली दुष्ट हुन्छ तब परिवारले दु:ख पाउँछ। शाहावंसीय राजाहरूले मुलबासीहरूलाई दु:ख दिए र लाखौं
निर्दोषीको रगत बगाए। राणाहरूले पनि नेपालीको
पसिना र रगतमा मोज गरे। पञ्चायतकालमा फेरी
त्यो दु:ख स्वतन्त्रताका योद्दाहरूमा पर्यो।
माओको नाममा हजारौं नेपालीको रगत बगाएर नेताहरू गद्दीमा पुगे। यो ऐतिहाँसिक दुष्टताको असर आज निर्दोष नेपालीले
भोगिरहनु परेको छ।
ई.पू. ६००तिर
इज्राएलीहरूलाई जब बाबिलोनको प्रवासमा लगियो, त्यतिबेलाका उनीहरूका गीतहरूले पनि आज
नेपालका यी दु:खी भाकाहरूसँग मेल खाएको देखिन्छ।
ती मध्य एउटा गीतलाई बाइबलको पुस्तक भजनसंग्रहको १३७ खण्डमा यसरी उल्लेख गरिएको
छ;
“1बेबिलोनका नदीहरूका किनारमा बसेर, सियोनको स्मरण
गर्दा हामी रोयौं।
2 त्यहाँका बैँसका रूखहरूमा हामीले आफ्ना वीणाहरू
झुण्ड्यायौं।
3किनकि हामीलाई कैद गरेर लानेहरूले त्यहाँ हामीलाई
गीत गाउन लाए,
र हामीलाई सास्ती दिनेहरूले हामीबाट आनन्दका गीतको
माग गरे।
तिनीहरूले भने, “हाम्रा निम्ति सियोनका गीतमध्ये
एउटा गीत गाओ।”
4बिरानो देशमा परमप्रभुका गीत हामी कसरी गाउन सक्छौं?
5हे यरूशलेम, मैले तँलाई बिर्सेको भए, मेरो दाहिने
हातले आफ्नो सीप भुलोस्।
6मैले तँलाई नसम्झेको भए, यदि मैले यरूशलेमलाई मेरो
सर्वश्रेष्ठ आनन्द नठानेको भए, मेरो जिब्रो तालुमा टाँसिजाओस्।”
आफ्नो देश
सबैलाई प्यारो लाग्छ। तर दुष्ट शासकहरूको कारण यो सुखबाट हामी विमुख हुनुपरेको छ। आशा गरौं एक दिन हाम्रो देशमा पनि असल शासक र शासन
प्रणाली आउनेछ र इज्राएली जस्तै हामीहरू पनि संसारका बिभिन्न स्थानबाट स्वदेश फर्कन
सक्नेछौं।
गीतको भिडियो को लागि यहाँ थिच्नुहोस् -
No comments:
Post a Comment