एकनारायण भण्डारीको सब्द,
अन्जु पन्तको स्वोर, “मलाई बाँसुरीले रूवायो”ले भन्छ;
एउटै बन बेग्लै मन नाचेको छ
मजुर।
हार्नेको त आँसु पुछ्ने हात
भेटिँदैन
जता जित उतै ताली बजाउँछन्
हजुर।।
हो, जित्नेका लागि सबैले
ताली बजाउँछन्। त्यसमा पनि गरीब देशमा
पैसाले जस्तोसुकै हारलाई जितमा बदल्न सक्छ।
झूटलाई सत्य, अधर्मलाई धर्म, गलतलाई सही बनाउन सक्ने क्षमता पैसामै छ।
यसै पैसाको लागि आज लाखौं
यूवा विदेशी भुमिमा रगत र पसिना बगाई रहेका छन्। यसै पैसाको लागि कसैले मानव
तस्करी र चेलिवेटी बेचबीखिन गर्छन् त कसैले पैसै कमाउनको लागि ती बेचिएका
चेलीहरूलाई उद्धारगर्ने मिसनहरू सुरूगर्छन्।
भ्रष्टाचार गर्न चुनाव जित्नै पर्दैन कारण जिते पनि हारे पनि राजनीतिको
उदेस्यनै नेताहरू मिलेर देश र जनतालाई लुटेर पैसै कमाउनु हो।
हार्न त कसलाई पो मन पर्छ
र। तर नहारेर के गर्ने? नैतिकता र शिष्टाचारको रेखाङ्कन नै नभएको
सामाजमा जीवन शर्मा जस्ता देशप्रेमी कलाकार र दार्शनिकको निम्ति स्थान छैन। आदर्श र ईमानदारीताले कसैको पेट नपालिने भयो यो
सामाजमा। जोगीले पनि ठगेरै भिक्षा
माग्नुपर्ने भयो। पुजाहारीले त ठग्ने नै
भयो। पास्टरले त नठगि सुखै छैन कारण उसलाई
पनि कसैले ठगिनै रहेको हुन्छ। सत्यता र इमानदारीताको पक्षमा पास्टरले आवाज उठाएको खण्डमा उसैलाई दोषी बनाई सेवाबाट लखेटिने समाजमा मिसनरीहरू त झनै ठूलो ताली बजेको सुन्न चहान्छन्। ती तालीका आवाज किन्नको लागि भेटी दिने निर्दोष विश्वासीहरू छँदैछन्।
No comments:
Post a Comment