January 26, 2018

माटोमा होइन मानिसमा लगानी गरौं!

७० वसन्त काटेका एकजना दाइसँग हाम्रो लामो समय देखिको चिनजान छ।  भारतीय सरकारको माथिल्लो तहको जागिरबाट वर्षौं पहिले राम्रो पेन्सन सहित अवकास हुनुभएको थियो।  अकुत सम्पत्ति जोडेको छ वा थियो भनौं।  भ्रष्टाचारको रोगले ग्रसित समाजमा उच्च अहोदाको मानिसले सम्पत्ति जोड्नु कुनै अनौठो कुरा थिएन।  दुइ छोरा र एक छोरी; बाहिरबाट हेर्दा सारै सुखी परिवार।  ख्रीष्टीयन समाजमा जन्मे, हुर्केकालाई बेलाबखत चर्चमा जाँदा आफ्नो शान पनि देखाउन सजिलो हुन्थ्यो।  ख्रीष्टमसको समयमा उनको घर यति झिलिमिलि हुन्थ्यो कि सारा छिमेक नै चम्किन्थ्यो।  दुःखको कुरा, ख्रीष्टले नत उनको घरमा न उनका परिवारका सदस्यहरूको हृदयमा ठाउँ पाउनुभयो।  भित्र भित्रै त्यो परिवारमा विनाशकारी किराले (पाप) सबै जराहरू खाइसकेको रहेछ। 

पार्टी र मोजमजाको जीवनमा नशालु पदार्थले दुबै छोरा, श्रीमती, ज्वाई र एउटा बुहारीलाई छोटो समयको अन्तरालमै चिहानमा पुर्‍यायो।  दुःख माथि दुःख भनौ, बाँचेको छोरीले पनि ठाउँ छोडेर अन्तै बसाइँ सरिन्।  परिवार उजाड भएपछि ती दाइको प्राय समय चिहानघारीमै बित्थ्यो।  केही हप्ता अघि अचानक आफन्तहरू छिमेकमा छ्याप्छ्याप्ति उनलाई खोजिरहेका थिए र हाम्रोमा पनि आएर सोधे।  चारदिन पछि, अर्कै स्थानमा कसैले दया गरेर उनलाई आफ्नो घरमा राखेको रहेछ, पुलिसलाई रिपोर्ट गरेपछि आफन्तहरूले भेट्टाए।  एकलो जीवनको पिडाले नै होला उनको स्मरण शक्ति खतम भएछ र एक दिन चिहानमा गएपछि घर फर्किने बाटै बिर्सनु भएछ।  घरतिर हिँडेका मानिस अर्कै गाउँमा पुगेछन्।

प्रिय मित्र, एकलोपना अतिनै पिडादायी हुन्छ।  आफूसँग सबैकुरा हुन्जेल र शरीरमा बल हुन्जेल आफन्त साथी-भाइहरूको कमी नहुनसक्छ तर जब यी कुराहरूले हामीलाई छोडेर जान्छन् तब सबैले बाटो काट्छन्।  कतिपटक आफूसँग सबै भौतिक कुराहरू भएर पनि मनको कुरा सुनिदिने, समय विताइदिने मित्रहरू मिल्दैनन्।  विशेषगरी आजको समाजमा छोराछोरीहरू हुर्केपछि बसाइँ सरेर कता पुग्छन् पुग्छन्।  कतिपटक बाध्यताले पनि विदेशीनु पर्छ जसको कारण गाउँ-समाजमा वृध्द आमाबाबुले एक्लै जीवन विताउनुपर्छ भने उता छोराछोरीले पनि विदेशी भुमिमा, विरानो संस्कृतिमा एक्लै संघर्ष गरिरहनुपर्ने हुन्छ। 

एकलोपना सबैका लागि पिडादायी हुन्छ चाहे जवान होस् वा वृध्द होस्।  विशेषगरी विरामीपर्दा वा कुनै आपद आइपर्दा जब हामी असहाय हुनजान्छौं त्यतिबेला हामीलाई साथ दिने वा सहयोग गर्ने यात आफ्नै परिवारका असल सदस्यहरू चाहिन्छन् या अत्यन्त नजिकका मित्रहरू।  परिवारका सदस्यहरू सदैब हामीसँग नहुन सक्छन् तर मित्र र छिमेकीहरू हामीसँग सदैब हुनसक्छन्।  हामीलाई दुःखमा साथदिने मित्रहरू भएको देख्‍न चाहान्छौं भने हामी सुखमा हुँदा अरूको दुःखमा भाग लिन जान्नु पर्छ; समय दिन सक्नु पर्छ।  असल मित्रहरू आफै उत्पन्न हुँदैनन्।  त्यसको लागि हामीले लगानी गर्नु पर्छ।  समयको लागानी, मनको लगानी, र सहयोगको लगानी।  हो, कतिपय यस्ता स्वार्थीहरू पनि हुन्छन् जसले पाउन्जेल अरूबाट लिन्छन् र पछि आफ्नै बाटो लाग्छन् तर कसैले त्यो गर्‍यो भन्दैमा हामीले मानिसको जीवनमा लगानी गर्न छोड्नु हुँदैन।  त्यसमा पनि हामी विश्वासीहरू एउटै परिवारका सदस्यहरू हौं।  हाम्रा पिता एउटै हुनुभएको कारण हामीले एकार्काको वास्था गर्नै पर्छ।  गलाती ६को २ देखी १०मा पावल भन्छन्; “2एउटाले अर्काको भार उठाओ, र यसरी ख्रीष्‍टको व्‍यवस्‍था पूरा गर।  5किनभने हरेकले आफ्‍नो भार आफै उठाउनुपर्छ। 7धोकामा नपर, परमेश्‍वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्‍दछ त्‍यसैको कटनी पनि गर्नेछ। 8जसले आफ्‍नो पापमय स्‍वभावको निम्‍ति रोप्‍तछ, त्‍यसले आफ्‍नो पापमय स्‍वभावबाट नै सर्वनाशको कटनी गर्नेछ। तर जसले आत्‍माको निम्‍ति रोप्‍तछ, त्‍यसले आत्‍माबाट नै अनन्‍त जीवनको कटनी गर्नेछ। 9भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्‍मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं। 10यसकारण मौका पाएअनुसार हामी सबै मानिसको भलाइ गर्दैजाऔं, विशेष गरी तिनीहरूको, जो हाम्रो विश्‍वासका परिवारका हुन्‌ 

आफ्नो समय र शक्तिले भ्याउन्जेल अरूलाई बनाउने काम गर्छौं भने परमेश्वरले हामीलाई कहिल्यै एक्लो रहन दिनुहुनेछैन।  शारीरिक शन्तानहरू थोरै भए पनि हामीसँग आत्मिक सन्तानहरू धेरै हुनेछन् जसले हामीलाई एक्लै छोड्ने छैनन्।  अरूलाई बनाउने सेवकको उत्तम उदाहरण प्रेरित पावल हुन्।  उनको सेवाकालमा उनले धेरै मानिसको जीवनमा लगानी गरेका थिए।  उनी रोमको चिसो जेलमा एक्लै हुँदा पनि उनको सेवाको लागि टाढा टाढाबाट भाइहरु जाँदथे।  जीवनको अन्तिम घडिमा पनि उनलाई सेवा पुर्‍याउन तिमोथी र मर्कूस जाँदै थिए।  धेरै इतिहाँसकारहरूका अनुसार तिमोथी र मर्कूस पुग्नु भन्दा पहिल्यै दुष्ट रोमी सरकारले उनलाई मारिसकेको थियो।  तापनि हामी देख्छौं कि कसरी पावलको लागि धेरै भाइ बहिनीहरू आफ्नो जीवन दिन तयार थिए।  जसले कसैको जीवनमा आत्मिक लगानी गर्छ भने उलसे आत्मिक सेवकहरूको कटनी गर्नेछ।  तिमोथी जस्ता आत्मिक चेला जन्माउन सक्नु नै एउटा सेवकको सफलता हो। 

आजको संसारमा पास्टर वा सेवकहरू सेवाको लागि मानिस बनाउनुको सट्टा आफ्नै भौतिक घर बनाउन र नाशवान सम्पत्ति जोड्नको लागि मरिमेटिरहेका देखिन्छन्।  लाग्छ उनीहरूलाई स्वर्ग जाने मनै छैन जस्तो।  दाताहरूलाई ठगेर हुन्छ कि मण्डली र मिसनमा भ्रष्टाचार गरेर हुन्छ, घर घडेरी जोड्न पाए उनीहरूलाई पुग्छ।  कति जना सम्पत्ति हात पारेपछि सेवाकाईंको विल्ला नै उतारिदिन्छन् भने कति लाज पचाएर बढी नै आत्मिक भएको स्वाङ् पार्छन्।  अरूले दिएको दानमा आफै दानी जस्तो बनेर मानिसको आँखामा छारो हालिरहेका हुन्छन्।  यस्ता व्यक्तिहरू नै पछि गएर एकलोपनाका सिकार हुन्छन् कारण स्वर्ग जानको लागि पनि उनीहरूमा खासै उत्तेजना हुँदैन।  उत्तेजना पनि कसरी होस्।  ठगठाग गरेर कमाएको सम्पत्तिको लागि कहिल्यै पश्चातप गरेकै छैन।  अरूको दानमा कमिसन खाँदै आफू दानी बनी कमाएको झूटो ख्यातिको कारण येशूको नजरमा नजर लाउने आँटै हुँदैन।

तर मित्र, अगापे प्रेममा आफूसँग भएको सम्पत्ति, सेवा, र दक्षताबाट अन्य विस्वासीको जीवनमा हामीले लगानी गरेको छौं भने मानिसले मात्रै होइन स्वयम परमेश्वरले हाम्रो रेखदेख गर्नु हुनेछ।  हामीलाई त्यस्ता आत्मिक चेला र चेली दिनुहुने छ जसले हामीलाई दुःखका दिनमा बिर्सने छैनन् र एकलो हुन दिने छैनन्।  कथनकाल हामीसँग कोही भएन भने पनि स्वर्गदूतहरू पठाएर परमेश्वरले हाम्रो वास्था गर्नु हुनेछ।  परमेश्वर भन्नुहुन्छ; “तिमीहरूको बुढ़ेसकालसम्म र कपाल फुलेको अवस्थासम्म त्यही हुँ, म त्यही हुँ जसले तँलाई थाम्नेछ। मैले तँलाई बनाएको हुँ, र म तँलाई बोकेर हिँड्‌नेछु, र तँलाई बचाउनेछु र छुटाउनेछु” (यशैया ४६४)

तर जीवनमा परमेश्वरलाई ठाउँ नदिएर संसारको सम्पत्ति र सम्मानकै पछि लाग्यौं भने एकलोपना नै हाम्रो अन्तिम साथी हुनेछ।  आज धेरै नेपाली भाषी विश्वासीहरू संसारका हुनेखाने देसमा जीवन यापन गरिरहेका छन्।  भर्खरै बसाइँ सरेर गएको कारण सायद नयाँ संसारको नयाँ सपनाले हौसला दिइनै रहेको होला।  तर जब त्यो नयाँ संसारको हावापानीमा जीवनचर्या चल्नेछ तब कता कता आफूले छोडेको माटो र पानीको पनि याद आउनेछ।  व्यस्त संसार भएको कारण आफन्त र चिनाजानकासँग भेट गर्न महिनौं वा वर्षौं पर्खिनु पर्नेछ।  तब एकलोपनाले सजिलै सताउने प्रयास गर्नेछ।  यस्तो अवस्थामा पनि मित्रहरू, परमेश्वरको प्रेमलाई धारण गर्दै आफ्ना छिमेकीसँग असल सम्बन्ध निर्माण गर्न सक्नुभएको खण्डमा सजिलै एकलोपनालाई मेटाउन सकिनेछ।  तपाईंको छिमेकी नेपाली होस् वा अन्य कुनै जाती, हामी सबै एउटै परमेश्वरका सन्तान भएको तथ्यलाई स्वीकार गर्न सकेको खण्डमा ती मानिसको जीवनमा पनि हामी लगानी गर्न सक्छौं।  जुनसुकै जातीका मानिसको माझ हाम्रो बसोबास किन नहोस्, ती मानिसहरूलाई पनि हामी आफ्ना आत्मिक आमाबाबु वा छोराछोरी बनाउन सक्छौं।  जति धेरै आत्मिक आफन्तहरू हामी बनाउन सक्छौं त्यतिनै टाढा एकलोपना हामीबाट भागेर जान्छ। 
त्यसकारण संसारमा भौतिक संरचनाहरू निर्माण गर्नुको सट्टा मानिसहरू निर्माण गर्नुहोस्!

January 24, 2018

Was Moses Really a Humble Man?

"Moses was the most humble man on the face of the earth" says the Bible (Number 12:3).  But his humility did not come easily.  Right from the birth, he goes through a long process of humiliation.  Humility does not happen overnight; it is a lifelong process of knowing who we are.

For Moses, until three months, no one even knew he was born except the family.  After three months, he was given to the alligators of Nile; only to be rescued by the Princess.  Nursed by his own mother as though he was a stranger to her; and rejected by his own people when he tried to identify with them. 

Once a powerful Prince, but ran for his life in the wilderness only to be Jethro’s shepherd for the next 40 years of his life.  During those 40 years, all the memories of royalty and regalia had been erased from his memory.  He had made peace with himself and appears to be content to die in the wilderness as a nomad.   The zeal he had for the God of his fathers seemed to have become a faint memory of a distant past.  It seems as if Moses had given up on God and had decided to follow the kind of religion Jethro was practicing. 

January 23, 2018

दुःखबाट मुक्ति नपाइने नै हो त?

सम्मानित र शक्तिसाली घराना, मनले चाहेको सबै गर्न सकिने वैभव, सुन्दर र स्वस्थ शरीर, अनि तेजिलो दिमाग कसलाई मन पर्दैन होला?  विडम्वना नै भनौ, संसारमा थोरैले मात्र यो मौका पाउँछन्।  अधिकाङ्सलाई जीवनमा संघर्ष नगरी छाक टार्नै कठिन।  केही न केही कुराले सबैलाई कैदी बनाएकै हुन्छ।  यो संसारमा हरेक दिन आफूले चाहेको जस्तो गरी जीवन जीउन पाउने मानिस भेट्टाउन गाह्रै पर्ला।  कहिँ न कहिँ, आज नभए भोलि मानिसले नचाहेरै पनि जीवनका परिस्थितिसँग सम्झौता गर्नै पर्ने हुन्छ।  हर पल, हर दिन, र हर समय कुनै प्रकारको कमीविना जीवन जीउने चाहाना भएर पनि मानिसलाई यो संसारमा त्यो जीवन जीउन सम्भव छैन।  कसैको जन्मै दुःखदायी, कसैलाई हुर्किंदै जीवनले ठग्छ, कसैले युवावस्थामा दुःखसँग सामना गर्नु पर्ने, कसैको लाउँला खाउँला भन्ने उमेरमा सबैकुरा हुरीले उडाएर लान्छ त कोही दुःखलाई साथमै लगेर चिहानमा जान्छन्।  दुःख मानिसलाई मन पर्दैन तर यसले मानिसलाई छोड्दैन पनि। 

January 14, 2018

When we come to the end of ourself...

It was a very late Saturday evening yesterday; 11:30PM precisely and I had no message for Sunday.  My head was empty.  Some things in life come up so uninvited and so unexpectedly; they throw life out of balance.  As a pastor, I had to come up with a message that would bless those who would come to church with high hopes and expectation of hearing God’s word.  But, how hard I tried, nothing came to mind; there was no response from the Lord either.

My wife was sitting on bed and wondering something; I began to pace the room back and forth with a whisper “Hear my cry O Lord”.  After a few minutes, with empty head, I sat before the empty screen. 

January 4, 2018

सफलता तपाईंको हातैमा छ; मुखैमा छ।

जीवनमा असफल कोही पनि हुन चाहाँदैन।  असफलता परमेश्वरको इच्छा पनि होइन।  पापले मानिसलाई असफलताको खाडलमा हाल्छ तर येशूमा मानिस पाप मुक्त भएको कारण असफल जीवन जीउनु पर्ने वाध्यता छैन।  जसरी पापबाट मुक्ति पाउन मानिसले येशूमा विश्वास गर्नु पर्छ त्यसरी नै जीवनमा सफलता हाँसिल गर्न उहाँले दिनुभएका प्रतिज्ञामा विश्वास गर्नु पर्ने हुन्छ।  बाइबलीय सफलताका साधारण खुड्किलाहरू यस्ता छन्;

December 5, 2017

Story of Seven People in Guwahati

“Who needs a bungalow and all the luxury it can contain in it?  Buda (common Nepalese word for husband), I am so grateful to God for such a joyful life in this little room!” blurted my wife as we were squeezing in under a little blanket we just bought a few days ago.  The weather in Guwahati had gotten a little chillier from last week forcing us to look for a blanket.

November 30, 2017

दुःखी जीवन

जीवनका दुःखलाई समेट्दै डोटेली भाकामा शेर बिष्ट आफ्नै सब्दमा गाउँछन्;

लाग्याकी जून होइजाउ; पूर्णिमाकी रात होइजाउ।
नदुख्‍न्या मन होइजाउ; साथदिन्या करम होइजाउ।।
कैकी खोजी जान्छै?; रनवन डुलन्या चरी।
किन दुःख दिन्छै?; गरीबलाई पापी दैव।।
मन भरीका ब्यथा; आँखा भरी आँसु हुना।
सुखारीलाई के था; दुखारीको दुखी कर्म।।
भगवान बुझलो; दुखारीको दुखी कर्म।
बाहिरी मन उजालो; भित्रि मन दुखेको दुख्यै।।

तेरी खाने दुःख! कसैले तँलाई नबोलाउँदा नि तँ टुप्लुक्क आइपुग्छस्। तेरो लागि न धनी न गरीब।  न ठूलो न सानो।  न पापी न धर्मी।  तापनि दुःख, गरीबलाई तेरो भार थेग्न सारै गाह्रो हुँदो रहेछ।  तँलाई खुसी पार्न जीवनमा सम्झौता गर्दा गर्दै गरीबको जीवन नै तँ खोसेर लान्छस्।  म बसेकै शहरमा लाखौं दुःखीहरू छन् तर तीमध्य धेरैले त तेरो मुखमा बुजो लाउन सक्छन्।  तँलाई लज्जित पार्न उनीहरू शिक्षा र स्वास्थ्य किन्न सक्छन्; ऐस, आराम किन्न सक्छन्।  तर गरीबलाई तँ कहिल्यै उम्कन दिँदैनस्।

तँलाई थाहा छ, हिँजो म एउटा घरमा पुगेको थिएँ जहाँ तेरो राज्यले कब्जा जमाएको छ।  चालिस बसन्त पनि पार नगरेका दम्पत्तिका चार जना छोराहरू छन्।  बास बस्ने छाप्रो पनि घर भन्न लाएकको छैन; बसेको ठाउँ पनि त्यस्तै।  जेठो छोराले बिस काटेको छैन तर उसको अनुहारमा तैंले अधवैंसे जीवनका रेखा कोरि सकेको छस्।  बाबु भनौदो घरमुलीको काम त छ तर साँझ घर आउँदा बाटैमा पल्टिन्छ र असहाय छोराहरूले नै बोकेर छाप्रो मुनि ल्याउनु पर्छ।  वर्षौंको बानि, उसले कहिल्यै श्रीमती र छोराहरूको दुःखलाई घटाएन, बरू थप्दै गयो।  छिमेकमा साथीहरूले राम्रा लुगा लाउँदा, आफ्ना फाटेकै झ्याम्टाहरूसँग यिनीहरूले मित्रता गाँसे।  जसतसो आमाको मायाँमा यी चार निर्दोषीहरूले जीवनसँग संघर्ष गर्दै थिए।  तर तँ पाजी दुःखले त्यतिमा मात्रै उनीहरूलाई छोडिनस्।  ती अबला आमाको टाउकोमा कहिल्यै निको पार्न नसकिने मासुको डल्लो उमारी दिइस्।  हेर्दा हेर्दै, उनको जीवनलाई त धरापमा पारिस् पारिस्, तर त्यो भन्दा पनि आफ्ना चार नावालकहरूको चिन्ताले ती आमाको मन कति टुटेको छ होला!  रात होस् कि दिन, ती आमाको लागि यो जीवनमा सुख भन्ने बैगुनीले कहिल्यै अनुहार देखाएन तर तँ पाजी दुःखले उनलाई कहिल्यै उम्कन दिइनस्।  हातमा सम्पत्ति भैदिएको भए साँयद उनले पनि जीवनका रेखाहरूलाई केही समय सम्म तन्काउन सक्थिन् होला तर के गर्ने दुःख, तैंले कुनै मौका दिइनस्।

यी आमालाई पनि लाग्दो हो कि जीवन पूर्णिमाको रातमा लागेको जून जस्तै भैदिए कस्तो हुन्थ्यो होला!  मनमा कहिल्यै चोट नलाग्ने भए, कर्मले साथ दिएको भए; जीवन जीउन उनलाई पनि किन थकाइ लाग्थ्यो होला र?  तापनि ती छोराहरूको लागि भए पनि बाहिरी मन उज्यालो गर्नै पर्‍यो।  दोष पनि कसलाई दिने? 

शेर बिष्ट सोध्छन्; “किन दुःख दिन्छै; गरीबलाई पापी दैव?”  अनि गुनासो पनि गर्छन् र भन्छन्; “मन भरीका ब्यथा; आँखा भरी आँसु हुना। सुखारीलाई के था; दुखारीको दुखी कर्म”।  हुन पनि हो।  सुखारीलाई के थाहा? कतै बाट जवाफ नपाएपछि सम्पूर्ण दुःखारीको प्रतिनिधित्व गर्दै, दुःखलाई हृदयमा दबाउँदै गाएक बिष्ट भन्छन्; “भगवान बुझलो; दुखारीको दुखी कर्म। बाहिरी मन उजालो; भित्रि मन दुखेको दुख्यै”।

हो; हुने खानेले सायद बाहिरी मन उज्यालो पार्दै आफ्नो दुःख लुकाउन सक्छन् होला तर गरीबलाई त्यो पनि गाह्रो।  जहाँसम्म भगवानले बुझिदिने कुरा छ, त्यसको पनि निश्चय छैन।  आँखिर कर्म कै फल त हो।  हाम्रो धर्म-संस्कृतीमा अर्को वैकल्पिक जवाफ नै छैन।

इसाई विश्वासलाई हाम्रो समाजले “विदेशी” धर्मको खोल ओढाए पनि यो निरङ्कूश र दुःखी पाप-कर्मको चक्रबाट सम्पूर्ण मानव जातीले मुक्ति पाउने सजिलो उपाए बाइबलले मात्रै देखाएको छ।  बाइबलका अनुसार एक मात्र परमेश्वरको अस्तित्वलाई स्वीकार गर्न सृष्टिको सुन्दरता नै पर्याप्त छ।  पापबाट मुक्ति पाउनुपर्ने तथ्यलाई स्वीकार गर्न मानिसले आफ्नो विवेकको आवाजलाई सुनेमा पर्याप्त छ।  सृष्टिको सुन्दरता र विवेकको आवाजलाई ध्यान दिने मानिसलाई परमेश्वरले आफ्नो अनुग्रहको शक्तिमा मुक्तिदाता येशू ख्रीष्टको नजिक ल्याउनुहुन्छ।  मानिसलाई परमेश्वरले यति धेरै प्रेम गर्नुभयो कि उसलाई पाप-कर्मको चक्रबाट छुटकारा दिन परमेश्वरले मानिसको रूप लिनुभयो।  येशू ख्रीष्ट नै त्यो मुक्तिदाता हुनुहुन्छ। 

सायद गरीबको दुःखलाई देखेरै होला; मानिसलाई पापबाट मुक्ति दिन आएको मुक्तिदाताले पनि मुक्तिको सुसमाचार सर्व प्रथम गरीबहरूलाई सुनाउने निर्णय गर्दै भन्नुहुन्छ; “गरीबहरूलाई सुसमाचार सुनाउन परमेश्वरले मलाई अभिषेक गर्नुभयो” (लूका ४.१८)। 

पापको कारण मानिसले आफ्नो जीवनका सबै सुखहरू शैतानलाई हस्तान्तरण गरेको तथ्य बाइबलमा उल्लेख गरिएको छ।  त्यसैकारण परमेश्वर येशूमा मानिस भएर आउनुभयो र मानिसकै स्थानमा रहेर पापको ज्याला मृत्युलाई स्वीकार गर्दै तेस्रो दिनमा मुर्दाबाट बौरी उठेर शैतानको हातबाट मानिसले गुमाएका सबै सुखहरू फिर्ता ल्याउनुभएको छ।  त्यसैलाई हामी “सुसमाचार” अथवा “खुसीको खबर” पनि भन्छौं।

जब येशू मानव जातीका लागि यो खबर लिएर आउनुभयो तब गरीबहरूलाई नै पहिला यो खबर दिनुभयो।  दुःखीहरूलाई, मन भाँचिएकाहरूलाई, कैदिहरूलाई र थिचोमिचोमा परेकाहरूलाई छुटकारा दिन आएको तथ्य घोषणा गर्दै उहाँले आफ्नो सेवाको सुरुवात गर्नुभयो (लूका ४.१८-१९)।

आज जसकसैले येशूलाई मुक्तिदाता भनि स्वीकार गरेर विश्वास गर्दछ, उ पाप र पापले ल्याएका सबै दुःख र बन्धनबाट मुक्ति पाउँदछ।  संसारमा रहुन्जेल दुःख भोग्नुपरे पनि आउने संसारमा परमेश्वरले उसमाथि उचित न्याय गर्नु हुनेछ।  त्यसैकारण माथि उल्लेख गरिएकी दुःखी आमाले पनि येशूलाई विश्वास गरेको कारण चिहान पारिको जीवनलाई हेरेर रमान सक्छिन् र चार जना छोराहरूको वास्था पनि तिनै येशूले गर्नुहुनेछ भनि जानेर निर्धक्क हुन सक्छिन्।  अहिले हेर्दा ती चार जना बालकहरूमा दुःखको भारी थुपारीएको जस्तो देखिए पनि तिनीहरूले आफ्नो भविस्य उज्वल भएको देख्‍नेछन् कारण बाइबलले भन्छ;
16यसकारण हामी हरेस खाँदैनौं। हाम्रो बाह्य मनुष्‍यत्‍व नाश हुँदैगए तापनि हाम्रो आत्‍मिक मनुष्‍यत्‍वचाहिँ दिनदिनै नयाँ हुँदैजान्‍छ। 17किनकि हाम्रो हलुको र क्षणभरको कष्‍टले हाम्रा निम्‍ति अतुलनीय तथा अनन्‍तको महान्‌ महिमा तयार गरिरहेछ। 18हामी दृश्‍य कुरालाई होइन, तर अदृश्‍य कुरालाई हेर्छौं, किनभने दृश्‍य कुरा क्षणिक हुन्‍छन्, तर अदृश्‍य कुराचाहिँ अनन्‍तसम्‍म रहन्‍छन्‌" (२कोरिन्थी ४.१६-१८)।   

येशू विनाको जीवनमा हाम्रो दुःखलाई बुझिदिने कोही छैन।  तर येशूमा हामी त्यो मुक्तिदातालाई भेट्टाउँदछौं जो हाम्रा सबै दुःखसँग परिचित हुनुहुन्छ।

शेर बिष्ट र रेखा जोसीको लयमा
https://www.youtube.com/watch?v=slIUEHHb9-8

November 28, 2017

Whatever I feared has come upon me!

Modern science regarding human psychology has helped us to understand the power of imagination. A person’s sanity or insanity depends on the kind of thinking one is engaged in. At times we are helpless to think other than what our chemicals in the brain dictate and we call that “mental illness” which is still a taboo to talk about. So many people could have lived happily if this sickness was accepted as any other physical ailment and treated accordingly. However, there are other times when we allow our perfect brain to take a wrong course of action in creating a thinking pattern that destroys what could otherwise have been a happy life. A mind set on good things will see good things come its way and a mind set on bad things will also see them come the same way. A positive and a faith-filled mind almost always enjoys better quality of life than a mind filled with negativity; fear and all kind of anxious thoughts reduce the quality of life. Job’s experience provides one such example.
The stature of Job in the Bible is no less than that of Noah or Abraham; he was a giant of a patriarch with credentials like “blameless and upright, greatest man among all the people of the East” (1:1-3). When we read about him, we enjoy the 20/20 hindsight but he had no such luxury. As we read him, we have to look at him with his raw feelings and emotions.
When calamities overtook his entire existence, wiping away his entire family and fortunes; in utter despair Job confesses “what I feared has come upon me; what I dreaded has happened to me” (3:25). In his relentless pursuit of remaining blameless and upright, Job had this uneasy fear about the possibility of God’s wrath coming upon his family due to some possible reckless behaviors of his children. Every time his children would have a party, Job would rise up early in the morning and offer burnt sacrifices for each of his children thinking “perhaps my children have sinned and cursed God in their hearts”(1:5).
Most likely, it was this uneasy dread that opened the door for the Devil to come through his defenses and put him through such a test. The man however lived up to his credential in the face of unimaginable calamities; his faith in God’s goodness could not be shaken. But the fact of the matter is that he had feared for such a day; he had in his imagination allowed the possibility of such a day and attempted to prevent it on his own by appeasing God through sacrifices. There is no way a man can appease God’s wrath on his own, not even a righteous Job could do it.
However, in Christ, God has done away with his wrath that was sure to come upon us. Today, after thousands of year from Job and under the foot of the Cross, we stand covered by his sacrifice and thus, we can always imagine good instead of bad. Paul said, “Whatever is true, whatever is noble, whatever is right, whatever is pure, whatever is lovely, whatever is admirable – if anything is excellent or praiseworthy – think about such things” (Phil. 4:8). He goes on to say that “God is able to do immeasurably more than all we ask or imagine according to his power that is at work within us” (Eph. 3:20).
Therefore, let us think on what our minds think on and if the things that our minds are dwelling upon are not in line with what God’s word has revealed; we better arrest those thoughts and bring them to the obedience of Christ. Let us pull down the strongholds that are contrary to the promises of God (2 Cor. 10:4-5) and allow our minds to become the minds of Christ (1 Cor. 2:16). Let us imagine about the things that “No eye has seen, no ear has heard, no mind has conceived what God has prepared for those who love him – but God has revealed it to us by his Spirit” (1Cor. 2”9-10).

September 6, 2017

Spiritual Amnesia: How Soon We Forget!

This was a message at the end of a series from the book of Ezra and Nehemiah in 2015 at Daejeon Onnuri English Worship.  You can go to my youtube channel (www.youtube.com/brbhatta) to get access to the rest of the sermon in that series.  God bless you!

August 23, 2017

Not a Lunatic but a Thinker

Satirists and humorists describe a person with a PhD as one suffering from the “Permanent Head Damage” syndrome.  The thing is; if you are a PhD holder and your head is still intact as it was before you started, the possibility is that you have managed to get that PhD through some other means other than your own head, maybe through other’s head.

One of the signs of learning is that the more you learn the more you know how much you do not know.  The one and only Plato cites a phrase from his teacher Socrates and says “one thing I know that I know nothing”.  The assertions and convictions you had before your PhD appear so foolish and immature that you pause long and hard to make any such assertions again without making sure of the evidence available.  Dogmatism gives ways to pragmatism in which there could be other ways of looking at the same reality from a different angle.  But in the eyes of ordinary folks, such a lack of conviction appears to be a weakness and especially if it happens from a pastor, it is worse.

The other day, a pastor friend gave me a long distance call and lectured me nice and long.  Having heard from the man after nearly 15 years, I wanted to have the same friendly conversations we used to enjoy.  But alas! He demanded that I respect him because he has gotten his PhD.  I congratulated him and hung the phone wondering what kind of PhD that would be! 

The idealist is often misunderstood and thought to be a lunatic by the common folks who are busy in looking for the things that would make their lives livable in this world.  An ordinary father worries about putting things on the table so that his children won’t go hungry.  A roof to maintain over their heads, clothes to cover their bodies and a stable future is what he thinks about all the time.  If he can lead a life of peace and relative prosperity to his dying days would be a great success for this father.  When an idealist comes to his house and talks about life in a deeper sense, this simple father has no interest in it.  Thinking is such a luxury that such a father cannot afford in his life. 

The naive, the proud and the innocent ordinary folks appear to have no time to think about the deeper things and therefore, to them, the thinking person is often considered a lunatic or out of sync with the world we live in.