March 12, 2019

घमण्डी भन्दा नम्र मानिसको जीवन सुखमय हुन्छ।


मानिसको जीवनलाई बाइबलले घाँस र फूलसँग तुलाना गरेको छ।  घाँस छोटो समयमा मौलाउँछ र फूल पनि छिटै फुल्छन् तर ती सबै एकै ऋतुमा सिद्दिएर जान्छन् (भजनसंग्रह १०३.१५-१६)।  अर्को ठाउँमा बाइबलले यसलाई तुवाँलोसँग पनि दाँजेको छ; 
“‘आज वा भोलि हामी फलानो सहरमा जाऔंला, त्‍यहाँ एक वर्ष बिताऔंला र व्‍यापार गरेर नाफा गरौंला भन्‍नेहरू अब सुन, भोलि के हुने हो तिमीहरू जान्‍दैनौ।  तिम्रो जिन्‍दगी के छ? तिमीहरू त तुवाँलो हौ, जो केही बेरको निम्‍ति देखा पर्छ, अनि हराइहाल्‍छ।  यसको सट्टामा त तिमीहरूले यसो भन्‍नुपर्ने, यदि परमेश्‍वरको इच्‍छा भयो भने हामी बाँचौंला र यस्‍तो-उस्‍तो गरौंला'" (याकूब ४.१३-१५)।  यो छोटो जीवनलाई परमेश्वरको इच्छा अनुसार चल्न दिएमा घाँसको जस्तै हरियाली र फूलको जस्तै सुन्दरताले यसलाई छोड्ने छैन।

हो, जीवन छोटो छ।  कुनै पनि बेला यो टुङ्गिन सक्छ, तुवाँलो जस्तै हराउनसक्छ।  तापनि बाइबलकै मापदण्डलाई स्वीकार गर्ने हो भने मानिसको आयु परमेश्वरले ७० वा ८०वर्षको सेरोफेरोमा निर्धारित गरेको छ (भजनसंग्रह ९०.१०)।  कुनै अप्रिय घटना नघटेमा र प्राणघातक रोग नलागेमा हामी मध्य धेरैले आफ्नो ८०को दशकलाई छुनेछौं।  मानवीय नजरले हेर्दा यात्रा लामो नै छ।  यो लामो यात्रामा हामीलाई परमेश्वरको इच्छा, अनुग्रह, अगुवाई र सहयोग आवस्यक छ। 

तर मानिस कति घमण्डी छ।  शरीरमा स्वास्थ्य र हातमा सम्पत्ति हुन्जेल उसलाई कोही चाहिँदैन र कसैसँग ऊ झुक्‍नु पर्दैन।  उल्टै मानिसहरू उसैलाई पुज्न जान्छन् कारण सबैले बलेकै आगो ताप्छन्।  हितोपदेश १९.४ले भन्छ “धनले धेरै मित्र बनाउँछ, तर गरीब मानिसको मित्रले उसलाई त्याग्छ”।  शक्ति र सम्पत्ति भएको मानिसले मुर्ख कुरा बोल्दा पनि ज्ञानीको मुखबाट निस्केको वाणी जस्तै गरी स्वार्थी मानिसहरू त्यसलाई स्वीकार गर्दछन् तर गरीबले बोलेको माहावाणी पनि कसैले सुन्दैन।  यो संसारमा गरीबको लागि जीवन निकै कष्टकर हुनसक्छ भने धनीको लागि मनपरी।
 
गरीबको लागि जीवनको यात्रा लामो छ र गाह्रो पनि छ।  त्यसैकारण गरीबलाई ईश्वरीय सहायताको आवस्यकता छ।  जीवनमा अती नै दुःख आइपरको खण्डमा जसरी शक्ति र सम्पन्नताले मानिसलाई परमेश्वरबाट अलग गर्नसक्छ त्यसरी नै दुःखले पनि मानिसलाई परमेश्वरबाट अलग गर्न सक्छ; परमेश्वरको भलाइमाथि उसले सङ्खा गर्न थाल्छ।  त्यसैकारण येशूले भन्नुभयो, “गरीबहरूलाई सुसमाचार सुनाउन परमेश्वरले मलाई अभिषेक गर्नुभयो” (लूका ४.१८)।  धेरै पटक बाइबलमा परमेश्वरले आफूलाई “अनाथ र विधवाको परमेश्वर” भनी चिनाएको छ। 

समस्या गरीबको लागि मात्रै होइन, सशक्त र सम्पन्न व्यक्ति पनि यो ७० वा ८०वर्ष लामो यात्रामा अचानक आफैलाई अशक्त र विपन्न भएको अवस्थामा पाउन सक्छ।  आज सबै ठिक छ भन्दैमा सधैं ठिक रहनेछ भनी कसैले निश्चयता दिन सक्दैन कारण आँखिर मानिसको जीवन घाँस, फूल र तुवाँलो जस्तो त हो।  कुनै पनि बेला जो कोही पनि अशक्त र विपन्न बन्न सक्छ।  यी सबै कुराहरूलाई विचार गरेर दाउद भन्छन् “मानिस के हो, र तपाईं उसको वास्था गर्नुहुन्छ?” (भजन.८:), मोशा भन्छन् “हामीलाई हाम्रा दिन गन्न सिकाउनु होस्” (भजन.९०.१२)। 

त्यसकारण “म यस्तो गर्नेछु, त्यस्तो गर्नेछु” भन्नुको सट्टा “परमेश्वरको इच्छा भए म यस्तो गर्नेछु, त्यस्तो गर्नेछु” भन्नु असल हुन्छ (याकूब ४.१५)।  संसारमा सबै कुराहरू परिवर्तनशील छन् तर परमेश्वर अपरिवर्तनशील हुनुहुन्छ।  उहाँको प्रेम पनि अपरिवर्तनशील छ।  उहाँले हामीलाई अनन्त प्रेमले प्रेम गर्नुभएको छ।  कलवरी क्रूशमा येशूले हाम्रो लागि यति महान काम गर्नुभएको छ कि त्यसको पूर्ण वयान हाम्रो मानव दिमागले गर्न सक्दैन।  तर जब हामी हम्रो इच्छालाई परमेश्वरको इच्छाको अधिनमा हुन दिन्छौं तब त्यो महान कार्यका केही अङ्शहरूलाई हामी नजिकबाट अनुभव गर्नसक्छौं।  एक अनुभवले अर्को अनुभवको गहिराइतिर हामीलाई डोर्‍याउँदछ। 

नम्र मानिसले मात्रै “मेरो इच्छा होइन, तपाईंको इच्छा पूरा होस्” भनेर परमेश्वरलाई भन्न सक्छ।  परमेश्वरको इच्छालाई आफ्नो इच्छा बनाउने मानिसको जीवनमा चिन्ताले बास बस्न पाउँदैन कारण उसलाई थाहा हुन्छ कि सबै कुरा परमेश्वरको अधिनमा छन्।  उसको जीवनमा सुख होस् वा दुःख, खासै फरक पर्दैन।  मानिसले उसलाई वा उसकोबारेमा के भन्छन् त्यसले पनि उसलाई कुनै असर गर्दैन।  उसको यात्राका पाइलाहरू अघि बढी नै रहेका हुन्छन्।  विगतलाई बिर्सदै र वर्तमानलाई अगाल्दै ऊ भविस्यतिर लम्की रहन्छ।  उसलाई सङ्खा छैन कि प्रत्यक नयाँ वर्षले यो संसारको यात्रालाई छोट्याउँदै गैरहेकोछ र एक दिन ऊ समयको घेराबाट अनन्त संसारमा प्रवेस गर्नेछ।

त्यो स्वर्गीय गन्तब्यमा नपुगुन्जेल उसलाई परमेश्वरले जे अह्राउनु हुन्छ ऊ त्यो गर्छ, जहाँ पठाउनुहुन्छ ऊ त्यहाँ जान्छ।  यो संसारमा ऊ सफल होस् वा विफल, उसलाई त्यसले कुनै असर गर्दैन कारण उसले आफ्नो हैन परमेश्वरको उद्देस्य पूरा गरिरहेको हुन्छ।  उसको सेरोफेरोमा रहेका मानिसहरूले पनि परमेश्वरीय जीवनको स्वाद पाउँदछन्।  उसको परिवारीक वातावरण रहरलाग्दो हुन्छ।  छरछिमेकमा उसलाई चिन्नेहरूले सामनेमा नभए पनि पिठ्युँ पछाडि उसको आदर गरिरहेका हुन्छन् कारण उसको जीवन जीउनेशैली निकै आकर्षक हुन्छ; उसमा स्वर्गीय चरित्रले बास गरेको हुन्छ।

परमेश्वरको इच्छाअनुसार चल्ने मानिसलाई भजनसंग्रह १२८ले भन्छ कि उसले आफ्नो परिश्रमको फल खानेछ, आशिषित् र फलिफाप हुनेछ, उसको श्रीमती फलवन्त दाखको लताजस्तै, छोरा-छोरी जैतूनका मुनाहरूजस्तै हुनेछन्, र उसले आफ्ना नाति-पनाति देख्‍न पाउनेछ।

त्यसकारण मित्र, बाइबलको परमेश्वको इच्छा अनुसार जीवन बिताएको खण्डमा यो छोटो जीवनमा पनि हामीले परमेश्वरका सम्पूर्ण आशिष् र तोकिएका दिनहरूलाई उत्तम तरिकाले अनुभव गर्न पाउनेछौं।

March 9, 2019

Life is a Mixture of Joy and Sorrow

This blogpost was originally published on my Xanga site on November 16, 2008.  Xanga was my first blogging experience.  It was a wonderful site in which I had made so many friends and published quite a bit.  Sadly, Xanga went under water and so went my precious memories along with it.

The other day, I was able to retrieve the following post with the help of Facebook as I had shared this particular link.  This post is full of memories...and I am republishing it as it was without any edits.  Yes, so much has changed since then....life is not the same anymore....never imagined that one day I would be re-posting this entry from Guwahati ...but the memories are precious...hope you enjoy it!

November 16, 2008

Our journey began from the domestic airport in Kathmandu.  But the boys were beginning to ask "when are we gonna reach?" even before boarding the plane.

After 40 minutes in the sky, this white bird left us at the border and our real journey to Northeast began in earnest.  The overnight bus ride from Siliguri to Guwahati was a terrible nightmare.


As we arrived in Guwahati, we were excited to meet the third sister's family (my wife is the eldest of the four).  The youngest also is married to a Nepali pastor.  It has been a long time we had not seen each other.  
The next day we were united with the second sister's family.  They could not bring any of their four children.  Second sister is in the yellow and her husband is right behind her with a black jacket.  Goulal is joined by his brother Alex and behind me is the pastor from the local church (father-in-law began 25 years ago).

Left to right: Mangcha (third sister's husband), Ivulo (second sister's husband), Hekim (second sister), Goulal (third sister's son), Nishan (youngest sister's son), Alex (third sister's elder son), Boisi (my wife), Pastor, and myself.  My son and other two sisters are missing from the picture.

The wedding day; this was the gate of Guwahati Baptist Church that was shattered by the bomb blast after two days of the wedding.  If it had been two days earlier, many of us would not be here and so would be the wedding.  Sadly, many from the church died and the pastor was also injured.

The Bride enters, but she is more worried about her falling crown than her husband I guess!
Maid of honor decided to hide her face!  It was good wedding, about four hundred people came to bless the couple.


The four sisters. From left to right they are in order; the eldest (my wife) to youngest followed by Martin.


After the wedding, we headed to Manipur.  This is my father-in-law's house.   The mountain behind is hours away but looks so close.

It was good to see my wife laugh as they used to when they were small...this is Hekim, the second sister.  I thought my wife is the only one with such a great laughter but Hekim won.  We made so much noise in that neighborhood.
 
She is a great mother! She has gone through so many ups and downs but the Lord has been with her in all of that.  She saw her nest get emptied one by one and finally; husband suffered multiple strokes, leaving him completely immobile.  100% he needs her for survival.  With all the storms of life, the smile and the laughter is still there at this age.  My wife still wishes she was as tall as her mother!
Mother has to lift him up and put in this chair, then she will push the chair to the front porch where father will watch people passing by the road in front of the house.  He was a great man, a great husband, a great father and is still fighting for his life and has not lost the battle.  
This was the first time Martin saw his grandpa after the stroke.  The first night, he just could not stop crying because when he was small, the grandparents were with us in Kathmandu and he was so fond of his grandpa.  He was hoping that he will make his grandpa proud by all that he had to tell him.  Sadly, grandpa cannot talk more than few words at a time.  But from the next day they were getting along well and Martin had accepted the situation.

These two are wonderful men that I call my brothers...actually I took my advantage of marrying the eldest one so that I did not have to work in the kitchen as they!!!!  Mangcha is a High School teacher.  He has two beautiful sons; one is already in the college.  He also is a deacon of a very large church in Motbung, Manipur.  They are a wonderful family.  
Ivulo is from Nagaland.  He is a civil servant, serving in the Irrigation department of India as the senior Engineer and officer.  They have four wonderful children and the eldest is in the Bible College, preparing for the ministry.
This is the front view of the house...father was on his bed in the porch as we said tearful goodbye to him and mother.  The boys could not hold their tears.

This is the church father-in-law started.  As the chieftain of the village, he provided the land and everything needed for the church.  Sadly, after his sickness, he is unable to develop it.  There are more than 250 members.  I had the privilege of ministering three times.  The church atmosphere is so different than what we are used to in Nepal.  Everyone lives nearby and when they hear the bell ring, they all come to the church.  Church plays the central role in daily life of the community.
When we were there, this church celebrated the silver Jubilee.  Because father could not attend, as the founders, mother gave a short speech.

November 7 was Martin's Birthday, but our journey did not allow us to celebrate it...so we had it after we arrived home in Kathmandu a few days later.  Sister Bimala and her daughter Esther and Krishna were with us.
Sorry, we could not take the pictures when our boat capsized...luckily...the camera was with my wife and we are able to have these pictures.
Thanks for being patient to see these...

March 6, 2019

What Happens When We Trust God?

The most powerful nation on earth has a motto that reads “In God We Trust”. Out of the ashes of the civil war, this nation longed for some sense of hope and stability.  Though the civil war was fought in and around the issue of slavery but the overriding issue was that of economy.  End of slavery meant, end of workforce for the landlords and plantation owners.  In a time like that, this comforting motto first appeared on the coin (money) of the United States in 1864 indicating where the nation’s hope should be anchored.  Nearly a century later in 1956, President Eisenhower approved this motto into a law passed by the US Congress to provide a calming assurance from the looming danger of communism and a new kind of imperialism hiding behind the shadow of cold war.  The congress insert at that time reads: “In these days when imperialistic and materialistic communism seeks to attack and destroy freedom, it is proper to remind all of us of this self-evident truth that as long as this country trusts in God, it will prevail”. Such a timely wisdom of the leadership at that time to recognize the human limitations in governing the affairs of a nation has stood the test of time.  Today this nation reaps the reward of its leaders’ faithfulness and commitment to the faith once handed to them by their forefathers. 

God said to Moses in the second commandment that he will punish the children for the sins of their fathers until the fourth generation but he will show love and kindness to the children of the righteous for a thousand generations (Ex. 20:1-6).  Psalms 33:12 says “blessed is the nation whose God is Yahweh”. In spite of the carnality and heathenism coming out of America, this nation still has a divine hedge built around it because God is ever faithful to his promises made in covenant with his children.  The carnal children of the US still benefit from the faithfulness of their forefathers because their forefathers chose to trust God and left behind a blessing for a thousand generations.

As a citizen of a nation like Nepal that has rebelled against God, what hope do I have?  What blessings can I claim from my forefathers who broke the very first and second commandments of God by worshipping the creation instead of the creator? Not only that, the first book of the Bible is called ‘Genesis’, which means ‘beginnings’.  In the beginning of this book, Satan is represented by a snake that deceived the first man.  Bible also tells that Satan fell from heaven because he refused to worship God; he wanted to be like God and demanded the angelic beings to worship him.  But God cast him down and replaced him by creating man.  Thus, we see him in the book of Genesis chapter three as a snake and today there is no household in Nepal (except Christians and Muslims) on whose doorpost they do not post a picture of a snake.  Every year on Nag-panchami (Day of the snake god), the old snake pictures are replaced with the new ones.  These snake posters are pasted on the top horizontal bar of the door frame so that when a person goes out of the house, the head has to be bent down to worship the snake and the same thing when one enters the house.  Traditionally, the doors in a Nepali house are slightly shorter than the average height of a person so that one has to bend the head to enter in and out of the house.  Therefore, the best place to put the picture of a snake god.  

Bible symbolizes snake as evil.  When God wanted to deliver the people of Israel from their Egyptian bondage; the blood of the lamb (symbolizes the blood of Jesus Christ) was put on the doorpost for deliverance from bondage to freedom.  Today, every household in Nepal replaces the blood of the lamb with the symbol of a snake.  What blessings can we hope from a snake?  The communist government might be able to bring economic prosperity (assuming it does) but this economic prosperity might come with a high price of peace and freedom.  In their pursuit of power, the communists will not hesitate to kill any number of people and once they have the power, there will be no liberty left for the common man.  Religious freedom and free expression of thought in social media have already come under attack from this government.  However, because poverty is such a terrible task master, the general public might be happy to live under the political tyranny than the tyranny of poverty. So, there is no hope of a national blessing for Nepal.

But on the individual level, there is hope.  There is hope because God in Jesus Christ had transcended the national, political, religious and ethnic boundaries to bless any person who puts one’s faith in him.  Anyone who accepts Jesus Christ as Lord and Savior becomes free from the curses that came from violating God’s commandments.  Those who are in Christ Jesus become new creation of God (2Cor.5:17).  They are born again and their past is wiped away.  They are free to create a new genealogy of blessing for their posterity.  “Christ has redeemed us from the curse of the law…in order that the blessing given to Abraham might come to us” (Gal. 3:13-14).  It is God’s will for us to be saved from our sin, healed in our bodies and be blessed in our material life (3John 2).      

The question we have to ask is; have we seen these blessings (spiritual, physical and material) come to us in the last 60+ years of Christian history in Nepal?  The obvious answer is ‘yes’.  But if we look carefully, we see that Nepali church is very good at preaching about salvation from sin and healing from diseases but very poor at teaching about our material blessings.

Christian population comes from the very lower end of social ladder and they have tremendous needs.  But unfortunately, they have not been told by their spiritual leaders how God wants them to come out of poverty; that God can meet their material needs.  Such a lack of teaching may have been due to two possible reasons; one, pastors are afraid to be labeled as prosperity preachers.  Two, they have no experience of God meeting their own needs and thus lack conviction in telling their people that God can indeed meet their material needs.  Missionaries were prohibited to preach the gospel in Nepal.  But they could hire the local citizens for that.  Because of such a combination, the pioneering native pastors did not have to worry for their material needs; missionaries and mission agencies from outside of Nepal became their source of supply.  Pleasing the missionaries and producing colorful mission reports replaced the needed trust in God for their material needs.  Even today Nepali Christian leadership has misled the believers from trusting God for their material blessings by demonstrating that without outside financial help, Nepali church cannot exist.  But, like the motto of the US, if the pioneering leadership had inspired believers to put their trust in God; not only for salvation and healing, but also for material blessings, situation would have been very different.   

Therefore, Nepali believers need to learn to trust God for everything (salvation, healing and prosperity) and carve a new course for their own life and for the life of their posterity.  The God who is able to save them and heal them is also able to meet their material and financial needs.  The spiritual leadership needs to inspire the believers to expect God to lift them out of poverty just as he has lifted them out of sinfulness and sickness.  Thus, Christians individually can be free from the national curse coming from violating God’s commandments because “In God They Trust”.    

March 1, 2019

दिने व्यक्तिलाई परमेश्वर बिर्सनुहुन्नः अगस्टिनको जीवन।

बाइबल भन्छ मानिस परमेश्वरको स्वरूपमा बनेको प्राणी हो।  सुन्दा नै अचम्म लाग्‍ने।  मानौ मानिस परमेश्वर जस्तै छ।  हो पनि।  संसारमा न कुनै चिज छ न कुनै प्राणी जससँग मानिसको तुलना गर्न सकिन्छ।  बाइबलले भन्छ कि यो भौतिक संसार मानिसकै लागि बनेको हो; “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ” (उत्पत्ती १.२८)।  मानिसले आफ्नो वशमा पार्न नसकेका कुराहरू अब थोरै मात्र छन्।

तपानि मानिसले इतिहास वशमा पार्न सकेको छैन।  लाग्छ मानिसको इतिहास परमेश्वर आफैले नयन्त्रण गरिरहनुभएको छ।  आज सम्म उपलब्ध भएका मानवीय ऐतिहासिक प्रमाणहरूले देखाउँछन् कि विगतमा धेरै शक्तिशाली राज्य र साम्राज्यहरू आए अनि गए।  त्यो समयका महान सहरहरू खोज्न आज जमिन उत्खनन् गर्नु पर्छ र आजका महान सहरहरूको पनि एकदिन त्यस्तै अवस्था आउनेछ।

मानव इतिहास मात्रै नभएर, मानिसको व्यक्तिगत जीवनको गति पनि उसको वशमा छैन।  भोलि के हुने हो कसैले भन्न सक्दैन।  आजको दिन र अहिलेको क्षण मात्रै उसको हातमा छ।  तापनि जन्म र मृत्यु, सत्ता र शक्ति, आशा र निराशा, दुःख र सुख मानिसको जीवनका अभिन्न पाटाहरू बनेका हुन्छन् र लाग्छ प्रत्यक व्यक्तिको जीवन पनि परमेश्वरले आफ्नै इच्छा अनुसार नियन्त्रण गरिरहनुभएको छ।  मानिसले चाहेर नत उसले आफ्नो जीवनमा एक दिन थप्न सक्छ न त उसले फुलेको कपाल कालो बनाउन सक्छ (मत्ती ६.२७)।  भनिन्छ जब भेनाजुएलाका पूर्व राष्ट्रपति ह्युगोस चावेस मृथ्युशैयामा थिए तब उनले आफ्नो शैन्य कमान्डरलाई रुँदै भनेका थिए “म मर्न चहान्न, दयागरी मलाई मर्न नदेऊ”।[1]  यो क्रन्दन नै उनको अन्तिम अभिव्यक्ति हुनगयो। मानिसले नचाहे पनि इतिहासले आफ्नो पाना आफै पल्टाउनेछ।

यो घाँस जस्तै छिन मै मौलाउने र छिनमै ओइलाउने जीवनमा पनि अनन्त परमेश्वरको आफ्नो योजना लुकेको हुँदोरहेछ।  बाइबल भन्छ “परमेश्वरको आफ्नै हातले  यी सबै गर्नुभएको हो भनी कसले जान्दैन र?  जीवितहरू सबैका प्राण, सबै मानिस-जातिका आत्मा परमेश्वरकै हातमा छ” (अय्यूब १२.९-१०)।  मानिसको आत्मा मात्रै नभएर उसको शरीर र सबै परिस्थितिहरू पनि परमेश्वरकै हातमा र उहाँकै वशमा हुँदारहेछन् कारण परमेश्वर भन्नुहुन्छ “म तिमीहरूलाई कुनै रीतिले छोड्नेछैनँ, म तिमीहरूलाई त्याग्‍नेछैनँ” (हिब्रू १३.५)।  मावन इतिहासमा आफ्नो नियन्त्रण कायम राख्‍न परमेश्वरले मानिसलाई नै प्रयोग गरेको देखिन्छ।  मानिसको जीवन र वचनबाट परमेश्वरले आफ्नो जीवन र वचन मानव इतिहासमा प्रकाशित गर्दै आउनुभएको तथ्य साधारण व्यक्ति देखि असाधारण व्यक्तित्वको जीवनीले छर्लङ्गै पारेको देखिन्छ। उत्तर अफ्रिकाको हिप्पो सहरबासी अगस्टिनको जीवनी एक यस्तै उदाहरण हो। 

अगस्टिनको जन्म सन् ३५४, अफ्रिकाको थागास्टेबासी साधारण रोमी नागरिक र किसान परिवारमा भएको थियो।  भुमध्यसागरबाट यो सहर झण्डै ७५कि.मि. दक्षिणी पहाडी इलाकामा पर्दथ्यो।  सानै उमेरबाट अगस्टिनमा तीक्ष्ण बुद्धिको लक्षण देखिएको कारण उनका माता-पिताले उनलाई किसानीको लागि नभएर उच्‍चशिक्षाको लागि तयार गर्दै थिए।  दुःखको कुरा अगस्टिन सोह्र वर्षको हुँदा अचानक उनका पिताको निधन भयो र ठुलो सहरमा गएर उच्‍चशिक्षा हाँसिल गर्ने सपना पनि सिद्दियो।  आमा मोनिका र भाइ-बैनीको रेखदेखको जिम्मा जवान अगस्टिनकै काँधमा पर्‍यो जसको कारण चाहेर पनि त्यो सानो सहर थागास्टे छोड्न सक्ने अवस्था उनको थिएन।  उनकी आमा परमेश्वरमा निकै समर्पीत स्त्री थिइन्।  आफ्ना सन्तानको लागि रातदिन आँसु बगाएर प्रार्थनामा लागिनै रहन्थिन्।

आमाको प्रार्थनाको जवाफ नै होला, उनकै एक धनाढ्य गाउँले रोमानियानसले अगस्टिनको त्यो सम्भावनाले भरिएको दिमागलाई खेर गएको देख्‍न सकेनन्।  लाग्‍ने जति सबै खर्च आफैले बेहोर्ने गरी अगस्टिनलाई माडुरोसको विश्वविध्यालयमा उच्‍चशिक्षाको लागि जान अग्रह गरे।  अगस्टिनले पनि “के खोज्छस् … आँखो” भनेझैं, अशिक्षाको अन्धकारबाट उच्‍चशिक्षाको ज्योतिमा जानपाउने मौकालाई चुकाएनन्।  केही वर्षमै सारा उत्तरी अफ्रिकामा एक विशिष्ट विद्वानकोरूपमा उनले आफैलाई खडा गरे।  खेद यति मात्रै थियो कि उनको त्यो अभूतपूर्व सोचमा बाइबलले ठाउँ पाएन।  बाइबलाई अज्ञानीहरूको विचार भन्दै उनी ग्रिक दर्शन र फारसी धार्मिक मत मनिकिएनिजम्का अनुयायी बने जसको कारण आमा मोनिकाको हृदय टुक्रियो।  नौ वर्षसम्म उनले प्रख्यात सहर कार्थेजमा अध्यापन गर्नुकासाथै धेरैलाई बाइबलीय विश्वासबाट अलग गर्दै मनिकिएन मतमा ल्याएर त्यो मतलाई निकै बलियो बनाउन सफल भए।  तापनि रोमी रमझम र फैलिँदै गएको ख्यातिले उनलाई खासै आत्म-सन्तुष्टि दिएन।  यतिबेलासम्म उनकी प्रेमिकाबाट एकजना छोरा पनि जन्मिसकेको थियो। आमाले निरन्तर येशूमा फर्कन गरेको अग्रहको कारण अफ्रिका माहादेशनै छोड्न मन लाग्यो र एक रात आमालाई कार्थेजमा एक्लै छोडेर प्रेमिका र छोरालाई लिएर उनी रोमतिर लागे।  छोराले यसरी एक्लै छोडेर समुन्द्रपार गए पनि मोनिकाले प्रार्थना गर्न छोडिनन्। 

अफ्रिकामा कमाएको ख्यातिको कारण रोममा पनि आफ्नो ख्याति स्थापित गर्न अगस्टिनलाई समय लागेन।  छोटो समयमै उनी रोमी सम्राटका प्रवक्ता बने।  त्यो बेलामा रोमी सम्राट भ्यालिन्टिनिएन मिलान सहरबाट साशन गर्थे र त्यसै सहरमा प्रख्यात विषप आम्ब्रोजले पनि सेवा गर्दथे।  छोरा मिलानमा छ भन्ने खबर सुनेपछि आमा मोनिकाले रोमोको यात्रा सुरु गरिन् कारण उनलाई विषप आम्ब्रोजको वचन सुन्ने धेरै ठूलो चाहना थियो।  आमा मिलान आइपुग्‍नुभन्दा पहिल्यै अगस्टिनको विषप आम्ब्रोजसँग भेट भैसकेको थियो।  पहिलो भेटमै आम्ब्रोजको प्रभावले अगस्टिनलाई बाइबल फेरी पढ्न प्रेरणा मिल्यो।  येशूमा विश्वास नभएपनि विषपको प्रचारगर्ने शैली सारै मनपरेको कारण प्रत्येक हप्ता अगस्टिन चर्चमा जान थाले।

अगस्टिनको जीवनमा विश्वासको ठूलो बाधक उनको तिब्र योन अभिलाषा थियो। एक साँझ साथीहरूसँग पापसँगको संघर्षको बारेमा छलफल गरिसकेपछि उनलाई निकै अशान्ति भयो र घरबाट निस्केर बगैचामा बिलौना गरिरहेको बेला एउटा बालकको आवाज आउँछ “किताबको मुठा खोल र पढ”।  दुई तीन चोटी त्यो आवाज आएपछि उनी भित्र जान्छन् र पहिला पढ्दै गरेको बाइबलको मुठा खोल्छन् र उनको आँखा रोमीको पुस्तक १३:१३-१४मा पर्दछ। अनौठो प्रकाश नै भनौ, त्यो बाइबलको खण्डले अगस्टिनमा भयानक परिवर्तन ल्यायो।  त्यसको केही समयपछि आफ्नो १५ वर्षीय छोरासँगै विषप आम्ब्रोजको हातबाट उनी बप्तिस्मा लिन्छन्। अगस्टिनको ख्याति सुनेर उनका गाउँले र सहयोगी रोमानियानस पनि अफ्रिकाबाट मिलानमा उनलाई भेट्न आउँछन् र भन्छन् “मैले गरेका सबै लगानी तिमी जस्तै फाइदाजनक भैदिएको भए कति राम्रो!”

बप्तिस्मा लिएको केही समयमै उनले सम्राटको सेवाबाट राजीनामा दिन्छन् र आजीवन ब्रह्मचारी रहेर बाइबलको अध्यन र ध्यान गर्ने भन्दै आफ्नी प्रेमिकालाई अफ्रिका फर्काउँछन्। केही वर्षपछि रोम छोडेर उनी आफ्नै गाउँ थागास्टे आउँछन् तर बाटोमै आमाको मृत्युले उनलाई व्याकुल बनाउँछ र थागास्टेमा आफ्नै पुरानो घरमा छोरा आडेओडेटससँग बसेर पहिला मनिकिएनिजममा लागेका मित्रलाई येशूमा फर्काउने प्रयास गर्छन्।  एक दिन अचानक टाउको दुखेर बिस वर्षे छोराको मृत्यु हुन्छ र अगस्टिनको संसार पूर्णरूपले अध्यारो हुनजान्छ। तापनि मनिकिएनिजमको विरुद्द लेखेका लेखको कारण उत्तर अफ्रिकामा उनलाई नचिन्ने मानिस कमै थिए।

एक दिन आफ्नो निराशाको संसारमा केही भिन्नता आउँछ कि भनेर मित्रहरुको सल्लाहामा त्यहाँको प्रख्यात बन्दरगाहाको सहर हिप्पोमा घुम्न जान्छन्। आइतबारको दिन त्यहाँको चर्चमा आराधनाको लागि जाँदा सबैले उनलाई चिनिहाले र हल्लै हल्लाको बिचमा उनलाई चर्चमा पुजाहारी (सेवक) बन्न आग्रह गरिन्छ।  त्यहाँका वृद्ध विषपले अगस्टिनलाई आफ्नो स्थान दिन्छन् र सन् ३९५मा आफ्नो सारा पैतृक सम्पत्ति चर्चलाई दान दिँदै उनी हिप्पोका विषप नियुक्त हुन्छन् जहाँ उनले आफ्नो मृत्युसम्मै, अर्थात सन् ४३०सम्म सेवा गरे।

उनको लामो सेवाकालको समयमा अगस्टिनले लेखेका झण्डै पचास लाख सब्दहरू आज हामीसँग सुरक्षित छन् तर कति नष्ट भएहोलान् भनेर अनुमान मात्रै गर्न सकिन्छ।  मनिकिएनिजम, डोनेटिजम र एरिएनिजम जस्ता घातक झूटाशिक्षाको विरूद्द लेख्‍नुका साथै परमेश्वरको अनुग्रहले एउटा मानिसको जीवनमा कसरी काम गर्छ भन्ने तथ्यलाई प्रमाणित गर्न उनले आफ्नो जीवनी लेखे।  बाइबलका टिप्पणी र उनले गरेका प्रचारहरूलाई पनि उनी सब्दमा परिणत गर्न सफल भए।  जब सन् ४१०मा रोमको पतन भयो तब ख्रीष्टियन विश्वासलाई नै दोष लगाइएको कारण त्यो दोष मेटाउन उनले “परमेश्वरको सहर (सिटि अफ गड)” नामक महान पुस्तक लेखे जसको प्रभाव आज पनि त्यतिनै जीवित छ।  भनिन्छ प्रेरित पावल पछि प्राचीन मण्डलीलाई सम्हाल्न परमेश्वरले अगस्टिनलाई छान्नुभयो।  उनकै लेखहरूको कारण प्राचीन मण्डली मात्रै नभएर पतन भएको रोमी साम्राज्य पनि फेरी मौलाएर आयो। 

एक जना मानिसको जीवनबाट परमेश्वरले यति धेरै काम गर्नु भयो तर मानौ रोमानियानसले समयमै अगस्टिनलाई पढ्नको लागि सहयोग नगरेको भए उनको अवस्था के हुन्थ्यो होला भनेर हामी केवल कल्पना मात्रै गर्न सक्छौ।  त्यसकारण अगस्टिनको महानतामा हामीले उदारवादी रोमानियानस र प्रार्थनामा दिन रात बिताउने उनकी आमा मोनिकालाई बिर्सनु हुँदैन।

सायद अगस्टिन जस्तै माहान काम हाम्रो हातबाट नहुन सक्छ तर रोमानियानस जस्तै हामी कसैलाई केही सहयोग गर्न सक्छौं होला।  मोनिका जस्तै हामी कसैको लागि प्रार्थना गर्न सक्छौं होला।  हुनसक्छ एक दिन हामीले सहयोग गरेको र हामीले प्रार्थना गरेको व्यक्तिलाई परमेश्वरले आफ्नै प्रकारले चलाउनुहुनेछ र हामीले पनि आफ्नो इनाम पाउनेछौं।  परमेश्वरको लागि जति अगस्टिन महत्वपूर्ण छ त्यतिनै रोमानियानस, आम्ब्रोज र मोनिका पनि महत्वपूर्ण छन्।  त्यसकारण मित्र परमेश्वरको राज्यमा हामीले दिएको एक गिलास चिसो पानीको पनि लेखा राखिनेछ कारण परमेश्वरले प्रत्यक मानिसलाई आफ्नो उद्देस्य पुरागर्न उनीहरूको आफ्नै स्थानमा राख्‍नुभएको छ।  कुनै मानिस तिर्खाएर तपाईंको सामु आएको खण्डमा एक गिलास चिसो पानी दिन नबिर्सनुहोला।



[1] https://www.washingtontimes.com/news/2013/mar/7/hugo-chavezs-last-words-please-dont-let-me-die/

February 24, 2019

Prosperity or Healing; What Do You Prefer?

John was an angry man. At one time he wanted to bring down fire from heaven and destroy the Samaritan village. John was also a proud and ambitious man who wanted to sit on a throne next to Jesus. But as he got older and matured, this angry and ambitious man turned into an amazing Apostle of Love. His favorite adjective to address his followers was "My Dear Children" or "My Little Children". He concluded that the ground of our existence is the Love of God.  He said; "This is how God showed his love among us: He sent his one and only Son into the world that we might live through him" (1 John 4:9).

Paul brings the reality of this love of God in his personal experience and says; "I have been crucified with Christ and I no longer live, but Christ lives in me. The life I now live in the body, I live by faith in the Son of God, who loved me and gave himself for me" (Galatians 2:20).

Love of God covers every aspect of our life whether we live in the most advanced nations or in the most destitute nations of the earth. Love of God gives us hope and reasons to hope for a better life there.

Living in cities like Tokyo and Seoul, you have access to the best healthcare in the world, you have the cleanest environment and catching some dreadful diseases is very unlikely. Some of the best educational institutes in the world make their homes in cities like these. The crime rates are falling every year and you can walk in any street at any time of the night without the fear of being knifed or gunned downed. But the only thing you need in cities like these is the Money. If you have it, you probably can live a life without ever asking God's help so far as it relates to the material existence.

But living in nations that are rife with poverty and corruption, terrorism and crimes, money does not have the all answering power. There are no good hospitals to treat your illnesses and diseases even if you have all the money in the world. There is no security to protect your life and property and the danger of terrorism and extortion take away your peace of mind.

But the love of God covers us all whether we live in the affluent or a destitute nation. People in Tokyo and Seoul need money from God to be able to benefit from the best facilities available to them; without money, life is simply unlivable in cities like these. But we must be mindful of not accusing them of following the prosperity gospel when they believe God for meeting their financial needs.

People in Bangladesh, Baghdad or in between need divine healing, divine provisions and angelic protection. But we must be mindful of not accusing them of superstition for asking the pastor to pray for their headache, stomachache and the danger around the corner. Most of the church members that we have in Nepal and India have come to Christ after experiencing divine healing. And, we can say the same thing for believers in the affluent nations where the promise of financial blessing becomes so appealing to those who are desperately in need.

The promise of financial prosperity and divine healing fall within the boundaries of God's love so that his people, wherever they live, may have life and have it to the full. Before you accuse some for one or the other, know that if it is not for the love of God, you won't be able to point your finger.

February 18, 2019

प्रकृतिका नियम र येशूका वचन पालन गर्ने मानिसको जीवनमा हरियाली।


लामो समय पछि आज झिमझिम पानी पर्‍यो र महिनौं देखि उडिरहेको धुलो केही समयको लागि भए पनि हराएको छ।  सधैं हरिया देखिने नरिवल, खजुर वा सुपारीका रूखहरू धुलोको कारण फुस्रा देखिएका थिए तर आज परेको पानीले तिनीहरूको हरियाली फिर्तागरेकोछ।  सायद यो पानीले यसपालिको हिउँदलाई बिदा दिन्छ होला।  अब केही दिनमै बनपाखा, डाँडाकाँडा र खेतबारीमा हरियाली छाउनेछ, वसन्तका गीतहरू चराचुङ्गिले गाउनेछन्। 

मेरो जन्मथलो, डोटीको जोरायलमा पनि फाल्गुन महिनाको अन्त्यसँगै वसन्तका पालुवाहरूले पहाडको हावामा नौलो सुगन्ध फैलाएको अनुभव अझै ताजा छ र अहिले पनि त्यो सुगन्ध छरिदैछ होला कारण प्रकृतिले आफ्नो नियम उलङ्घन गर्दैन।  हिउँदको जाडोले सुकेका गौचरनमा टुसाउँदै गरेको हरियाली र पिरौलमा लागेको आगोको कारण उजाड भएको जङ्गलले हिउँदपछिको पानीको कारण केही दिनमै काँचुली फेरेको देखिन्थ्यो र आज पनि त्यस्तै छ होला।  हिउँदको अन्त्यमा परेको पानीले मरिसकेको वनस्पतिलाई जीवनदान दिदोरहेछ!  धुलोले छापिएका फुस्रा रूखहरू हुन् वा आगोले डढाइएका र हिउदको चिसोले सुकाइएका वनस्पति हुन्, हिउँद पछिको पानी कहिले परोस् भनी कति उत्सुक हुन्छन् होला।  प्रकृतिको नियम कति इमानदार छ। हिउँद पछि पानी परिनैहाल्छ।  पानी परेपछि वनस्पतिले पालुवा हालिनैहाल्छ।

मानिस मात्रै त्यो प्राणी हो जसले प्रकृतिको नियमलाई शक्तिले भ्याए सम्म उलङ्घन गर्न चाहन्छ।  एक-आपसमा प्रेम गर्दा मानिसलाई राम्रो हुन्छ तर ऊ घृणामा जिउन चाहन्छ।  निश्वार्थ सेवा गर्दा उसलाई अपार आनन्द आउँछ तर ऊ आफ्नो स्वार्थको लागि मात्रै सबै कुरा गर्न चाहन्छ।  पापरहित जीवन विताउँदा उसको शारीरिक, मानसिक र भावनात्मक जीवन स्वस्थ रहन्छ तर उसलाई पापमै जिउन मन पर्छ।  मानिस परमेश्वरको स्वरुपमा र परमेश्वरको साथमा रहनको लागि बनाइएको प्राणी हो तर ऊ परमेश्वरबाट टाढा जान चाहन्छ।  आफ्नो सृष्टिकर्तालाई पुज्नुपर्ने हो तर ऊ सृष्टिको पुजा गर्न चाहन्छ।  उसले जे गर्नुपर्ने हो त्यो गर्न चाहँदैन तर जुन कुरा उसको लागि हानिकारक छ, त्यो ऊ गर्न चाहन्छ। 

शरीरमा बल र दिमागमा सोच्ने शक्ति रहुन्जेलसम्म मात्र मानिस विद्रोही भएर जिउने प्रयास गर्छ कारण ऊ सृष्टिमा भएका प्राणीहरुमध्य निकै कम्जोर प्राणी हो।  प्रकृतिको नियम परिवर्तन गर्न सक्ने क्षमता उसमा छैन।  नियम विपरित लामो समयसम्म जीवन विताउन सम्भव पनि छैन।  कहिँ न कहिँ उसको जीवनमा धुलोले उसलाई छोप्छ, आगोले पोल्छ र चिसोले सुकाउँछ।  जीवनमा हिउँदको सामना गर्नै पर्छ उसले।  एक दिन जीवनमा भएको हरियाली (जवानी) ओइलाउनेछ, पातहरू खस्नेछन्, आगो लाग्नेछ।  प्रकृतिको नियम विपरित गए विनाश अवस्य आउँछ।   दुःखको कुरा, जीवन ओइलाउन थालेपछि, सुक्न थालेपछि र डढ्न थालेपछि मात्रै मानिस आफूले बाटो विराएको तथ्यलाई महसुस गर्न थाल्छ र  जीवनको औचित्य, अस्तित्व, उद्देस्य र गन्तव्यको चिन्ता गर्न थाल्छ।  तर त्यतिबेलासम्म धेरैका लागि समयले डाँडा काटिसकेको हुन्छ; जीवन ओरालो लागिसकेको हुन्छ। 

खुसीको कुरा के छ भने, प्रकृति परमेश्वरको सृजना हो।  मानिस पनि प्रकृतिकै अङ्ग हो।मानिस असफल हुनु भनेको सृष्टिले फेल खानु हो; सृष्टिकर्ता असफल हुनु हो।  तर सृष्टिकर्ता असफल हुनुपर्ने कारण छैन कारण सृष्टिको अन्य कुनै पनि क्षेत्रमा उहाँ असफल हुनुभएको देखिएको छैन।  त्यसैकारण मानिसमा देखिएको समस्यालाई समाधान गर्न परमेश्वर आफै येशू ख्रीष्टमा मानिस बनेर आउनुभयो र भन्नुभयो “बाटो, सत्य, र जीवन म नै हुँ”।  प्रकृतिको नियम विपरित गएर आफैलाई विनाशको बाटोमा धकेलिरहेको मानिसलाई ठिक बाटोमा ल्याएर जीवनको उद्देस्य र गन्तव्य दिन येशू संसारमा मानिस बनेर आउनुभयो।  उहाँले भन्नुभयो “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ र म तिमीहरूलाई विश्राम दिनेछु”।  येशूले बोलेका वचन पालन गर्नु प्रकृतिका नियम पालनगर्नु हो।  विनाशतिर गैरहेको मानिसलाई ती वचनले जीवनको बाटोमा ल्याउँछन र सही गन्तमाव्यमा पुर्‍याउँछन्।  येशूलाई चिन्नु सृष्टि र सृष्टिकर्ता बिचको सम्बन्धलाई चिनेर जीवन जिउन जान्नु हो।

पापको धुलो र हिलोले छोपिएर फुस्रो भैसकेको मानिसलाई येशूको रगतले पखालिदिन्छ।  पापको रापले पोलिएको र सुकेको मानिसलाई येशूले दिने जीवनको पानीले सदाको लागि हरियालीमा परिणत गरिदिन्छ।  सुकिसकेको, मरिसकेको र दुर्गन्धित जीवनमा येशूका वचनले हिउँदपछिको पानीले जस्तै नयाँ वसन्तका पालुवाहरू उमारिदिन्छन्।  ती नयाँ पालुवाले दिने बास्ना जस्तै पवित्र आत्माले मानिसको जीवनमा जीवनको सुगन्ध छरिदिनुहुन्छ।  जीवन हरियो, भरियो र रहरलाग्दो बन्न जान्छ कारण यो प्रकृतिको नियमनै हो।

प्रकृतिको नियम तोड्नु आफ्नै विनाश निम्त्याउनु हो।  केही समय सम्म प्रकृतिको नियम विपरित जीवन चलिनै रहन सक्छ तर मानिस केही समयको लागि मात्र सृजिएको प्राणी  होइन।  ऊ अनन्त प्राणी हो।  उसको गन्तव्य पनि अनन्त छ।  परमेश्वरको स्वरूपमा बनेको कारण उसको गन्तव्य पनि परमेश्वरसँगै रहनु हो जसलाई हामी स्वर्ग भन्छौं।  येशू ख्रीष्ट संसारमा आउनुको उद्देस्य परमेश्वरको नियम उल्लङ्घन गरेर कहिल्यै स्वर्ग जान नसक्ने मानिसलाई त्यहाँ लानु हो।  बाइबल भन्छ; “परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र पुत्रलाई दिनुभयो ताकि उहाँमाथि विश्वासी गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्”। बाइबलले यो पनि भन्छ कि “जससँग पुत्र (येशू) छ त्यससँग जीवन छ।  जससँग पुत्र छैन त्यससँग जीवन छैन”।  कसैसँग पुत्र हुनु भनेको येशूलाई आफ्नो सुकिसकेको जीवनमा हरियाली दिनसक्ने परमेश्वरको उपाए हो भनी विश्वास गर्नु हो, स्वीकार गर्नु हो।  येशूलाई विश्वास गर्ने मर्‍यो भने पनि त्यो बाँच्ने छ भनी येशूले दाबि गर्नुभएको छ।

येशूलाई विश्वास गर्ने मानिसको जीवन वसन्तका पालुवा जस्तै हुनेछ।  उसका सुकेका पातहरू फेरि हरिया हुनेछन्। सुकिसकेका जराहरूमा येशूले नयाँ जीवन हालिदिनुहुनेछ।त्यो मानिस खोलाको किनारमा रोपेको रूख जस्तै हुनेछ जसका पात फेरि कहिल्यै ओइलाउने छैनन्।  यो संसारमा रहुन्जेल उसको जीवनलाई हरियालीमा राख्न आशिषको स्वर्गीय झरी येशूले वर्षाउनुहुनेछ।  जब यो संसारको जीवनमा उसको सुर्य अस्ताउनेछ तब ऊ अनन्तको राज्यमा उदाउनेछ कारण येशू उसलाई अनन्त जीवन दिन आउनुभएको हो।  तर येशू बिनाको जीवन प्रकृतिको नियम विपरित बाँचिरहेको जीवन जस्तै हो, उजाड र सुखा हुँदै यो कुनै पनि बेला नाश हुनसक्छ कारण प्रकृतिको विरुद्द मानिस जानसक्दैन।

February 1, 2019

Rich by 40 and Wise by 50!

My father-in-law used to say; “If a man is not rich by 40, he may never be rich and if a man is not wise by 50, he may never be wise”.  Well, I am not sure about the wealth and riches as I have left my 40 a long time ago.  But while climbing in my 50s, I guess, I may have at least a few words of wisdom for those who wish to be rich and wise.

When you are in your 20s, you think 40 is a long way up in your old age and suddenly you wake up one day and realize you have arrived.  Too bad if you have not accumulated enough perishables to make you rich by then!  The older you get the faster the years roll on.  So, work hard while you are at it; whether earning or learning. 

Working hard pays off if you love doing what you do. So, find the thing that captivates your heart and mind. The sooner you find it the better.  Don’t waste your life doing what you hate doing.  Other people will always tell you what to do and what is good for you.  But only your heart knows what it wants to do.  Listen to your heart and check it with your mind if it makes sense.  If it does, go for it.  Doubt everybody but yourself. 

If you want to do the things you love doing, you should know that it all begins in a dream.  Some call it a vision for life.  Keep your dreams to yourself and talk to them.  If you must tell to someone, let it be only God.  Keep dreaming until you begin to see your initial dreams giving birth to other dreams. 

Everything has its beginning in a dream. A person without a dream ends up dying doing the things he hates doing.  But dreams create words (prayers) and words create realities.  What kind of realities do you want?  If you can’t verbalize to yourself what you want in life, you will achieve nothing.  So, write your dreams and keep them in a safe place.  Read them, speak them out loud and touch them with your fingers as often as you can. 

Life is too short to wait for things to happen.  You make them happen.  I was abandoned at birth.  Had suicidal thoughts from the age of six and decided to end my life when I was 17.  But something happened at 17.  I met Jesus Christ who challenged me to dream for a better life.  I did.  I dreamt of education, I got it.  I dreamt of a loving family, I got it. I dreamt of preaching and teaching about the Lord Jesus, I got it.  I could go on and on to list the things I dreamt and how they have become realities in my life, but suffice to let you know it works that way.

If you want to be rich, learn everything about money and how it is created.  Becoming rich has little to do with hard work and everything to do with how one thinks.  If you want to be wise, speak your mind. Your thoughts are your original creation.  If you can’t speak your mind for whatever reasons, you will die a fool because no one cares what you have in your mind unless you express it in your words. 

Today’s world provides limitless opportunities to express one’s mind in words just as it provides limitless opportunities to make wealth.  You can bake clay and make pottery out of it at home and sell it in the internet world.  Much more so, you can write or speak and the world is ready to read and listen. 

Don’t allow other people’s opinions to stop you from becoming a rich and a wise person regardless of at what age you are right now.  The saying “better late than never” has truth.  Don’t die without doing the things you love to do and saying the things you wish to say.